Skip to main content

Height of Mount Everest is 8,848 meter ?

सगरमाथा को उचाइ भन्ने बित्तिकै हामी भन्छौँ, ८,८४८ मिटर । बच्चै देखि कण्ठ भएकोले फरर बोलिरहेका हुन्छौँ, विश्वको सर्वोच्च शिखर सगरमाथा (Mount Everest) को उचाइ ८,८४८ मिटर । तर तपाईहरुलाई थाहा छ कि छैन, धेरैपटक हाम्रो सगरमाथा को उचाइलाई लिएर यहाँ विवाद सिर्जना भइसकेको छ । अस्ति केही दिन अघि को अन्नपूर्ण पोष्ट ले सगरमाथा को उचाइलाई लिएर ‘नेपाली र चिनियाँ अधिकारीहरु विच’ विवाद भनेर समाचार छापेको थियो । खास मा सगरमाथा को उचाइ कति हो, अहिलेसम्म पनि त्यो अन्यौल नै रहेको कुरा बताउनुहुन्छ, वरिष्ठ सिमाविद बुद्धिनारायण श्रेष्ठ । सबैले आ-आफ्नो हिसाब ले सगरमाथा को उचाइ नाप्ने गरेकाछन्, त्यही भएर पनि सगरमाथा को उचाइ कहिले बढ्ने गरेको छ त कहिले उचाइ घट्ने गरेको छ । वैज्ञानिक तवर ले वास्तविक उचाइ अहिलेसम्म पत्ता लागेको छैन भन्दा, आश्चार्य लाग्न सक्छ तर पनि सरकार ले ८,८४८ मिटर लाई नै आधिकारिकता दिएको छ अनि सारा संसार ले पनि यसैलाई वास्तविक उचाइ मान्दैआएको छ ।

दक्षिण तिर भारत ले सिमा मिचिरहेपनि, उत्तर तर्फ खासै केही भएको छैन भनेर मख्ख परिरहेकाछौँ, तर उत्तरतिर पनि सगरमाथा कस्को हो, भनेर पहिले धेरै विवाद भएको थियो रे ! अनि अहिले चाँहि सगरमाथा को उचाइलाई लिएर विवाद सिर्जना भएको छ । वरिष्ठ सिमाविद बुद्धिनारायण श्रेष्ठ भन्नुहुन्छ, अहिले सम्म वैज्ञानिक तवर ले उचाइ न-नापिएकोले नै समस्या सिर्जना भएको हो अनि सरकार ले अलिकति मात्र पहल गर्ने हो भने, यही उचाइ नाप्न का खातिर विदेशीहरु को लाइन लाग्ने थियो । सगरमाथा दिवस मे २९ तारिख का दिन, काठमाडौँ विश्वविद्यालय जियोम्याटिक्स इन्जिनियरिङ सोसाइटि ले गरेको कार्यक्रम को अवसरमा उहाँ ले यी कुराहरु बताउनुभएको हो ।

बाँकि अरु कुराहरु यही भिडियो हेरेर थाहापाउनुहोस् । प्रस्तुत भिडियोमा, बुद्धिनारायण श्रेष्ठ सगरमाथा को उचाइको बारेमा बोलिरहनुभएको छ । सुन्नुहोस्, उहाँले प्रस्तुत गर्नुभएका तथ्यहरु । उहाँ भन्दैहुनुहुन्छ, विभिन्न समयमा नापिएको उचाइ नेपाल ले स्विकार गरेको पनि छैन र अस्विकार गरेको पनि छैन । अनि साथै, विभिन्न समयमा सगरमाथा को उचाइ भिन्ना भिन्नै निस्किएको कुरा पनि उहाँले बताउनुभएको छ । हाम्रो सगरमाथा को उचाइ ८,८४३ मिटर देखि ८,८७२ मिटर सम्म पुर्‍याइएको ले कुन चाँहि सही हो भन्न मुस्किल छ । अझ, सन् १९८७ मा त माउन्ट केटु सर्वोच्च शिखर भनेर, सगरमाथा लाई दोस्रो भनिएको थियो, जसका कारण ठूलै खैलाबैला मच्चिएको थियो । खासमा सगरमाथा को वास्तविक उचाइ, वैज्ञानिक उचाइ कति होला त ? अब नाप्ने पालो, नेपालीहरु कै हो ।



नोट: मोबाइल बाट खिचिएकाले दृश्यहरु निकै कमसल रहेकाछन्, अत: दृश्यलाई भन्दा बढि श्रव्यलाई ध्यान दिएरसुन्नुहोला । फोटो इन्टरनेटमा खोजखाज गरिएको ।

Comments

  1. महत्वपूर्ण कुरा उठाउनुभयो आकारजीले । सगरमाथाको विषयमा यसरी विवाद हुनुको एउटै कारण हाम्रो नेपालकै निरीहता र सम्पदाहरूप्रति उपेक्षाभाव हो जस्तो लाग्छ । सगरमाथा मात्र होइन, पछिल्लो समयको सीमा विवाद पनि यसेको जड हो । आफैँ नतात्‍ने, आफ्नो वस्तु तथा सम्पदा र सरसामानको जोरजगेडा, रेखदेख र हिफाजत नगर्ने अनि पछि गुनासो गरेर, कुर्लिएर के हुन्छ ?
    अत: तपाईँले भने जस्तै हामी नेपाली नै ती सम्पदाको नापजाँचमा अघि सर्नुपर्छ । राज्यस्तरबाट अधिकारी खटाएर चाँडोभन्दा चाँडो तिनको मानक अवस्था संसारसमक्ष ल्याउनुपर्छ । जसले गर्दा कसैले निहुँ खोजेर बेलाबेला 'यो मेरो हो, त्यो तेरो होइन' भनेर आगो झोस्ने मेलै पाउने छैनन्, हाम्रो रेखदेख र चासो-निगरानीले हाम्रो स्वामित्व स्वयम् पुष्‍टि गर्छ ।

    ReplyDelete
  2. I agree with you too , like Dhaiba Ji... We are so inidfferent towards our own assets and we believe others blindly. One thing I found very funny -: "उहाँ भन्दैहुनुहुन्छ, विभिन्न समयमा नापिएको उचाइ नेपाल ले स्विकार गरेको पनि छैन र अस्विकार गरेको पनि छैन "

    Then what are we doing. We are just too indifferent towards this.

    Aja Sagarmatha ko kura aayeko cha....aja aajkal ta khubai sima bibad bha cha...dherai Savasad haru ....Sima nirikshan garna jane gareka chan.... ajha Indian Rajdoot pani janu bho kyare? ( I am little confused in this ) ... Sima micheko pratibedan chai...jhuto ho bhanera Indian Embassy le Press release nikalyo....ani Hamile tesailai samachar banayera padyou....Jhan tya sima bibad ma Nepali haru lai gareko misbehaviour kaha jaos...tyo pani kei gareko chaina bhanera India le bhanyo....

    Kura Sagarmatha...ko....ahile samma kasaile kei gareko chaina...sabai jana indifferent...ani kunai desh le or kasaile feri Sagarmatha Nepal ko hoina bhanidincha...ani feri suru huncha...Nara, julus, tyre balne,...tod fod garne..aafnai sampati haru nas garne....ani aaucha desh bhakti ko kura haru...ani andolan... hehe...yeuta cycle jasto...yeuta bani jasto...

    ReplyDelete
  3. यो विवादको बारेमा पहिले पनि एकचोटी निकै चर्चा भएको थीयो । तिथि मिती त बिर्सैं, तर ३-४ बर्ष पहिला सगरमाथा भन्दा पाकिस्तानको के-२ अग्लो भएको भनेर निकै झ्याली पनि पिटिएको हो ।

    तर आफ्नो देशको हिमालको उचाईको बारेमा अहिलेसम्म ठोकुवा गरेर बोल्न नसक्नु भनेको नेपालीकै लागि विडम्बना र दु:खको कुरा हो ।

    ReplyDelete
  4. राजनैतिक दलका नेतागणहरु सत्ता स्वादको पछि मात्र लाग्नु र दलसँग आवद्ध धेरै संख्यामा जनताहरु पनि तिनकै पछि लागेर पनि सिद्द नहुने स्वार्थको पछि मात्र लाग्नाले यही र यस्तै धेरै कुराहरु प्रति बेवास्ता हुँदै गएको हो र क्रमश हामी हाम्रो अस्तित्व नै संकटमा परिसकेको अवस्थामा आईपुगेका हौं । आफ्नो अस्तित्व रक्षाको निम्ती अहिले भैरहेको पहलहरु सफल हुन सकोस् । सगरमाथाको उचाई सम्बन्धी विवाद पनि टुँगो लागोस् ।

    ReplyDelete
  5. चाइनामा पढाईको लागि जाने दाई दिदी हरुले भन्नु हुन्थ्यो सगरमाथा नेपालको भने भने त चाइनाको ब्यक्तिहरुले सगरमाथा त चाइना को हो कहाँ नेपालको हो र भनेर भन्थे रे उनिहरुले त विश्वको सर्बोच्च शिखर सगरमाथा चाइनामा पर्चाह भनेर पढ्नु पर्छ रे ।

    रह्यो कुरा सगरमाथाको उचाइको, नेपालमा अहिले सम्म कुनै गतिलो नेतानै छैन जस्ले देशको बारेमा बिचार गरोस्, आफ्नै भुँडी भर्नमा ठीक्क हुन्छ उनिहरुको पदबदी कहाँ बाट हेर्ने र जनतालाई , अनी देशलाई अनी सुन्ने समय पनि त हुनुपर्‍यो नि उनीहरु सँग देशको कुरा, घटनाहरु ।

    वास्तवअंा भन्ने हो भने नेपाली नेताहरु जो सरकारमा छन उनिहरुले यस्को बारेमा चासो नै दिएका छैन ।

    ReplyDelete
  6. हामीले राम्रो समाचार कहिले सुन्न पाउने होला, हरेक क्षेत्रमा भाँडभैलोकै मात्रै खबर आउँछ ।

    ReplyDelete
  7. J jasto New aaya pani Sagarmatha ko chai bhad bhailo nabhai diya hune .

    ReplyDelete
  8. solta, lekhan ramro chha bhanau bhane... lekh ko wisaybastu le haami laai nai reTiraheko chha...

    ReplyDelete
  9. khoi k k, by now there must be some equipment to measure mountain height accurate, why not use them.
    heard about such things before also, even heard due to Titanic plate movement every year some Centimeter is increasing

    ReplyDelete
  10. yes Sangesh,
    उचाइ नाप्ने कुरा त किन नहुनु र, हुनु पर्ने हो ! अनि जहाँसम्म उचाइ बढ्छ भन्ने कुरा छ, त्यो चाँहि हो पनि र हैन पनि ।

    प्लेटोनिक्स को सिद्धान्त अनुसार हेर्ने हो भने, अहिले इन्डियन प्लेट (अस्ट्रेलिया देखि नेपालसम्म) प्रतिवर्ष ५ सेन्टिमिटर को दरले उत्तर तर्फ सर्दै गएको छ ।

    अनि यो हिमाल को उत्पती सँग पनि जोडिएको कुरा छ । चाइनिज प्लेट एकै ठाउँमा स्थिर छ तर इन्डियन प्लेट वर्षेनी उत्तर तर्फ सरिरहेकाले, प्राय: ले हिमाल को उचाइ बढ्दै गएको मान्छन् । तर यो अलिकति तर्कसंगत देखिँदैन, किनकी इन्डियन प्लेट चाइनिज प्लेट मुनि छिर्दै गएको छ, अनि इन्डियन प्लेट यसरी हिमालय को मुनि छिर्दा हिमाल को उचाइ त बढ्दै जानुपर्ने हो, र हिसाबै गर्ने हो भने हिमालहरु धेरै नै अग्लिनुपर्ने हो । तर हिमाल को बढ्दो उचाइ सँगै, माथि बाट पनि हिमाल मा भुक्षय हुने भएकोले, प्लेट मुभमेन्ट ले जति नै उचाइ बढे पनि सबै व्यालेन्स नै हुँदै जान्छ । अत: त्यसरी उचाइ चाँहि धेरै बढिरहेको छैन ।

    वैज्ञानिक प्रयोगहरुले चाँहि, इन्डियन प्लेट प्रतिवर्ष ५ सेन्टिमिटर को दरले उत्तर तिर सर्दैछन् भनेर पुष्टि गरिसकेकाछन् र ती सरेका भागहरु क्रमश, चाइनिज प्लेट मुनि छिर्दै गएकाछन्, कारण चाइनिज प्लेट चाँहि स्थिर रहेको छ । अनि यसैको कारण पनि हाम्रो जस्तो हिमाल र पहाड भएको देशमा 'भू-कम्प' को खतरा पनि बढ्दैगएको छ ।

    उचाइ कै कुरा त, अनुसन्धान कै विषय भइरहेको छ ।

    ReplyDelete
  11. Yes, it would constitute a nice field study for students of geology and can invite the foreign attention for research work in nepal.

    Nice one!

    ReplyDelete
  12. नेपालमा सबैतिर नासीईरहेको, घटीरहेको, भत्कीरहेको बेलामा... उचाई बढ्नु गणितीय हिसाबले फाईदा जनक नै छ | तर बिस्वास निय र सहि उचाई पत्ता लागेमा दुइ चार फिट होचै भए नि अलिक राम्रो हुन्छ कि...

    हामीले सगरमाथा नेपालमा पर्छ भनेर पढ्यौं .. उनीहरुले नि चीनमा पर्छ भनेर पढ्दा रहेछन ... गूगल अर्थ र विकिम्यापिया हेर्दा नि सगरमाथाको चुचुरो चाहिं चीन तिरै परेको देखिन्छ ... फेरी उहिले माओत्सेतुंगले बिपी कोइराला प्रधान मन्त्रि हुँदा सगरमाथा नेपाल मै पर्छ भनेर स्वीकार गरेका थिए भन्ने पनि ईतिहाँसमा पढेको थिएँ...खै के खै के अलिक कन्फ्युजिंग भयो...

    ReplyDelete
  13. जुन बेलामा राजनीतिक अस्थिरता हुन्छ, र देश संक्रमणको प्रक्रियाबाट गुजि्रन्छ, त्यही बेलामा सीमा बढी अतिक्रमित हुने गरेको देखिएको छ। पछिल्लो घटना क्रम ले यसै भन्छ , अनि नेपाल को राजनीति सधै अस्थिर र अराजक छ -भनेपछि :नेपाल, नेपाली भूभाग र नेपाली सधै असुरक्षित ।

    भारत जस्तै बेला बेला चीन संगको सीमाका विषयमा पनि विवाद नभएको हैन, सगरमाथा कै स्वामित्वको विषयमा पनि पहिले विवाद भएको थियो पछि चाउ एन लाईले सगरमाथा नेपालमै पर्छ भनेपछि मात्र सगरमाथा नेपालको भएको हो। नेपालको राष्ट्रियता सधै संकटमा परिरहेको बेला हरेक कुरामा सतर्क हुनु जरुरी छ । अरुले जे जे भन्यो चुपचाप त्यहि स्वीकार्ने लाछीपनाले नेपालको धेरै हानी भैसक्यो सगरमाथाको उचाईका विषयमा पनि नेपाली विशेषज्ञहरुद्वारा स्पष्ट र सहि सत्य तथ्य प्रकाशमा ल्याइनु अपरिहार्य देखिन्छ ।

    यो गम्भीर विषय हो ।

    ReplyDelete
  14. Yes, It is necessary to measure the height of Mt. Everest accurately.
    Here is the link about some measurements work carried out in the past.

    http://www.bookrags.com/research/mount-everest-measurement-of-mmat-03/

    ReplyDelete
  15. जुन बेलामा राजनीतिक अस्थिरता हुन्छ, र देश संक्रमणको प्रक्रियाबाट गुजि्रन्छ, त्यही बेलामा सीमा बढी अतिक्रमित हुने गरेको देखिएको छ। पछिल्लो घटना क्रम ले यसै भन्छ , अनि नेपाल को राजनीति सधै अस्थिर र अराजक छ -भनेपछि :नेपाल, नेपाली भूभाग र नेपाली सधै असुरक्षित ।

    भारत जस्तै बेला बेला चीन संगको सीमाका विषयमा पनि विवाद नभएको हैन, सगरमाथा कै स्वामित्वको विषयमा पनि पहिले विवाद भएको थियो पछि चाउ एन लाईले सगरमाथा नेपालमै पर्छ भनेपछि मात्र सगरमाथा नेपालको भएको हो। नेपालको राष्ट्रियता सधै संकटमा परिरहेको बेला हरेक कुरामा सतर्क हुनु जरुरी छ । अरुले जे जे भन्यो चुपचाप त्यहि स्वीकार्ने लाछीपनाले नेपालको धेरै हानी भैसक्यो सगरमाथाको उचाईका विषयमा पनि नेपाली विशेषज्ञहरुद्वारा स्पष्ट र सहि सत्य तथ्य प्रकाशमा ल्याइनु अपरिहार्य देखिन्छ ।

    यो गम्भीर विषय हो ।

    ReplyDelete
  16. solta, lekhan ramro chha bhanau bhane... lekh ko wisaybastu le haami laai nai reTiraheko chha...

    ReplyDelete
  17. J jasto New aaya pani Sagarmatha ko chai bhad bhailo nabhai diya hune .

    ReplyDelete
  18. चाइनामा पढाईको लागि जाने दाई दिदी हरुले भन्नु हुन्थ्यो सगरमाथा नेपालको भने भने त चाइनाको ब्यक्तिहरुले सगरमाथा त चाइना को हो कहाँ नेपालको हो र भनेर भन्थे रे उनिहरुले त विश्वको सर्बोच्च शिखर सगरमाथा चाइनामा पर्चाह भनेर पढ्नु पर्छ रे ।

    रह्यो कुरा सगरमाथाको उचाइको, नेपालमा अहिले सम्म कुनै गतिलो नेतानै छैन जस्ले देशको बारेमा बिचार गरोस्, आफ्नै भुँडी भर्नमा ठीक्क हुन्छ उनिहरुको पदबदी कहाँ बाट हेर्ने र जनतालाई , अनी देशलाई अनी सुन्ने समय पनि त हुनुपर्‍यो नि उनीहरु सँग देशको कुरा, घटनाहरु ।

    वास्तवअंा भन्ने हो भने नेपाली नेताहरु जो सरकारमा छन उनिहरुले यस्को बारेमा चासो नै दिएका छैन ।

    ReplyDelete
  19. राजनैतिक दलका नेतागणहरु सत्ता स्वादको पछि मात्र लाग्नु र दलसँग आवद्ध धेरै संख्यामा जनताहरु पनि तिनकै पछि लागेर पनि सिद्द नहुने स्वार्थको पछि मात्र लाग्नाले यही र यस्तै धेरै कुराहरु प्रति बेवास्ता हुँदै गएको हो र क्रमश हामी हाम्रो अस्तित्व नै संकटमा परिसकेको अवस्थामा आईपुगेका हौं । आफ्नो अस्तित्व रक्षाको निम्ती अहिले भैरहेको पहलहरु सफल हुन सकोस् । सगरमाथाको उचाई सम्बन्धी विवाद पनि टुँगो लागोस् ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

Subscribe to Aakar Post