
दक्षिण तिर भारत ले सिमा मिचिरहेपनि, उत्तर तर्फ खासै केही भएको छैन भनेर मख्ख परिरहेकाछौँ, तर उत्तरतिर पनि सगरमाथा कस्को हो, भनेर पहिले धेरै विवाद भएको थियो रे ! अनि अहिले चाँहि सगरमाथा को उचाइलाई लिएर विवाद सिर्जना भएको छ । वरिष्ठ सिमाविद बुद्धिनारायण श्रेष्ठ भन्नुहुन्छ, अहिले सम्म वैज्ञानिक तवर ले उचाइ न-नापिएकोले नै समस्या सिर्जना भएको हो अनि सरकार ले अलिकति मात्र पहल गर्ने हो भने, यही उचाइ नाप्न का खातिर विदेशीहरु को लाइन लाग्ने थियो । सगरमाथा दिवस मे २९ तारिख का दिन, काठमाडौँ विश्वविद्यालय जियोम्याटिक्स इन्जिनियरिङ सोसाइटि ले गरेको कार्यक्रम को अवसरमा उहाँ ले यी कुराहरु बताउनुभएको हो ।
बाँकि अरु कुराहरु यही भिडियो हेरेर थाहापाउनुहोस् । प्रस्तुत भिडियोमा, बुद्धिनारायण श्रेष्ठ सगरमाथा को उचाइको बारेमा बोलिरहनुभएको छ । सुन्नुहोस्, उहाँले प्रस्तुत गर्नुभएका तथ्यहरु । उहाँ भन्दैहुनुहुन्छ, विभिन्न समयमा नापिएको उचाइ नेपाल ले स्विकार गरेको पनि छैन र अस्विकार गरेको पनि छैन । अनि साथै, विभिन्न समयमा सगरमाथा को उचाइ भिन्ना भिन्नै निस्किएको कुरा पनि उहाँले बताउनुभएको छ । हाम्रो सगरमाथा को उचाइ ८,८४३ मिटर देखि ८,८७२ मिटर सम्म पुर्याइएको ले कुन चाँहि सही हो भन्न मुस्किल छ । अझ, सन् १९८७ मा त माउन्ट केटु सर्वोच्च शिखर भनेर, सगरमाथा लाई दोस्रो भनिएको थियो, जसका कारण ठूलै खैलाबैला मच्चिएको थियो । खासमा सगरमाथा को वास्तविक उचाइ, वैज्ञानिक उचाइ कति होला त ? अब नाप्ने पालो, नेपालीहरु कै हो ।
नोट: मोबाइल बाट खिचिएकाले दृश्यहरु निकै कमसल रहेकाछन्, अत: दृश्यलाई भन्दा बढि श्रव्यलाई ध्यान दिएरसुन्नुहोला । फोटो इन्टरनेटमा खोजखाज गरिएको ।