केही समययता: ईन्टरनेटमा नेपाल का अर्थमन्त्रि डा. बाबुराम भट्टराई को फेसबुक प्रोफाइल का बारेमा चर्चा भैरहेको छ । कोही भन्छन् यो भट्टराई को नक्कली फेसबुक प्रोफाइल हो, अनि कोही भन्छन् यो नै सक्कली हो । उनी बाबुराम भट्टराई नै हुन् । यस्तै-यस्तै खुल्दुलीहरुले निकै चर्चा पाएको छ वेवसाइट र ब्लगहरुमा अनि व्यक्तिगत भेटघाट का बखत पनि केही हदसम्म भट्टराईको फेसबुक प्रोफाइल को चर्चा हुने गरेको थियो । "होइन होला, काँ मन्त्रि फेसबुक चलाएर बस्छन् ?", "हैन, यीनी कम्प्युटर प्रविधि - ईन्टरनेटमा चासो राख्छन्, अनि फेसबुक पनि यीनकै हो रे", यस्तै-यस्तै कुरा चलिनैरहेको छ । फेसबुक बिना अहिले के के नभएजस्तो लाग्न थालेको छ, फेसबुक का प्रयोगकर्ताहरुलाई । अत: फेसबुकमा एकपटक छिरेपछि मान्छे त्यहाँ भित्र नै हराउँछ । सिम्पल र क्लियर डिजाइन अनि चलाउन सजिलो भएकोले प्राय: सबै यसतर्फ आकर्षित हुँदै गएकाछन् । खैर, यहाँ म डा बाबुराम भट्टराईको फेसबुक प्रोफाइल को बारेमा चर्चा गरिरहेछु । हामीहरुका विभिन्न अड्कलबाजीहरुका बिच, आज भट्टराईको एक पत्रले,फेसबुक प्रोफाइल भट्टराईकै हो भन्ने कुरा पुष्टि भएको छ । इन्टन...