Skip to main content

Posts

Showing posts with the label Guest

सामाजिक सञ्जालमा हिजोआज के कस्ता कुरा भइरहेकाछन्? हामीले सामाजिक सञ्जालको उपयोग वा दुरुपयोग, के गरिरहेका छौँ? सामाजिक सञ्जालमा 'असामाजिक' पो भइएको छ कि? पढ्नुहोस् गुन्जन खनालको विचार । गुन्जन, जर्मनीमा उच्च शिक्षा लिंदैछन्, उनलाई ट्विटरमा @Gckhanal  फलो गर्न सकिन्छ।​ इन्टरनेटमा नग्न तस्विरहरू हुन्छन् भनेर सन् २००० मा सुनेको थिएँ, बस् त्यही उत्सुकता थियो। नारायणगढमा पनि इन्टरनेट क्याफे सुरु भए। महँगो, साँघुरो - सबै तिरबाट बारेको "देसी बाबा डट कम" (पोर्न साइट) को लागि पर्फेक्ट ! तर मैले २००४ पछि बल्ल अलि अलि इन्टरनेट चलाउन थालेँ, इमेल गर्न थाले। तर इन्टरनेटको खास उपयोगिता २००७ मा विश्वविद्यालय खोज्न थाले पछि मात्र बुझेको हो। त्यसपछि इन्टरनेट यौन, व्यंग्य, ज्ञान, धर्म, नक्सा, इतिहास, विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो। इन्टरनेटले मेरो ज्ञानको दायरा फराकिलो बनायो, मलाई नयाँ मान्छे बनायो। संगै सुरु भयो फेसबुक र ट्विटर लगायतका अनेक सामाजिक सञ्जाल । इन्टरनेटको एउटा व्यस्त थलो तर धेरैको लागि सम्पूर्ण इन्टरनेट! अन्ना हजारेको आन्दोलन, विवेकशिल पार्

नेपालमा ई-कमर्स साइट तथा एप्सहरुको बढोत्तरी सँगै अनलाईन सामान खरिद गर्न सकिने वेबसाइट तथा एपहरु लोकप्रिय हुँदैगएका छन्। यसकै सेरोफेरोमा, ईन्टरनेट सुरक्षाको विषयमा रिगो टेक्नोलोजी ले प्रकाशित गरेको ब्लग यहाँ पुन: प्रकाशित गरेका छौँ । आजकल नेपालमा सस्तोडिल, केमु जस्ता अनलाईन सामान खरिद गर्न सकिने वेबसाइट तथा एपहरु लोकप्रिय हुँदैगएका छन्। यस्ता साइटहरुमा धेरै किसिमका सामान एकै ठाउँमा पाइने, एउटा सामान खोज्न पसल-पसल चाहारी राख्नु नपर्ने, विभिन्न पसलका सामानको मूल्य तुलना गर्न पाइने, बार्गेनिंग गरिराख्नु नपर्ने हुँदा खरिद गर्न सजिलो हुन्छ। तर सजिलोका साथसाथै सुरक्षित खरिदका केहि कुरामा ध्यान पुर्‍याइएन भने उल्टो नोक्सानी पनि हुन सक्छ। इन्टरनेटको माध्यमबाट खरिद गर्दा तपाइको कम्प्युटर, मोबाइल अथवा ट्याब्लेट सुरक्षित हुनु जरुरी छ। दशैँ, तिहार जस्ता चाडहरूमा, बढी खरिद बिक्रि हुने बेलामा अझ धेरै चनाखो हुनु जरुरी हुन्छ। यस्तो बेलामा विभिन्न किसिमका फटाहा, ठगहरु तथा इन्टरनेट अपराधीहरुको गतिबिधि अरु बेला भन्दा अलि बढी नै हुने गर्छ। निकै आकर्षक लाग्ने र अलि बढी नै छुट दिन्छौ भन्ने लोभ लाग्द

अघिल्लो वर्षको जनवरीमा लेखिएको " एउटा फेक ट्विटर एकाउन्टको नाममा " ब्लग  वर्षैभरि  अन्यन्तै चर्चित रह्यो । सायद यसैको प्रभाव हुनुपर्छ, अघिल्लो हप्ता ईमेलमा अमेरिकी बसाइ अनुभव संगालिएको बाबुरामजीको एउटा प्राइभेट 'अनलाइन जर्नल' (डायरी) आइपुग्यो। नियमित त हैन, तर कहिलेकाँही भने तिम्रो ब्लग हेर्छु भनेर लेखिएको थियो । त्यसै  'जर्नल'मा रहेको 'अमेरिकी छलाङ्ग'का केही सम्पादित अंशहरु तल प्रस्तुत गरेकोछु । १. म यसै बसिरहेको हुन्छु, फोनमा खेलिरहेको हुन्छु, घरी ट्विटर घरी फेसबुक घरी के चलाई रहेकोहुन्छु। यसैमा भान्सामा काम गरिरहेकी मेरी प्राण प्यारीको नजर म माथि पर्छ। अनी उनी भन्छिन, "यसै फोन चलाएर बस्नु भन्दा त बरु ईन्टरनेट खोलेर मेरो फोन र ईन्सुरेन्सको अटो पे'मा राखिदिनु नि, महिनै पिच्छे सम्झिदाँको टेन्सन त हुन्न मलाई" ! म एकदम ज्ञानी पति बनेर ल्यापटप खोल्छु। पासवर्ड हालेर विण्डोज खोलि सकेको हुदैन, मेरी प्राण प्यारी भान्साबाट मर्जी हुन्छिन । "कहिले काँहि त बुढिलाई भान्सामा सहयोग गरे नि हुने नि, कहिले फोन त कहिले ल्यापटप"। २. एक जन

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए। “खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ । “एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो । “मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें । म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें । मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोल

"मैले गुगल ग्लास प्रयोग गर्न थालेको दुई हप्ता भन्दा धेरै भयो ! गतहप्ता मैले गुगल ग्लास लगाएरै ५ वटा कार्यक्रममा बोलेँ, एयरपोर्टबाट ४ पटक ओहोरदोहोर गरेँ, सयौँ जनालाई मेरो ग्लास प्रयोग गर्न दिँए, सुत्ने समय बाहेक अरुबेला गुगल ग्लास बिरलै खोलेँ ।" प्रख्यात टेक्नोलोजी ब्लगर रोबर्ट स्कोबलले अब  जीवनका बाँकी दिनहरु गुगल ग्लास वा गुगल ग्लास जस्तै अर्को कुनै ग्याजेट विना कल्पना गर्न सक्दिन भनेर आफ्नो गुगल ग्लास अनुभव लेखेकाछन् । गुगल ग्लासको बारेमा जान्न चाहने साथीहरुलाई रोबर्टको कुरा रोचक लाग्न सक्ने भएकोले उनले गुगल प्लसमा लेखेको "गुगल ग्लास अनुभव"   तल जस्ताको तस्तै राखेकोछु । पहिले गुगल ग्लास बारे बनाइएको भिडियो हेर्नुहोस् । How it feels through Google Glass: Here's my review after having Google Glass for two weeks: 1. I will never live a day of my life from now on without it (or a competitor). It's that significant. 2. The success of this totally depends on price. Each audience I asked at the end of my presentations "who would buy this?&quo

करिव ४-५ महिना अघिको कफी भेटमा ब्रजेश दाइले आइप्याड आफ्नै घरबाटै चोरी भएको घटना सुनाउनु भएको थियो । त्यही समयताका आइफोनमा राखिएको ट्रयाकिङ डिभाइसको मद्दतले हराएको आइफोन भेटियो भन्नेबारे  गिजमोडोमा एउटा ब्लग पनि पढेकोथिँए ! नेपालमा सामान्यत: चोरी भएका मोबाइल, कम्प्युटर आदि इलेक्ट्रोनिक्स वस्तुहरु फेला पार्न सकिँदैन । अत: ब्रजेशदाइको चोरिएको आइप्याड अब भेटिँदैन भन्नेमा विश्वस्त थिँए । तर अलि अघि सिभिलमलमा भएको भेटमा ब्रजेशदाइले भन्नुभो, अब आइप्याड फेला पर्लाजस्तो छ । त्यसको केही दिनपछि नै चोरिएको आइप्याड ब्रजेशदाइको हातमा आइपुग्यो । चोरीभएको नौ महिना पछि आइप्याड भेटिनु चानचुने कुरा थिएन । के - कसरी भेटियो होला भन्ने कौतुहलता लागिरहेको थियो। मेरो कौतुहलता ब्रजेश दाइले नेपाल साप्ताहिकमा "बायाँ" फन्कोमा समेट्नुभएको रहेछ । आज त्यही आइप्याड भेटिएको कुरा नेपाल साप्ताहिकबाट साभार गरेर यहाँ राख्दैछु । चेतन भगत र चोरिएको आइप्याड जीमेलका स्प्याम अक्सर हेर्दै नहेरी एकमुष्ट उडाइदिने मेरो बानी छ। फेब्रुअरी २०१३ को दोस्रो साता खोइ किन हो, फोल्डर खोलेर सबै स्प्याम सरर्र हेर्दै थिएँ,

Can a game or a sport bring people together? Unite them as one? Making them forget their demography in their country, their caste, their community, their religion and of course their gender. If that happens can we call that a phenomena. Especially for a country like ours, Nepal, which is torn apart with all these factors.  We witnessed this phenomena, if I can call that a phenomena, in the modest yet beautiful cricket ground at the Tribhuwan University here in Nepal. Nepal was gearing to fight against the most talked about nation around the world media; Afghanistan. Stadium was packed beyond its capacity just like our micro buses during peak hours in the city. People, mostly students found places in top of the tress, roof of the nearby building and where ever a human eye could find an space inside the stadium people occupied it. The metal sheet that was erected around the compound as a fence was kicked down by the crowd to make space for them to sit on top of the compound. Crowd woul

विश्व मानचित्रमा नेपाल अत्याधिक भ्रष्टचार हुने मुलुकहरु को सुचीमा पर्दछ । भ्रष्टचारको यो काहालीलाग्दो सुचाङ्‍कलार्इ घटाउने सबैभन्दा सक्रिय भूमिका न्यायधीस एवं प्रहरी प्रशासनले खेल्नुपर्नेहुन्छ । जानकारहरुका अनुसार नेपालमा यिनै न्यायधीस र प्रहरी बढि भ्रष्ट छन् । यहि कारण भ्रष्टचारसम्बन्धी जतिसुकै कडा कानुन ल्याए पनि भ्रष्टचार कम हुन सकेको छैन । यद्यपि यहि भ्रष्टहरुका बीचमा केहि यस्ता न्यायधीस एवं प्रहरी अधिकृतहरु छन्‍, जसले विधिको शासन चलाउने प्रयास गरिरहेका छन् । यहाँ नेपाल प्रहरीका सबैभन्दा चर्चित प्रहरी अधिककृत एसएसपी रमेश खरेलको भित्री पाटो खोलिँदैछ, जसले १५ वर्षको कार्यकालमा कहिलै कुनै शक्तिको सामुन्ने झुकेनन्‍, न आफैँ कुनै गलत क्रियाकलापमा संलग्न भए । एसएसपी खरेलकी जीवनसाथी रञ्जु खरेल यसको साक्षी छिन्। श्रीमती रञ्जुले अश्विनी कोर्इरालासंग आफ्‍ना श्रीमान्‍ रमेश खरेलको भित्री पाटो खोलेकी छिन् । आफूलार्इ रमेश खरेलको श्रीमतीका रुपमा मुल्यांकन गर्दा कस्तो महसुस हुन्छ ? एउटा लक्ष्मण रेखा कोरिन्छ । म यस्तो व्यक्तिको श्रीमती हुँ, जसले कहिलै गल्ति गर्दैन भन्ने जनमानसमा छाप परेको छ । यस

पचासको दशकमा बालखकालाँ पोखरा तिरका स्कुल स्कुल खुबै डुलियो। एउटा बर्ष यो स्कुल, अर्को बर्ष त्यो स्कुल, जाँ गएनी चिनेकै सर भेटिने, अनि साथी त कति हुन कति। त्यतिबेला फेसबुक भएको भए फ्रेन्ड लिस्ट भरिसक्थ्यो होला, नअटेर कल्लाई ‘डिलिट’ गर्ने कल्लाई राख्ने, दोधारमा भईंदो हो। तर प्रसंग स्कुलको होइन, स्कुल कम्पाउण्ड बाहिरको हो। हाम्रो स्कुल अगाडी नाङले ब्यापारीहरु पसल थापेर बस्थे, नाङलामा ‘आइटम आइटम’का मिठाइराख्थे, अनि पाउरोटीका ढ्वांग, कटन क्यान्डी वाला, चना चट्पटे, बेलाउती र सुन्तलाका डोके ब्यापारीहरु लाइन लागेर पसल थापेर बसेका हुन्थे। हाम्लाईजस्तै तिनलाई पनि कति खेर हाल्फ छुट्टीको घण्टी बज्ला भनेर ‘एक्साइटमेन्ट’ हुँदो हो। त्यसै त हामी कहलिएको गरिब देशका भुक्का विद्यार्थी, स्कुल’एज’मा त झन् सुक्को पैसा हूँदैनथ्यो, खाजा खान अड्कलेर दिएको पैसा बाहेक फाल्तु खर्च गर्ने पैसा हूँदैनथ्यो। स्कुल जाँदा आऊँदा एक दिन मिठाइ राखेको नाङलामा एउटा चारपाटे आकारको प्लास्टिकमा बेरिएको चीजमा आँखा पर्यो। सेतो रंगको, प्लास्टिकले बेरिएको दामी खालको थियो, मलाइ बर्फी जस्तोलाग्यो। जहिले त्यो देख्ने बित्तिकै मुख र

'ओइ आज कम्पनिबाट मलाइ फोन आयो यार, भ्याकेन्सी छ, आउने हो? भन्दै थियो' मैले खुशी हूँदै भने। 'ल बधाई छ ब्रो, पार्टी खान पाइने भो' सबैले बधाई दिए। 'यार तर एउटा प्रब्लम आइपर्यो, पासपोर्टमा प्रोफेसन चेन्ज गर्नुपर्छ रे, कृषि प्रोफेसन भएकालाइ कम्पनिबाट भिसा निकाल्न मिल्दैन, चेन्ज गरेर पासपोर्ट पठा’भन्दैछ' 'ह्या टेन्सन नली, १ दिनैं चेन्ज हुन्छ परराष्ट्रमा, अलि अस्ति किस्न दाइले चेन्ज गरेर आका हुन' ---------- अँध्यारो भैसकेको थियो, राती नै काठमाडौँ हान्निउ कि जस्तो भको थियो, सुपर एक्साइटेड थिएँ म। हुन पनि म निकै फ्रस्टेड भैसकेको थिएँ, केहि महिना अघि अप्रत्यासित रुपमा घर फर्केको थिएँ। घर आउने खासै योजना नहूँदा नहूँदै कम्पनिले आकस्मिक निर्णय गरेर घर पठाएको थियो। त्यसैले मलाई केहि खल्लो लागि रहेको थियो, म’मा घर फिर्तीको जुन उमङ्ग हुनुपर्ने हो त्यो थिएन। कम्पनिले जनवरीमा कन्ट्रयाक्ट पायो भने बोलाऊँछ भन्ने गाइगुईं सुनेर झिनो आशा त थियो, तर भर लागेको थिएन। शुरुका लाहुरे दिन कलेज पढ्दा ताकाका दशैं छुट्टीका दिन जस्ता थिए, बिहान अबेरसम्म कुम्भकर्णको झैँ सुत्य