गुगल सर्चमा अब भूकम्प सम्बन्धी जानकारी


नेपालमा मात्र होइन, पछिल्लो एक वर्षमा विश्वका विभिन्न ठाउँमा भूँइचालोहरु गइरहेकाछन् । भूँइचालो जानेबित्तिकै इन्टरनेट प्रयोगकर्ताहरु, भूकम्प कहाँ, कतिको गयो, के भयो भनेर भूकम्प सम्बन्धि जानकारी दिने साइटहरु, भूकम्प सम्बन्धि जानकारी दिने ट्विटर एकाउन्टहरुको खोजी गर्न थाल्छन् । भूकम्पकै जानकारी दिन भनेर, दर्जनौँ मोबाइल एप्सहरु पनि बनाइएकाछन् । तर अब भूकम्पबारे जानकारी लिन धेरै मेहेनत गर्नुपर्दैन, गुगलसर्चबाट सिधै भूकम्पबारे जानकारी लिनसकिन्छ ।


भूकम्पसँग सम्बन्धित उस्तै किसिमका शब्दहरु (earthquake, earthquake near me, etc.)  गुगलमा टाइप गरेर, भूकम्पबारे जानकारीहरु लिनसकिन्छ । नतिजामा सबैभन्दा माथि भर्खरैको ठूलो भूकम्पबारे, नक्सा सहित, कहाँ, कतिको भूकम्प गयो भनेर देखाउँछ । त्यस लगत्तैको कार्डमा गुगलले भर्खरैका अन्य भूकम्पहरु देखाउँछ । अंग्रेजी भाषाको साथसाथै नेपाली भाषामा पनि गुगलमा सर्च गरेर भूँइचालो सम्बन्धि जानकारी लिन सकिन्छ ।


विश्वमा वर्षभरिमा करिब ५ लाख भूकम्पहरु जान्छन्, जसमध्ये करिब १ लाख भूँइचालो महशुस गर्न सकिन्छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखा भूकम्पपछि हालसम्म ४ सय ६० भन्दा धेरै ४ वा सो भन्दा माथि म्याग्निच्युडको भूँइचालो नेपालमा गएकोछ ।

0 प्रतिक्रिया :

Post a Comment