भूँइचालो कहिले र कहाँ आउँछ भन्न सकिन्न । तर केही अनलाइन पोर्टल तथा सामाजिक सञ्जालहरुमा भने कहिले बिबिसी, कहिले सिएनएन, कहिले ज्योतिष त कहिले नासाको हवाला दिएर भूँइचालो यो समयमा यति म्याग्निच्युडको जान्छ भन्दै गलत सूचना प्रवाहित भइरहेकोछ । कतिले जानेर वा नजानेर यस किसिमका भ्रामक कुराहरु फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जालमा ‘सेयर’ गर्ने गरेका कारण जनमानसमा आतंक श्रृजना हुनगएको छ ।
भूँइचालो कहिले र कहाँ आउँछ भनेर भविष्यवाणी गर्न नसकिएपनि, कहाँ गयो र के के भयो भने थाहा पाउन सकिन्छ तर यही सूचना - समाचारहरु पनि विभिन्न अनलाइन तथा सोसल मिडियामा ‘गलत’ तरिकाले प्रकाशन-प्रशारण भइरहेकोछ । हुँदै नभएको फोटो, भिडियो तथा विभिन्न अमुक स्रोतहरुको हवाला दिँदै झुटा सूचना तथा समाचार प्रकाशन प्रशारण भएको सन्दर्भमा यो ब्लग लेखिएको हो । उद्धार देखि राहत वितरण सम्बन्धी समाचार आदि पनि भ्रमपूर्ण रुपले आइरहेका कारण, ट्विटरमा भएका सरकारी स्रोतहरुबाट आएका सूचनालाई आधिकारिक मान्नु उचित देखिन्छ ।
भूकम्प गएसँगै नेपाल प्रहरी लगायत विभिन्न सरकारी र गैरसरकारी संयन्त्रहरु ट्विटरमा आएकाछन्, प्रकोप व्यवस्थापनको लागि उनीहरुले ट्विटरलाई राम्रोसँगले प्रयोग गरेको देखिन्छ । फेसबुकको तुलनामा ट्विटरमा प्रयोगकर्ताहरुको सङ्ख्या कम भएपनि, ट्विटरको स्वरुपका कारण यो धेरै प्रभावकारी देखिएकोछ, फेसबुकको दाँजोमा तुलनात्मक रुपमा ट्विटर प्रयोगकर्ताहरुले 'सेल्फ-सेन्सरसिप' गरेको पनि देखिन्छ, जुन राम्रो हो । ट्विटरमा प्राय: ट्विटहरु ‘पब्लिक’ हुनेहुँदा, फेसबुक लगायत अन्य जुनसुकै साइट र सामाजिक सञ्जालमा सजिलै ‘सेयर’ गर्न सकिन्छ, त्यसो त केही हप्ता अघि मात्रै ट्विटहरु गुगल सर्चमा देखाउने सहमती गुगल र ट्विटरबिच भएको छ । साथै, ट्विटरमा दोहोरो सम्वाद अन्य सञ्जालको तुलनामा सहज छ ।
*प्राप्त सल्लाहको आधारमा केही नयाँ ट्विटर एकाउन्टहरु समावेश गरिएको ।

National Emergency Operation Centre @NEoCOfficialमलाई थाहा भएका केही ट्विटर एकाउन्टहरु माथि उल्लेख गरेँ । अरुपनि यस्तै भरपर्दा ट्विटर एकाउन्ट छन् भने, जानकारी गराउनुहोला । साथै, भूकम्प सम्बन्धि गलत सूचना तथा समाचार सम्प्रेषण गर्ने साइटहरुलाई यहाँ रिपोर्ट गर्न अनुरोध छ। केही साथीहरुले त्यस्ता गलत सूचना तथा समाचार साइटहरुलाई सम्बन्धित निकायमा रिपोर्ट गर्ने पहल सुरु गरेकाछन् ।
Nepal Police @NepalPoliceHQ
Armed Police Force @nepalapf
Nepal Army @nepalarmy94
Earthquake Relief Portal @NITC_EQ_PORTAL
FNCCI Operation Relief @OperationRelief
Kathmandu Living Labs @KTMLivingLabs
Nepal Rises @nepalrises
Rapid Response Team @RRTnepal
Bibeksheel Nepali @bibeksheelnp
Ministry of Foreign Affairs @MofaNepal
*प्राप्त सल्लाहको आधारमा केही नयाँ ट्विटर एकाउन्टहरु समावेश गरिएको ।
Comments
Post a Comment