फेसबुक न्युजफिड अब आफ्नो नियन्त्रणमा


फेसबुक सँधै चलाइरहँदा पनि कतिपय साथीभाइहरु सँग टाढा भइएकोहुन्छ । उनीहरुले लेखेका पोष्ट तथा फोटोहरु न्युजफिडमा देखिन्न, न्युजफिडमा नदेखिएपछि नौलो भइन्छ आफ्नै साथीहरुसँग पनि । आफूलाई मन नपर्ने, 'देख्ने बित्तिकै लाइक गर्नुस्', 'दर्शन गरिहाल्नु्स', 'सेयर गरिहाल्नु्स' शैलीका पोष्टहरुले कहिलेकाँही पुरै टाइमलाइन कब्जा गरेको हुन्छ त कहिले अश्लिल सामाग्री तथा नचाहिँदा समाचार पोर्टलका लिंकहरुले । आफूलाई मन नपरेका र नचाहिएका कुराहरुलाई अनफलो गर्ने, लुकाउने सुविधा फेसबुकमा छ, तर पनि त्यो सोचेजति प्रभावकारी भएको देखिन्न ।

हामीले फेसबुकमा गर्ने अन्तरक्रियाको आधारमा फेसबुकले 'अटोमेटिक' रुपमा तिनै पेज र साथीहरुको अपडेट हामीलाई देखाउँछ । हामीले लाइक/कमेन्ट गरेको आधारमा, हामीलाई फेसबुक न्युजफिडमा अपडेटहरु देखाइन्छ तर निश्चित सुत्रमा रहेर बनाइएको रोबटले, हाम्रो कुराहरु पूर्ण रुपमा बुझ्न सक्दैनन्। फलस्वरुप, हरेक किसिमका चाहिएका/नचाहिएका अपडेटहरु टाइमलाइनमा देखिन्छन्, जसका कारण कहिलेकाँही फेसबुक प्रति नै वितृष्णा उत्पन्न हुन्छ । यही विविध कुराहरु मनन गर्दै, फेसबुकले न्युजफिड प्रयोगकर्ताको रोजाइ अनुसार बनाउन मिल्ने नयाँ 'फिचर' थपेको छ, जसमा आफूलाई मनपरेका साथी तथा पेजहरुलाई राख्न सकिन्छ ।


फेसबुक न्युजरुम'का अनुसार फेसबुक न्युजफिडमा केही नयाँ फिचरहरु थप गरिएकोछ । फेसबुक न्युज फिडमा गएर आफूलाई मनपर्ने साथी तथा पेजलाई छान्न सकिन्छ, त्यसपछि ती साथी तथा पेजका अपडेटहरु, अन्य अपडेटसँगै न्युजफिडमा सबैभन्दा माथि देखिन्छन् । आफूले छानेका साथी तथा पेजको अपडेटहरुलाई ताराले अंकित गरिएकोहुन्छ । त्यसो त पोष्टहरु हाइड गर्न, अनफलो गर्न पनि नयाँ अपडेटले सजिलो गराइदिएकोछ।


'रोबट'बाट मानवतिरको फेसबुकको यात्रालाई धेरैले सकरात्मक रुपमा लिएकाछन्, र अब नयाँ फेसबुक न्युजफिड प्रभावकारी रहने धेरैको विश्वास रहेकोछ । आजबाट आईओएस् मा उपलब्ध भएको न्युजफिडको नयाँ फिचर एन्ड्रोइड र डेस्कटपमा केही दिनमा उपलब्ध हुनेछ।



Install Aakar Post Android App from Google PlayStore (तस्विर टेकक्रन्चबाट साभार)

0 प्रतिक्रिया :

Post a Comment