बाराभलाई अनिल कपुरको प्रश्न (यो गाईजात्रे होइन)–[Video REMIX]

हप्तादिन अघि टेलिभिजन पत्रकार दिल भुषण पाठकले लिएको प्रधानमन्त्री बाबुराम भट्टराईको अन्तरवार्ता सर्वाधिक चर्चित रह्यो । आफूले जनयुद्ध थाल्दा तेर्स्याइएका र आफूले भाषणमा गरिएका कुराहरु नै अन्तरवार्ताको रुपमा भट्टराईलाई प्रश्न सोधिएकोथियो, जसको चित्तबुझ्दो जवाफ उनले दिन सकेनन् ।

TV Remote Controlगतहप्ताको अन्तरवार्ता हिन्दी चलचित्र ‘नायक’ को शैलीमा भन्दै धेरैले तारिफ गरेका थिए, तर आज नभन्दै त्यही दुई भिडियोलाई रिमिक्स गरिएको एउटा रमाईलो भिडियो युट्युबमा  भेटियो । चलचित्र ‘नायक’ र बाबुराम भट्टराईको अन्तरवार्तालाई रिमिक्स गरेर बनाइएको भिडियोमा अनिल कपुरले अमरिश पुरी र दिलभुषणले बाबुराम भट्टराईलाई सोधेको प्रश्नको प्रकृति एउटै छ, अनि उनीहरुले दिएको जवाफ पनि उस्तै छ । ‘रियल लाइफ’बाट ‘रिल लाइफ’ देखाइएको त थाहा थियो तर यहाँ त ‘रिल लाइफ’को कुरा ‘रियल लाइफ’मै देखियो । बाँकी कुरा तलको भिडियोमा हेर्नुहोला:

Anil Kapoor takes interview of PM Babu Ram Bhattarai (remix)

1 comment :

  1. बसन्त शर्माAugust 19, 2012 at 11:48 AM

    आकर्षक छ..........

    ReplyDelete