Kathmandu University To Re-Open From Monday [Press Statement]

काठमाडौँ विश्वविद्यालयमा लागेको ताला खुल्यो, भोलि (सोमबार) देखि कक्षा सुचारु हुने

काठमाडौँ विश्वविद्यालयमा विगत २६ दिन देखि लगाइएको ताला आज बेलुका देखि खुलेको छ । केयु प्रशासन तथा विभिन्न समूहका विद्यार्थीहरु को आज दिउँसो वनेपा को पोलिटेक्निक इन्स्टिच्युटमा बसेको वार्ता मा विभिन्न ६ बुँदाहरुमा सहमति भएपछि आज बाट केयु खुलेको हो ।

reopening ku

वार्तामा विवादका सम्बन्धमा निश्पक्ष छानबिन गर्न विश्वविद्यालय प्रशासनले विद्यार्थी सहितको एक समिति गठन गर्ने लगायतका  ६ वटा बुँदा मा सहमति गर्दै केयु मा लगाइएको ताला खोलिएको हो !

छ बुँदे सहमति मा निम्न लिखित कुराहरु समेटिएको छ !

१) निष्पक्ष छानविन कमिटी गठन हुने ।

२) विद्यार्थी तर्फबाट GE बाट श्री महेश थापा छानविन कमिटिमा विद्यार्थी प्रतिनिधि हुने ।

३) छानविन कमिटीको प्रतिवेदन नतिजा सहित काविवि का तर्फबाट आधिकारिक सूचना २०६७/१२/२१ गतेसम्म मा आउनुपर्ने ।

४) २०६७/१२/१४ सोमबार देखि काविवि सम्पूर्ण रुपमा सुचारु हुने ।

५) छानविन गरेको अवधिभर सम्पूर्ण निर्वाचन समितिका पदाधिकारीहरु निष्कृय रहने छ ।

६) सहमतिको आधारमा पूर्णतालिका (calendar) re-schedule हुने ।

press  statement

यसअघि आज बिहान करिब २ सय जना विद्यार्थीको समूहले प्रशासन भवन अगाडि, केयु सुचारु गर्न प्रशासन सँग माग राख्दै नारावाजी गरेका थिए । त्यसपछि उक्त समूहले उपकुलपति डा सुरेशराज शर्मा को निवास धुलिखेलमा गइ केही घन्टा धर्ना दिएका थिए भने, समस्या समाधान को पहल गरिदिन जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रेमा ज्ञापनपत्र बुझाएका थिए ।

तस्विरहरु : सुलभ

3 comments :

  1. Student harule banda garnu aghi ek palta ni sochenan bandako ashar kasto huna sakchha vanera. Politics lai aafno thaaumaa raakhera padhai lai aghaadi nai badhaaune baatabaran pahile nai milaaunu parthyo.. jasai 1 month jati ghaata laagyo, sem freeze haanera frustu banaaunu parne thiyo student harulai.. ani balla bujhthe yo student harule ani politics alli kamm hunthyo ki... 1yr loss gareko harulai 6 months badhi loss garna k nai baal ra. ani loss nagarne harulai nayaa experience hunthyo loss gardaa kasto hun6 vanera. ani, padhai maa matra kati depend hune, haami aafai kei garnu par6, tyo semko time lai haamile kei useful kaam maa use garna saktheu...

    ReplyDelete
  2. tHANKS TO aAKAR FOR CONTINUALLY DISEMMINATING NEWS AND VIEWS ABOUT ku STRIKE. fINALLY WE GOT OUT RIGHT TO STUDY...

    ReplyDelete