ठमेल, झरी, च्याट र GPRS [Story]

काठमाण्डौंले घरीघरी आफ्‍नो कमाल देखाउँदै थियो । छिनछिनमा दर्कंदै र बिसाउँदै गरिरहेको साउने झरीले मलार्इ बिनासित्ति को सास्ती दिन्थ्यो । ठमेलको बाटोमा एउटा हातमा छाता समातेर अर्कोले मोवाइलबाटै च्याट रुममा गफिदैं थिए म । 'ठमेलमा हिँड्‍दा पनि मोवाइलमै मर्छ यार यो त', साथै रहेको साथी विवेक गुनासिन्थ्यो, 'मोवाइल त तेरै हो नि, यहाँका ब्युटीहरु पो हेर्नु त ।' उसले 'ब्युटि' भनेर त्यहाँका सुन्दर केटीहरुलार्इ संकेत गर्दैथियो जसमा नजर डुलाउन उ स्वयं एकसुरले व्यस्त थियो । त्यो झरीमा भिज्दै गरेका केटीहरुतर्फ नजर डुलाउँदै घरीघरी 'वाह्‍' भन्थ्यो ।

'ओ ! मार्इ गड', उसले हठात् यसरी भन्यो कि त्यहाँ केही ठूलै घटना घट्‍यो । मैले मोवाइलबाट आँखा हटाएँ । तर के नै हुन्थ्यो र ! त्यहीँको एउटा पसल बाहिर कसैलार्इ कुरेझैँ एउटी विदेशी केटी उभिएकी थिर्इ । उसैलार्इ हेरेरे केटो दंग परेछ :) । एक सुरमा हिँडिरहेको उ टक्क अडियो, आँखा झिमिक्क समेत नपारी हेर्यो, मुख निकै खोल्दै फेरी एकपटक 'वाह्' भन्दै थप्यो, 'क्या सेक्सी यार' । भन्यो, 'यो झरीमा त्यो नि भिज्न आर्इ भने त क्या 'बुलेट' देखिन्थी होली ।' हुन पनि मोरी राम्रै थिर्इ, त्यसैले उसको कुरालार्इ मैले पूर्ण सर्मथन जनाए ।

'हेर्इ, ह्‍वेर यु लस्ट', एउटी अघिदेखि च्याटरुममा चिच्याउँदै बसेकी रै’छ । विवेकले देखाएको केटी हेर्दैगर्दा हाम्रो लामो च्याट अनायसै रोकिन पुगेको मैले पत्तो नै पाएनछु । त्यसदिन विहान मात्रै मैले जिमेलमा उसको च्याट 'निमन्त्रणा' स्विकारेको थिएँ । र, पछिल्लो आधा घण्टादेखि एकोहोरो कुराकानी गरिराखेका थियौं हामीहरु । रफ्‍तारमा अघि बढिरहेको कुराकानीबाट अचानक म हराउँदा ऊ चिच्याएर खोज्दै थिर्इ । सायद 'याहु' म्यासेन्जरमा हाम्रो कुराकानी हुन्थ्यो त त्यसबेलासम्म उसले कयौंपटक घरको ढोका ढक्‍ढकाएझैँ 'बज्' हान्थी होली । धन्न जिमेल च्याटमा त्यो सुविधा छैन र मैले उसको 'बज’‍  सुन्नु परेन ।

Image071 'स्टाटस त बबाल छ नि', उसले मलार्इ उक्सार्इ । त्यतिखेर मैले भर्खर नयाँ जिमेल स्टाटस फेरेको थिए, 'काइदाको ठमेल' । हुन पनि ठमेलको माहोलले ममा (सायद मजस्तै धेरैमा) रोमाञ्चकता थपिरहेको थियो । 'माहोल नै यस्तै छ त', मैले सोझो उत्तर फर्काएँ । 'छेउछाउमा कोही छन्   र', यति लेखेर उसले 'हिहिहि' थपी । 'अलि बिस्तारै हाँस', भने, 'मेरो छेउमा बस्नेलार्इ डिस्टर्ब होला :) ।' च्याटरुममा आजकल केटीहरु निकै खुलेर गफ गर्छन । अझ केटाहरुसँग जिस्कन पाए त केही चाहीँदैन । मैले विवेकलार्इ बेलाबेलामा यसैगरी च्याटको पछिल्लो अपडेट दिन्छु । 'हो त । आजकल केटीहरु केटाभन्दा बढ्‍ता वाइल्ड हुन थालिसके', विवेकले मलार्इ फर्काएको जवाफमा म अझ प्रस्टिन चाहन्थेँ । उसलार्इ सोधें 'मेरो साथीले भनेको ठिकै हो है?' उसँग आमने-सामने भएरै यो प्रश्न सोधेको भए अझ प्रस्ट उत्तर आउँथ्यो होला, सायद । यस्ता प्रश्नहरुमा आधाजसो जवाफहरु उनीहरुको अनुहारको भावले दिन्छ । तर धन्न ऊ रिसाइन । अगाडि 'हिहिहि' जोडेर झट्ट भनि, 'केटाहरु मात्रै वाइल्ड हुनुपर्छ भन्ने छ र ?' तर उसले विवेकको कुरालार्इ 'हो' पनि भन्न सकिन ।

काठमाण्डुकै त्रिचन्द्र कलेजमा बिएस्सी गर्ने उसको यसमा आफ्‍नै तर्क छ । भनि, 'जहाँसम्म मलार्इ लाग्छ केटीहरु अलिक खुलस्त र स्वतन्त्र हुन थालेको सामाजिक सञ्जालहरुले गर्दा हो ।' उ आफैँ त्यसको उदहारण भएको बताउँछे, 'एकैछिन ढिलो गर्‍यो कि अझै पनि केटीहरुलार्इ घरपरिवारले नानाथरी शंका गर्न थाल्छन्‍ ।' मैले उजस्ती शहरमा हुर्केबढेकीहरुमा त त्यस्तो समस्या नहोला नि त भनेर जान्न चाहेँ । 'चाहे त्यो जतिसुकै आधुनिक र शहरिया परिवार नै किन नहोस केटा-केटीमा समान धारणा बनाउन अझै सक्दैनन्, थपि, 'त्यसैले तिम्ले भनेझैँ केटीहरु वाइल्ड हुने भनेको प्राय: भचर्अल वल्र्डमै हो ।'

'केटीहरु केटा भएको सुहाउँदैन नि त', मैले भनेर नसक्दै उसले लेखि, 'ह्‍वाट एक्च्युली यु मिन?' मैले आजकल केटाहरुझैँ केटीहरुमा हुने 'ग्याङ्ग फाइट' को प्रशंग जोडे“ । झै-झगडा (ग्याङ्ग फाइट) गर्नु न त केटाहरुको काम हो न त केटीहरुको नै', ऊ भन्छे, 'ग्लोबलाइजेसनको प्रभाव हामीमा उल्टो ढंगले परिरहेको छ ।' उसका अनुसार हामीले सधैँ पश्चिमाहरुबाट नराम्रा कुरा मात्र सिक्यौं । 'डेटिङ्ग जानु, छोटा लुगा लगाउनु, ग्याङ्ग फाइट गर्नु, लागुऔषध लिनु मात्रै हो त हामीले उनीहरुबाट सिकेको !', भन्छे, 'केटीहरु केटासँग खुलेर बोलचाल गरेको, स्वतन्त्र (छाडा होइन) भएर हिँडडुल गरेको सिक्न किन सकेन ?'

उसले त्यसो भन्दैगर्दा ठमेलमा काठमाण्डौंले फेरी आफ्‍नो कमाल देखायो अर्थात झरी झन् दर्कियो । हामी ओतको लागि एउटा क्याफेमा छिर्‍यौँ । क्याफेको त्यो कुनामा मेरो जिपिआरएस नेटवर्कले काम गर्न छाड्‍यो 'इरर इन कनेक्सन' भन्दै । मेरो मनमा भने उसले च्याटमा गरेका कुराकानीहरु घुमिरहे ।

 

pradeep 

      - प्रदीप बस्याल

(Pradeep blogs at THE PRADEEP POST  &  can be reached at pradeepbasyal@gmail.com )

10 comments :

  1. AnuragFromDhulikhelAugust 26, 2010 at 7:05 PM

    कथाको Title' हेर्दा वा भनम सुन्दा निकै के के न होला भनेर सोचेको ठीक उल्टो रैछ.. । मिलेन हो मिलेन कम्रेड.. कथाको Title र Content पटक्कै मिलेन बरु एस्को Title हुनसक्थ्यो ठमेल,झरी र GPRS....! कि कसो ?:)

    ReplyDelete
  2. कथा हो या वास्तबिकता पढदा रमाइलो नै लाग्यो । मै्ले शीर्षकतिर ध्यान दिइन है ।

    ReplyDelete
  3. मैले, अनुराग काम्रेड को बोली मा सही थाप्दै, शीर्षक परिवर्तन गरिदिँए है, प्रदिप !

    ReplyDelete
  4. प्रदिप जी को प्रस्तुती आकर्षक छ। हाम्रा साथीहरु बिग्रेको धेरै सुनेको छु । बेलैमा चेत खुलोस् प्रभु ।

    ReplyDelete
  5. लेखन शैली मनपर्यो !! :)

    ReplyDelete
  6. AnuragFromDhulikhelAugust 26, 2010 at 11:27 PM

    Thanks Aakar, for changing Title of the story as per my suggestion.. looks cool now :)

    ReplyDelete
  7. writing style is really good, i am impressed u write the true feeling of net connection and chat habit,

    ReplyDelete
  8. liked the svereal thoughts implied here! u have digged somethings that has been hiding into the minds of ppl!! title doesnt matter, its allwhat u have in the body...good writing :)

    ReplyDelete
  9. liked the svereal thoughts implied here! u have digged somethings that has been hiding into the minds of ppl!! title doesnt matter, its allwhat u have in the body...good writing :)

    ReplyDelete