Skip to main content

ठमेल, झरी, च्याट र GPRS [Story]

काठमाण्डौंले घरीघरी आफ्‍नो कमाल देखाउँदै थियो । छिनछिनमा दर्कंदै र बिसाउँदै गरिरहेको साउने झरीले मलार्इ बिनासित्ति को सास्ती दिन्थ्यो । ठमेलको बाटोमा एउटा हातमा छाता समातेर अर्कोले मोवाइलबाटै च्याट रुममा गफिदैं थिए म । 'ठमेलमा हिँड्‍दा पनि मोवाइलमै मर्छ यार यो त', साथै रहेको साथी विवेक गुनासिन्थ्यो, 'मोवाइल त तेरै हो नि, यहाँका ब्युटीहरु पो हेर्नु त ।' उसले 'ब्युटि' भनेर त्यहाँका सुन्दर केटीहरुलार्इ संकेत गर्दैथियो जसमा नजर डुलाउन उ स्वयं एकसुरले व्यस्त थियो । त्यो झरीमा भिज्दै गरेका केटीहरुतर्फ नजर डुलाउँदै घरीघरी 'वाह्‍' भन्थ्यो ।

'ओ ! मार्इ गड', उसले हठात् यसरी भन्यो कि त्यहाँ केही ठूलै घटना घट्‍यो । मैले मोवाइलबाट आँखा हटाएँ । तर के नै हुन्थ्यो र ! त्यहीँको एउटा पसल बाहिर कसैलार्इ कुरेझैँ एउटी विदेशी केटी उभिएकी थिर्इ । उसैलार्इ हेरेरे केटो दंग परेछ :) । एक सुरमा हिँडिरहेको उ टक्क अडियो, आँखा झिमिक्क समेत नपारी हेर्यो, मुख निकै खोल्दै फेरी एकपटक 'वाह्' भन्दै थप्यो, 'क्या सेक्सी यार' । भन्यो, 'यो झरीमा त्यो नि भिज्न आर्इ भने त क्या 'बुलेट' देखिन्थी होली ।' हुन पनि मोरी राम्रै थिर्इ, त्यसैले उसको कुरालार्इ मैले पूर्ण सर्मथन जनाए ।

'हेर्इ, ह्‍वेर यु लस्ट', एउटी अघिदेखि च्याटरुममा चिच्याउँदै बसेकी रै’छ । विवेकले देखाएको केटी हेर्दैगर्दा हाम्रो लामो च्याट अनायसै रोकिन पुगेको मैले पत्तो नै पाएनछु । त्यसदिन विहान मात्रै मैले जिमेलमा उसको च्याट 'निमन्त्रणा' स्विकारेको थिएँ । र, पछिल्लो आधा घण्टादेखि एकोहोरो कुराकानी गरिराखेका थियौं हामीहरु । रफ्‍तारमा अघि बढिरहेको कुराकानीबाट अचानक म हराउँदा ऊ चिच्याएर खोज्दै थिर्इ । सायद 'याहु' म्यासेन्जरमा हाम्रो कुराकानी हुन्थ्यो त त्यसबेलासम्म उसले कयौंपटक घरको ढोका ढक्‍ढकाएझैँ 'बज्' हान्थी होली । धन्न जिमेल च्याटमा त्यो सुविधा छैन र मैले उसको 'बज’‍  सुन्नु परेन ।

Image071 'स्टाटस त बबाल छ नि', उसले मलार्इ उक्सार्इ । त्यतिखेर मैले भर्खर नयाँ जिमेल स्टाटस फेरेको थिए, 'काइदाको ठमेल' । हुन पनि ठमेलको माहोलले ममा (सायद मजस्तै धेरैमा) रोमाञ्चकता थपिरहेको थियो । 'माहोल नै यस्तै छ त', मैले सोझो उत्तर फर्काएँ । 'छेउछाउमा कोही छन्   र', यति लेखेर उसले 'हिहिहि' थपी । 'अलि बिस्तारै हाँस', भने, 'मेरो छेउमा बस्नेलार्इ डिस्टर्ब होला :) ।' च्याटरुममा आजकल केटीहरु निकै खुलेर गफ गर्छन । अझ केटाहरुसँग जिस्कन पाए त केही चाहीँदैन । मैले विवेकलार्इ बेलाबेलामा यसैगरी च्याटको पछिल्लो अपडेट दिन्छु । 'हो त । आजकल केटीहरु केटाभन्दा बढ्‍ता वाइल्ड हुन थालिसके', विवेकले मलार्इ फर्काएको जवाफमा म अझ प्रस्टिन चाहन्थेँ । उसलार्इ सोधें 'मेरो साथीले भनेको ठिकै हो है?' उसँग आमने-सामने भएरै यो प्रश्न सोधेको भए अझ प्रस्ट उत्तर आउँथ्यो होला, सायद । यस्ता प्रश्नहरुमा आधाजसो जवाफहरु उनीहरुको अनुहारको भावले दिन्छ । तर धन्न ऊ रिसाइन । अगाडि 'हिहिहि' जोडेर झट्ट भनि, 'केटाहरु मात्रै वाइल्ड हुनुपर्छ भन्ने छ र ?' तर उसले विवेकको कुरालार्इ 'हो' पनि भन्न सकिन ।

काठमाण्डुकै त्रिचन्द्र कलेजमा बिएस्सी गर्ने उसको यसमा आफ्‍नै तर्क छ । भनि, 'जहाँसम्म मलार्इ लाग्छ केटीहरु अलिक खुलस्त र स्वतन्त्र हुन थालेको सामाजिक सञ्जालहरुले गर्दा हो ।' उ आफैँ त्यसको उदहारण भएको बताउँछे, 'एकैछिन ढिलो गर्‍यो कि अझै पनि केटीहरुलार्इ घरपरिवारले नानाथरी शंका गर्न थाल्छन्‍ ।' मैले उजस्ती शहरमा हुर्केबढेकीहरुमा त त्यस्तो समस्या नहोला नि त भनेर जान्न चाहेँ । 'चाहे त्यो जतिसुकै आधुनिक र शहरिया परिवार नै किन नहोस केटा-केटीमा समान धारणा बनाउन अझै सक्दैनन्, थपि, 'त्यसैले तिम्ले भनेझैँ केटीहरु वाइल्ड हुने भनेको प्राय: भचर्अल वल्र्डमै हो ।'

'केटीहरु केटा भएको सुहाउँदैन नि त', मैले भनेर नसक्दै उसले लेखि, 'ह्‍वाट एक्च्युली यु मिन?' मैले आजकल केटाहरुझैँ केटीहरुमा हुने 'ग्याङ्ग फाइट' को प्रशंग जोडे“ । झै-झगडा (ग्याङ्ग फाइट) गर्नु न त केटाहरुको काम हो न त केटीहरुको नै', ऊ भन्छे, 'ग्लोबलाइजेसनको प्रभाव हामीमा उल्टो ढंगले परिरहेको छ ।' उसका अनुसार हामीले सधैँ पश्चिमाहरुबाट नराम्रा कुरा मात्र सिक्यौं । 'डेटिङ्ग जानु, छोटा लुगा लगाउनु, ग्याङ्ग फाइट गर्नु, लागुऔषध लिनु मात्रै हो त हामीले उनीहरुबाट सिकेको !', भन्छे, 'केटीहरु केटासँग खुलेर बोलचाल गरेको, स्वतन्त्र (छाडा होइन) भएर हिँडडुल गरेको सिक्न किन सकेन ?'

उसले त्यसो भन्दैगर्दा ठमेलमा काठमाण्डौंले फेरी आफ्‍नो कमाल देखायो अर्थात झरी झन् दर्कियो । हामी ओतको लागि एउटा क्याफेमा छिर्‍यौँ । क्याफेको त्यो कुनामा मेरो जिपिआरएस नेटवर्कले काम गर्न छाड्‍यो 'इरर इन कनेक्सन' भन्दै । मेरो मनमा भने उसले च्याटमा गरेका कुराकानीहरु घुमिरहे ।

 

pradeep 

      - प्रदीप बस्याल

(Pradeep blogs at THE PRADEEP POST  &  can be reached at [email protected] )

Comments

  1. AnuragFromDhulikhelAugust 26, 2010 at 7:05 PM

    कथाको Title' हेर्दा वा भनम सुन्दा निकै के के न होला भनेर सोचेको ठीक उल्टो रैछ.. । मिलेन हो मिलेन कम्रेड.. कथाको Title र Content पटक्कै मिलेन बरु एस्को Title हुनसक्थ्यो ठमेल,झरी र GPRS....! कि कसो ?:)

    ReplyDelete
  2. कथा हो या वास्तबिकता पढदा रमाइलो नै लाग्यो । मै्ले शीर्षकतिर ध्यान दिइन है ।

    ReplyDelete
  3. मैले, अनुराग काम्रेड को बोली मा सही थाप्दै, शीर्षक परिवर्तन गरिदिँए है, प्रदिप !

    ReplyDelete
  4. प्रदिप जी को प्रस्तुती आकर्षक छ। हाम्रा साथीहरु बिग्रेको धेरै सुनेको छु । बेलैमा चेत खुलोस् प्रभु ।

    ReplyDelete
  5. लेखन शैली मनपर्यो !! :)

    ReplyDelete
  6. Thanks Aakar, for changing Title of the story as per my suggestion.. looks cool now :)

    ReplyDelete
  7. writing style is really good, i am impressed u write the true feeling of net connection and chat habit,

    ReplyDelete
  8. liked the svereal thoughts implied here! u have digged somethings that has been hiding into the minds of ppl!! title doesnt matter, its allwhat u have in the body...good writing :)

    ReplyDelete
  9. liked the svereal thoughts implied here! u have digged somethings that has been hiding into the minds of ppl!! title doesnt matter, its allwhat u have in the body...good writing :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post