दाइ सुन्नुस् त !

पहिलोपटक धरहरा चढेर फटाफट फर्कदैँ गर्दा कसैले पछाडि बाट बोलायो ‘दाइ सुन्नुस् त’ भन्दै । म टक्क रोकिँए, एउटी राम्री केटी मेरो अगाडि आइपुगी । उसले भन्नथाली, ‘दाइ, हामी पश्चिम बाट आएका पढ्न, अनि पैसा को लागि, हामी यो नोटबुक, कलमहरु बेचिरहेका छौँ, हाम्रो ठूलो समूह छ, हामी पढ्नलाई, सामान बेचिरहेका छौँ, तपाई पनि केही लिइदिनु न’ । म अक्क न बक्क परेँ, अनि एकछिन पछि भने, मैले त भर्खर किनेँ भनेर टार्न खोजेँ, तर उसले धेरै अनुनय विनय गर्न थालेपछि, एउटा कलम किनेँ अनि टेम्प चढ्न हिँडे । सोचेँ मैले राम्रै काम गरेछु, सबैले यसै गरे भने त पढिहालछन नि तिनीहरु । करिब ४-५ वर्ष अघि को सुन्धारा अनुभव थियो यो । जुन समय मा म काठमाडौँ भर्खर भर्खर छिरेको थिँए । त्यहाँ बाट कलम किनेर हिँडेको थिएँ म तर सबैतिर काठमाडौँ मा उनीहरु कै भिड पो देखेँ । रत्नपार्क, वानेश्वर, कोटेश्वर सबैतिर उनीहरु त्यसैगरि बाटो हिँड्नेलाई रोकेर, आग्रह गरिरहेकाथिए । लाग्यो २-३ दिन को उनीहरु को अभियान होला ।

तर के को, २-३ दिन को अभियान हुन्थ्यो त्यो त तिनीहरु को काम नै रहेछ, सामान बेच्ने । उनीहरु को काम नराम्रो भन्न खोजेको हैन । तर काठमाडौँ का बाटाहरु छिचोल्दा, जहाँ गयो त्यहीँ सुनिने ‘दाइ सुन्नुस त’ भन्ने वाक्य ले दिक्कै लाउँछ । आफू के सोचेर कहाँ हिँडिएको हुन्छ तर उनीहरु बाटो मै अल्मल्याउन खोज्छन्, कहिलेकाँहि त रिस उठेर पनि आउँछ, रिस उठेर पनि के गर्नु, आखिर उनीहरु पनि २-४ पैसा होला भनेर बाटो ढुकिरहेकाहुन्छन् ।

अस्ति केही दिन को काठमाडौँ को डुलाइ मा पनि यस्तै भयो, जुन ठाउँ मा पुग्यो, त्यहीँ आइपुग्छन् ‘दाइ सुन्नुस त’ भन्दै । म नसुनेझैँ, नदेखेझैँ फटाफट गन्त्व्य तिर पाइला चलाउँछु । अझ कान मा इयरफोन घुसारीएको छ भने त, झन् केही थाहा नभए झैँ हिँडिदिन्छु । उनीहरु को आवाज ले कोही रोकिएभने मनमनै अर्को मुर्गा फेला पर्‍यो भन्दै हिँड्छु ! हा हा । हो नि अब आवश्यकतै नपरी उनीहरु सामान भिडाउन खोज्छन्, लिइदिनुस्न , सहयोग हुन्छ भन्दै । बेक्कार मा खर्च बढ्ने, अझ बाटो बाटै अल्मलिन थालेपछि भनेको समय मा कहिँ पुग्न सकिँदैन फेरि काठमाडौँ मा जाम  उस्तै छ । पैदल यात्री समेत जाम मा पर्ने, विचित्र को अनुभव गर्न पाइन्छ काठमाडौँमा ।

सडकभरि गाडि ले जाम गर्छन्, फुटपाथ बाट हिँडौँ भने पसल नै पसल छन्, अनि पसल नभएका ठाउँ मा फुटपाथ  बाटै वाइकवालाहरु र स्कुटीवालीहरु हुँइकिन्छन् ।

प्रसंग थियो, बाटो मा बसेर सामान बेच्ने को तर म खै अन्तै कता कता पो पुगेछु । हे हे । यहाँहरुलाई पनि सुन्नस् त भन्दै अलमल्याएजस्तो लाग्यो, अन्यथा नलिनुहोला है, हा हा ! :P

6 comments :

  1. ति युवाहरू जो स्वयंलाइ निकै क्रियाशील र शशक्त ठान्दछन् तर उनिहरु स्वतः क्रियाशील हुंदैनन् । केहि मालिकहरुको फाईदाको लागि निश्चित अवधिसम्म क्रियाशील वनाईएका हुन्छन् – कठपुतली सरह । उनिहरु यो तवसम्म वुझ्दैनन् जवसम्म गुप्त स्थानवाट उनिहरूलाइ नियन्त्रण र निर्देशन गर्नेहरुको पर्दा उघ्रदैन । तसर्थ, त्यस्ता मालिकहरूका क्रियाकलापप्रति औंला उठाउनेतर्फ पनि अव ब्लग केन्द्रित गर्नुपर्ने भएको छ ।

    ReplyDelete
  2. good sharing!
    I also bought some pens before 5yrs....

    ReplyDelete
  3. हा हा...'Marketing' को जमाना छ नि त ब्रो....! बोल्नेको पिठो बिक्छ नि फेरी, Antarctica मा आईस नै बेच्नु ठुलो काम हो नि यार । you should appreciate them I think!

    ReplyDelete
  4. 'दाई सुन्नुस त' भनेर ती केटीले जसरी सोध्छन् त्यसैगरी 'दिदि सुन्नुस त' चाहिँ कमै भन्छन् । अघिल्लो साता सुन्धाराको बाटोमा साँझ तिर हिँडिरहँदा मैले एकघन्टा सुन्धाराको आकाशे पुलमुनिको रेलिगंमा बसेर चार युवतीलाई नियालेको थिएँ । तर त्यति बेलासम्म उनीहरुले झण्डै डेढ सयलाई किनिदिन अनुरोध गरे ती मध्य जम्मा छ जनाले किनीदिए । लाग्यो, यिनीहरु यस्तो अनुरोधमा नपरेका र्मुगा हुन्......."-)
    अनि, साँच्चै "स्कुटिवाली" शब्द चाहिँ निकै मनपर्यो है...:-P

    ReplyDelete
  5. हा हा...'Marketing' को जमाना छ नि त ब्रो....! बोल्नेको पिठो बिक्छ नि फेरी, Antarctica मा आईस नै बेच्नु ठुलो काम हो नि यार । you should appreciate them I think!

    ReplyDelete
  6. good sharing!
    I also bought some pens before 5yrs....

    ReplyDelete