वाचा

यो जिन्दगीमा साथ दिनेहरु अनि साथ छोड्नेहरु धेरै भेटिन्छन् । वाचा गर्नेहरु अनि वाचा गरेर पनि पुरा नगर्ने प्रवृत्तिहरु धेरै भेटिन्छन् । यो मन किन यति कमलो हुन्छ ? यदि यो मन नहुने हो भने, जसले जे गरोस्, कुनै मतलब हुन्थ्यो होला र ? यहाँ वाचा अनि मन को कुरा जोडिएकोले फरक अर्थ लाग्ला तर कुरा पहिले नै क्लियर गरिहालौँ, यो मायाप्रिति को कुरा पक्कै होइन । हामी आफ्नै वरिपरि हेर्नसक्छौँ, हाम्रो समाजलाई नियाल्न सक्छौँ, हाम्रो देश अनि नेता का व्यवहारलाई हेर्नसक्छौँ, हामी आफ्ना साथिहरु को व्यवहारलाई हेर्न सक्छौँ । सबैतिर एउटै कुरा छ, एकदिन वाचा गर्‍यो, अर्को दिन बिर्सियो । यदि वाचा पुरा गर्नु नै छैन भने कर ले किन वाचा गर्नु ? नेताले किन जनताको काम गर्छु भनेर वाचा गर्नु, जिन्दगी भर साथ दिनु छैन भने प्रेमी प्रेमीकाले किन वाचा को स्वाङ गर्नु ? आफ्नो कुरा आफैँलाई ठिक लाग्दैन भने, यस्तो र त्यस्तो गर्छु भनेर किन कसैले वाचा गर्नु ? अरुको कुरा मा लागेर, अरु को कुरा सुनेर हामी कसैको व्यवहारमा परिवर्तन हुँदैन भने, हामी आफ्नो कुरा किन अरुलाई भन्छौँ ? अरु को कुरा किन सुन्छौँ, यदि हामी आफ्नो सुर छोड्दैनौँ भने !

‘पिने वालो के लिए छुँ बाहाना’ भनेको जस्तो, आफूलाई आफ्नो कुरा पुरा गर्नु नै नभएपछि जे गर्दा अनि जे बाहाना गर्दा पनि हुन्छ । केही दिनयता प्रधानमन्त्री नेपाल र प्रचण्ड बिच वाक दोहोरी चलेको छ । एउटा ले अर्कोलाई दोष दिने, अनि अर्कोले अर्कोलाई दोष दिने, अनि आफू पानी माथिको ओभानु बन्न खोज्ने ? सहनु को हद अनि लचकता को हद पनि केही हुँदो हो, तर आफ्नो सुर नछोड्नेहरु कुरा सुनेको जस्तो गरेर पनि कुरा सुन्दैनन्, उनीहरु हाम्रो मन को कुरा बुझ्दैनन् । ‘दिनभरि करायो, दक्षिणा हरायो’ भनेजस्तो यदि दिइएको सल्लाह व्यर्थ हुन्छ भने, बोली को केही महत्व छैन भने भन्नु, सुन्नु सुनाउनु व्यर्थ छ हैन र ? कुरा एउटा अनि काम अर्को, छिनछिन मा कुरा मा चेन्ज अनि छिनछिन मा नयाँ बाहाना अनि छिनछिन मा नयाँ वाचा गरिन्छ भने कुन कुरा चाँहि ठिक हो भनेर मान्ने, के भनेर बुझ्ने ?

कति सपना र कति आशाहरु थिए होलान् । ती कुराहरु पुरा हुन्छन् हुँदैनन् भन्न कठिन छ किनकी हामीबिच विश्वास को धागो चुँडिदैँछ । चुँडिदै, गासीँदै गर्दा धागोमा धेरै गाँठाहरु पर्दै जान्छन् अनि त्यो धागो, विश्वास को धागो नभएर आवेशको, आक्रोशको अनि बदला को धागो मा परिणत हुन्छ । गरिएका वाचाहरु त्यही धागोमा परेका गाँठाहरु भित्र गुम्सिएर बस्छन्, अनि सबै कुरा भित्र भित्रै सकिन्छ । मन त के हो र, व्यर्थ का आशुँ झारिदिन्छ, मनभरि यस्ता धागोका गाँठाहरु धेरै भएपछि, रुनु सिवाय अरु विकल्प पनि छैन नि !

मन को कुरा अरु ले बुझ्छन्, आफू जस्तो सोचिन्छ त्यस्तै गरिदिन्छन् जस्तो लाग्छ तर यति धेरै विश्वास गरियो भने, जरुर धोका नै हुन्छ । अत: पहिले नै कुन कुरा चाँहि सहि हो भनेर आफूले फिल्टर गरेर लिनुपर्ने भयो । विश्वास नै विश्वास को संसारमा अविश्वास ले डेरा जमाउँछ जब धेरै बहाना अनि वाचाहरु ले जन्म लिन्छन् । अनि सायद, वाचाहरु तोडिएपछि फेरी विश्वास गर्न एकदम गाह्रो छ, के आधारमा विश्वास गर्ने, जब कि “हिँड्दैछ पाइला मेट्दैछ” भनेको जसरी हामीहरु वाचा गर्दै विर्सदैँ गर्छौँ भने ! अनि त्यसपछि यही मन आएर नानाभाँति सोच्न थाल्छ, यस्तो त्यस्तो !

फेरी हामी सँधै आफ्नै कुरा मात्र माथि राख्छौँ, विवाद गर्न नि नमिल्ने ! एउटा बाहाना ले जन्मलिन्छ जसले जोकोही को मन सजिलै पगाल्छ अनि त्यही बाहाना वाचा गर्ने माध्यम बन्छ तर मन फेरी रुन्छ जब वाचा पुरा हुँदैनन् । मन रोइदिन्छ जब एक्लो महशुस हुन्छ, जब आफूलाई फरक व्यवहार गरिएको थाहा हुन्छ । यस्तो हुँदै होइन भनेर मन बुझाउने उपाय नै केही बाँकि रहँदैन, किनकी सबै घटनाहरु चलचित्रका दृश्यसरी मानसपटल मा आएर घुमिरहन्छन् ।

यस्तो कुरा मा आफूलाई सही र गलत को आभाष नभएसम्म केही हुनेवाला छैन । कोही अरु ले भनेर, कसैको मन छिन मै परिवर्तन हुँदैन । परिवर्तन को लागि दह्रो आत्मविश्वास चाहिन्छ भनि भित्री मन देखि नै वाचा गर्नुपर्छ अन्यथा बाहिर देखाउन गरिने वाचा को के नै अर्थ रह्यो र ? हो नि, आफूलाई भित्रै देखि केही कुरा को आभाष नभएसम्म केही कुरा परिवर्तन हुन्छ भनेर आश गर्नु मुर्खता मात्र हुन्छ । अरुलाई बाहिर देखाएर मख्ख पार्ने उपाय बाहेक केही होइन, यो देखावटि वाचा ।

यही वाचा अनि मनलाई लिएर हजारौँ संगित श्रृजना भएकाछन् । हजारौँ कथाहरु लेखिएकाछन्, कुनै सामाजिक क्रान्ति को नाम मा त कहीँ माया प्रेम को निहुँमा । जे को निहुँमा लेखिएको भए पनि, परिवर्तन को लागि आफू दृढ नभएसम्म केही गर्न सकिँदैन । यी नेताहरु ले जति नै जनता जनता भनेर फलाके पनि, के हाम्रो मन ले यिनीहरु ले गरेको वाचा सही छ, पुरा गर्छ भनेर विश्वास गर्नसक्छ र ? पक्कै हाम्रो मन बाट यी नेताहरु प्रति को विश्वास चुँडिदैँ छ । सहिद को रगत र जनताको लाशमाथि राजनिती गर्नेहरु बाट हामीले के आश गर्ने ? यिनीहरु ले गरेको कुन वाचा चाँहि पुरा गर्छन्, अनि देश नयाँ बनाउँछन् भनेर मान्ने ? हाम्रो कति मन कुँडिएकोछ, तिनीहरुले यसको लेखाजोखा गर्न सक्दैनन् । यिनीहरु त आफ्नो कुर्सीको लागि लडिरहेकाछन्, भिडिरहेकाछन् । हामी जनतालाई भेडा बनाएर हाम्रा इच्छा अनि चाहनाहरुको बलि चढाउँदैछन् । होशियार, वाचा गर्नु अघि एकपटक सोच्ने कि ?

मैले लेखेको कुरा गफ मात्र हैन भन्ने कुरा त यो एउटा ‘पोडकाष्ट’ ले नै सिध्द गर्दैछ । शनिबार को दिन रेकर्ड गरिएको यो समाचार को टुक्रा सुन्नुहोस्, एउटा तल्लो स्तर को कमेडि शो भन्दा यसको कुनै महत्व छैन । अनि यो कमेडि शोमा हाम्रा नेताहरु ले आफैँ नै प्रस्तुती देखाइरहेकछन्, भ्रम मा नपर्नुहोस्, यो प्रस्तुती एकदम असली हो, यो कुनै क्यारिकेचर होइन । हाम्रा नेताहरु को बुद्धि अनि स्तर के रहेछ भनेर सबै छर्लङ्ग हुन्छ, सबैलाई कुर्सी नै चाहिएको छ, जनतासँग गरिएका वाचाहरु भाँड मा जाये !

लौ सुन्नुहोस् यो अडियो:



कान्तिपुर एफएम अनि उज्यालो नाइन्टि नेटवर्क को समाचार का टुक्राहरु जम्मा पारेर ५-६ मिनेटको एउटा विशेष कमेडि शो तयार पारेको छु, जसमा पहिलो ४ मिनेट हाम्रा कमरेड प्रचण्ड को सोलो प्रस्तुती छ भने, बाँकि समय मा माधब कुमार नेपाल, केपी ओली, रामचन्द्र पौडेल अनि बाबुराम भट्टराइ को प्रस्तुती रहेको छ । यिनीहरुले जनतासँग गरेको वाचा सम्झनुहोस्, अनि यहाँ बोलेका कुराहरु सुन्नुहोस्, मुल्यांकन आफैँ गर्नुहोस् । अन्त्य मा यति भन्छु, यो शो सुनेर एक पटक पेट मिचिमिचि जरुर हाँस्नुहोस् । अनि वाचा गर्नुअघि एकपटक सबैले सोच्नुहोस्, किनकी हाम्रो कमेडी शो पछि कसैले बनाउन नसकोस्, हाहाहा !

माथिको अडियो डाउनलोड गर्नुहोस् ।

imgsrc:safar-debu.blogspot.com

8 comments :

  1. चुँडिदै, गासीँदै गर्दा धागोमा धेरै गाँठाहरु पर्दै जान्छन् अनि त्यो धागो, विश्वास को धागो नभएर आवेशको, आक्रोशको अनि बदलाको धागोमा परिणत हुन्छ ।

    नेपालको राजनीतिलाई यति मिठो संग विम्बात्मक रुपमा विश्लेषण गर्नु भएको रहेछ - आकारजी ...निकै राम्रो लाग्यो ।

    ReplyDelete
  2. Emotional kura liyera....different tarika le satire gareko chau....ramro lagyo...lekh ma naya naulo pan aayeko cha....

    Bichar garera herda...Rajniti ko barema lekheko hoina jasto lage pani...conclusion ma testai po rahe6....

    Ramro lagyo malai ta...ani comedy wala voice pani ramro cha hai ;)

    ReplyDelete
  3. यो अडियो सुने पछि एकछिन हाँसे, तर यी घटीया भातमाराहरुको कुरा सुनीसकेपछी भने चिन्ता पो लाग्यो । यो त भट्टीमा जाँड खाएपछि माईला र साईलाले मुख छाडेको भन्दा पनि अचाक्ली रहेछ ! लौ गज्जब बन्नेभो नयाँ नेपाल !

    ReplyDelete
  4. हाम्रो नेताहरुले कहिले बुझ्ने हुन् कुन्नी सधै कुर्सिको लागीनै लडिराखेका हुन्छन।जुन नेता आएपनि आफ्नो भुँडी भर्ने काम मात्र गर्ने त हुन्।जनतासँग गरिएका वाचाहरु त त्यस्तै हुन..............
    "जुन जोगी आएपनि कानै चिरेको" भने झैं पो भएको छ नेपालमा !!

    ReplyDelete
  5. the fav part of ur writing is the word selection..u select word in such a way tht everyone can understand wht writer is trying to tell his reader..n esp u write those things which has occured to everyone of us n try to express those readers' feelings with the simple words

    ReplyDelete
  6. Thank you very much for your such an inspiring comment...
    I'll try my best....
    :)

    ReplyDelete
  7. Emotional kura liyera....different tarika le satire gareko chau....ramro lagyo...lekh ma naya naulo pan aayeko cha....

    Bichar garera herda...Rajniti ko barema lekheko hoina jasto lage pani...conclusion ma testai po rahe6....

    Ramro lagyo malai ta...ani comedy wala voice pani ramro cha hai ;)

    ReplyDelete
  8. चुँडिदै, गासीँदै गर्दा धागोमा धेरै गाँठाहरु पर्दै जान्छन् अनि त्यो धागो, विश्वास को धागो नभएर आवेशको, आक्रोशको अनि बदलाको धागोमा परिणत हुन्छ ।

    नेपालको राजनीतिलाई यति मिठो संग विम्बात्मक रुपमा विश्लेषण गर्नु भएको रहेछ - आकारजी ...निकै राम्रो लाग्यो ।

    ReplyDelete