मेरा कृष्ण

मनका कुराहरु बुझेर बुझ्नै नसकिने… खै कस्तो कस्तो… कहिले नसोचेको जस्तो… कहिले थाहा नपाएजस्तो… कति राम्रो र मिठो अनुभव । आत्मियता को गहिरो आभास अनि माया… केबल माया, के भइरहेछ पत्तो छैन । उनलाई देखेकी सम्म पनि छैन… तर भावनात्मक आभाषमा यति धेरै डुबेकी छु… आफैँलाई अचम्म लाग्छ, सायद यही नै हो माया ।

जताततै चारैतिर केवल उनको मात्रै आभास भइरहेछ… उनलाई मात्र सम्झिरहेकी छु… उनको कल्पनामा लिप्त भएकी छु । आफ्नै कल्पना को डुंगामा म तैरिरहेकी छु… साथमा छन् उनकै भावनाहरु, उनकै आभाषहरु र उनकै कल्पनाहरु…

सपना देख्छु अत्याधिक र त्यही सपनामा मैले उनलाई देखेँ… कालोवर्ण, मृगनयनी आँखा… घुम्रेको कपाल, पिताम्बर को लुगा, मजुरको प्वाँख साथमा मुरली… उनी मेरा हुन, मेरा… ‘मेरो कृष्ण’…



पूर्वकालमा जन्मेकी भएँ, सायद म नै राधा हुन्थेँ होला वा सायद म नै गोपिनीहरु माझ कुनै एक हुन्थेँ होला… तर अफसोच म अभागिनि, त्यसकाल मा मेरो अस्तित्व रहेन… तर आज यस समयमा म केवल उनलाई सम्झिरहेकी छु… यो प्रेम हो वा होइन… तर मलाई लाग्छ, सायद म माया मा फसेकी छु ।

कल्पना नै एउटा साहारा बनेको छ, उनको माया पाउन… मेरा कृष्ण, केबल मेरा कृष्ण… उनलाई म बाट कसैले पर लान सक्दैन… म डुबेको हुन्छु, केबल उनको यादमा… मेरो कृष्ण को याद मा… र हो (?) उनी पनि मलाई प्रेम गर्छन रे… हो, म राम्री छु रे… सुन्दर अनि आकर्षक छु रे…

मलाई भेट्दा कृष्णलाई, म उनकै आफ्नी कोही जस्तो लाग्यो रे… मलाई भेट्दा उनलाई धेरै गर्व लाग्यो रे, अनि… अनि उनी पनि म सँग… धत् भन्दिन… हा हा… खुशीले म गदगद हुन्छु… हो हो कृष्ण नि म सँग प्रेम गर्छन रे… (अरे फेरी भनेछु)… सायद भावना को वेगमा बगिरहेकी छु…

बिहान, साँझ, राती जुनसुकै बेला उनी हुन्छन मेरो साथमा… म सँग… मेरो आत्मामा… मेरो कल्पनामा, मेरो मनमा, चारैतिर, जताततै… तर अफसोच उनको भौतिक स्वरुप देखेकी छैन, साँच्चै मैले उनलाई देखेकै छैन… उनी छन् त थाहा छ, तर उनको स्वरुप थाहा छैन तर पनि भावनात्मक रुप ले सँधै महशुस गरिरहेकी छु…

कल्पना बाट झ्वास्स बिउँझिँदाको समय, सबैभन्दा पिडादायक लाग्छ, कारण कृष्णबाट छुट्टिएर, वास्तविकता बोध गर्छु । वास्तविक जिवनमा, सांसारिक जिवनमा कृष्ण राधाका हुन् । त्यो राधा कृष्णको सजिव आकृति हेरेर म टोलाउँछु… कृष्ण मेरा होइनन्, अहँ उनी मेरा हुँदै होइनन्, उनी त राधाका हुन्… राधा कृष्ण का अनि कृष्ण राधाका हुन् । तर म… म… मेरो कुनै अस्तित्व नै छैन… कसलाई बुझाउँ, कसरी बुझाउँ… के भनुँ, कसलाई भनुँ… आफैँ भित्र अन्तरद्वन्द भइरहेछ… के गरुँ, के भनुँ…

उनी मेरा हुँदै होइनन… यो वास्तविकता वज्र जस्तै प्रहार गर्छ मलाई । म पछारिन्छु, गहिरो खाडल मा, आफ्नै कल्पनामा । अनि भावना मृत भएर जान्छन्… उनी मेरा हुँदै होइनन्… तर फेरी कहिलेकाँहि सम्झनामा आउँछन् ‘कृष्ण’… उनी त भगवान पो हुन्, के भगवानलाई प्रेम गर्न सकिँदैन र ? फेरी लज्जा हुन्छ… लाज लाग्छ, सरम लाग्छ… म नतमस्तक हुन्छु…के म कृष्णलाई प्रेम गर्छु वा उनी जस्तै कसैलाई… उनी को हुन् त फेरी… उनी राधाका हुन्… तर मेरा पनि हुन्… उनको एक अंश मैले आफू भित्र राखेकी छु… मेरो मनमा, मेरो मस्तिष्कमा… मेरो आत्मामा… म मा… सर्वव्यापी मेरा कृष्ण… मेरा कृष्ण…

img src:4to40.com

14 comments :

  1. Nice Story... BTW, यो कथा लेख्दा श्रुतिसम्वेग मा कृष्ण धरावासी को उपन्यास 'राधा' सुन्दैथियौ जस्तो छ । कहिँ कहिँ त्यस्तै छनक आउँदोरहेछ ।
    Heart Touching... ;)

    ReplyDelete
  2. malai pani dharabasi ko "Radha" ko yaad aayo aakar le bhane jastai.... radha padhdaa malai Radha sanga one-sided love paryaa jasto feel hunthyo... hehe

    ReplyDelete
  3. very nice story.. keep it up!!

    ReplyDelete
  4. krishna dharabasi ko "radha" bachan vaisakeko cha ra?? i am waiting for it ....let me know whoever posts it in aakar post

    ReplyDelete
  5. krishna dharabasi ko "radha" bachan vaisakeko cha ra?? i am waiting for it ....let me know whoever posts it in aakar post

    ReplyDelete
  6. very nice story.. keep it up!!

    ReplyDelete
  7. Nice Story... BTW, यो कथा लेख्दा श्रुतिसम्वेग मा कृष्ण धरावासी को उपन्यास 'राधा' सुन्दैथियौ जस्तो छ । कहिँ कहिँ त्यस्तै छनक आउँदोरहेछ ।
    Heart Touching... ;)

    ReplyDelete
  8. really.,.its great  ..,.thumbs up.,.,.

    ReplyDelete
  9. you write the best blog article but
    i have some technique
    to improve more
    see these links
    Click
    Open

    ReplyDelete