Suscribe via RSS

Thursday, March 20, 2008

Think Once

|
“नेपालले के गर्यो मलाई भन्न छोडिदेउ,
नेपाललाई के गरेँ मैले सोच्न थालिदेउ,
श्रृष्टिको बिहानी सृजना गर्ने शिव त्यो तिम्रै हो,
विश्वमा शान्ति फैलाइदिने बुध्द त्यो तिम्रै हो,
विश्वको शिर उठाइदिने सगर तिम्रै हो,
हिरा र मोती फलाइदिने धरती तिम्रै हो,
नेपाल ले के गर्यो मलाई भन्न छोडिदेउ,
नेपाललाई के गरेँ मैले सोच्न थालिदेउ ….
मेची र काली,गण्डकी कोशी,सबै यो तिम्रै हो,
विश्वमा राम्रो नेपाल हाम्रो स्वर्ग यो तिम्रै हो,
चन्द्र र सूर्य हाँसेर बस्ने यो झण्डा तिम्रै हो,
गुँरास माथि डाँफेले नाच्ने यो देश तिम्रै हो,
नेपालले के गर्यो मलाई भन्न छोडिदेउ,
नेपाललाई के गरेँ मैले सोच्न थालिदेउ ।”

हामीसँग के छ ? अनि हाम्रो कर्तव्य के हो ? माथि उल्लेखित गितका हरफले सबै भनिसकेकोछ, तर हामी किन नचाहिँदा बखेडा झिकिरहेका छौँ । साँच्चै हामीसँग नभएको केही छैन,तर हामी मौका मा काम गर्न सक्दैनौँ अथवा भनौँ हामी गर्न चाहँदैनौँ। “करोड मुटुहरुको एउटै ढुकढुकी नेपाल….” - हाम्रो एउटै देश छ नेपाल अनि यहाँ सबै नेपाली छन्,कोही पराइ छैन तर किन हो थाहा छैन,सबै नानाथरीका बहाना बनाइरहेका छन् । अनि आपसमै फुट ल्याइरहेकाछन् । केही समयअघिसम्म कायम रहिआएको जातीय अनि धार्मिक सहिष्णुता कता हरायो ?? अनि कसरी यस्तो भयो ?

सबै भन्दा कुरा बिग्रिएको हो,सबैले नसोचिदिनाले । केही मधेसी नेताहरु “एक मधेस,एक प्रदेश” को नारा जोडदार रुपमा लगाइरहेकाछन्,अनि कोही लिम्बुवान,कोही खुम्बुवान,कोही तामाङसालिङ आदी इत्यादी । हामीलाई देशले केही दिएन,मात्र समस्या दियो भन्छौँ, अनि अगाडि बढ्न खोजेको देशलाई फेरी पछाडि तान्छौँ वा भनौँ समस्या मा धकेलिदिन्छौँ,उदेक का नाराहरु बनाउँछौँ (नारा बनाउँदैमा के नै हुने हो र ? तर पनि) । तर हामी समाधान को उपाय तिर जाँदैनौँ । हामी ले देशलाई के दियौँ त ??? मात्र समस्या,अनि गफ,अझ अचम्म को त कुरा के भने आफूलाई बुझक्कड हुँ भन्न रूचाउने केही सिमित व्यक्तिहरु,अरुलाई यसले यो गरेन ,यो माग पूरा भएन,यसो भएन,उसो गरेन ,यान गरेन,त्यान गरेन भनेर जोडतोड रुपमा फलाकिरहेकाछन् । तर मैले बुझिसकेँ त्यस्ता व्यक्ति बाट केही लछारपाटो लाग्नेवाला छैन । देशका लागि तिनीहरु भयंकर खतरायुक्त मान्छेहरु हुन् । खासमा भन्ने हो भने देशलाई अस्थिर बनाउने प्रयत्न जोडतोडका रुपमा तीनीहरुले गरिरहेकाछन् ।

सोच्ने हो भने यहाँ केही समस्या छैन,भएका केही कुराहरु पनि क्षणभरी मै मिल्नसक्छ । तर त्यो बाटो हामी रोज्दैनौँ,हामीलाई ठिक लाग्दैन किनकी हामी आम नेपाली जनताका लागि सोच्दैनौँ । सोच्छौँ त आफ्नै स्वार्थका लागि,साथै हामी सोच्छौँ तिनै तोरीलाहुरे नेताहरुको “खोस्टा” दिमाग बाट जसले हाम्रो कहिले भलो गरेनन् । (यसअघिको आमचुनाव मा कुनैठाउँमा बिजुली एक वर्ष भित्र बाल्दिन्छु भनेका नेताले करिब ७-८ वर्षसम्म मा पनि बिजुलीको खम्बा समेत गाडिदिएका छैनन्)- यो त एउटा सामान्य आमनागरिक ले गर्ने विश्लेषणको एक सानो उदाहरण मात्रै हो । यस्ता किसिमका कुराहरु कति छन् कति ?? यस्तो स्थितिमा फेरी किन हामी तिनै नेताहरुको दिमागले सोच्छौँ,जसका दिमाग मा गोबर भरिएको छ ,जसले आमजनता को लागि सोच्दैन । अहिलेको परिस्थितिमा आमजनता चाहन्छन् त मात्र शान्ति, तर हामी त्यसका लागि पहल गर्दैनौँ,बरु झन् चर्काउन खोज्छौँ,बरु नानाथरिका बाहानबाजी गर्छौँ । यीनीहरुबाट अहिलेसम्म के भयो र अब के हुन्छ ?
हामी पढेलेखेका भनाउँदाहरु पनि अगाडि छौँ,देश तहसनहस बनाउन,अनि आमनेपाली जनतालाई दु:ख दिन । के हामीले अहिलेसम्म देशका लागि केही गरेका छौँ,यहाँ गफ दिन धेरै सजिलो छ,तर व्यबहारमा त्यत्तिकै गाह्रो छ । हो,हामी यहाँ मात्र “चियापसल” का गफ गरेर बस्छौँ,जसको यहाँ कुनै उपयोगिता छैन अनि अर्थ छैन । हामी यति सानो देश पनि अझ सानो-सानो चिरा बनाउन चाहन्छौँ । अनि तिनै चिराहरु पार्न हामी कहिले आन्दोलन गर्छौँ त कहिले बन्द र हड्ताल अनि कहिलेकाहीँ त लाश को राजनिति पनि गर्छौँ तिनै जनताको दुहाइ दिएर,तर ती जनताहरु भने बेखवर हुन्छन् यी सबैकुराहरुबाट !

“जहाँ छन् बुध्दका आँखा,
स्निग्ध शान्त र सुन्दर,
जहाँ छ शान्ति को क्षेत्र,
मेरो राष्ट्र मनोहर,
प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता-कता,
छल्किन्छ ममता मेरो भाव गंगा जता-जता…………,
माया नेपालको लाग्छ,नेपाली इतिहासको,…………
माया प्रकृति को लाग्छ,कला भाषा र भेषको,
पुर्खा को मन्त्र यो जप्छु चौतारीमा बसी,
जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी……
छ ठूलो चाहना मेरो, आमालाई हसाउँने,………
सर्वोच्च शिखरबाट विश्व शान्ति सुनाउने………..
यही प्यारो मृत्तिका माथि,पौरखी बनिकन,
पार्छु यो चाहना पूर्ण ……”

भन्नु केही बाँकी रहेन तर म पनि त यो बाहेक के नै गर्न सक्छु र ??? यहाँ यस्तै छ,कसैले पनि कसैका लागि केही गरिदिँदैनन्, किनकी सबैलाई आफ्नो डम्फू बजाउँदैमा फुर्सद छैन । यहाँ देशका लागि सोच्ने कल्ले ?? हे मित्रहरु ! तिमीहरुबाट भनिएका कुराहरू पूरा हुँदैनन् अनि व्यवहारमा लागू हुन सक्तैनन् भने धेरै बक्बक् नगर,देशका लागि केही गर्न सक्दैनौ भने देशलाई भाँड्ने काम पनि नगर किनकी तिमी देश बनाउन सक्तैनौ भने तिमीलाई देश बिगार्ने अधिकार पनि छैन । यो गितलाई कुल भएर फिल गरेर सुन्नुहोस्-केही आईडिया आउँछ कि ??? दिमागमा केही परिवर्तन आउँछ कि ????


“बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड”
अस्तु:
Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Right click and "save target as".

8 प्रतिक्रिया:

Rupesh Silwal said...

hey! thanks for the song. i wonder where are all those lovely patriotic songs these days! are those unpopular just because composed during panchayat era? music has nothing to do with politics. its rhythm n music more than anything else!aakar, thank you once again.

badri said...

नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ
नेपाललाई के गरेँ मैले सोच्न थालिदेउ,......
ya aakar jee definitely we have to think once..... and thanx for the nice and intresting song.

deepa said...

wow what a nice song.

Ramesh Nepali said...

"प्राण भन्दा प्यारो लाग्छ मेरो देश"
Well done Aakar.Exellent piece of Patriotic song !
To everybody: If you haven't read the book "Kahan Gaye Ti Dinharu" by our Great Musician Ambar Gurung, please read it. Its a thin book which costs not too much(upto 100 NRs). I like a saying there " Hami Nepali le Afulai chinnai Janenau, Hami Nepali le jiunai janenau". I have not read another book which is so nice and patriotic than this. It should be in every Nepali(pahade) home together with Great "Muna-Madan". Thanks.

www.nepaljapan.com said...

If you want practice voting, go to the site www.nepaljapan.com

aawaz said...

आकार जी,हामी बोल्न नछाडौ, हामी बोल्दै गरौ आशा गरौ ,
एक दिन अबस्य हाम्रो बोली (आवाज ) सुनिने छ । देश राम्रो हुने नै छ । साशकहरु राम्रा हुने छन .

basanta said...

आकार ब्रो, भक्तराज आचार्यको जहाँ छन् 'बुद्धका आँखा--' पनि राख्न मिल्छ भने राखौं न!

aAkaR said...

Ok,Basanta ji,I'll do it...

Hamro Circle Update

Archives

web tracker
user(s) online
Free Hit Counter

creative commons license
^