Skip to main content

Posts

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही ...

नेपालमा धेरै इन्टरनेट प्रयोगकर्ताहरुको गुनासो छ, आइएसपीले (इन्टरनेट सेवा प्रदायक) भने अनुसारको इन्टरनेट स्पिड दिँदैन । तर अधिकांश प्रयोगकर्ताले आफूले कति स्पिडको इन्टरनेट चलाएको छु भन्ने पनि चाल पाएका हुँदैनन् । अनि केही प्रयोगकर्ताहरु 'बिट्' र 'बाइट्'को गोलचक्करमा परेर आफूले भनेको जति इन्टरनेट स्पिड नपाएको गुनासो गर्छन् । वर्षौँदेखि इन्टरनेट प्रयोगकर्ताहरु 'स्पिडटेस्ट'बाट आफ्नो इन्टरनेटको स्पिड जाँच गरिरहेकाछन् तर स्पिडटेस्टले देखाउने नतिजाले धेरैलाई दिग्भ्रमित पार्ने गरेको छ । अत: आज हामी इन्टरनेट स्पिड चेक गर्नको लागि नेटफ्लिक्सले केही महिना पहिले सार्वजनिक गरेको 'फास्ट डटकम'बारे यहाँ चर्चा गर्दैछौँ । आइएसपीले दिएको इन्टरनेट स्पिड, (नेटफ्लिक्स) प्रयोगकर्ताहरुले सरल र सहज तरिकाले  चेक गर्न सकुन् भन्ने उद्देश्यले नेटफ्लिक्सले फास्ट डटकम साइट केही पहिले सार्वजनिक गरेको हो । फास्ट डटकमका अनुसार, नेटफ्लिक्सको सर्भरहरुबाट डाउनलोड गरेर फास्ट डटकमले आइएसपीले दिएको स्पिड निर्धारण गर्छ । साधारण प्रयोगकर्ताले, 'पिङ', 'लेटेन्सी' आदि '...

केही हप्ता देखि एउटा मोबाइल एपको चर्चा चुलिँदै गएको छ, इन्स्टाग्राम का फिडहरुमा पेन्टिङ जस्ता फोटोहरु छ्यापछ्याप्ति देखिन थालेकाछन् । इन्स्टाग्रामका फिल्टरहरुको सट्टामा धमाधम यही मोबाइल एपका फिल्टरहरु चलाउन थालिएकोछ । आइफोन प्रयोगकर्ताहरुका माझ परिचित प्रिज्म एप, अब एन्ड्रोइड को लागि उपलब्ध भएको छ । प्रिज्म एप मार्फत, विभिन्न फिल्टरहरु लाएर, आफ्नो फोटोलाई पिकासोको पेन्टिङ जस्तै कलात्मक बनाउन सकिन्छ । प्रत्येक फोटोलाई कलामा बदल्नुस् (Turn Every Photo into Art) भन्ने ट्यागलाइन सहित आएको प्रिज्म एपले मेसिन लर्निङको (डाटाहरुको मद्दतले कम्प्युटरलाई पढाउने/सिकाउने) मद्दतले तपाईका हरेक फोटोहरुलाई कलात्मक पेन्टिङमा बदलदिन्छ। भ्यान गग्, पिकासो लगायत प्रख्यात कलाकारहरुको शैली (तरिका) प्रिज्म एपबाट बनाइने पेन्टिङमा देख्न सकिन्छ । Kathmandu Coffee! #Prisma #Nepal A photo posted by Aakar Anil (@aakarpost) on Jul 25, 2016 at 12:58am PDT प्रिज्म एपले मेसिन लर्निङ पद्धतिबाट, हामीले अपलोड गरेको फोटोलाई पढेर, विश्लेषण गरेर, हामीले छान्ने फिल्टर अनुसार, नयाँ फोटो बनाउने भएका कारण, प्रिज्म एप चलाउन इ...

नेपालमा मात्र होइन, पछिल्लो एक वर्षमा विश्वका विभिन्न ठाउँमा भूँइचालोहरु गइरहेकाछन् । भूँइचालो जानेबित्तिकै इन्टरनेट प्रयोगकर्ताहरु, भूकम्प कहाँ, कतिको गयो, के भयो भनेर भूकम्प सम्बन्धि जानकारी दिने साइटहरु, भूकम्प सम्बन्धि जानकारी दिने ट्विटर एकाउन्टहरु को खोजी गर्न थाल्छन् । भूकम्पकै जानकारी दिन भनेर, दर्जनौँ मोबाइल एप्सहरु पनि बनाइएकाछन् । तर अब भूकम्पबारे जानकारी लिन धेरै मेहेनत गर्नुपर्दैन, गुगलसर्चबाट सिधै भूकम्पबारे जानकारी लिनसकिन्छ । भूकम्पसँग सम्बन्धित उस्तै किसिमका शब्दहरु (earthquake, earthquake near me, etc.)  गुगलमा टाइप गरेर, भूकम्पबारे जानकारीहरु लिनसकिन्छ । नतिजामा सबैभन्दा माथि भर्खरैको ठूलो भूकम्पबारे, नक्सा सहित, कहाँ, कतिको भूकम्प गयो भनेर देखाउँछ । त्यस लगत्तैको कार्डमा गुगलले भर्खरैका अन्य भूकम्पहरु देखाउँछ । अंग्रेजी भाषाको साथसाथै नेपाली भाषा मा पनि गुगलमा सर्च गरेर भूँइचालो सम्बन्धि जानकारी लिन सकिन्छ । विश्वमा वर्षभरिमा करिब ५ लाख भूकम्पहरु जान्छन्, जसमध्ये करिब १ लाख भूँइचालो महशुस गर्न सकिन्छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका...

नेपालीहरु माझ परिचित, १० लाख भन्दा धेरै पटक डाउनलोड भएको हाम्रो पात्रोको नयाँ संस्करण १०.९.०, थप नयाँ सुविधाहरुको साथ आजबाट प्लेस्टोरमा उपलब्ध भएकोछ । गत वर्ष सेप्टेम्बरमा डिजाइनमा व्यापक सुधार गरेको हाम्रो पात्रोले यस पटक डिजाइनको साथ साथै, उपलब्ध सामाग्रीहरु पढ्ने/हेर्ने तरिकामा सुधार गरेको छ । हाम्रो पात्रो, क्यालेन्डर/पात्रोको लागि मात्र नभइ, दैनिक खबर पढ्न, लोडसेडिङबारे जानकारी लिन, अर्थ बजार बुझ्न, रेडियो सुन्न आदि विविध रुपमा प्रयोग हुँदै आएकोछ । यसब्लगमा हाम्रो पात्रोको नयाँ संस्करणमा आएका नयाँ सेवा सुविधाहरु बारे चर्चा गर्दैछौँ । सम्बन्धित समाचार हाम्रो पात्रोमा समाचार धेरै पहिले देखि नै उपलब्ध भएपनि, उस्तै समाचार या भनौँ एउटा कुनै विषयमा सूचना, समाचार पाउन निकै खोज्नुपर्ने हुन्थ्यो । हाम्रो पात्रको नयाँ संस्करणमा थपिएको सम्बन्धित समाचार (Similar) सेवाले एउटा विषयका समाचार हेर्न/पढ्न खोज्ने प्रयोगकर्ताहरुलाई थप सजिलो बनाइदिएको छ । जस्तो तपाई सूचना-प्रविधिका मात्रै समाचार हेर्न/पढ्न चाहनुहुन्छ भने, कुनै एउटा सूचना-प्रविधिको समाचारसँग सम्बन्धित समाचारहरु त्यहीँबाट हेर्न स...

सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरबर्गले अघिल्लो हप्ता उनको आफ्नो फेसबुक प्रोफाइलमा सेयर गरेको एउटा फोटोको इन्टरनेटमा व्यापक चर्चा भयो । फोटो सेयरिङ एप् इन्स्टाग्रामको प्रयोगकर्ता ५० करोड पुगेको जानकारी दिन, जुकरबर्गले फेसबुकमा फोटो पोस्ट गरेका थिए । मार्क जुकरबर्गले अपलोड गरेको फोटोमा, उनको ल्यापटपको वेवक्याम र माइकको ज्याकलाई टेपले छोपिएको देखिन्छ । धेरैलाई सामान्य लाग्ने यो फोटोले ईन्टरनेट सुरक्षाको अर्को खतारनाक पाटो उजागर गरेको छ । केही हप्ता पहिले मात्रै ह्याकरहरुले मार्क जकरबर्गको लिङ्कड्इन र ट्विटर प्रोफाइल ह्याक गरेका कारणबाट पनि यस फोटोको चर्चा चुलिएको हो । मार्क जुकरबर्गले आफ्नो ल्यापटपको वेवक्याम र माइक्रोफोनको ज्याक टेपले टाँसेको कुरा क्रिस ओल्सन नामक ट्विटर प्रयोकर्ताले ट्विटमा औँल्याएका थिए । 3 things about this photo of Zuck: Camera covered with tape Mic jack covered with tape Email client is Thunderbird pic.twitter.com/vdQlF7RjQt — Chris Olson (@topherolson) June 21, 2016 वेवक्यामलाई टेपले छोप्नुलाई केहीले...

भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर, नेपाली भाषाका नयाँ स्टिकरहरु सार्वजनिक गरेको छ । फ्रेडी, अङ्ग र अप्ठ्यारो गरि ३ वटा नयाँ स्टिकर प्याक सार्वजनिक गरेको हो । नयाँ सार्वजनिक गरिएका फ्रेडी, अङ्ग र अप्ठ्यारो, पहिले नै उपलब्ध अंग्रेजी भाषाका स्टिकहरुलाई नेपाली भाषामा उल्था गरेर ल्याइएको हो । स्टिकहरुले च्याटलाई रमाइलो बनाइदिने र आफ्नो मुड स्टिकरबाट भन्न/देखाउन पाइने कारण च्याटमा स्टिकरहरुको प्रयोग बढ्दो छ । भाइबरले सार्वजनिक गरेको नयाँ स्टिकरहरु भाइबरको स्टिकर मार्केटबाट निशुल्क डाउनलोड गर्न मिल्छ । ४५ लाख नेपाली प्रयोगकर्ताहरु रहेको भाइबर, फेसबुक मेसेन्जर पछि, नेपालमा सबैभन्दा धेरै प्रयोग हुने दोस्रो 'मेसेजिङ एप' हो । भाइबरबाट इन्टरनेट मार्फत निशुल्क, फोन र भिडियो च्याट गर्न मिल्छ । भाइबरले, केही हप्ता पहिले सिमित समयको लागि टुबोर्गसँगको सहकार्यमा नेपाली भाषाको 'टुबोर्ग फन स्टिकर' सार्वजनिक गरेको थियो ।

माइक्रोसफ्टले, ४३ करोड प्रयोगकर्ता रहेको प्रोफेशनल सोसल नेटवर्किङ साइट लिङ्क्डइन २६ अर्ब डलरमा (करिब २६ खर्ब नेपाली रुपैँया) किन्ने घोषणा गरेको छ ।  माइक्रोसफ्टका अनुसार , लिङ्क्डइन छुट्टै (आफ्नै) ब्रान्डको रुपमा रहनेछ । अहिलेका लिङ्क्डइनका सिईओ जेफ विनर नै माइक्रोसफ्ट अन्तरगत रहने लिङ्क्डइन सिईओको रुपमा रहनेछन् । माइक्रोसफ्ट प्रोफेशनल क्लाउड र लिङ्क्डइन प्रोफेशनल नेटवर्क भएको उल्लेख गर्दै, लिङ्क्डइनका सिइओ जेफ विनरले माइक्रोसफ्टसँग मिलेर अझै धैरै काम गर्न सकिने कुरा आफ्नो  ब्लगमा  उल्लेख गरेकाछन् । लिङ्क्डइनका सिइओको ब्लगमा आएका कमेन्टहरु सर्सर्ती हेर्दा, लिङ्क्डइनका प्रयोगकर्ताहरु उत्साहित भएको देखिँदैन । सत्य नडेला माइक्रोसफ्टको सिइओ भएसँगै, माइक्रोसफ्टले मोबाइल, वेबमा आफ्नो पुरानो स्थान खोज्दै आएको छ ।  हालैका वर्षहरुमा आइफोन तथा एन्ड्रोइडमा रहेका पपुलर एप्सका साथै एन्ड्रोइड ओएस आदिमा लगानी गर्दै माइक्रोसफ्ट, मोबाइलमा छिरेको छ (माइक्रोसफ्टको आफ्नै मोबाइल सफल हुन सकेको भने छैन) । यसैलाई निरन्तरता दिँदै सोसल मिडिया मार्फत आफ्नो बजार बिस्तार गर्न माइक्रोसफ्टल...

नेपालमा ट्विटरका प्रयोगकर्ता दिनानु दिन बढ्दै गइरहेछन् । प्रधानमन्त्री देखि स्कुलमा पढ्ने भाइ-बहिनीहरु सम्म ट्विटरबाट आफ्ना कुरा राखिरहेकाछन् । नेता, प्रधानमन्त्री, प्रहरी, आर्मी आदिले आफ्ना ट्विटर एकाउन्टबाट ट्विट गरेर सूचना, जानकारी दिनु अब नौलो रहेन । ट्विटर चलाउनु एउटा कुरा, तर ट्विटरबाटै एउटा शहरको शासन व्यवस्था नै चल्नु अर्को कुरा । स्पेनको एउटा शहरमा ट्विटर कसरी प्रयोग गरिएको छ भनेर न्यु योर्क टाइम्स मा मार्क स्कटले लेखेको लेखको मूख्य अंशलाई साभार गरेर यहाँ प्रस्तुत गरिएकोछ । स्पेनको हुन् (जुन्) शहरका मेयरको घरमा अप्रिलमा छोरी जन्मिइन् । मेयरले आफ्नी भर्खर जन्मिएको छोरीका लागि ट्विटरमा एकाउन्ट बनाइदिए अनि जन्मिएको खबर, छोरीकै ट्विटरबाट "म जन्मिएँ" भन्दै ट्विट गरेर खबर सार्वजनिक गरे । जन्मने बित्तिकै फेसबुक र ट्विटर , किन चाहियो भनेर धेरैलाई चासो लाग्नु र अचम्म लाग्नु स्वाभाविक नै हो, तर यस स्पेनिश शहरका वासिन्दालाई भने यो सामान्य कुरा हो । करिब ३५ सय जनसङख्या रहेको यस शहरमा प्राय: हरेक गतिविधि ट्विटरबाटै हुन्छ । सम्भवत: संसारभरिमै यस शहरका वासिन्दा सबैभन्दा एक्ट...

गोरु किनबेच हुने बजार भएका कारण, सायद बरहथवा नाम रहन गएको होला । पूर्व-पश्चिम राजमार्गबाट करिब १२ किलोमिटर दक्षिणमा अवस्थित बरहथवा बजार (हाल नगरपालिका) मा हप्ताको दुई दिन बजार लाग्छ। राजमार्गबाट जम्मा १२ किलोमिटर भएपनि, यो बाटो छिचोल्न गाडीमा लगभग ४५ मिनेट देखि १ घन्टासम्म लाग्छ। सम्भवत सर्लाही जिल्लामा सबैभन्दा धेरै कारोबार हुने ठाउँ बरहथवा हो, तर मैले थाहा पाएदेखि बरहथवाको रुप लगभग उस्तै छ । केही नयाँ घर बनेका छन्, गाविस नगरपालिकामा परिणत भएको छ, केही थान बोर्डहरुमा मधेस सरकार थपिएको छ तर बाँकी कुरामा खासै केही फेरबदल देखिएको छैन । सम्भवत: पहिलो पटक बस मैले यहीँ बरहथवामा नै देखेँ हुँला, चढेँ हुँला । बिहानै दूध बोक्ने टायरमा बसेर २ घन्टाको यात्रा पछि, बरहथवा पुगेर धेरै पटक बस चढिएको छ । बरहथवा वरिपरिको भू-भाग/वस्ती कृषीको लागि उर्वर मानिन्छ, अनाज बेच्ने देखि लिएर, दैनिक उपभोग्य वस्तु किन्ने/बेच्ने, गाइवस्तु किनबेच आदि सबैको लागि बरहथवा नै एकमात्र बजार हो। बरहथवा बजारमा दुईवटा चलचित्र हल पहिले देखि नै छन्, सायद पहिलो फिल्म पनि यहीँ हेरियो होला । पहिलो पटक फोन पनि यहीँ देखियो होला । प...