३२ वर्षअघि, सन् १९८३ जुनमा, एप्पलका संस्थापक स्टिभ जब्सले एक कन्फेरन्समा प्रस्तुत गरेका “सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टर”को अवधारणा यहाँ सम्म आइपुग्दा विकसित भइसकेको छ । “म्युजिक स्टोरमा छानी छानी गित सुन्न किन्न सकिए झैँ, सफ्टवेयर पनि त्यसरी नै स्टोरमा छानी छानी किन्न सकिने हुनुपर्छ, धेरैजसोलाई आफ्नो कम्प्युटरमा कुन किसिमको सफ्टवेयर चाहिन्छ भन्ने कुरा पनि थाहा छैन”, स्टिभ जब्सले उतिबेलै नयाँ किसिमको सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टरबारे आफ्नो अवधारणा राख्दै बोलेका थिए । त्यसको बिस वर्षपछि २००३ मा एप्पल’ले आईट्युन्स सार्वजनिक गर्यो, जहाँबाट आफूलाई चाहिने गित छानेर किन्न सकिन्छ । स्टिभ जब्सकै भिजनको बृहत रुपनै अहिलेका एपस्टोर, प्लेस्टोर, आइट्युन्स, मोबाइल एप्स आदि हुन्। उनले १९८३ मै “सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टर”को कुरा राखेपनि, मोबाइलमा चाँहि सन् २००७ पछि मात्रै यस किसिमको अवधारणा भित्रियो । २००७ को जुनमा, स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेर, स्मार्ट मोबाइलफोन युगको प्रारम्भ गरिदिएका थिए । आईफोन सँगै एन्ड्रोइड स्मार्टफोनहरु पनि भित्रिए, बजारमा पुरानै शैलीबाट चलिरहेका नोकिया, मोट