नेपालमा सरकारी जागिर'को क्रेजको बारेमा मैले केही बताउन पर्दैन। केही वर्ष अघि 'डक्टर पाइलट' ब्यान्डका, क्रान्ति आले'ले गित नै बनाएकाथिए, "छोरी माग्न जाँदा, बिहे गर्छु भन्दा, ससुरा परे दोधारे, भन्छन् - तिम्रो छ र के भर, खोजिआउ पहिले सरकारी जागिर..." । सरकारी सेवामा प्रवेश गर्न खुट्टो उचालिरहेकालाई, लोकसेवा आयोगले लिने परिक्षाको खड्गो पार गर्नुपर्छ । एउटा पदका लागि निकालिएको सूचनामा, हजारौँले आवेदन दिन्छन्, कडा प्रतिस्पर्धा हुन्छ, केहीलाई परिश्रम र भाग्य दुबैले साथ दिन्छ, अनि सरकारी सेवामा छिर्छन् । लोकसेवाको परिक्षाको तयारीका लागि, विषय अनुसारको किताब नि किन्नुपर्यो, त्यसमाथि पत्रिकामा निरन्तर सूचना पनि पच्छ्याउनु पर्यो, कतिपय अवस्थामा लोकसेवा परिक्षाको तयारी कक्षामा नि भर्ना हुनुपर्छ, त्यसका लागि काठमाडौँ नै धाउनुपर्छ । यही विविध झन्झट्हरुबाट परिक्षार्थीलाई छुटकारा दिलाउन र लोकसेवा परिक्षालाई अझ सजिलो र सुलभ बनाउन 'मन्त्र आइडियाज'ले 'लोकसेवा नेपाल' नामक मोबाइल एप निर्माण गरेकोछ । गुगल प्लेस्टोर तथा एप्सझोला मा उपलब्ध लोकसेवा नेपालको एन्ड