Skip to main content

लोकसेवाको तयारी अब मोबाइल एपबाटै


नेपालमा सरकारी जागिर'को क्रेजको बारेमा मैले केही बताउन पर्दैन। केही वर्ष अघि 'डक्टर पाइलट' ब्यान्डका, क्रान्ति आले'ले गित नै बनाएकाथिए, "छोरी माग्न जाँदा, बिहे गर्छु भन्दा, ससुरा परे दोधारे, भन्छन् - तिम्रो छ र के भर, खोजिआउ पहिले सरकारी जागिर..." ।

सरकारी सेवामा प्रवेश गर्न खुट्टो उचालिरहेकालाई, लोकसेवा आयोगले लिने परिक्षाको खड्गो पार गर्नुपर्छ । एउटा पदका लागि निकालिएको सूचनामा, हजारौँले आवेदन दिन्छन्, कडा प्रतिस्पर्धा हुन्छ, केहीलाई परिश्रम र भाग्य दुबैले साथ दिन्छ, अनि सरकारी सेवामा छिर्छन् । लोकसेवाको परिक्षाको तयारीका लागि, विषय अनुसारको किताब नि किन्नुपर्यो, त्यसमाथि पत्रिकामा निरन्तर सूचना पनि पच्छ्याउनु पर्यो, कतिपय अवस्थामा लोकसेवा परिक्षाको तयारी कक्षामा नि भर्ना हुनुपर्छ, त्यसका लागि काठमाडौँ नै धाउनुपर्छ ।  यही विविध झन्झट्हरुबाट परिक्षार्थीलाई छुटकारा दिलाउन र लोकसेवा परिक्षालाई अझ सजिलो र सुलभ बनाउन 'मन्त्र आइडियाज'ले 'लोकसेवा नेपाल' नामक मोबाइल एप निर्माण गरेकोछ । गुगल प्लेस्टोर तथा एप्सझोलामा उपलब्ध लोकसेवा नेपालको एन्ड्रोइड एपमा नयाँ अपडेट भर्खरै आएकोछ, जसमा नयाँ 'ह्याङम्यान गेम' पनि थपिएकोछ ।


गुगल प्लेस्टोर तथा एप्सझोलाबाट निशुल्क डाउनलोड गरि चलाउन सकिने 'लोकसेवा नेपाल' एप मार्फत लोकसेवा बारेमा सम्पूर्ण जानकारी, नयाँ सूचना/विज्ञापन पाउनुको साथै परिक्षाको तयारी गर्न सकिन्छ । एपलाई चलाउन भने सुरुमा इन्टरनेटको आवश्यकता पर्दछ, त्यसपछि भने 'अफलाइन' पनि चलाउन मिल्छ, तर अफलाइन चलाउँदा सबै 'फिचर' उपलब्ध नहुनसक्छन्।

लोक सेवा नेपाल एपबाट, हालका लागि प्रशासनको खरिदार, ना.सु., शाखा अधिकृतको तयारी गर्न सकिन्छ भने प्राविधिकमा कम्प्यूटर अपरेटर, अ.न.मि., स्टाफ नर्स, कम्प्युटर इन्जिनियर, कम्प्युटर अधिकृत, सिभिल इन्जिनियरको पुरानो प्रश्नपत्र, अभ्यास प्रश्नहरु, लोक सेवा आयोगबाट प्रकाशित सुचनाहरु पढ्न र 'ह्यांगम्यान' खेल्दै सिक्न सकिन्छ । सूचना प्रविधिको प्रयोगले देशको विभिन्न भागबाट लोक सेवाको तयारीकै लागि भनेर काठमाण्डौ आउनुपर्ने वाध्यतालाई पनि एपले हटाउने दावी कम्पनीको छ ।


लोकसेवा नेपाल एपका बिशेषताहरु :
१) लोक सेवा आयोग बाट प्रकाशित सुचनाहरु हेर्न मिल्ने
२) बिभिन्न बिषयहरुमा अभ्यास गर्न सकिने
३) पुराना प्रश्न-पत्रहरु हेर्न सकिने
४) 'ह्याङ्म्यान' खेल्दै सिक्न सकिने
५ ) महत्वपूर्ण ऐन तथा नियमावलिहरु समावेश गरिएको
६) समसामयिक र राजनीतिशास्त्र समावेश गरिएको
७) लोक सेवाको निम्ति आवश्यक सम्पूर्ण पाठ्यक्रम
८) आवश्यक दरखास्त फाराम
९) सामान्य ज्ञानको छुट्टै व्यवस्था
१० ) आफुले दिन चाहेको पदको मात्र अभ्यास गर्न सकिने

➤ Install LokSewa Nepal Android App From PlayStore or Apps Jhola

Comments

  1. Thank you for the post. "तिम्रो छ र के भर, खोजिआउ पहिले सरकारी जागिर", thanks for reminding the quote :)

    ReplyDelete
  2. android pro applicationharu sajilai download garnuhos nigesh.com.np ma

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Subscribe to Aakar Post