Skip to main content

Posts

अघिल्लो वर्षको जनवरीमा लेखिएको " एउटा फेक ट्विटर एकाउन्टको नाममा " ब्लग  वर्षैभरि  अन्यन्तै चर्चित रह्यो । सायद यसैको प्रभाव हुनुपर्छ, अघिल्लो हप्ता ईमेलमा अमेरिकी बसाइ अनुभव संगालिएको बाबुरामजीको एउटा प्राइभेट 'अनलाइन जर्नल' (डायरी) आइपुग्यो। नियमित त हैन, तर कहिलेकाँही भने तिम्रो ब्लग हेर्छु भनेर लेखिएको थियो । त्यसै  'जर्नल'मा रहेको 'अमेरिकी छलाङ्ग'का केही सम्पादित अंशहरु तल प्रस्तुत गरेकोछु । १. म यसै बसिरहेको हुन्छु, फोनमा खेलिरहेको हुन्छु, घरी ट्विटर घरी फेसबुक घरी के चलाई रहेकोहुन्छु। यसैमा भान्सामा काम गरिरहेकी मेरी प्राण प्यारीको नजर म माथि पर्छ। अनी उनी भन्छिन, "यसै फोन चलाएर बस्नु भन्दा त बरु ईन्टरनेट खोलेर मेरो फोन र ईन्सुरेन्सको अटो पे'मा राखिदिनु नि, महिनै पिच्छे सम्झिदाँको टेन्सन त हुन्न मलाई" ! म एकदम ज्ञानी पति बनेर ल्यापटप खोल्छु। पासवर्ड हालेर विण्डोज खोलि सकेको हुदैन, मेरी प्राण प्यारी भान्साबाट मर्जी हुन्छिन । "कहिले काँहि त बुढिलाई भान्सामा सहयोग गरे नि हुने नि, कहिले फोन त कहिले ल्यापटप"। २. एक जन

फेसबुकमा पाँच हजार साथी पुगे अब आफ्नो "पेज" बनाउँछु भनेर हिजोआज धेरै साथीहरु तम्सिएको देखेकोछु । तपाईलाई थाहा नहुन सक्छ, तर हिजोआज प्रायजसो व्यक्तिगत 'पेज'को जरुरतलाई 'प्रोफाइल'ले नै पुरा गरिदिन्छ ।  तपाईको प्रोफाइल तपाई आफैँले मात्र चलाउनुहुन्छ भने, तपाईको लागि 'फेसबुक पेज' खर्चिलो र झन्झटिलो मात्र हुनजान्छ । तर तपाईको 'सोसल मिडिया' उपस्थिति म्यानेज गर्ने टिम नै छ भने, पेज सही विकल्प हुनसक्छ । जस्तो एउटा उदाहरण हेरौँ: यदि तपाईंले पेज पनि बनाउनु भयो र उक्त पेज आफैँले म्यानेज गर्नुपर्छ भने सोच्नुस्, तपाईका फलोअरहरु दुई तिर बाँडिनेछन् पेज र प्रोफाइलमा । दुबैमा अपडेट दिनुपर्यो, कतिपय प्रसंगमा त एउटै कुरा दुई तिर पोष्ट गर्नुपर्छ। फेरि दुईटैमा नियमित हुनुपर्यो। दुबैमा आएका, कमेन्ट र म्यासेज पनि हेर्नुपर्यो । यस हिसाबले मात्रै पनि एउटा कामको लागि समय दोब्बर लाग्छ । अर्को कुरा, तपाईको आफ्नै प्रोफाइललाई पेजमा परिवर्तन गर्नुभयो भने पनि, तपाईका सबै डाटाहरु मेटिन्छन् । आफ्ना चिनेका साथीहरुको सर्कल दुई तिन सयको हाराहारीमा छ र अरु धेरै साथीहरु नबनाइ

फेसबुकको लोकप्रियता सँगै "सोसल मिडिया मार्केटिङ"को ट्रेन्ड देखापर्यो । अझ फेसबुकले 'बिजनेस पेज'को अवधारणा ल्याएपछि र इन्टरनेट जनसङ्ख्या फेसबुकमा तानिएपछि, अधिकांश कम्पनी/ब्रान्डहरुले 'फेसबुक'मा आफ्नो उपस्थिति जनाउन थाले । कोकाकोला र रिहानालाई मात्र होइन, नेपाली अनलाइन टिसर्ट स्टोर 'थ्रेडपेन्ट्स' लाई पनि फेसबुक बरदान सावित हुँदैआएकोछ । फेसबुकका अनेकौँ फाइदाहरु हुँदाहुँदै पनि यतिबेला फेसबुक 'लाइक'का बारेमा विभिन्न टिका-टिप्पणीहरु आउने गरेकाछन्, विशेषत 'फेसबुक विज्ञापन'का कारण । सोसल मिडिया मार्केटिङ अहिलेको समयमा ब्रान्ड तथा कम्पनीहरुको लागि अत्यावश्यक कुरा हो । फेसबुक लगायतका केही मार्केटिङ एजेन्सीहरुले सोसल मिडिया मार्केटिङलाई 'फेसबुक विज्ञापन' र 'फेसबुक लाइक' हो भनेर बुझाउने गरेका कारण हिजोआज ब्रान्डहरु कंगाल भइरहेकाछन् । धेरै लाइक/फ्यान ल्याउन कम्पनीहरु फेसबुक विज्ञापनमा लाखौँ खर्च गरिरहेकाछन् तर वास्तविकतामा उनीहरु 'फेक' लाइक किनिरहेकाछन् जसको हुनु र नहुनुमा केही फरक छैन । ब्रान्ड तथा कम्पनीहरुले जा

सोसल नेटवर्किङ साइट फेसबुकले, ४५० मिलियन प्रयोगकर्ता भएको मोबाइल च्याट एप (कम्पनी) "ह्वाट्सएप" १६ बिलियन डलरमा किन्ने घोषणा गरेकोछ । फेसबुकव्दारा जारि विज्ञप्ति अनुसार फेसबुकले व्हाट्सएपलाई ४ बिलियन डलर 'क्यास' र १२ बिलियन डलर बराबरको फेसबुक सेयर दिनेछ। यसबाहेक फेसबुकले ३ बिलियन डलर आगामी ४ वर्षमा व्हाट्सएपका संस्थापक र कर्मचारीहरुलाई फेसबुक स्टकको रुपमा दिनेछ । @aakarpost १९ बिलीयन डलर भन्या १९ खर्ब नेपाली रूपैया, लगभग नेपालको ४ बर्षको बजेट ;) — Akur Rimal (@fluctuating) February 20, 2014 विगत केही समययता भएका खरिदहरु मध्ये फेसबुक र व्हाट्सएपको डिल सबैभन्दा ठूलो हो । ट्विटरमा हामीले गुगल, फेसबुक, माइक्रोसफ्ट, याहु आदिले खरिद गरेको कम्पनीहरुबारे यसरी यसलाई हिसाब गरेका थियौँ । १ ह्वाट्सएप = २ स्काइप = ६ नेस्ट = १८ टम्लर = १९ इन्स्टाग्राम = २१ भाइबर = १९ बिलियन डलर MT @ishwari : 1 WhatsApp = 2 Skype = 21 Viber = 19 Instagram = 6 Nest = 19 Billion. — Aakar Anil (@aakarpost) February 19, 2014 फेसबुकले इन्स्टाग्राम जस्तै व्हाट्सएपलाई पनि ह्वाट्सएपकै ब्रा

"आज मसँग चानचुन भएन, चिया खानुपर्नेथियो?” एकजना बूढाबा आफू बसेको कुर्सी नजिकै आएर नजाँनिदो किसिमले 'चानचुन' दिन आग्रह गर्छन् । उनको 'चानचुन'को आग्रह सुनेर हामीबिच हाँसोको फोहोरा छुट्छ, काकाबाले ती बुढाबालाई केही चानचुन दिनुहुन्छ, हामी फेरि 'चानचुन' बाको कुरा काट्दै चिया सुरुप्प पार्छौँ । चानचुन'बा पनि अघिल्लो महिना इन्द्रदह हाइकिङ जाँदा भेटिएका 'कान्छा काका' बिर्साउने किसिमका रहेछन्, तर उनलाई हामीले धेरैबेर अल्मल्याएनौँ । पावर हाउसबाट पोखरी जाने उकालो सिँढि चढ्दै गर्दा केही अघि तिनै बूढाबा भेट भएका थिए । ती बूढाबा ओरालो झर्दैथिए, हामी उकालो चढ्दै थियौँ । ३ घन्टा घाममा सेकिँदै हिँडेका हामीलाई भोक लागिसकेको थियो, काकाबाले ती बूढाबालाई सोध्नुभयो, “यता खाने ठाउँ कता छ?” । ती बूढाबाले हातले ईशारा गर्दै, 'एउटा उ तल छ, एउटा यता घर माथि छ' भने । चित्तबुझ्दो जवाफ नभेटेकोले उनका कुरा एउटा कानले सुनेर अर्को कानले उडाइदियौँ । १० – १२ वटा खुड्किलो के चढिएको थियो, ती बूढाबाले घरपछाडी भनेर ईशारा गरेको घरको पछाडी देखियो, भोज भतेरको लागि धमाधम पकाउ

नोभेम्बर २०१३ मा प्रकाशित भएको " ह्याचिङ ट्विटर " न्युयोर्क टाइम्सका प्रविधि तथा 'बिट्स ब्लग" का लेखक निक विल्टन (@nickbilton)  ले लेखेका हुन् । "ह्याचिङ ट्विटर" मैले पढेका थोरै अंग्रेजी किताबहरुमा पर्छन् । नोभेम्बरमै यसको किन्डल भर्सन, पढेर सकाइयो, किताबबाट ट्विटरको कसरी जन्म भयो, ट्विटरको विकासक्रम कस्तो रह्यो, ट्विटरबाट कसले के पाए, के गुमाए आदि विविध भित्री कुराहरु थाहापाइयो । ट्विटरका संस्थापकहरु विचभएका राजनिती र 'इगो फाइट'हरु पढ्दा निकै मर्माहत भइयो, सोचेभन्दा धेरै फरक पाएँ ट्विटर, कम्पनीको रुपमा। स्टार्टअप भित्र त्यति धेरै उतारचढाव र भयंकर राजनिती हुँदा र स्थापनाको पाँच - छ वर्षसम्म पनि विना कुनै आम्दानी ट्विटर चलेको देख्दा भने निकै अचम्भित भएँ । किताब पढेर केही प्रति अगाध श्रद्धा पलायो भने, केही प्रति वितृष्णा पनि । प्रस्तुत ब्लगमा किताबको समिक्षा भन्दा पनि किताब पढेर बुझेका र थाहा पाएका तथ्यहरु राखेकोछु । "ह्याचिङ ट्विटर"को किन्डल भर्सन गिफ्ट दिनुहुने दाजु "योन्तेन ग्याछो"( @TheYGoffice ) लाई हार्दिक धन्यवाद । ब्ल

"वर्षदिन भयो काम सुरु गरेको, यता अफिसमा सरेको चाँहि करिब ६ महिना भयो" - केही दिन अघि थ्रेडपेन्ट्सको अफिस, बुद्धनगर पुग्दा आशिष आचार्यले भने । सँगै रहेका सविन भन्डारीले थपे, " थ्रेडपेन्ट्स डटकम डिसेम्बर ३०, २०१२ मा रजिष्टर गर्यौँ"। पूल्चोक इन्जिनियरिङ क्याम्पसमा अन्तिम वर्षमा हुँदा आशिष, सविन र आयुषलाई केही आफ्नै काम गर्नुपर्छ जस्तो लाग्दैथियो, एकदिन कुरैकुरामा अकस्मात एउटा 'आइडिया' निस्कियो, "अनलाइन टिसर्ट स्टोर" जहाँबाट आफूलाई मनपर्ने डिजाइन प्रिन्ट गर्न सकियोस् । आफूलाई मन परेको डिजाइनमा टिसर्ट लाउन नपाएको गुनासो यी तिनै जनालाई थियो, उनीहरुले पहिलोपटक पूल्चोक क्याम्पसमा आयोजना गरिएको एउटा कार्यक्रमको लागि टिसर्ट बनाए । त्यसपछि फेरि पनि पूल्चोक क्याम्पसकै विद्यार्थीहरुको लागि विभिन्न डिजाइनमा टिसर्ट बनाए, टिसर्ट चल्यो । अनलाइन टिसर्ट स्टोरको चर्चा चल्नथाल्यो, उनीहरुले होस्टलको आफ्नो कोठालाई नै आफ्नो अफिस र स्टोर बनाएर थ्रेडपेन्ट्स सञ्चालन गरे । नेपालमा थोरैमात्र यस्ता स्टार्टअप होलान् जुन क्याम्पसका होस्टलबाट विना पुँजी सुरु भएकाछन् ।