Skip to main content

Posts

छ वर्ष अघि सन् २००७ मा यो ब्लग सुरु गर्दा, आजको आफ्नो यो परिचय को कल्पना गरिएको थिएन । आफ्ना स्केच र विश्वविद्यालयको गृहकार्यलाई संग्रह गर्नको लागि सुरु भएको ब्लगले विस्तारै आफ्नो यो परिचय छोडेर, सबैको लागि सबैथोक बन्ने कोशिस गर्यो । सुरुवातका दिनमा रुपेश दाइ को निरन्तरको हौसलाले ब्लगलाई निरन्तरता दिएँ, आफ्ना मनमा उब्जिएका सबैकुरा ब्लगमा पोतियो । बिस्तारै फेसबुक र ट्विटरको लोकप्रियता बढ्न थाल्यो, अनि त्यही लहरमा लागियो । ब्लग, फेसबुक र ट्विटरबाट भुपेन्द्र दाइ को नजिक पुगियो अनि रुचीको रुपमा रहेको 'सोसल मिडिया' मेरो प्रोफेसनको रुपमा देखापर्यो । सोसल मिडियालाई सबैले आफू अनुकुल परिभाषित गरेकाछन् अनि आफू अनुकुल प्रयोग गरेकाछन् । जस्तो कि, पत्रकारिता क्षेत्रमा सोसल मिडियाले क्रान्ति ल्यायो भनिन्छ, अत यसलाई "नागरिक पत्रकारिता" को दर्जा दिइन्छ (अन्य पाटाहरु पनि छन्) । अनि यता डिजिटल मार्केटिङमा पनि सोसल मिडियाले धार नै परिवर्तन गराइदिएकोछ । यसबाट मैले निकालेको निचोड भनेको 'सोसल मिडिया'ले "कम्युनिकेसन"मा युगान्तकारी परिवर्तन ल्याइदियो । इन्टरनेट

अस्ति एकजना साथीले मेरो मोवाइल नम्बर सोध्नुभो । "नाइन, एट, फोर, वान...", त्यसपछि आफैँलाई आफ्नो नम्बर तत्काल याद आएन ।त्यसो त मलाई मेरो मोवाइल नम्बर याद नहुने होइन, तर त्यो दिन अचानक साथीले सोध्दा भन्न नसकेको मात्र हुँ । घर आइसकेपछि आफैँलाई जाँच्न मनलाग्यो । मोबाइलको कन्ट्याक्ट्समा हेरेँ लगभग ३ हजारको नाम रहेछ, गुगल प्लसको कन्ट्याक्ट सबै आएछ फोनमा । गुगललाई एकछिन मनमनै गाली गरेँ, मैले कन्ट्याक्ट सिन्क गरेको त थिएन तर पनि फोनमा देखियो । मेरो बाहेक कतिजनाको नम्बर आफूलाई आउँदोरहेछ भनेर जाँच्नखोजेँ । अहँ, मेरो आफ्नु नम्बर बाहेक अरु कसैको नम्बर सम्झन सकिँन । प्रविधीको विकास र प्रयोग सँगै नम्बरहरु बिर्सिएछ , पहिले दर्जनौँका फोन नम्बर मुखाग्र थियो । केही दिनपछि यो साइट मा केही रमाइला कार्टनुहरु देखेँ, आफैँलाई व्यङ्ग्य गरेको जस्तो लाग्यो । मोबाइलले झुठो बोल्न सिकाको कुरा त ५-६ वर्ष अघि नै यहाँ लेखिसकेकोछु ।  Life Before and After Mobile Phones माथिका कार्टुनहरुसँग तपाई कत्तिको सहमत हुनुहुन्छ? 

"गजुर छ मन्दिर हैन, पखेटा छ चरा हैन, करंग छ मान्छे हैन, घुम्रिएको पुछर छ कुकुर हैन के हो साथी तेस्को नाम?"  गाउँखाने कथा भन्ने बित्तिकै आफूलाई चाँहि स्कुलको याद आउँछ । स्कुल पढ्दाताका गाउँखाने कथाहरु धेरै खेलिन्थ्यो, अरुलाई सोधिन्थ्यो, जवाफ पनि धेरै मिलाइन्थ्यो । हरेक बालपत्रिकामा "गाउँखाने कथा" हुने कारण पनि उ बेला धेरै जानकारी राखिन्थ्यो होला । हिजोआज गाउँखाने कथाका उत्तरहरु मिलाउन आफूलाई त हम्मे हम्मे पर्छ ।सबैकुरामा गुगलको भर पर्ने गरेका कारण कति कथाहरु त बिर्सि पनि सकियो । तर गाउँखाने कथालाई इन्टरनेटमा जिवित राख्न गाउँखाने कथा डटकम आएकोछ । सुशिल गुप्ताले निर्माण गरेको यस साइटमा गाउँखाने कथाहरु पढ्न सकिन्छ, अनि आफूले जानेका गाउँखाने कथाहरु साइटमा थप्न पनि मिल्छ । भविष्यमा गाउँखाने प्रतियोगिता पनि साइटमा राख्ने सुशिलको 'प्लान' छ ।  प्रयोगकर्ताहरुले अहिलेको लागि आफूलाई आउने गाउँखाने कथाहरु साइटमा थपिदिएर, गाउँखाने कथाको डेटावेस निर्माणमा सहयोग गर्न सक्छन् । 'थप्नुहोस्' सेक्सनमा गएर गाउँखाने प्रश्न, उत्तर, आफ्नो नाम र इमेल लेख्न

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए। “खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ । “एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो । “मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें । म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें । मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोल

सय वर्ष अघिको प्रथम विश्वयुद्धको फोटोहरुलाई क्यानडामा रहेको एक ग्राफिक डिजाइनिङ कम्पनीले थ्रिडीमा सार्वजनिक गरेकोछ (सन् १९१४ देखि सन् १९१८, चारवर्षसम्म पहिलो विश्वयुद्ध चलेकोथियो)।टोरन्टो, क्यानडा स्थित फोटोग्राफी तथा डिजाइन कम्पनी "नर्ड वल्ड" (Nerds World) ले प्रथम विश्वयुद्धको फोटो खिचेको क्यामेरा र फोटो स्लाइडहरु गत वर्ष खरिद गरेको थियो । प्रथम विश्वयुद्धका फोटोका स्लाइडहरुलाई "थ्रिडि भ्युअर"बाट थ्रिडिमा हेर्न सकिने 'नर्ड वल्ड'ले साइटमा उल्लेख गरकोछ । 'नर्ड वल्ड'ले सार्वजनिक गरेका केही  "जिफ" (.gif) फोटोहरुलाई यहाँ राखेकोछु। पहिलो विश्वयुद्धमा फ्रान्सेली सेनाले फोटो खिच्न प्रयोग गरेको क्यामेरा । पहिलो विश्वयुद्धका फोटोहरु via The Verge 

We're organizing a Social Media Meetup in Kathmandu on 29th June (Asar 15), Saturday to mark the Social Media Day 2013 in Nepal. Mashable launched this event in 2010 for the first time to recognize the digital revolution happening around the world. Social Media Day is being celebrated worldwide on 30th June and we’re excited to celebrate Mashable’s fourth annual Social Media Day in Kathmandu, Nepal as well. Social Media has become our lifestyle. Social Media serves different value and can be used for different purposes. This year our theme is "Social Media is Good" (Thanks to @UjjwalAcharya ). Social Media has played a major role in changing the fortune of many people, communities, brands, companies and countries. In this Meetup we'll be discussing what good Social Media has done in different sectors in Nepal, how people are using Social Media for Good. An expert from different fields (Marketing, Journalism, Education, Literature, Movie, Music, Sports, Campai

प्रत्येक वर्ष आयोजना हुँदै आएको लोकसको दशौँ संस्करण "लोकस २०१३" असार १४ देखि १६ गतेसम्म पुल्चोक क्याम्पस, पुल्चोकमा आयोजना हुनेभएकोछ । "Engineering the Rural Development” भन्ने थिम सहित आयोजना हुन लागेको लोकस २०१३ तिन दिनसम्म हुन लागेको कार्यक्रममा विभिन्न कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरुको सहभागिता रहेनछ । कार्यक्रममा सफ्टेवयर कम्पिटिसन, हार्डवेयर कम्पिटिसन, सेमिनार, भिडियो कम्पिटिसन, पेपर प्रिजेन्टेसन लगायत विविध कार्यक्रम आयोजना गरिनेछन् । LOCUS 2013 will be focusing on the issue “Rural Development” through an engineering perspective and act as a medium to acknowledge this topic via different plans and efforts in the technical level. LOCUS has tried to define the activities and concerns of rural development through engineering solutions. The primary objective of the event is to bring to light the present disparity of technology in the rural areas of Nepal and model the solution approaches. Event: LOCUS 2013 (10th National Technological Festival) Date: Ju

हाम्रो पुस्ता इन्टरनेटमा झुमिरहेकोभएपनि, विश्वमा अझै पनि सबैको पहुँचमा इन्टरनेट पुगेको छैन। इन्टरनेट भएका ठाउँमा पनि भनेजस्तो स्पिड राम्रो छैन, त्यसमाथि इन्टरनेट अझै पनि महंगो नै छ । हाम्रै देशको कुरा गर्दा, काठमाडौँ लगायत केही शहरममा मात्र इन्टरनेटको पहुँच छ । काठमाडौँबाट अलिकति बाहिर लाग्ने बित्तिकै इन्टरनेटबाट बञ्चित हुनुपर्ने अवस्था छ । इन्टरनेट सबै ठाउँ र सबैको पहुँचमा सर्वसुलभ रुपमा पुर्याउन गुगलको ल्याब "गुगल एक्स" ले "लुन" नामक प्रोजेक्ट सुरु गरेकोछ । "लुन" प्रोजेक्ट अन्तर्गत, गुगलले बेलुनको माध्यमबाट इन्टरनेट सबैको घर घरमा पुर्याउने योजना ल्याएकोहो । बेलुनबाट इन्टरनेट, कुरा जोक झैँ लाग्न सक्छ, तर गुगलको प्रयोग सफल भएको खण्डमा केही वर्षभित्रैमा हामीले पनि बेलुन इन्टरनेट चलाउन सक्नेछौँ । गुगलका बेलुनहरु पृथ्वीको सतह भन्दा करिब २० किलोमिटर माथि रहनेछन् र हामीले साविकको स्थितिमा थ्रीजी सरहको इन्टरनेट स्पिड पाउनेछौँ । पृथ्वीको सतहभन्दा करिब २० किलोमिटर माथि रहने र बेलुनहरु आकाशमा घुमिरहने भएका कारण, पृथ्वीको जुनसुकै ठाउँबाट सहज तरिकाले इन्टरनेट

ट्विटरमा सबैभन्दा धेरै "पपुलर" भएको फोटो, ट्विट, भाइन भिडियो आदिबाट आफ्नो ट्विट भिडियो बनाउन मिल्छ । भिजिफाइ सँगको सहकार्यमा, आफ्ना "पपुलर" फोटो, भाइन भिडियो, ट्विट, फलोअर आदिलाई समेटेर केही मिनेटमै फलोमी ( #FollowMe ) भिडियो बनाउनमिल्ने सुविधा ट्विटरले हिजोबाट सुरु गरेकोछ  । यति मात्र होइन भिडियोबाट, आफूले ट्विट गर्ने विषय र समय पनि थाहा पाउन सकिन्छ । भिडियो बनाउन, भिजिफाईमा ट्विटरबाट साइनइन गर्नुस । त्यसपछि भिजीफाईले अटोमेटिक रुपमा केही मिनेट भित्रैमा तपाईको ट्विटहरुको फलोमी भिडियो तयार पारिदिन्छ । भिडियो तयार भइसकेपछि, आवश्यकता अनुसार आफूले सम्पादन पनि गर्न मिल्छ । Hey @KakaBaa , @Lohsirk , @anantabrt , you've got a starring role in my video: https://t.co/wL9iSnup1a #FollowMe #Vizify — Aakar Anil (@aakarpost) June 13, 2013 फरक प्रसंग हिजो देखि ट्विटरले ट्विटर एनालिटिक्स सबैको लागि खुला गरेकोछ । आफ्नो कुन ट्विट कति "ईंगेजिङ" छ, कुन लिंक कति पटक क्लिक भयो, कति पटक रिट्विट भयो, मेन्सन भयो, फेव भयो आदि विविध कुराहरु यसबाट जान्न सकिन्छ ।

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2069, on Tuesday. Altogether 547,165 examines had appeared for the SLC exam. We've uploaded SLC Result 2069 in . pdf / . txt format. Please download the SLC Result 2069 from the links below. Check your SLC Result 2069 Online 1) Link1: SLC Result 2069 Regular . pdf     Link2: SLC Result 2069 Regular . txt 2) Link1: SLC Result 2069 Exempted . pdf     Link2: SLC Result 2069 Exempted . txt 3) Distinction : SLC Result 2069 . txt     First Div : SLC Result 2069 . txt     Second Div : SLC Result 2069 . txt    Third Div: SLC Result 2069 . txt     Withheld . txt How to check SLC Result ? # Download/Click above Files/Links # Open File and Press Ctrl+F # Box will appear, Insert your symbol number and Search Files Disclaimer! The record of the Office of the Controller of the examination will be official.