Skip to main content

Posts

The office of the Controller of Examinations, Sanothimi is planning to publish the results of the School Leaving Certificate (SLC) 2069/2070 examinations by Wednesday. The OCE is going through the final preparation to publish the SLC result 2069. Kantipur reports , the marks obtained by the examinees have been entered in the system, which is being proofread. According to Deputy Examination Controller Prahlad Aryal the verification process will complete in a couple of days. Altogether 547,165 examines had appeared for the SLC exam. SLC Results 2069 will be available online as soon as the Controller of Examinations published the results. You can check SLC Results via Sparrow SMS Service as well. How to check SLC result via Sparrow SMS? Type SLC-space-Your Symbol Number and send it to 5001 to get the SLC result of 2013 in Nepal. ( एसएमएस मार्फत रिजल्ट हेर्न SLC-space-Your Symbol Number टाइप गरि 5001 मा पठाउन सकिनेछ ।)   Example: SLC 01234566A

ट्विटर र फेसबुकमा "यस्तो हुनुपर्छ..." भन्ने आशयका ट्विट र स्टाटसहरु देखिरहिएकोछ । यसप्रकारका कुराहरु कहाँबाट सुरु भयो भन्ने त थाहा छैन, तर फेसबुकमा मात्रै सिमित रहेको यी कुराहरु गत शुक्रबार देखि नेपाली ट्विटर जगतमा पनि आगो झैँ फैलिएकोछ । ट्विटरमा शुक्रबार देखि सुरु भएको यो कुरा आज सोमबारसम्म पनि जारीछ, यसबिचमा करिब २५ सय देखि ३ हजारसम्म यस सम्बन्धि ट्विट भएको अनुमान गरिएकोछ ।प्राय प्रयोगकर्ताहरुले खेल, राजनिती, पेशा, नेपाली समाज आदि विभिन्न विषयमा यसप्रकारका ट्विटहरु गरेकाछन् । ट्विटहरु रमाइला हुँदा हुँदै पनि, एउटै कुरा धेरै पटक दोहोरिएकोले अनि ट्विटर भरि यही सम्बन्धि ट्विटहरु मात्र देखिएकोले प्रयोगकर्ताहरु 'इरिटेटेड' पनि भएकाछन् । यति हुँदा हुँदै पनि केही रमाइला ट्विटहरु यहाँ ब्लगमा समेट्ने जमर्को गरेकोछु । [ View the story "... यस्तो हुनुपर्छ..." on Storify ]

१. सस्तो खाना बल्खुबाट सुमो गुढेको करिब अढाई घन्टापछि देउराली भन्दा पर तलतिर गढीमा खाना खानको लागि रोकियो । सिटमा सँगै रहेका एकजना सिस्नेरी नपुग्दै देखि ड्राइभरलाई खाना खाने ठाउँ सोधिरहन्थे, उनको बोली सुन्दा सुन्दा मलाई पनि झर्को लागिसकेकोथियो । ड्राइभर पनि कुनै कुरा नसुनेको झैँ उडाइदिन्थे, म पनि ड्राइभरले ठिकै गरे भनेर मनमनै भन्थेँ। ती सिटका व्यक्ति यतै सिस्नेरीमा खाउँ, कुलेखानीमा खाउँ, देउरालीमा खाउँ भन्थे, ड्राइभरले गढीमा खाना खाने गरिएकोछ भन्दै गढीमा पुर्याए । बाटो हिँड्दा होटलमा प्राय: खाना खान मनलाग्दैन, खाजासम्म भने खाइन्छ । दश बज्दैथियो, भोक लागेजस्तो भयो, खाना नै खाउँ भनेर खाना खान बसियो, मैले माछा खाना मगाएँ । दाल, भात, तरकारी, अचार, माछा खाना निकै मिठो लाग्यो, थपेर नै बजाइयो । खानाको पैसा तिर्न काउन्टरमा पुग्दा माछा खानाको १६० रुपैयाँ भयो भने, मैले एउटा पानी पनि किने १५ रुपैँयामा । १६० रुपैँयाको खाना भन्दा, आफूलाई पोखरा जाँदा घाँसीकुवाको रेष्टुरेन्टमा एउटा २५० एमएल कोकको ५० रुपैँया तिरेर खाएको सम्झना भयो। नौबिसे/धार्केमा १८० रुपैँयाको खाजा चना/भुटेकोभात खाएको याद आयो । रा

गतहप्ता फ्रान्सेली केन्द्रमा भएको कार्यक्रममा मैले एउटा प्रश्न सोधेको थिँए, "जनयुद्धका विषयमा बनेका चलचित्रहरु किन हेर्ने वा भनौँ उमा किन हेर्ने?", उत्तर थियो "उमा 'वार मुभी' होइन तर तत्कालिन जनयुद्धका कारण उब्जिएका विभिन्न समस्याहरु मध्यको एउटा पाटोको चित्रण हो । वास्तवमा भन्ने हो भने, 'उमा' मानविय सम्बन्ध र सम्वेदना कथा हो ।नेपाल प्रहरी सेवामा रहेको दाजु र माओवादी जनयुद्धमा होमिएकी बहिनी बिचको सम्बन्धको कथा नै उमाको कथा हो।" दाजु मिलन कुँवर (सौगात मल्ल) प्रहरी सेवामा छन्, बहिनी उमा (रिचा शर्मा) प्लस टुको पढाइ पछि काठमाडौँ गएर नर्सिङ पढ्ने  चाहना छ, अनि आमा (मिथिला शर्मा) बिरामी छिन्। गाउँमा सुनिल सर (प्रकाश घिमिरे) छन्, उनी क्रान्तिका कुरा गर्छन्, सामाजिक विभेदका विरुद्ध आवाज उठाउन प्रेरित गर्छन्, साहित्यका माध्यमबाट राजनैतिक चेत युवाहरूमा बाँड्ने कोशिस गर्छन् । सुनिल सरको अभियानमा सहभागी हुन, दिल्लीमा इन्जिनियरिङ पढिरहेका सुनिल सरका पुराना विद्यार्थी अनिल (प्रविण खतिवडा), सुनिल सरकै गाउँमा आउँछन् । सुनिल सर माओवादी भएको निहुँमा प्रहरीबाट मारि

सन् १५०० यता विभिन्न भाषामा प्रकाशित भएका किताबहरुलाई गुगलले डिजिटाइज गरेर गुगल बुक्समा राखिदिएकोछ । ती पुराना एतिहासिक किताबहरुलाई ओसिआर, रिक्याप्चा आदि प्रविधिव्दारा गुगलले डिजिटाइज गर्दै आएकोछ । विकिपेडियाका अनुसार सन् १५०० देखि सन् २००८ सम्ममा प्रकाशित भएका करिब ५२ लाख किताबहरु गुगलले डिजिटाइज गरेर गुगल बुक्समा उपलब्ध गराएकोछ । ती डिजिटाइज गरिएका ५२ लाख किताबहरुमा रहेका अक्षर, शब्दहरु आदिको संख्या गुगल एनग्राम (ग्राफ) मा हेर्न सकिन्छ । विभिन्न भाषा तथा शब्दहरुमा रुची राख्नेका लागि गुगल एनग्राम उपयोगी रहेकोछ । गुगल एनग्राम मा कुन शब्द कहिले देखि प्रयोग गर्न थालियो, कुन समयमा धेरै प्रयोग गर्न थालियो, किन प्रयोग गरियो, कुन शब्द कहिले उत्तपति भयो भन्ने जस्ता विभिन्न जिज्ञासाहरुको समाधान भेट्न सकिन्छ । जस्तो कि विश्वयुद्द (World war) भन्ने शब्द सन् १९०० पछिका किताबहरुमा देख्न सकिन्छ । सन् १९०० देखि सन् १९५० बिचमा लेखिएका किताबहरुमा "वल्ड वार" शब्द धेरै प्रयोग भएकोछ । (पहिलो विश्वयुद्द सन् १९१४-१८ र दोश्रो विश्वयुद्ध १९३९-४५ मा भएको थियो) तर गुगल एनग्राममा भएका सबै

साझा बस पून: सञ्चालनमा आउँदा क-कसले र कतिले खुशीको अनुभव गरे, त्यो कुरा चर्चा नगरौँ किनकी साझा बस चल्दा खुशी नहुने गाडी साहूजीहरु मात्र थिए  रे। आफूले "साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुप्पेको टिकट काट्दछ..." भन्ने गित सुनियो मात्रै, ती साझा बस आफूले कहिले देखिएन, कहिले चढिएन (बिचमा आएको साझा नामक मिनिबस बाहेक)। म ८-९ वर्ष अगाडि काठमाडौँ छिर्दा साझा बसको अस्तित्व सखाप भइसकेकोथियो, ट्रली बस चाँहि त्यतिबेला नि कुद्दै थियो, कोटेश्वर देखि त्रिपुरेश्वरसम्म । अप्ठ्यारा सिट, पुरानो गाडी भएपनि सस्तो भएका कारण ट्रलीबस कहिलेकाँही प्लस टु पढ्दा कोटेश्वर देखि थापाथली सम्म चढियो । साझा बस अहँ पटक्कै याद छैन, सायद सानैमा साझा बस लामो रुटमा चलेको बेला कहिलेकाँही चढियोहोला तर निलो गाडी पूर्व - पश्चिम राजमार्गमा हुँइकिएको भने "रोड" तिर आउँदा  प्राय देखिन्थ्यो । मकालु यातायात आएपछि, मकालु त साझा जत्तिकै भरपर्दो छ, अनि कारजस्तै तुफान हुँइकिन्छ भन्या भएर करिब ३-४ वर्ष काठमाडौँबाट घर जाने र घर आउने गाडी यही बन्यो । आजकाल दक्षिणकाली - हेटौँडा हुँदै हुँइकिने टाटा सूमो पहिलो

फेसबुक र ट्विटरमा अनगिन्ती गुनासाहरु पोखिएकाछन् । सामाजिक सञ्जालमा अपडेहरु हेर्दा यस्तो लाग्छ हामीलाई “नमर्ने रिस उठेकोछ”, आफू माथि,  भ्रष्ट नेताहरु माथि, मन्त्रीपरिषद अध्यक्ष, राष्ट्रपति, अनि लोकमान माथि । आफ्नै आँखा अगाडी अराजकताको राज चलिरहेकोछ, अनि हामी टुलुटुलु हेरिरहेकाछौँ । हामीसँग विकल्प छैन भन्दै आफ्नै पुर्पुरोमा हात लगाएर बसिरहेकाछौँ । चारदलहरुले नै यस्तो नचाहिँदो निर्णय गरेपछि अनि राष्ट्रपतिले नै लालमोहर लगाइदिसकेपछि लोकमानलाई मात्र गाली गरेर हुनेवाला पनि केही छैन । यदि यो गलत कदम हो भने, लोकमान भन्दा कयौँ गुना दोषी, माओवादी, कांग्रेस, एमाले लगायतका दलहरुछन् । यी तिनै दलहरु हुन् जो चुनावको समयमा हामीसँग हात पसार्दै आइपुग्छन् भोटको लागि । अनि हामी तिनै भ्रष्टहरुलाई चुनेर पठाउछौँ, हामीमाथि शासन गर्न । अनि उही प्रवृत्ति दोहोरिन्छ, कम्तिमा मैले यही देखेँ विगत १८-२० वर्षको समयमा ।   मलाई के लाग्छ भने, यी दलहरुका नेतृत्व विरुद्ध ती पार्टिका युवा नेताहरु जाग्नुपर्छ । लोकमान नियुक्तीको विरोधमा नेपाल बन्द गरेर सर्वसाधारण जनतालाई दुख दिनुभन्दा, आफ्ना पार्टि कार्यालय घेराउ गर्नुपर

"मैले गुगल ग्लास प्रयोग गर्न थालेको दुई हप्ता भन्दा धेरै भयो ! गतहप्ता मैले गुगल ग्लास लगाएरै ५ वटा कार्यक्रममा बोलेँ, एयरपोर्टबाट ४ पटक ओहोरदोहोर गरेँ, सयौँ जनालाई मेरो ग्लास प्रयोग गर्न दिँए, सुत्ने समय बाहेक अरुबेला गुगल ग्लास बिरलै खोलेँ ।" प्रख्यात टेक्नोलोजी ब्लगर रोबर्ट स्कोबलले अब  जीवनका बाँकी दिनहरु गुगल ग्लास वा गुगल ग्लास जस्तै अर्को कुनै ग्याजेट विना कल्पना गर्न सक्दिन भनेर आफ्नो गुगल ग्लास अनुभव लेखेकाछन् । गुगल ग्लासको बारेमा जान्न चाहने साथीहरुलाई रोबर्टको कुरा रोचक लाग्न सक्ने भएकोले उनले गुगल प्लसमा लेखेको "गुगल ग्लास अनुभव"   तल जस्ताको तस्तै राखेकोछु । पहिले गुगल ग्लास बारे बनाइएको भिडियो हेर्नुहोस् । How it feels through Google Glass: Here's my review after having Google Glass for two weeks: 1. I will never live a day of my life from now on without it (or a competitor). It's that significant. 2. The success of this totally depends on price. Each audience I asked at the end of my presentations "who would buy this?&quo

'बाँदराखुइ, ह्याँ आएर पिँढीमा बसो, अब पनि चकचक गरेको देखें भने भालेसँग थुन्दिन्छु' हामी मामाघर जाँदा हजुरबुबाको 'वार्निङ' सँधै यस्तै हुन्थ्यो। मामाघरमा हजुरबुबा, हजुरआमा र लक्ष्मी दिदी थिए। मामा माइजु 'इन्डिया' बस्नुहुन्थ्यो। हाम्रो घरबाट हाम्रो मामाघर आधि घण्टाको दुरीमा थियो, शुक्रबार हुने बित्तिकै हामी दाजुभाइ मामाघर दगुर्थ्यों। मामाघर नपुग्दासम्म हजुरबुबाको केहि याद आउँथे'न, गौँडो कट्ने बित्तिकै हजुरबुबाको चर्को अवाज सुनिन्थ्यो अनि हामी दाजुभाइका पाइला रोकिन्थे। 'यी बाँदराचोद आए पछी घराँ कैल्यै शान्ति'सँ बस्न दिन्नन्, चकचक चकचक मात्रै गर्छन'। यस्ता गाली सुनेपछि हामीलाई हजुरबुबा पटक्कै मन पर्दैनथ्यो। उहाँको बोली साह्रै खरो थियो, बोली सुन्ने बित्तिकै हामी डरले तैं चुप मै चुप हुन्थ्यौं अनि पिँढीमा बसेर उड्कुसी मुड्कुसी खेल्थ्यौँ। ​हेर्दा पनि निकै नराम्रो हुनुहुन्थ्यो हाम्रो हजुरबुबा, कालो न कालो हुनुहुन्थ्यो, कहिल्यै हाँस्नु हुँदैनथ्यो, खाली बाँदराखुइ र बाँदराचोद भन्दै गाली गर्नुहुन्थ्यो। केट'केटी हुँदा हामी त्यो भनेको के हो बुझ्दैनथ्यौं,

Listen to Bulbul Episode-191 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Download Bulbul  Episode-191