Skip to main content

गुगलको बेलुन इन्टरनेट

हाम्रो पुस्ता इन्टरनेटमा झुमिरहेकोभएपनि, विश्वमा अझै पनि सबैको पहुँचमा इन्टरनेट पुगेको छैन। इन्टरनेट भएका ठाउँमा पनि भनेजस्तो स्पिड राम्रो छैन, त्यसमाथि इन्टरनेट अझै पनि महंगो नै छ । हाम्रै देशको कुरा गर्दा, काठमाडौँ लगायत केही शहरममा मात्र इन्टरनेटको पहुँच छ । काठमाडौँबाट अलिकति बाहिर लाग्ने बित्तिकै इन्टरनेटबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

इन्टरनेट सबै ठाउँ र सबैको पहुँचमा सर्वसुलभ रुपमा पुर्याउन गुगलको ल्याब "गुगल एक्स" ले "लुन" नामक प्रोजेक्ट सुरु गरेकोछ । "लुन" प्रोजेक्ट अन्तर्गत, गुगलले बेलुनको माध्यमबाट इन्टरनेट सबैको घर घरमा पुर्याउने योजना ल्याएकोहो । बेलुनबाट इन्टरनेट, कुरा जोक झैँ लाग्न सक्छ, तर गुगलको प्रयोग सफल भएको खण्डमा केही वर्षभित्रैमा हामीले पनि बेलुन इन्टरनेट चलाउन सक्नेछौँ ।

गुगलका बेलुनहरु पृथ्वीको सतह भन्दा करिब २० किलोमिटर माथि रहनेछन् र हामीले साविकको स्थितिमा थ्रीजी सरहको इन्टरनेट स्पिड पाउनेछौँ । पृथ्वीको सतहभन्दा करिब २० किलोमिटर माथि रहने र बेलुनहरु आकाशमा घुमिरहने भएका कारण, पृथ्वीको जुनसुकै ठाउँबाट सहज तरिकाले इन्टरनेट चलाउन सकिने कुरा गुगलले आफ्नो ब्लगमा उल्लेख गरेकोछ । गुगलको यो योजना सफल भए, संसारको सबै कुना कन्दराहरु इन्टरनेटमा जोडिनेछ ।

बेलुनहरुमा सोलार प्यानल जडान गरिएकोछ, जसबाट बेलुनमा राखिएको उपकरणहरु सञ्चालन हुन्छ । बेलुनमा ब्याट्रि, सर्किट बोर्ड, रेडियो एन्टेना लगायतका उपकरणहरु राखिएकोछ । अनि हावाको वहाव सँगै बेलुनहरु यता-उता उडिरहनेछन् । ती बेलुनहरुलाई पृथ्वीबाटै गुगलले नियन्त्रण गर्नेछ।गुगलका अनुसार परिक्षणको रुपमा न्युजिल्यान्डको आकाशमा गत हप्ता मात्रै करिब ३० वटा बेलुनहरु छोडिएकोछ ।

गुगल बेलुन इन्टरनेटले कसरी काम गर्छ?
गुगलको बेलुन इन्टरनेट प्रयोग गर्न एउटा विशेष प्रकारको "एन्टेना" जडान गरिन्छ (घरमा) । अनि उक्त एन्टेनाले २० किलोमिटर माथि रहेको बेलुन सँग सम्पर्क स्थापित गर्छ । माथि आकाशमा रहेका बेलुनहरु तल पृथ्विमा इन्टरनेट प्रदायक कम्पनी, आइएसपी सँग गाँसिएका हुन्छन् । एन्टेना, बेलुन र आइएसपी मिलेर आकाशमा एउटा इन्टरनेट सञ्जाल बन्छ । यसरी बेलुनमार्फत आइएसपी देखि घरसम्म इन्टरनेट पुग्छ । (गुगल बेलुनको प्रविधीबारे जान्नको लागि तलको भिडियो हेर्नुहोस्)

Google's Project Loon: The Technology

तपाई न्युजिल्यान्डमा हुनुहुन्छ भने, गुगलको बेलुन इन्टरनेट परिक्षणमा सहभागी हुन यहाँबाट साइन अप गर्नसक्नुहुन्छ ।

Further Reading:  Google Project Loon

Comments

  1. जानकारी मुलक लेख लेखेर हामीलाई शिक्षीत बनाउनु भएकोमा लेखकका सामु यो प्राणी नतमस्तक छ।

    ReplyDelete
  2. :p यो दाम कसरी कमाउने ब्लग बाट ? :/ यो पनि सिकाए आभारी हुने थिएँ

    मेरो ब्लग : http://www.extrablogging.com/

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post