Skip to main content

Posts

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match. Best Wishes to Nepal अस्ति जोर्डन सँग भएको खेलमा नेपाल ले ९-० को पराजय बेहोरेको थियो ! आज फेरि अर्को खेल, नेपालले जोर्डनी टिम सँग नै खेल्दैछ । कार्यक्रम को लाइभ कान्तिपुर टेलिभिजन ले गरिरहेको छ । हामीले भिडियो र ट्विटर बाट खेल को प्रत्यक्ष प्रशारण गरिरहेका छौँ । दशरथ रंगशाला मा नेपाली दर्शकहरु को उल्लेख्य उपस्थिति रहेको छ । आजको खेल मा विगत को खेल भन्दा निकै राम्रो प्रदर्शन गरिरहेका छन्, नेपाली खेलाडिहरुले ! LIVE Video is moved by Now, but Watch recorded game Nepal vs Jordan (1-1) . * खेल २७ मिनेटसम्म गोलरहित बराबरीमा। * खेल को पहिलो हाफसम्म कुनै टिमले गोल गर्न सकेनन् ! जोर्डन:नेपाल - शुन्य:शुन्य ! रंगशालामा पानी दर्किएको छ ! * कर्नर किक को सदुपयोग गर्दै जोर्डनले साठियौँ मिनेटमा १ गोल गरेको छ ! Nepal:0 Jordan:1 * ७९ औँ मिनेटमा सन्तोष साउखल ले दिएको पासलाई भरत खवासले गोल गरेका हुन् ! Nepal:1 Jordan:1 * खेल टुंगिएको छ ! दुवै पक्ष ले खेल अवधिभर १-१ गोल गरेका थिए ! * खेल को अन्तिम परिणाम! नेपाल-१:जोर्डन-१

Listen to Bulbul Episode-100 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

ट्विटर ले जुटाइदिएको साथीभाइ बिच को भेटघाटबाट एउटा नयाँ अवधारणाले जन्म लिएको थियो, नयाँ वानेश्वरको छक्कुबक्कु मा चिया पिउँदै गर्दा ! हाम्रो सानो ४ जना को ‘ग्याङ’ ट्विटर बाट बनेको थियो । नामै तोकेर भन्दा, प्रमोद, निरज, इश्वर अनि म । हाम्रो बाक्लिँदै गएको भेटघाट अनि भेटघाटमा हुने गफगाफ बाट केही गरौँन भन्ने कुराले जन्म लिएको थियो । हामी ट्विटेहरुको सानो समूहले सानो काम गर्ने सोच्यो, सबै साथीहरुलाई आग्रह गरियो, सबै को समर्थन पाइयो, सुरुभयो हाम्रो एककिसिम को सामाजिक अभियान त्यो पनि ट्विटर चलाउँदै । आइतबार तेस्रो मिसन पनि सम्पन्न भयो । अघिल्लो दुइवटा मिसन मा म पनि सँगै थिए तर तेस्रो मिसन चलिरहँदा म अन्तै व्यस्त भइरहेछु । पहिलो मिसन मा जाँदा सबैभन्दा ‘सक्सेसफुल’ मिसन त्यही नै हो भन्ने लागेको थियो, हुन पनि हो त्यो हाम्रा लागि निकै अविस्मरणिय क्षण थियो । अनि ट्विटरबाट भेला भएका साथीहरुले आफ्नो निस्वार्थ भावले, कार्यक्रम सफल बनाउनु भएको थियो । पहिलो, दोस्रो हुँदै तेस्रो मिसन पनि सकियो । तेस्रो मिसन को तस्विरहरु ट्विटपिक, पिकासा र फ्लिकर मा हेर्दै जाँदा मन एकोहोरो भएको छ, मन केही भक्कानिएको छ

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

"नेपाली खेलाडीमा आर्सेनल र टोटेनह्यामको चासो" यो खबर थियो नागरिक न्युजको । यो खबर को शीर्षक मात्र पढेर छाड्नु जस्तो खबर थिएन नत पढिसकेर पनि नेपालमा केही  हुँदैन  भनेर नाक खुम्च्याउनु पर्ने खबर नै थियो । नेपाली खेलाडीसँग संसारकै उत्कृष्ट क्लबको नाम जोडिएर आउनु एउटा आश्चर्यकै कुरा हो, एउटा सुखद आश्चार्य,मुटुमा सुसुप्त भै  बसेको राष्ट्रियता जुरुक्क उठ्ने किसिमको आश्चार्य । नेपाली फूटबल खेलाडी रोहित चन्द्को  सफलताको  यो खबर सुन्दा अस्ति भएको विश्वकप छनोटमा  इष्ट टिमोरबिरुद्ध नेपालको खेल हेर्न उर्लिएको भिड मात्र हैन समस्त फूटबल प्रेमी नेपाली जनता खुशी छन् । खबर पुरै पढिसकेपछी लाग्यो नेपाली फूटबलले पक्कै फड्को मारेछ । विश्वकप खेलिसकेको राष्ट्र उत्तर कोरियाबिरुद्धको उत्कृष्ट प्रदर्शन, र इष्ट टिमोर बिरुद्धको सान्दार बिजयले सबै फूटबल प्रेमिको मुटु गर्वले धक्क फुलेको छ । पक्कै पनि यो सफलताको पछाडि ब्रिटिश प्रशिक्षक ग्राहम रोबर्टसको सरहानिय योगदान छ । साथै खेलाडीहरुको मेहनत र आत्मविश्वास पनि, जसले नेपाल नेपाल भन्दै दशरथ रंगशालामा उर्लिएको भिडलाई निरास फर्काएन । बरु थपिदियो आशा केही

Listen to Bulbul Episode-99 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.co

इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) पुल्चोक क्याम्पस को साइट ह्याक भएको छ । आइतवार राती ह्याक भएको थाहा भएपनि, कसले साइट ह्याक गरेको भन्ने कुरा खुल्न सकेको छैन । साइटलाई ह्याकरहरु ले आफ्नो नियन्त्रणमा लिएर भिन्न भिन्न दुइ ‘पोर्न’ साइटहरु (पोर्नहव र रेडट्युब) मा रिडाइरेक्ट गराइदिएका हुन् । IOE को वेवसाइट ioe.edu.np लाई एउटा पोर्न साइटमा रिडाइरेक्ट गरिएको छ भने, www.ioe.edu.np लाई अर्को पोर्न साइटमा रिडाइरेक्ट गरिएको छ । साइटमा कोही छिरेर भन्दा पनि, साइटको कन्ट्रोल प्यानल नै ह्याक गरेर साइटलाई ३०१ रिडाइरेक्ट गरिएको हुनु पर्ने हाम्रो प्रारम्भिक अनुमान रहेको छ । भर्ना को सिजन मा साइट ह्याक हुनु, अझ त्यो पनि इन्जिनियरिङ इन्स्टिच्युटकै साइट ह्याक हुनु अत्यन्त लज्जाजनक कुरा हो । हामीले साइट ह्याक भएको थाहा पाउने बित्तिकै फेसबुक बाट पुल्चोक क्याम्पस का केही प्रतिनिधिहरुलाई खबर गरिसकेका छौँ । साथै पुल्चोक क्याम्पसबाट कोही यो ब्लग पढ्दै हुनुहुन्छ भने, पुल्चोक क्याम्पस को सम्बन्धित निकायलाई तुरुन्त कामकारवाही बढाउन  खबर गरिदिनुहोला । पुल्चोक क्याम्पसलाई हामीले गुगलक्यास मा यस्तो देख्यौँ !

बिहान झिसमिसे मै निन्द्रा खुल्यो । कुदिरहेको रेलबाट बाहिर हेरेँ । रेल पूर्व कि पश्चिम तिर गइरहेको छ, पत्तो पाउन गाह्रो पर्यो । तर बाहिरको दृश्य मलाई नौलौ लागिरहेको थियो । टाढा टाढा सम्म भर्खर जोतिएको झैँ लाग्ने खेतबारीहरु थिए । आफूलाई आफू कुन ठाउँमा आइपुगेँ केही थाहा थिएन । म्याप निकालेर पल्टाएँ, अहँ थाहा पाउन सकिन । रेल गुडिरहेको थियो, सायद ती गाउँका मान्छेहरु नै होलान्, बिहानै सबै 'मैदान’ गर्न मा व्यस्त थिए । बारीमा टाढा टाढा सम्म ती गाउँलेहरुको लस्कर देखियो, जो बिहानै ‘शौच’ गरिरहेका थिए, अनि उनीहरुको शौचालयको छत खुल्ला आकाश थियो । म उठेको केही समयपछि सबै साथिहरु उठे ! हामी ४ नेपालीहरु सँगै थियौँ, मैले पटनामा रेल चढिसकेपछि ३ जनालाई भेटेको थिँए । एकजना हुनहुन्थ्यो भक्तपुरमा टायल फ्याक्र्टि चलाउनु हुने ‘प्रजापति’ दाइ, अनि उहाँ को छोरा, अनि अर्को एकजना राजमाझी थरको कलाकार (मुर्तिकार) हुनहुन्थ्यो । हामी ४ जना बिहान उठेर, ‘चायवाला’ ले ल्याएको चिया पियौँ । पटनाको प्लेटफार्म मै बनाइएको साथि पनि सँगै थियो, उ जवलपुर भन्ने ठाउँमा झर्नेवाला थियो । अब ५-६ घन्टा मा जवलपुर पुगिन्छ भन्थ्यो ।

विछोडका दिन प्राय अप्रिय नै हुन्छन, प्राय नभनौ सबै अप्रिय नै हुन्छन तर अप्रियाताको हद फरक हुनसक्छ, परिस्थिती अनुसार । जुन ३०, २०१० को विछोड मेरो लागि सबै भन्दा अप्रिय बिछोड हो, एउटा अत्ती नराम्रो   सपना जस्तो दिन  मेरो जीवनको  ।  हुन त  बिछोड  मेरो  लागि  नौलो  कुरा  हैन, पहिला   पनि  प्यारो  घर  छोडेर यात्रामा  निस्कनु  नपरेको हैन । पहिला धेरै गाह्रो  भए  पनि  पछी  सामान्य  नै  लाग्न   थालेथ्यो  वियोग  पनि  । त्यो अप्रिय वियोग उनीसँगको वियोग, हुन त त्यो दिन पनि पहिला जस्तै म पुरै घर सँगको वियोगमा थिँए तर घरसँग  छुटिनुको पिडा नौलो थिएन, पिडा नयाँ हुँदा त्यसले बढि पिरोल्ने रहेछ, घर सँग त मैले  कयौँ बिछोड अनी फेरी मिलन अनी फेरी विछोड सँगाली सकेको थिए। उनी सँगको विछोड पहिलो थियो त्यसैले पिडा पनि बढी  नै थियो। पहिलो चोटि घरबाट टाढा हुँदाको पिडा जती नै, अझ बढि  नै होला शायद। वियोगको पिडा, कसैसँग टाढिँदाको पिडा, आफ्नो मान्छेलाई छोडेर जाँदाको  पिडा । त्यो दिन म कसैसँग नभै  आँफैसँग टाढिँदै  थिए, आफ्नै मुटुलाई छोडेर जादै  थिए कसैलाई। र उनको  मुटु लिएर। उनको याद लिएर यी आँखा भरी ! आफुलाई छोड

Listen to Bulbul Episode-98 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.co