इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) पुल्चोक क्याम्पस को साइट ह्याक भएको छ । आइतवार राती ह्याक भएको थाहा भएपनि, कसले साइट ह्याक गरेको भन्ने कुरा खुल्न सकेको छैन । साइटलाई ह्याकरहरु ले आफ्नो नियन्त्रणमा लिएर भिन्न भिन्न दुइ ‘पोर्न’ साइटहरु (पोर्नहव र रेडट्युब) मा रिडाइरेक्ट गराइदिएका हुन् ।
IOE को वेवसाइट ioe.edu.np लाई एउटा पोर्न साइटमा रिडाइरेक्ट गरिएको छ भने, www.ioe.edu.np लाई अर्को पोर्न साइटमा रिडाइरेक्ट गरिएको छ । साइटमा कोही छिरेर भन्दा पनि, साइटको कन्ट्रोल प्यानल नै ह्याक गरेर साइटलाई ३०१ रिडाइरेक्ट गरिएको हुनु पर्ने हाम्रो प्रारम्भिक अनुमान रहेको छ ।
भर्ना को सिजन मा साइट ह्याक हुनु, अझ त्यो पनि इन्जिनियरिङ इन्स्टिच्युटकै साइट ह्याक हुनु अत्यन्त लज्जाजनक कुरा हो । हामीले साइट ह्याक भएको थाहा पाउने बित्तिकै फेसबुक बाट पुल्चोक क्याम्पस का केही प्रतिनिधिहरुलाई खबर गरिसकेका छौँ । साथै पुल्चोक क्याम्पसबाट कोही यो ब्लग पढ्दै हुनुहुन्छ भने, पुल्चोक क्याम्पस को सम्बन्धित निकायलाई तुरुन्त कामकारवाही बढाउन खबर गरिदिनुहोला ।
पुल्चोक क्याम्पसलाई हामीले गुगलक्यास मा यस्तो देख्यौँ !
आशा छ, पुल्चोक क्याम्पसले तत्काल साइट आफ्नो नियन्त्रण मा लिएर, आफ्नो कारवाही अघि बढाउने छ !
Warning!!!
IOE को साइट पोर्न साटइमा रिडाइरेक्ट भइरहेकोले, IOE को साइट नहेर्न आग्रह गर्छौँ । साइट हेर्दा कुनै प्रकारको हानी भएमा आकारपोष्ट जिम्मेवार नहुने जानकारी गराउछौँ !
Site of IOE has been hacked and it is redirecting to p**n site. Please if you know any responsible officials of IOE do inform now. Enter site at your own risk.
Update 1: हामीले बिहान ३ बजे साइट हेर्दा, IOE को साइट पुल्चोक क्याम्पस को नियन्त्रण मा आइसकेको हो कि भन्ने अनुमान गरेका छौँ । Service Unavailable: HTTP Error 503. The service is unavailable. भन्ने व्यहोरा को सन्देश IOE को गृहपृष्ठमा आइरहेको छ ।
Update 2: हामीलाई प्राप्त जानकारी अनुसार IOE को साइट ह्याक नभइ, मर्कन्टाइल को सेक्युरिटि वाल भित्र छिरेर ह्याकरहरुले IOE को DNS entry परिवर्तन गरेका हुन् । २४ घन्टा भित्र साइट अप हुने कुरा IOE ले जनाएको छ । (Thanks to @rochan_)