Skip to main content

Posts

ट्विटर चलाउने नेपालीहरुको एक समूहले आज काठमाडौँ बसुन्धारा मा रहेको पवित्र समाज सेवालाई सहयोग गरेको छ । दीक्षा चापागाईँ व्दारा सञ्चालित पवित्र समाज सेवालाई ‘Tweet For Cause Nepal’ नामक नेपाली युवाहरुको ट्विटर समूहले करिब पन्ध्र हजार बराबर को आर्थिक सहयोग गरेको हो । समूहले चिनी, चिउरा, तेल, जुत्ता चप्पल, स्टेशनरी सामान, भाँडाकुँडा आदि विभिन्न कुराहरु उक्त अनाथालयलाई सहयोग गरेको थियो । पवित्र समाज सेवामा बिस जना साना बालबालिकाहरु आश्रित रहेका छन् ।  विगत ६ वर्ष देखि दिक्षा चापागाईले पवित्र सेवा समाज चलाइरहनु भएको छ । आजको कार्यक्रममा १५ जना नेपाली ट्विटर प्रयोगकर्ताहरु को उपस्थिति थियो ।  ट्विटरमा रम्ने नेपाली युवाहरुको समुह ले “ट्विटर बाट समाजसेवा गरौँ” भन्ने अभियान केही महिना अघि देखि सुरु गरेका थिए ।  माइक्रो ब्लगिङ साईट ट्विटर बाट सम्भवत पहिलो पटक नेपाल मा यस्तो अभियान गरिएको हो । ट्विटर मार्फत ‘बारक्याम्प’ जस्ता कार्यक्रमहरु पहिले पनि काठमाडौँ आयोजना गरिसकेको भएपनि, यसरी प्रत्यक्ष समाज सेवा गरेको भने पहिलो पटक नै हो । नेपाली युवाहरु विच लोकप्रिय हुँदै गएको माइक्रो ब्लगिङ साइट ट्

एकादेशको कुरा थियो, म बिहानै कान्तिपुर पत्रिका कुरेर बस्थे, जस्मा मैले एउटा छुट्टै सुगन्ध भेट्थे र पढ्दा छुट्टै आनन्द आउथ्यो। अनि आजभोलिको कुरा छ, मलाई कान्तिपुर हेर्न नपरे हुन्थ्यो जस्तो लाग्छ, तर पनि सबैले कान्तिपुरमा यो छाप्यो र त्यो छाप्यो भन्ने भएर हेर्न बाध्य हुन्छु। श्रृखलाबद्ध रुपमा जब कुनै नाम चलेको सबैले रुचाएको राष्ट्रिय दैनिकमा गलत समाचार, पहिलो हुने होडमा अफवाहहरु छापिन थाल्छन भने एउटा माया गर्ने पाठकको नाताले केहि कुरा भन्न मन लागेको छ। आफ्नो साहुको भलोको लागि जब समाचार छाप्न थालिन्छ, लाख लाख मानिसको जिवनसँग खेलवाड गर्ने गरि जुसको व्यापार हुदाँ विज्ञापनको लागि कलम बन्द गरिन्छ भने पाठकको हिसाबमा न्यास्रो लाग्नु स्वाभाविक हो भन्छु म। पहिलो हुने निहुँमा सैनिक कु को अफवाहमा जनतामा आतङ्क फैलाउने काम हुन्छ भने खवरदारि गर्नु कर्तव्य ठान्छु म। पुराना गल्तिबाट हामि सबैले पाठ सिक्नु पर्छ; चाहे त्यो जो सुकै होस् यो कुरामा यो र उ भन्ने गुन्जायस हुनु हुदैन भन्ने मलाई लाग्छ। पुराना कुरा कोट्टाएर कोहिलाई फाईदा हुँदैन। अब कुरा गरौँ भर्खर इन्टरनेट र छापामा छाएका तपाईका कुराहरु। सुरु

Listen to Bulbul Episode-86 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download Bulbul : Episode-86

कुरो सुरु भयो, साता को ट्विटस् भन्दै, कान्तिपुर को साप्ताहिक परिशिष्टाङ्क हेल्लो शुक्रबार मा छापिने ट्विट बाट । त्यसपछि सुरु भयो ट्विटरमा झगडा, व्यक्तिगत तवर मै उत्रिएर । मेरो मान्यता "पब्लिक ट्विटहरु पत्रिकामा छाप्न पाइन्छ" भन्ने थियो र यही नै रहेको छ । तर कसैको व्यक्तिगत कुराकानी वा कसैको व्यक्तिगत जिवनलाई असर पार्ने किसिम को ट्विटहरु भने पत्रिका ले छाप्नु हुँदैन भन्ने मेरो धारण थियो र छ पनि । फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालहरुमा प्रयोगकर्ताहरु ले आफ्ना विभिन्न भाव र मनोदशा पोखिरहेका हुन्छन् । कोही जिस्किरहेका हुन्छन् त, कोही आफ्ना 'फ्रस्ट्रेसन' निकालिरहेकाहुन्छन् । मानविय स्वभाव नै त्यस्तै हुन्छ कि, उ आफ्ना मनोभावहरु छताछुल्ल पारेर, आफू हल्का हुन चाहन्छ । हिजो आज मानिसहरु डायरी, ब्लग, फेसबुक हुँदै ट्विटरमा आफ्ना कुराहरु पोखेर आफूलाई 'स्ट्रेस'रहित बनाउन चाहन्छन् । एकैछिन हाँस्न पाइन्छ भनेर पनि कतिपय नेपाली ट्विट प्रयोगकर्ताहरु ट्विटरमा छिरिरहेकाछन् । साँच्चै भन्दा नेपाली जमात मा ट्विटर पब्लिक च्याट गर्ने थलो को रुपमा परिणत हुँदै गएको छ, जहाँ समान्य

Department of Languages and Mass Communication, Kathmandu University is going to organize a writing workshop in association with US Embassy on April 28, 2011. Department of Languages and Mass Communication is inviting interested KU Students for participation. Here is the original notice : Writing Workshop ~Notice~ April 28, 2011 The U.S. Embassy is bringing four American writers to Nepal as a part of the U.S. government sponsored International Iowa Writers program. In this connection, the Department of Languages and Mass Communication is going to host a lecture (1.30-2.30), with a closed group discussion/workshop (2.30-4.30pm) at the CV Raman Auditorium, Kathmandu University on April 28, 2011. During the lecture (1.30-2.30 pm), the four writers will introduce contemporary American literature and provide an overview of literary traditions in the United States. After the lecture, the writers will hold individual sessions (2.30-4.30pm) on each of their specific literary a

३ बर्ष हुन थालेको थियो होला सामाजिक सन्जाल ट्विटरमा रमाउन थालेको, मानिसहरु आउने जाने क्रम चलिरहेको थियो। संसारका साना मसिना ठुला सम्पुर्ण कुराहरु ट्विटरको माध्यमबाट थाहापाउँदै आएको थिए। ट्विटरमा बसिन्जेल नचिनेका मानिसहरुसँग अनौठो नाता जोडिएको थियो। मैले गर्ने कुराहरु सामान्यतया पाच्य हुन्थेनन् तर पनि कुरा भईरहन्थ्यो। अङ्ग्रेजिमा "Down to the Earth" भने जस्तो आफ्नै धरातलमा रहेर ट्विटेको थिए। सबैभन्दा पहिला मलाई ट्विटरमा पच्छाएर मेरा गतिला अगतिला सम्पुर्ण ट्विटहरु साथ दिनेहरुलाई धन्यवाद दिन चाहन्छु। जानि जानि कसैको मन दुखाएको छैन, तर अन्जानमा अवश्य कतिपयको मन दुखेको हुन सक्छ; हृदय देखि क्षमा माग्दछु। आफ्नो बाटोमा हिँडिरहेको मानिसलाइ जिस्काउँदा जो कोहि पनि रिसाउँछ चाहे त्यो राजा महाराजा नै किन नहोस्। मेरो जो सँग सरोकार छैन, मैले जस्को चासो राखेको हुँदिन त्यसले मेरो कुरा नगरोस् मेरो त्यहि चाहना थियो र रहि आएको छ। सुतिरहेको चाहे त्यो बाघ होस् या बिरालो त्यसलाई आरामले सुत्न दिनु पर्छ भन्ने मेरो धारणा हो। पृथ्वी नारायण शाहले भने जस्तो "जाई कटक नगर्नु झिकि कटक गर्नु", आफु

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5 Krishna D

सबैलाई स-प्रेम सम्झना, ज्यान रहे जहान भन्ने चलन छ । सबैको ज्यान रहोस भन्ने कामना-सर्वप्रथम । प्रचण्डको मुक्की, मा. कु. ने.को उक्ति, झल्लुको जुक्ति र गिरिजाको मुक्तिबाट चल्न नसकेको देशमा यो वर्ष केहि होस् भनेर सबैले प्रार्थना गर्याछन् । देश यस्तै रहे, नेपाली हो, भनेर चिनारी राख्ने जो-कोहि जहाँ-कहीँ रहे पनि कसैको भलो  नहुने कुरा चेतना भया । हातमा हात राखेर बसेर 'खै गाई त भिरबाट खस्न लग्यो' भनेर 'छुचुन्द्रे' भएर बस्यो भने गाई भिरबाट मात्रै खस्दैन सबैलाई खसाल्छ । चेतना सबैभन्दा ठुलो कुरा हो, एकचोटी सहि चेतना आयो भने जहाँबाट पनि सहयोग गर्न सकिन्छ, कसरी ? पढेलेखेको मान्छेले आफैले खोज्नु पर्छ, त्यहाँनेरी Innovation भेटिन्छ :-) हिजो पो धेरैको 'status'- 'विद्यार्थी' मात्र थ्यो, आज त 'विद्वान', 'धनवान', 'लोक घुमेको', 'जान्ने बुझेको' भै सक्यो नी होइन र? अनी तपाई हामीले उपाय नखोजे कसले खोज्छ त?   छिमेक ‘भारत’ मा आउने वर्षहरुमा राजिनैतिक उतारचढाव र ताण्डव निश्चित छ । नेपाल छेकेर बसेको बिहार पहिलाको जस्तो बिहार रहेन । यो “भारत

Listen to Bulbul Episode-85 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download Bulbul : Episode-85

भनिन्छ, फेसबुक मा ‘फार्मभिल्ला’, ‘माफियावार’  जस्ता ‘गेम, एप्लिकेशन’ बाट ‘जिङ्ग’ (Zynga, /zɪŋɡə/) ले वर्षेनी करोडौँ डलर आम्दानी गरिरहेको छ । गत साल (२०१०) मा पनि ‘जिङ्ग’ ले ‘फेसबुक एप्लिकेशन’ हरुबाट नै  सत्तरी-असी करोड डलर आम्दानी गरेको थियो । ‘जिङ्ग’ को बढ्दो लोकप्रियता का कारण उक्त कम्पनीले ‘फेसबुक एप्लिकेशन’ बनाउनै का लागि केही महिना पहिले भारतमै कम्पनी खोलेको थियो । ‘फेसबुक को एप्लिकेशन’ बाट कसरी कुनै कम्पनी ले पैसो कमाउँछ, कसरी त्यो कम्पनी धनि हुन्छ ? सायद तपाई पनि यसै सोच्दै हुनुहुन्छ होला । साँच्चै ‘फेसबुक एप्लिकेशन’  बाट कम्पनीहरुले कसरी आम्दानी गरिरहेका छन् त ? आज हामी यसैको बारेमा चर्चा गर्दैछौँ । तपाईलाई थाहा नहुन सक्छ या याद नगर्नु भएको हुन सक्छ तर  ‘जिङ्ग’  जस्तो ‘फेसबुक एप्लिकेशन’ बनाउने कम्पनीहरुले ‘इमोशनल अत्याचार’ गरेरै आम्दानी गर्छन् भन्दा फरक नपर्ला । यसलाई अर्को वाक्यमा भन्दा, “मानिसहरुको मनोविज्ञानलाई नै ती कम्पनीहरुले ‘क्यास’ गर्छन्” । ‘फेसबुक एप्लिकेशन’ मा देखिने विज्ञापनहरु बाट ‘जिङ्ग’ जस्ता कम्पनी धनि भएका होइनन्, न कुनै ‘ब्यानर’ वा ‘ग्याजेट’ राखेर नै ! फे