Skip to main content

नेपाली ट्विटर समुदाय व्दारा पवित्र समाज सेवालाई सहयोग @tfcNepal [Tweet For Cause]

ट्विटर चलाउने नेपालीहरुको एक समूहले आज काठमाडौँ बसुन्धारा मा रहेको पवित्र समाज सेवालाई सहयोग गरेको छ । दीक्षा चापागाईँ व्दारा सञ्चालित पवित्र समाज सेवालाई ‘Tweet For Cause Nepal’ नामक नेपाली युवाहरुको ट्विटर समूहले करिब पन्ध्र हजार बराबर को आर्थिक सहयोग गरेको हो । समूहले चिनी, चिउरा, तेल, जुत्ता चप्पल, स्टेशनरी सामान, भाँडाकुँडा आदि विभिन्न कुराहरु उक्त अनाथालयलाई सहयोग गरेको थियो । पवित्र समाज सेवामा बिस जना साना बालबालिकाहरु आश्रित रहेका छन् ।  विगत ६ वर्ष देखि दिक्षा चापागाईले पवित्र सेवा समाज चलाइरहनु भएको छ । आजको कार्यक्रममा १५ जना नेपाली ट्विटर प्रयोगकर्ताहरु को उपस्थिति थियो । 

ट्विटरमा रम्ने नेपाली युवाहरुको समुह ले “ट्विटर बाट समाजसेवा गरौँ” भन्ने अभियान केही महिना अघि देखि सुरु गरेका थिए ।  माइक्रो ब्लगिङ साईट ट्विटर बाट सम्भवत पहिलो पटक नेपाल मा यस्तो अभियान गरिएको हो । ट्विटर मार्फत ‘बारक्याम्प’ जस्ता कार्यक्रमहरु पहिले पनि काठमाडौँ आयोजना गरिसकेको भएपनि, यसरी प्रत्यक्ष समाज सेवा गरेको भने पहिलो पटक नै हो ।

नेपाली युवाहरु विच लोकप्रिय हुँदै गएको माइक्रो ब्लगिङ साइट ट्विटरबाट नेपाल मा पहिलोपल्ट यसरी अभियान थालिएको हो तर फेसबुक मार्फत भने यस्ता कार्यक्रमहरु पहिले देखि नै भइरहेका छन् । ट्विटर मार्फत भेट भएका साथीहरु बिच भेटघाट गर्ने क्रममै, आफू मात्र रमाइलो गर्ने नभइ अरु को मुहारमा पनि खुशी ल्याउन, केही काम ट्विटर मार्फत गरौँ भन्दै ‘TFC Nepal’ को ‘कन्सेप्ट’ निकालिएको थियो । प्रति ट्विट गरे वापत, २० पैसा यस अभियान को लागि छुट्याउने सहमति गर्दै नेपाली ट्विटर प्रयोगकर्ताहरुले आफ्नो ट्विट अनुसार को रकम ‘TFC Nepal’ मा जम्मा गरेका थिए । अनि सबै को सहमतिमा पहिलोपटक पवित्र समाज सेवालाई सहयोग गरिएको थियो । नेपाल मा भएका मात्र नभइ विदेशमा भएका नेपाली युवाहरुले समेत, यस अभियान को खुलेर प्रशंसा गरेकाछन् र आफ्ना सहयोग रकमहरु पठाइरहेकाछन् । यस प्रकार का सहयोगहरु भविष्य मा पनि निरन्तर जारी रहने भएको छ ।

सामाजिक सञ्जाल का साइटहरु बाट ट्युनिसिया तथा इजिप्ट लगायतका देशमा आन्दोलन गरिएको थियो । भर्खरै जापानमा आएको सुनामी को खबर पनि ट्विटर मार्फत संसार भर फैलिएको थियो । ट्विटर मा रमाईला र जानकारी मुलक कुराहरु गर्ने मात्र नभइ, ट्विटरबाट समाजसेवा जस्तो पवित्र काम पनि गर्न सकिन्छ भनेर नेपाली युवाहरु ले देखाइदिएकाछन् । आफ्नो व्यस्त जिवनबाट अलिकति फुर्सद निकालेर ट्विट गरेर ट्विटरमा रमाउने नेपालीहरु, समाजसेवाका अतिरिक्त ट्विटरमै ‘ट्विट डिबेट’ जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेकाछन् । ‘ट्विट डिबेट’ मा हप्तै पिच्छे, एउटा विषयमा बहस र छलफल हुने गरेको छ,त्यस्ता बहसहरु नयाँ कुरा थाहा पाउन सहायक सिद्ध भएको छ ।

नेपाल र नेपाल बाहिर रहेका नेपाली युवाहरु ट्विटर मा छलफल गरिरहेका हुन्छन्, आफ्ना विचारहरु राखिरहेका हुन्छन् । ट्विटरमा नेपाली युवाहरु यति मोहित भएका छन् कि, सबैलाई एकै घरका सदस्यहरु झैँ लाग्ने गरेको छ । उनीहरु सँधै भेटिएको वा आफ्ना पुराना साथिहरु सँग कुरा गरेझैँ, रमाइला, हाँसो र ठट्टा गरिरहेका हुन्छन्, अनि अप्रत्यक्ष रुपमा ‘TFC Nepal’ को अभियानलाई सहयोग गरिरहेका हुन्छन् । रमाइलो सँगै, समाजसेवा पनि गरिरहेका युवाहरु यो अभियानलाई जारी राख्न लागिपरेका छन् । आज पवित्र समाज सेवा मा जमघट  भइरहँदा व्यस्तता का कारण उपस्थित हुन नसकेका वा विदेशमा रहनु भएका नेपाली प्रयोगकर्ताहरुले ट्विटर मार्फत अनलाईन समर्थन जनाइरहनु भएको थियो ।

Smile

TFC Nepal को बारेमा अझ धेरै जान्न को लागि  TFCNepal ब्लग हेर्नुहोला !

ट्विटरमा रमाइलो गर्दै, ट्विट गर्दै समाजसेवा गर्न चाहनुहुन्छ, अरुको मुहार मा खुशी ल्याउन चाहनुहुन्छ भने ट्विटरमा @tfcNepal लाई फलो गर्नुहोस् ।

Comments

  1. You guys are awesome! I was always there in twitter and I didn't know it was happening. I'd love to be a part of it. Anyways, congratulations for such a good job.

    ReplyDelete
  2. राम्रो काम जारी राख। पूर्ण शुभकामना !

    ReplyDelete
  3. Thank you !
    It's never late. You can join too.
    :)

    ReplyDelete
  4. Good Job, keep it up nepali twitbahadur

    ReplyDelete
  5. गज्जब छ। #tfcnepal लाई अझ धेरै अगाडि लानु पर्छ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post