Skip to main content

Posts

आज आठौँ दिन पनि केयु बन्द गत साता सम्पन्न विद्यार्थी कल्याणकारिणी परिषद को निर्वाचन पछि काठमाडौँ विश्वविद्यालय मा गरिएको तालावन्दी १ साता बितिसक्दा पनि खुल्न सकेको छैन । माओवादी समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारी ले निर्वाचन खारेजी सहित विभिन्न माग राखी गत बुधबार देखि केयु मा अनिश्चितकालिन तालाबन्दी गरेको थियो । अनि बन्द खुलाउन, माथिल्लो तह मा केयु ले वार्ता गरेको गाँइगुँइ हल्ला चलेको थियो । बन्द खुलाउने प्रयास स्वरुप, केयु ले हिजो २४ गते एक सूचना जारी गर्दै निर्वाचन स्थगन को घोषणा गरेसँगै क्रान्तिकारी ले आज बाट बन्द फिर्ता लिने जनाएको छ । तर केयु ले निर्वाचन स्थगन को घोषणा गरेसँगै, विद्यार्थी कल्याणकारिणी परिषद का निर्वाचित पदाधिकारीहरुले, निर्वाचन स्थगन को घोषणा केयु ले तत्काल फिर्ता नलिए, आन्दोलन मा उत्रने चेतावनी दिँदै, हिजै देखि केयु मा थप ताला लगाइदिएका छन् । केयु अब पढ्ने हैन,  पार्टि राजनिति गरेर आफ्नो स्वार्थ पुरा गर्ने स्थान को रुप मा विकसित हुँदैछ । फागुन २४ गते रजिष्ट्रार प्रा. डा. भद्रमान तुलाधर व्दारा जारी सूचनामा, “१७ गते सम्पन्न भएको निर्वाचन प्रकृया तत्

काठमाडौं विश्वविद्यालयमा बिगत केहि दिनदेखि पठनपाठन ठप्प छ। विश्वविद्यालयको धुलिखेल, काभ्रेस्थित केन्द्रिय हाता लगायत पनौती, काभ्रेमा अवस्थित स्कूल अफ मेडिकल साइन्स तथा ग्वार्को, काठमाडौंमा अवस्थित स्कूल अफ आर्टस्, एजुकेसन र म्यानेजमेन्टमा माओवादी निकट अखिल (क्रान्तिकारी) समर्थित केही विद्यार्थीहरुले तालाबन्दी गरी विश्वविद्यालयको दैनिक क्रियाकलाप तथा पठनपाठन पूर्णरुपमा ठप्प पारेका छन्। अखिल (क्रान्तिकारी) काठमाडौं विश्वविद्यालय समितिका अध्यक्षद्वारा जारी विज्ञप्तिमा विश्वविद्यालय प्रशासनले एकलौटी र मनोमानी रुपमा अखिल (क्रान्तिकारी)लाई परास्त पार्न खोजिएको उल्लेख छ। अखिल (क्रान्तिकारी)को यस विज्ञप्तिले निर्वाचनको सैद्धान्तिक प्रद्दतिलाई नै उपहास गरेको छ, साथै विद्यार्थीहरुको बहुमतको पनि अवहेलना भएको महसुस गरिएको छ। आफ्नो हारलाई सहज रुपमा स्वीकार्न नसक्नु माओवादीको पहिचान बनेको अवस्था छ। धम्की र जबरजस्तीको राजनीतिमा बढी बिश्वास राख्ने माओवादी पार्टी र उसका निकट भातृ-संगठनहरु जस्तै यहाँ पनि अखिल (क्रान्तिकारी) समर्थित प्यानलले पराजय भोगेपछि सबैले जे अनुमान गरेका थिए, आखिर भयो पनि त्यही

“कृषि, पर्यटन तथा सूचना-प्रविधि : समुन्नत प्रगति, हाम्रो समृद्धि” भन्ने नारा का साथ काभ्रे उद्योग वाणिज्य संघ को आयोजना मा आज देखि वनेपा, काभ्रे को आइटिपार्क मा “मध्यमाञ्चल महोत्सव २०६७” सुरु भएको छ । आज फागुन २३ देखि सुरु भएको महोत्सव चैत्र १ गते सम्म चल्नेछ । करिब ७ करोड रुपैँया को कारोबार गरिने लक्ष्य राखिएको छ ।  महोत्सव मा विभिन्न प्रदर्शनी र प्रतियोगिताहरु हुने आयोजक ले जानकारी दिएको छ । ‘कृषि, पर्यटन र सूचना प्रविधि को विकास र विस्तार का लागि महोत्सव को आयोजना गरिएको हो । करिब २ सयवटा स्टलहरु रहेको महोत्सवमा सुचना प्रविधि र अटोमोबाइल का नै ५० भन्दा बढि स्टलहरु रहेको छ । महोत्सव करिब २ लाख दर्शक ले अवलोकन गर्ने लक्ष्य राखिएकोछ । महोत्सव प्रवेश को लागि १०, २० र ३० रुपैँया को टिकट राखिएको कुरा आयोजक ले जानकारी दिएको छ । उद्योग वाणिज्य महासंघ नेपाल का अध्यक्ष कुश कुमार जोशी ले महोत्सव को औपचारिक उद्घाटन गरेकाछन् । उद्घाटन समारोह मा काठमाडौँ विश्वविद्यालय का उपकुलपति प्रो. डा. सुरेशराज शर्मा, विभिन्न पार्टिका सभासदहरु, स्थानिय विद्यार्थि, पत्रकार लगायत को उपस्थिति थियो ।

Krishna Prasad Bhattarai’s body is now (8am onwards)  kept at Dashrath Stadium  for offering the last tribute.Then his body procession will be carried out at 2:00pm from Dasharath Stadium to Pashupati Aryaghat for the last rites. His body will be cremated as per the Hindu rituals. Yesterday his body was kept at his residence, Badegaun, Lalitpur. Born on 1924 in “Kashi”, was appointed Prime Minister of Nepal two times and he was the first speaker of the country too. He was also the founding president of Federation of Nepali Journalists (FNJ). New Updates will appear on the bottom of this post. For Instant updates  Follow us on Twitter: @AakarPost पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस का नेता कृष्ण प्रसाद भट्टराई को अस्ति शुक्रबार राती ११:२६ मा निधन भएको हो । भट्टराई को शवलाई श्रध्दान्जली का लागि हिजो, उनकै निवास बाँडेगाउँ, ललितपुर मा राखिएको थियो । आज बिहानै साँढे सात बजे उनको शवलाई नेपाली कांग्रेस को केन्द्रिय पार्टि कार्यालय सानेपा ललितपुर मा ल्याइएको थियो । पार्ट

Listen to 14th episode of Aadha Bato by Krishna Dharabasi. श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –14

काठमाडौँ विश्वविद्यालय, रजिष्ट्रार को कार्यालयले बन्द खुलाउन सम्बन्धित पक्षलाई आग्रह गर्दै  आजका पत्रपत्रिका मा एक जरुरी सूचना प्रकाशन गरेको छ । काठमाडौँ विश्वविद्याल मा बुधबार देखि माओवादी समर्थित अखिल क्रान्तिकारी ले अनिश्चितकालिन तालाबन्दी गरेको छ । काठमाडौँ विश्वविद्यालय का रजिष्ट्रार व्दारा जारी सूचना मा ‘विश्वविद्यालय मा अनावश्यक राजनीति भित्रयाउने उद्देश्यले गरिएको तालाबन्दी यथाशीघ्र खोलेर पठनपाठन सुचारू गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै, लामो समयसम्म पठनपाठन अबरुद्ध भैरहने स्थिति आएमा विश्वविद्यालय गम्भिर निर्णय गर्न बाध्य हुनेछ’ भनिएको छ । सूचना को पूर्ण पाठ : काठमाडौँ विश्वविद्यालको   जरुरी सूचना काठमाडौँ विश्वविद्यालय मुलुकको दलगत राजनीतिक गतिविधिबाट प्रभावित नभई अध्ययन अनुसन्धानमा संलग्न शिक्षण संस्था भएको ब्यहोरा हामी सबैलाई अवगत नै छ । काठमाडौँ विश्वविद्यालयको नीतिनियम अनुसार विद्यार्थीहरुको पेशागत हकहित प्रबर्ध्दनको लागि विद्यार्थी कल्याण परिषदको व्यवस्था गरिएको छ । विश्वविद्यालयको ६ वटा स्कुलहरुमध्ये केन्द्रीय हाता धुलिखेलमा रहेको स्कुलहरुको संयुक्त विद्यार

Krishna Prasad Bhattarai Passed away at 11:26pm (NST) on Friday Night . Former Prime Minister and Maverick Leader of Nepali Congress (NC) Krishna Prasad Bhattarai, passed away at 11:26 pm on Friday (4th March 2011). Bhattarai died at the age of 87. Krishna Prasad Bhattarai’s Assistant Amita Kapali and  Dr. Bharat Rawat who was involved in the treatment of Bhattrai has confirmed Bhattarai’s death. Krishna Prasad Bhattarai was admitted in Norvic hospital, three weeks ago due to multiple health problems. Born on 1924 in “Kashi”, was appointed Prime Minister of Nepal two times and he was the first speaker of the country too. He was also the founding president of Federation of Nepali Journalists (FNJ). Bhattarai was seen as respectable figure in and outside the political circle. Bhattarai’s body will be kept at Dashrath Stadium on Sunday for offering the last tribute.Then his body procession will be carried out from Dasharath Stadium to Pashupati Aryaghat for the last rites. His bod

निर्वाचन पछि जे होला भन्ने डर थियो, आखिर त्यही नै भयो ! नजाँनिदो रुप मा काठमाडौँ विश्वविद्यालय (केयु) मा पार्टिगत राजनिती ले जरा गाडिसकेको छ र यो झांगिने क्रम बढ्दो छ । वर्ष मा १ एक पटक केयु मा राजनितिक दल समर्थित विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने, क्याम्पस बन्द गर्ने कुरा अब कुनै नौलो घटना रहेन । एउटा समूह ले जित्ता अर्को ले आन्दोलन गर्ने नराम्रो परिपाटि त काठमाडौँ विश्वविद्यालय मा बसि नै सकेको छ । विश्वविद्यालयलाई राजनिति मुक्त गराउनु पर्ने बेला मा, विश्वविद्यालय मा राजनितिक चलखेल बढ्दा, बन्द र आन्दोलन जस्ता घटना सामान्य बनिसकेका छन् । काठमाडौँ विश्वविद्यालय ले केयु मा राजनिति गर्न कुनै पनि राजनितिक विद्यार्थी संगठन स्विकार गरेको छैन । तर बाहिर बाहिर जति, विद्यार्थी को चुनाव भनिन्छ, त्यति नै भित्री रुप मा पार्टिहरु को चलखेल बढ्ने गरेको छ । यहाँ को चुनाव पनि ‘टियु’ मा हुने विद्यार्थी चुनाव जस्तै बनिसकेको छ, फरक यत्ति हो ‘टियु’ मा झन्डै बोकेर निर्वाचन मा ओर्लन्छन् भने, ‘केयु’ मा झन्डा लुकाएर निर्वाचन मा ओर्लन्छन् तर त्यही लुकाइएको झन्डा नै ओढेर यहाँ राजनितिक गतिविधि हुने गरेको छ ।

Listen to Bulbul Episode-79 [March 2,2011]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-79 [March 2,2011]

बिहान को ८ बजिसकेको थियो, अनि कालिन्चोक हाइकिङ जानेभएकोले आज म चाँडै ६ नै बजे उठेको थिँए ! तर पनि काठमाडौँ बाट आइपुगेको योगेन्द्र ले ढोका मा आएर कराउन थालेपछि, ढोका खोलेको थिँए । काठमाडौँ बाट आइपुगेको योगेन्द्र ले होस्टेल का सबै साथीलाई उठायो । ९ बजे उठ्ने बानी लागेका केटाहरु, के समय मा उठ्थे ! धुलिखेलबाट ९ बजे नै चरिकोट को लागि बस चढिसक्ने भनिएको भएपनि, साथीहरु ढिलो उठ्दा र सबैलाई जम्मा पार्दा पार्दै होस्टल मै सवा नौ बजिसकेको थियो । २-३ जना को समूह गर्दै वनेपा मा १८ जना जम्मा भइयो र बस चढियो । १८ जना को समूह, अनि बस पनि कहाँ पो खालि छ र ? अत: केही साथीहरु धुलिखेल कटेपछि छत मा चढ्यौँ । छत मा बसेर कराउँदै, फोटो खिच्दै, सुत्दै जाँदा खाडिचौर मा पुगेपछि माछा र च्युरा खाजा को रुप मा खाइयो । खाडिचौर बाट बस उकालो लाग्न सुरु गर्यो, अघि पहिले बसभित्र बसेका साथीहरु पनि छत मा आए, सायद भित्र भन्दा उनीहरुलाई बाहिरै रमाइलो लाग्यो होला ।  नागबेली सडक, उकालो बाटो मा फन्को लगाउँदै बस अघि बढ्यो । हामी बस को छतबाट डाँडाकाँडा र बाटो नियालीरह्यौँ । पर-पर डाँडाहरुमा हिउँ परेझैँ देखिन्थ्यो । कोशौँ पर हिउँ