Skip to main content

Posts

A : Accept B : Birthday C : Comment D : Delete E : Events F : Facebook / Farmville / Friend G : Group H : Home I : Invite / Ignore J : Join K : L : Like M : Message N : News Feed O : Online / Offline P : Poke / Profile Q : R : Relationship / Request S : Status T : Tag U : Update V : Video W : Wall X : Y : Z : Zuckerberg Facebook has been fashion nowadays. A newly born baby may not have their birth certificate but their parents are keen enough to make their Facebook account. The day is not far when a kindergarten child will write his/her paper like one in picture. And who says Facebook decreases students grades?  They learn a lot :)   -- by Chandan P. Gupta

नोभेम्बर १५, सनफ्रान्सिस्को मा भएको कार्यक्रम मा 'जिमेल किलर' को संज्ञा पाएको र फेसबुक को गोप्य प्रोजेक्ट भनिएको 'टिटान' अर्थात फेसबुक को ईमेल सेवा सार्वजनिक गरिँदैछ भन्ने हल्ला ईन्टरनेटमा व्यापक रुपमा फैलिएको थियो । तर सबैलाई आश्चार्यचकित बनाउँदै, फेसबुक का संस्थापक 'मार्क जुकेर्वग' ले 'फेसबुक ईमेल' नभइ सुधारिएको 'फेसबुक म्यासेज सिस्टम' को घोषणा गरे । संसारका प्रसिद्ध टेक्नोलोजी ब्लग, टेक्नोलोजी वेवसाइट र टेक पण्डितहरु को भविष्यवाणीलाई विफल पार्दै, फेसबुक ले सुधारिएको र नयाँ कुराहरु थपिएको 'फेसबुक म्यासेज सिस्टम' को घोषणा गर्यो । ईमेल सेवालाई, फेसबुक म्यासेज ले विस्थापित गरिरहेको र 'गुगल र फेसबुक' बिच 'डाटा' आदानप्रदान को सन्दर्भमा 'शितयुद्ध' चलिरहेको अवस्थामा, 'फेसबुक' ले 'जिमेल किलर' को संज्ञा पाएको ईमेल सेवा सुरु गर्न लाग्दैछ भन्ने धेरै को बुझाइ थियो ।(हामी ले केही दिन अघि लेखेका थियौँ - फेसबुक को ईमेल सेवा सोमवार देखि आउने ) सुधारिएको भनिएको 'फेसबुक म्यासेजिङ सिस्टम' मा केही नयाँ कुर

Listen to Bulbul Episode-64 [November 17,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-64 [November 17,2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

फेसबुक ले भोलि सोमबार एक विशेष कार्यक्रम का बिच फेसबुक ईमेल को घोषणा गर्ने आशंका गरिएको छ । ‘टिटान’ नाम दिइएको भनिएको फेसबुक को ईमेल सेवालाई टेक्नोलोजी ब्लग तथा साइटहरुले ‘जिमेल किलर’ को संज्ञा दिएका छन् । हालको समय मा गुगल र फेसबुक का बिच देखिएको दौड तथा दुरी ले गर्दा, ‘जिमेल किलर’ को रुप मा फेसबुक को ईमेल सेवालाई प्रचार गरिएको छ । अधिकांश प्रयोगकर्ताले जिमेललाई अहिले सम्म को राम्रो ईमेल सेवा मान्दै आएकाछन् । इन्टरनेट मा प्रचार गरिएजस्तै, फेसबुक ले आफ्नो ईमेल सेवा सुरु गर्ने हो भने, यसको धेरै मार जिमेललाई पर्ने देखिन्छ, भनेर टेक्नोलोजी ब्लगहरु ले उल्लेख गरेकाछन् । हुन त अहिले कै स्थिति मा पनि, ईमेललाई केही हदसम्म, फेसबुक मेसेज ले विस्थापन गरिसकेको छ । हिजोआज धेरै जसो साथीभाइ बिच, सुचना आदान प्रदान फेसबुक मेसेज बाट नै हुने गरेको छ । सबैभन्दा, राम्रो फोटो प्रणाली भएको, राम्रो ‘इभेन्ट’ प्रणाली भएको फेसबुक ले चाहने हो भने, फेसबुक को ईमेल सेवा उत्कृष्ट हुने निर्क्यौल टेक पण्डितहरुले गरेकाछन् । फेसबुक ले ‘सर्च’, अनलाइन विज्ञापन,फोटो, ईभेन्ट, ईमेल आदि सबै क्षेत्रमा हात हाल्दै गर्दा

१५ वर्ष देखि आफ्नै घरमा नजरवन्द मा रहेकी प्रजातन्त्रवादी नेतृ “आङ सान सुकी” लाई त्यहाँ को सैनिक सरकार जुन्टा ले आज देखि नजरवन्दमुक्त गरेको छ । १५ वर्ष सानो समय हैन । यही १५ वर्ष मा धेरै कुरा भइसके ! आफूले नि उहिले बच्चा बेला देखि नै समाचार मा ‘आङ सान सुकी’ भन्ने सुन्याँथिए । आफूलाई त नामै सुनेर अचम्म लाग्थ्यो कस्तो नाम होला, को होला भनेर ! अनि पछि त जहिले वर्मा को नाम सुन्यो कि, ‘आङ सान सुकी’ मात्रै याद आउँथ्यो । आज तिनै नेतृ सैनिक सरकार को नजरवन्द बाट मुक्त भइछिन् ।  संसार भरका टेलिभिजन, रेडियो र वेवसाइट मा आङसाङ सुकी नै छाइरहेकी छिन् । टुविटरमा त अझ, ‘आङ सान सुकी’ ट्रेन्डिङ टपिक नै बनिसकेको छ । ‘आङ सान सुकी’ सबैभन्दा धेरै पटक आफूले सुनेको नाम होला । सन् १९९१ नोबेल शान्ति पुरस्कार की बिजेता तथा प्रजातन्त्रवादी नेतृ को नजरवन्दमुक्त भएको घोषणा सँगै, संसार भर नै खुशीयाली छाएको छ । तर उनको यो रिहाइ का सम्बन्ध मा अहिले नै केही भनिहाल्न सक्ने ठाउँ छैन । साँच्चै भन्दा, सैनिक सरकार को कुरा मा भर गर्न सकिँदैन । विगत मा पनि, नजरवन्द मुक्त गर्ने भन्दा भन्दै नगरिएको धेरै घटनाहरु छन् । अन्तराष्

विगत केही महिना देखि, हाम्रो देशमा प्रधानमन्त्री छान्ने नाटक भइरहेको छ । अब त्यो नाटक पनि नौटंकी भइसक्यो, अनि नौटंकी पनि धेरै नै भयो । ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्याजस्तो, तिनीहरु का नौटंकी ले आजित भइसकियो, दिक्क भइसकियो । प्रधानमन्त्री का एक्ला उम्मेदवार ले १२ पटक सम्म निर्वाचन मा भाग लिएको सम्म थाहा छ तर हिजो गाइँगुँइ सुनेको, अब १७ औँ पटक को निर्वाचन पो हुँदै छ रे ! ठूला दल भनाउँदाहरुलाई मादल झैँ बजाए ठिक हुन्थे कि ? न हात्तिवन ले केही लछारपाटो लायो, न गोकर्ण ले नै केही लछारपाटो लायो ! अब मन नै नमिलेपछि, गोप्य वार्ता भन्दै मा सबै कुरा मिल्ने हैन क्यारे ! हैन, किन हामीलाई गोप्य वार्ता को निहुँ गरेर, उल्लु बनाइरहेकाछन्, यी पाजीहरुले । कति न, देश को अवस्था प्रति चिन्तित भए जस्तो नि देखाउँछन्, अनि सहमति त हरदम भन्छन् । हिजो पनि गोकर्ण मा सहमति गर्नु चाँहि पर्छ, तर कसरी गर्ने भन्ने कुरा चाँडै टुंगो लगाइनेछ भन्ने सहमति भो रे ! हुन त लाज पचेपछि, शरम नलागेपछि, जे भने नि भो, जे गरे नि भो । जनताप्रति र देशप्रति उत्तरदायी भएको भए न सोच्थे, देशको हित मा ! अब कहाँ उनीहरु को नजर प्रधानमन

Listen to Bulbul Episode-63 [November 10,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-63 [November 10,2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

गत विहिबार, काठमाडौँ थापागाउँ मा अवस्थित क्यापिटल एफएम को प्रशिक्षण कक्ष मा ब्लगर भेला सम्पन्न भयो । कार्यक्रम मा  नेपाल का पायोनियर ब्लगर देखि भर्खर ब्लग जगत मा प्रवेश गर्दै गरेका नेपाली ब्लगरहरु को सहभागिता रहेको थियो । अनलाइन परिचय मा सिमित, ब्लगरहरुलाई त्यस दिन प्रत्यक्ष भेटघाट को अवसर जुरेको थियो । भेलामा उपस्थित केही पुराना र पाका ब्लगरहरु ले, दौँतरीले आयोजना गरेको पहिलो अनलाइन भेला का सम्बन्ध मा आफ्नो गुनासो पनि पोखेका थिए । पुर्णत अनौपचारिक कार्यक्रम मा करिब २० जना ब्लगरहरु को सहभागिता रहेको थियो । भेला मा सामान्य परिचय पछि, वसन्त गौतम ले नेपाली ब्लग जगत को बारेमा बोल्नुभएको थियो भने, उज्वल आचार्य ले आफ्ना अनुभवहरु बाँड्नु भएको थियो । भेलामा उठेका कुराहरु मा सहमति, विमती तथा आफ्ना विचारहरु राख्ने काम अन्य ब्लगरहरु ले गर्नु भएको थियो । २ घन्टा चलेको भेला ले, सामान्य छलफल पछि, डिसेम्बर १८ (पुष ३, शनिवार) मा नेपाली ब्लगर भेला आयोजना गर्ने घोषणा गरेको छ ।  खाजा र खाना खर्च व्यक्ति स्वयं ले नै व्यहोर्ने गरि ब्लगर भेला को आयोजना गर्न लागिएको हो । आउँदो भेला का एजेण्डाहरु  र कार्

दिनमा उज्यालो नै छ र रात अँध्यारो नै छ ! बत्ति अघि भर्खर गएर आयो ! आज राति बिजुली बत्ति आउने पक्का छ तर पनि विश्वास गरिहाल्ने ठाउँ छैन । बिजुली बत्ति को आउने र जाने को ठेगान छैन । तिहार को झिलिमिली मा काठमाडौँ को एकपाटो धपक्क बलेको छ अनि अलिपर्तिर अर्को पाटो मा कालो अँध्यारो छ, सायद त्यहाँ लोडसेडिङ भइरहेको छ । पटाका, आलु बम निरन्तर पड्कि नै रहेछन्, रकेट, गमला सबै आकाश नै छोउँला झैँ आक्कासीरहेका छन् । एक झूण्ड भर्खर  देउसी खेलेर गयो, अब अर्को समूह को प्रतिक्षा रहेनछ । देउसी नि हिजोआज त कस्तो हो, पैसैका लागि मात्र आउँछन्, आउनेबित्तिकै ‘दिने भए देउ, नदिने भए बिदा देउ’ अनि यति र उति देउ भनेर तोक्छन् । सानो कुचुक्क परेको आँगन मा उभिएर भट्याउने ले भट्याउँछ ‘यो आँगन कत्रो, टुँडिखेल जत्रो’, सायद भट्याउने ले पनि, चेपिँदै गएको ‘टुँडिखेल’ को उपहास गरेको हुनुपर्छ या त उसले टुँडिखेल के हो भनेर जान्ने प्रयत्न नगरेको हुनुपर्छ । एउटै कोठामा ५ जना को परिवार अट्नुपर्ने सानो घरमा गएर भट्याइदिन्छ, ‘यो घर कत्रो सिंहदरवार जत्रो’, सुन्दा सहज र सरल लागे पनि, थाहै नदिइ सायद सानो घरलाई सिंहदरवार भनेर उपाहस गर

गत नोभेम्बर २ मा, फेडोरा कम्युनिटि ले ‘Laughlin’ कोडनाम राखिएको फेडोरा को चौँधौ संस्करण सार्वजनिक गरेको छ । फेडोरा १४, धेरै नयाँ ‘फिचर’हरु को साथ मा आएको छ । ‘परफर्मेन्स’, ‘क्वालिटि’ आदि का हिसाब ले फेडोरा १४ उत्कृष्ट रहेको, फेडोरा कम्युनिटि ले बताएको छ । फेडोरा कम्युनिटिव्दारा जारी प्रेस विज्ञप्ति मा भनिएको छ । ‘रेडह्याट’ को प्रायोजन मा फेडोरा कम्युनिटि ले ‘ओपनसोर्स अपरेटिङ सिस्टम’ फेडोरा १४ सार्वजनिक गरेको छ ।  छ महिना कै अन्तराल मा फेडोरा ले आफ्नो नयाँ भर्सन को अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । The latest version of Fedora has cloud aspirations, decodes jpg files faster, includes SPICE – a useful protocol for virtualizing desktop PCs, and contains numerous enhancements of interest to developers. Fedora 14 includes several new features for developers, system administrators and open source enthusiasts including: Framework software for Spice, a rapidly advancing infrastructure for desktop virtualization New debugging features for developers, such as support for dynam