Skip to main content

Posts

Listen to Bulbul Episode-59 [October 13,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-59 [October 13,2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

थाहा छ मानुषी ! आज मलाई तिम्रो धेरै याद आयो । आज दिउँसो ‘टपरेबाहुन’ ले टुविटर मा ‘म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु’ भनेर टुविट गरेका थिए । अनि मलाई पनि यही गित सुन्ने हुटहुटी चल्यो, अनि अनायासै तिम्रो धेरै याद आयो मानुषी ! टुविट भन्दा तिमी छक्क पर्यौ होला है, म हिजो आज टुविटर धेरै चलाउँछु नि, फेसबुक ले दिक्कै लाइसक्यो । थाहा छ, आज मैले दिउँसो देखि अहिले सम्म पनि प्रदिपराज पाण्डे कै आवाज सुनिरा’को छु । “म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु… …यो सहर तिमीलाई दाइजो छोडेर जाँदैछु” थाहा छैन मानुषी, यो गित गितकार ले के हिसाब ले लेखेका थिए, संगितकार ले के सोचेर संगित भरेका थिए अनि गायक ले कुन भाव मा गाएका थिए । गित ले त भन्छु, “म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु, तिमी सँग नभेट्ने कसम खाँदैछु…” तर मलाई यही गित ले गर्दा नै तिमीलाई कहिले भेटौँ कहिले भटौँ जस्तो भएको छ । सायद, दशैँ को बेला घर जानु पर्ने भएकोले, मलाई यो गित मेरै लागि बनेको हो कि जस्तो लागेको छ मानुषी । तर जेहोस् मानुषी, ‘म केही दिन को लागि तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…’ मृगस्थली को वन एक्लै चहार्दा त कति रमाइलो

देश विदेश मा रहनु भएका समस्त नेपालीहरु मा शुभ विजया दशमी तथा शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ! Hope the festival of Dashain and Tihar showers the blessings of peace, joy and prosperity into your life. Happy Dashain & Tihar. सुनको बिहान सुनको दिन एक उदाउँछ रे, यस देश खुलीकन आउँछ रे, रँगिला सब बादल छाउँछ रे, जल चंचल भैकन गाउँछ रे ! चिडिया बिउँझेर कराउँछ रे सब मन्दिर घंट बजाउँछ रे र हवा पनि बास उडाउँछ रे दिल फूल सबै बिउँझाउँछ रे ! दुनियाँ सब चार्दछ धाउँछ रे र हिमाल उचाँ झलकाउँछ रे जलविन्दु सुशीतल ल्याउँछ रे सब उन्नत झल्ल तुल्याउँछ रे! -  महाकवि लक्ष्मी प्रसाद देवकोटा

च्याट मा अल्झिँदा अल्झिँदा रात को १ बजिसकेछ, अब त सुत्नु पर्छ । भोलि फेरि रिपोर्टिङ मा जानुछ । कहिलेकाँहि आफैँ देखि रिस उठ्छ, यो फेसबुक ले गर्दा, कत्ति टाइम खाइदिन्छ भने । फेरि मान्छेहरु पनि कस्ता हु्न्छन् भने, कहिलेकाँहि त फेसबुक नै नचलाउँ झैँ लाग्छ । तर के गर्नु २-३ दिन मै फेरि चलाउँ चलाउँ लागिहाल्छ, अस्ति भर्खर पनि डिएक्टिभ गरेकै त थिँए नि । हुन नि, केटाहरु कस्ता खत्तम हुन्छन् भने, केटी देख्ने बित्तिकै फेसबुक मा एड गरिहाल्छन् । रिस्सै उठ्ने क्या, चिन्नु न जान्नु, म्यासेज पठा’छ, फ्रेन्ड रिक्वेष्ट गर्या छ । अझ राम्रो फोटो त राख्नै नहुने, अहिले भने आफूले फोटो नराख्या भएर, फेसबुक मा फ्रेन्ड रिक्वेष्ट आउनै छोड्या छ । हाइसञ्चो भा’छ आफूलाई, ह्या मलाई किन निन्द्रा नलागेको होला, २ बज्न लागिसक्यो । अस्ति को कुरा सम्झेर फेरि हाँसो उठ्यो । अब त उसलाई पनि “खै” भन्ने बानी नै लागेछ, पहिले पहिले ‘जे पायो त्यै’ भनेर मलाई जिस्काउँथ्यो । ओहो, २ बज्यो, अब त सुत्छु भोलि रिपोर्टिङ मा जानु छ । अब त समाचार छाप्दिन्छन् रे, पत्रिका मा । सर ले नै देको इश्यु हो, नछापेर हुन्छ । पल्सर को घ्वाँई घ्वाँई को आव

Listen to 6th  Episode of “Babu Aama ra Chhora ” आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘विपी कोइराला’ को उपन्यास ‘बाबु आमा र छोरा’ को वाचन गर्दै छौँ । मनोविश्लेषणात्मक साहित्य का लागि परिचित विश्वेश्वर प्रसाद कोइराला को यो उपन्यास मा पनि विपी को कृतिगत विशेषता पाउनसकिन्छ । उपन्यासलाई नाम अनुसार नै 'बाबु, आमा र छोरा' ३ खण्ड मा विभाजित गरिएको छ ! ती खण्डहरु मा 'बाबु, आमा र छोरा' तिनै पात्रहरुको मनोविश्षलेण प्रस्तुत गरिएको छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download:   BP Koirala's Babu Aama ra Chhora Episode-6

मोजिल्ला ले भर्खरै मोबाइल को लागि फायरफक्स ४.० बेटा भर्सन ब्राउजर सार्वजनिक गरेको छ । फेनेन्स कोडनाम दिइएको, प्रोजेक्टलाई अहिले भने, फायरफक्स नै भनिएको छ । बेटा भर्सन निस्किएको ब्राउजर पुर्णत नोकिया ‘एन ९००’ तथा ‘एन्ड्रोइड २.० अथवा त्यसभन्दा माथि का’ फोनहरुलाई लक्षित गरेरर तयार पारिएको छ । हाललाई नयाँ भर्सन को वेव ब्राउजर, ‘आइफोन’ को लागि भने उपलब्ध छैन । साथै, ‘ब्ल्याकबेरी’ फोन को लागि पनि मोजिल्ला को कुनै योजना रहेको छैन । मोजिल्ला फाउन्डेसन ले भनेको छ, “मोबाइल को लागि बनाइएको नयाँ वेटा फायरफक्स ब्राउजर, डेस्कटप को लागि बनाइएको फायरफक्स ४.० ब्राउजर कै, मोबाइल संस्करण हो” । मोबाइल ब्राउजर मा पनि, एडवान्ड आदि को सुविधा रहेको छ । फायरफक्स ले मोबाइल  ब्राउजर को निर्माण मा आफ्नो पाइला बढाउँदै लगेको भएपनि, ‘ओपेरा मिनी’ ब्राउजर ले  नै मोबाइल मा आफ्नो कब्जा जमाएको छ । बेटा फेज मा भएको, फायरफक्स ४.० मोबाइल भर्सन ब्राउजर ले केही महिना मा फाइनल भर्सन सार्वजनिक गर्ने छ । डाउनलोड : Firefox 4.0 Beta for Mobile

असोज २२ गते शुक्रबार प्रतिपदा तिथि, आज घटस्थापना । आज को दिन ९ बजेर ४१ मिनेट मा जमरा राख्न को लागि साइत उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ । आज बाट बिधिवत रुपमा दशैँ भित्रिएको छ । आज राखिएको जमरा विजयादशमी को दिन प्रसाद को रुपमा मान्यजन बाट लगाइने गरिन्छ । टिका को साइत असोज ३१ गते, आइतबार बिहान १०:४३ मा उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा घडामा बाहिरबाट माटो र गोबर टाँसेर त्यसमा गहुँ,जौ आदि छरिन्छ । उक्त घडालाई टपरी मा राखिएको चामल माथि राखिन्छ । घडा को बाहिर गहुँ,जौ आदि छरिएपनि, भित्र भने पानी राखिन्छ र माथिबाट आँप, पिपल लगायत का पात र फूल राखिन्छ । दशैँघर वा पुजाकोठामा बालुवा र माटो मिलाएर बनाएको सम्मिश्रणमा जमरा राखिन्छ । दियो, कलश, गणेश आदि स्थापना गरेर विधिवत रुपमा घटस्थापना गरिन्छ । साथै, आफ्नो देवीदेउता, कुल आदिलाई चढाउनुपर्ने स्थानअनुसार दुनामा पनि जमरा राखिन्छ । अष्टमीको दिनमा भने खुँडा,खुकुरी,चुलेसी,चक्कु आदि लगायतका हतियारहरु को पनि पुजा गरिन्छ । घटस्थापना गरेपछि ९ दिन सम्म शक्ति की प्रतिमुर्ती देवीको आराधना गरिन्छ । आफ

Listen to Bulbul Episode-58 [October 06,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-58 [October 06,2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु

Listen to 5th  Episode of “Babu Aama ra Chhora ” आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘विपी कोइराला’ को उपन्यास ‘बाबु आमा र छोरा’ को वाचन गर्दै छौँ । मनोविश्लेषणात्मक साहित्य का लागि परिचित विश्वेश्वर प्रसाद कोइराला को यो उपन्यास मा पनि विपी को कृतिगत विशेषता पाउनसकिन्छ । उपन्यासलाई नाम अनुसार नै 'बाबु, आमा र छोरा' ३ खण्ड मा विभाजित गरिएको छ ! ती खण्डहरु मा 'बाबु, आमा र छोरा' तिनै पात्रहरुको मनोविश्षलेण प्रस्तुत गरिएको छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download:   BP Koirala's Babu Aama ra Chhora Episode-5