Skip to main content

Posts

Listen to Bulbul Episode-21 [January 20,2010].    रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा  सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे र उत्पादन सहयोगी दिनेश निरौला  उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-21 [January 20, 2010] Alternate Download Link: Download Bulbul   [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

Tallest Statue of Lord Shiva stands on a high mountain touching the sky and is the tallest Hindu Religion and Lord Shiva statue in the whole world.The construction was started in 2005 and will  complete in 2010. Statue : Tallest Statue of Lord Shiva Height: 108 ft from Ground [Total 145 ft] Location:  Chittpol (In Between Bhaktapur and Kavre, Nepal)                 विश्व कै अग्लो मानिएको एक हातमा त्रिशूल र अर्कोमा डमरु बोकेको शिवको एक सय ४५ फिट अग्लो मुर्ति भक्तपुर को चित्तपोल मा रहेको छ। मूर्तिमा सिमेन्ट र फलामको छड प्रयोग गरिएको छ । मूर्ति जमिनमाथि मात्र एक सय आठ फिट अग्लो छ । मूर्तिडेढ महिनापछि तयार हुने, मूर्तिको रङरोगन भइरहेको छ । भक्तपुरको नलिन्चोक चित्तपोल गाविस भवन हुँदै तीन किलोमिटरको यात्रा गरेपछि यहाँ आइपुगिन्छ । त्यस्तै भक्तपुर र काभ्रेको सिमाना साँगाबाट १०  मिनेटको पैदलयात्राबाट पनि आउन सकिन्छ । राजधानीका विभिन्न ठाउँबाट यो मूर्ति देखिन्छ । मूर्ति अवलोकन गर्न दैनिक चार सयभन्दा बढी सर्वसाधारण पुग्ने गर्छन् । निर्माणकर्ताको दाबीअनुसार शिवको

चौथो दिन बिहान मेरो आँखा खुल्दा साथीहरु हल्ला गरिरहेका थिए। हल्ला किन भएको रहेछ भनेर बाहिर निक्लदा लम्जुङ हिमाल, माछापुछ्रे, गङ्गापूर्ण, हिमचुली, अन्नपूर्ण हिमालहरु होटल अगाडि नै हाँसिरहेको देखेँ। हिमाललाई आफ्नो त्यति नजिक मैले पहिला कहिलेपनि देखेको थिइन। जता हेर्यो त्यतै लोभलाग्दो रमाईलो। समुद्र सतहदेखि एक हजार नौ सयको उचाइमा रहेको कास्कीको घान्द्रुक गाउँ वास्तवमै एउटा स्वर्गको टुक्रा जस्तै रहेछ। पर्यटनलाई नेपालको आर्थिक विकाशको मेरुदण्ड बनाउन सकिन्छ भन्ने त सुनेको थिएँ तर किन भनेका रहेछन भन्ने कुरा मलाई घान्द्रुक पदयात्राले प्रष्टसँग बुझाइदियो। घान्द्रुकबाट देखिएको अन्नपूर्ण हिमाल !      फोटो: प्रेम शेर्पा आज घान्द्रुकबाट पोखरा पुग्ने निर्णय भएको थियो। सोही निर्णय अनुसार हामीले विहानको खाजा, नास्ता खाएर करिब ११:३० बजेतिर घान्द्रुक घुम्दै नयाँपुल जाने यात्रा प्रारम्भ गर्यौं। भाङ्ग्रा लगाएका गरुङ्गहरु कमै देखिए घान्द्रुकमा। पदयात्राको अन्तिम दिन थियो आज। बाटामा पर्ने गुरुङ्ग संग्राहलय र विभिन्न किसिमका पुराना घरहरु हेर्दै हामी ओरालो झर्न थाल्यौं नयाँपुलतिर। घान्द्रुक उकालोबाट मोद

Listen to 8th episode of Radha in Shrutisambeg. यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण  धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

लगातार आफ्नो सिस्टम मा आक्रमण र ह्याकिङ प्रयास भइरहेको भन्दै गुगल ले केही दिन अघि चिन मा अब देखि आफ्नो गुगल सर्च मा सेन्सर नगर्ने निर्णय गरेको छ । चिन मा सन् २००६, जनवरी देखि google.cn मार्फत गुगल ले काम गर्दै आएको थियो । चिन सरकार को कडा नियम को परिपालन गर्दै, गुगल ले आफ्ना सर्चहरु मा सेन्सर गर्दै आएको थियो । यति धेरै सेन्सरसिप लागु भइरहँदा पनि, चिन बाट आफ्नो सिस्टम तथा आफ्ना प्रयोगकर्ताहरु लाई बारम्बार आक्रमण भएकोले, अब देखि चिन मा सर्चमा सेन्सरसिप नलाउने भनेर, गुगल ले आफ्नो ब्लग मा लेखेको छ । सायद सेन्सरसिप को पालन नगर्दा आफ्नो सर्च र आ्फ्नो अफिस बन्द हुनसक्ने कुरा मा पनि गुगल जानकार रहेको छ । गुगल को यस्तो निर्णय सँगै संसारभरि नै तहल्का मच्चियो, गुगल को यस्तो कदम बाट प्राय: सबै नै अचम्मित भए । हुन त गुगल ले चिन सँग निहुँ खोज्यो भने, चिन बाट गुगल ले हात धुनुपर्नेछ, यसबाट त प्रस्टै छ कि, गुगललाई धेरै घाटा नै हुनेछ  साथै गुगल का प्रयोगकर्ताहरु पनि निराश हुनेछन् । मानवअधिकारकर्मीहरु को ईमेल मा सुनियोजित आक्रमण भएको मा अमेरिका ले सरकारी तवर मै चिनलाई कुटनितिक दवाव दिएको छ । उता चिन

Listen to the interview with Min Bahadur Gurung [Director, Bhatbhateni Supermarket] मीनबहादुर गुरुङ, भाटभटेनी सुपरमार्केट का सञ्चालक का रुपमा सुपरिचित छन् । भाटभटेनी तथा महाराजगञ्ज  मा अत्याधुनिक सुविधा सम्पन्न सुपरमार्केट स्थापना गरिसकेका अरबौँ का मालिक मीनबहादुर गुरुङ अब समाजसेवा मा लागेका छन् ।  करिब ५ करोड को लागत मा भाटभटेनी सुपरमार्केटका प्रबन्धक मीनबहादुर गुरुङले शिक्षण अस्पताल, महाराजगञ्जमा आकस्मिक कक्षका लागि भवन निर्माण, सरसफाइ र मर्मत व्यवस्थापन गर्न लागेका छन्। सामाजिक उत्तरदायित्व पूरा गर्न मात्र नभई भावनात्मक सन्तुष्टिका लागि भवन निर्माण गर्न लागेको गुरुङले बताए। 'स्वास्थ्य क्षेत्रमा योगदान गर्नु मेरो रुचि हो,' उनले भने। आफू खोटाङको विकट ठाउँमा जन्मिएको र उपचार अभावले दुःख पाएकाले स्वास्थ्य क्षेत्रमा काम गर्ने रुचि जागेको उनले बताए। 'म किसानको छोरा, बर्षामा भिज्दा तीन दिनसम्म ज्वरो आएको थियो,' विगत सम्झँदै उनले भने, 'भनेको बेला सिटामोल पनि पाइनँ’ । केही वर्ष पहिले, सानो कोठाबाट सुरु गरेको व्यवसाय आज निकै ठूलो र सफल भइसकेको छ । हिजो बिबिसी न

तेस्रो दिन विहानको ४:०० बजे लगाइएको समय सुचक आवाजले ब्युँझाउनु भन्दा तीन धण्टा अगाडीनै मेरो निर्दा खल्बलि सकेको थियो। रातभरी जाडो, गर्मी दुवै भइरह्यो; कहिले सिरक कम भएर त कहिले धेरै भएर। मलाई घोरेपानीमा बसेको ठाँउ अझै राम्रो लागेको थिएन। जेहेन-तेहेन ४: ५० मा म र शेखर भएर अरु साथीहरुलाई पछाडी नै छाडी सूर्योदय छुट्ला भन्ने डरले पुनहिल तिर हिडिहाल्यौ। विशेष गरेर मलाई र शेखरलाई सूर्योदय कुनैपनि हालतमा छुटाउन मन थिएन। त्यसैले अलि अल्छी गरिरहेका साथीहरुलाई छाड्नु पर्यो। रात पुरै नसकिएकाले उज्जयालो भइसकेको थिएन। हामीसँग बाटोमा चाहिने वा भनौ अध्यारोमा चाहिने बत्ति केहीपनि थिएन। तर हाम्रो यात्रा जुनको प्रकाशले सजिलो बनाइदियो। घोरेपानिमा तेसैत जाडो बढी हुने अझ तेसमापनि हामी हिमालतिरै लम्किरहेकाले होला जाडो एकदमै बढी भइरहेको थियो। जाडोले मेरा दाँतहरु बजिरहेका थिए। केही समयको उकालो चढाइपछि भने जाडो कम हुन थाल्यो, जीऊ तातेकाले। अलिमाथि पुगेपछि मानिसका हुलहरु सलबलाएको देखिन थाल्यो। सबै उकालो चढीरहेका थिए। हामी लम्किरहेको दिशाको ठ्याक्क पछाडी आकाशमा लाली लाग्न सुरु भइसकेको थियो। लाली बढ्दै जाँदा मल

Listen to Bulbul Episode-20 [January 13,2010].    रात्री बसाइ को यो अर्को नयाँ अंक मा  "आँखा" सम्बन्धि रात्री गन्थनको साथमा केही सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे  उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-20 [January 13, 2010] Alternate Download Link: Download Bulbul   [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

The Upper Dolpo region is remote hidden destination in far west where Nepal's most tranquil and natural beauty is still unexplored. The home of herbal land, unspoiled trans-Himalayan culture, Buddhist monuments, unique human civilization at high altitude. Dolpo is protected by Shey-Phoksundo National Park. It lies to the north of the Dhaulagiri Range bordering the Tibetan Plateau. Here one can find a well-preserved eco-system of plants and wildlife, including the blue sheep and the elusive snow leopard. The view of Kanjiroba peak, Phoksumdo Lake, and the Dhauligiri massif is one of the most rewarding moments. A visit to the Phoksumdo Gompa – dedicated to the ancient Bonpo religion, local to Dolpo and Tibet, is a memorable experience. Dolpo is still the homeland of the Spotted Leopard, Blue Sheep, wolves, and many other varieties of flora and fauna. Today, we are posting some beautiful pictures of Upper Dolpo .  Enjoy Upper Dolpo in Pictures.                          ©

केही दिन अघि एक्कासी चिसो बढ्दा अब धुलिखेल मा हिउँ पर्छ बन्ने हल्ला चलेको थियो । म चाँहि मन मनै मख्ख थिँए, ओहो अब हिउँ परेको पनि देखिने भइयो ! तर हिउँ परेको अनि हिउँमा खेलेको देख्नु त सपना भइहाल्यो । त्यसमाथि धूलिखेल बाट उत्तर तिर देखिने हिमालहरु पनि काला देखिँदैछन् । साँच्चै भनेको हिमालहरु काला देखिँदैछन्, हिउँ नै छैन हिमाल मा । हिजो एकजना साथि ले चरिकोट दोलखा बाट फेसबुक मा लेखेकी थिइन्, गौरीशंकर पनि कालो देखिएको छ, के भा’को यस्तो, हिउँ नै छैन । मैले रिप्लाइ मा लेखेको थिँए, ग्लोबल वार्मिङ अनि क्लाइमेट चेन्ज ! सायद ग्लोबल वार्मिङ अनि क्लाइमेट चेन्ज ले गर्दा नै हिउँहरु हराउँदैछन्, हिमाल कालो देखिँदैछन् ।  एकाबिहानै उठेर झ्याल बाट बाहिर हेर्दा सबै तिर सेताम्मे देखिएको थियो । तुषारो (Dew) भन्ने थाहा हुँदा हुँदै ओहो, लौ हिउँ पर्‍यो कि क्या हो भन्दै, म तुषारो हेर्न तल झरेँ । तुषारो माथि हिँड्दा, झरम, झरम को आवाज आयो । सबैतिर सेताम्मे थियो, हिउँ नै परेको जस्तो, नभन्दै मेरो चप्पल पनि एकैछिन मा सेतो भयो । होस्टल को छाना माथि हेरेको त, हाम्रो पानी तताउने सोलार पनि सेतै रहेछ, म कराएँ ब्रो सोल