Skip to main content

One Fresh Morning in KU

केही दिन अघि एक्कासी चिसो बढ्दा अब धुलिखेल मा हिउँ पर्छ बन्ने हल्ला चलेको थियो । म चाँहि मन मनै मख्ख थिँए, ओहो अब हिउँ परेको पनि देखिने भइयो ! तर हिउँ परेको अनि हिउँमा खेलेको देख्नु त सपना dewभइहाल्यो । त्यसमाथि धूलिखेल बाट उत्तर तिर देखिने हिमालहरु पनि काला देखिँदैछन् । साँच्चै भनेको हिमालहरु काला देखिँदैछन्, हिउँ नै छैन हिमाल मा । हिजो एकजना साथि ले चरिकोट दोलखा बाट फेसबुक मा लेखेकी थिइन्, गौरीशंकर पनि कालो देखिएको छ, के भा’को यस्तो, हिउँ नै छैन । मैले रिप्लाइ मा लेखेको थिँए, ग्लोबल वार्मिङ अनि क्लाइमेट चेन्ज ! सायद ग्लोबल वार्मिङ अनि क्लाइमेट चेन्ज ले गर्दा नै हिउँहरु हराउँदैछन्, हिमाल कालो देखिँदैछन् । 

एकाबिहानै उठेर झ्याल बाट बाहिर हेर्दा सबै तिर सेताम्मे देखिएको थियो । तुषारो (Dew) भन्ने थाहा हुँदा हुँदै ओहो, लौ हिउँ पर्‍यो कि क्या हो भन्दै, म तुषारो हेर्न तल झरेँ । तुषारो माथि हिँड्दा, झरम, झरम को आवाज आयो । सबैतिर सेताम्मे थियो, हिउँ नै परेको जस्तो, नभन्दै मेरो चप्पल पनि एकैछिन मा सेतो भयो । होस्टल को छाना माथि हेरेको त, हाम्रो पानी तताउने सोलार पनि सेतै रहेछ, म कराएँ ब्रो सोलार त सेतै छ, कोठाबाट साथि ले थप्यो, त्यही भएर त हात काट्ने पानी आ’को रहेछ नि एकाबिहानै बाथरुम मा । साथि ले कोठाबाटै सुझायो, स्कि खेल ब्रो । ल ठिक छ, भनेर म तुषारो मै चिप्लिन थालेँ, ओहो साह्रै रमाइलो पो हुने रहेछ, झन् हिउँ मै स्कि गर्दा त कति मज्जा हुन्थ्यो होला सोच्दैरहेँ । एकछिन मज्जा ले रमाइलो गरेँ एक्लै, केही फोटो नि खिँचे मोबाइलबाटै ! अनि फर्कने बेला पनि, चिप्लिदैँ फर्किँदा मज्जा ले लडियो धन्न हात टेक्न भ्याँए र केही भएन, हैन भने मेरो टाउको भित्ता मा मज्जा ले ठोकिन्थ्यो ! खैर, जेहोस्, धूलिखेल को तुषारो सबैलाई देखाउँदैछु है !
 dew
tusaro @ ku dhulikheltusaro @ ku dhulikhel tusaro @ ku dhulikhel tusaro @ ku dhulikhel tusaro @ ku dhulikhelsolar panel covered with dewdew     tusaro @ ku dhulikhel   tusaro @ ku dhulikhel tusaro @ ku dhulikhel tusaro @ ku dhulikhel tusaro @ ku dhulikhel, view from my room

Comments

  1. Really Nice pictures....I wish to see snow fall...yo global warming ko chakkar le ni wakkai banaisakyo.....
    feri bides tira chai gadi nai dubne snow fall hune re... :)

    Pictures chai dherai ramro chan... :)

    ReplyDelete
  2. ओह... हो!!! तेसो भये ब्रो ले हिउ को मज्जा त तुसारो बाट पो लिएको रहेछ त , तर ब्रो हरु Unlucky नै हो है किनकि धुलिखेल मा हिउ परे त काठमाडौं का मान्छेहरु भुसुक्कै आएर हेर्थे होलानी अनी मेरो प्यारो धुलिखेल अलिक फोहोर हुने थियो होला तर पनि राम्रै हुने थियो किनकी माइली भाउजुको चिया पसल खुब चल्ने थियो होला तर हिउ परेनी जे परेनी मैले चाँही मेरो जन्म थालो धुलिखेल निकै Miss गर्ने थिए किन कि म अहिले यो हिउ नै हिउ ले ढाकेको नर्बे तिर पो छु यार।
    ब्रो हरुहिउ नपाएर त्यता दिक्क मलाई भने यहाँ हिउ नै हिउ को चिन्ता उह्ह्ह्हु चिसो!!!!

    ReplyDelete
  3. हा हा हा !
    धर्मराज ब्रो ! त्यो हिउँ अलिकति ईमेल मा पोको पारेर यता धुलिखेल मा पठाइदिनु न हो ।

    ReplyDelete
  4. ल राम्रै तुषारो परेको रहेछ त। हिउँ नभए पनि फोटो हेर्दा "हिउँ वा सो सरह" भन्दा भने फरक नपर्ने जस्तो लाग्यो मलाई ।

    ReplyDelete
  5. एकताका हिउँदमा भक्तपुरको सल्लाघारी क्षेत्रमा यस्तै टेक्दा चुरुम चुरुम बज्ने तुसारो देखेर म हिउँ यस्तै त होला नि भनेर मख्ख परेको थिएँ । खुब रमाएको पनि थिएँ । हुनपनि नेपालमा रहुञ्जेल हिउँको अनुहार देख्न पाएको थिईनं । आजभोलीभने धर्मराजजीलाई झैं मलाई पनि हिउँले साह्रै दिक्क बनाउँछ । तुसारोले छपक्क ढाकेका तस्विरहरु बाँड्नुभएकोमा धन्यवाद !

    ReplyDelete
  6. एकताका हिउँदमा भक्तपुरको सल्लाघारी क्षेत्रमा यस्तै टेक्दा चुरुम चुरुम बज्ने तुसारो देखेर म हिउँ यस्तै त होला नि भनेर मख्ख परेको थिएँ । खुब रमाएको पनि थिएँ । हुनपनि नेपालमा रहुञ्जेल हिउँको अनुहार देख्न पाएको थिईनं । आजभोलीभने धर्मराजजीलाई झैं मलाई पनि हिउँले साह्रै दिक्क बनाउँछ । तुसारोले छपक्क ढाकेका तस्विरहरु बाँड्नुभएकोमा धन्यवाद !

    ReplyDelete
  7. हा हा हा !
    धर्मराज ब्रो ! त्यो हिउँ अलिकति ईमेल मा पोको पारेर यता धुलिखेल मा पठाइदिनु न हो ।

    ReplyDelete
  8. Really Nice pictures....I wish to see snow fall...yo global warming ko chakkar le ni wakkai banaisakyo.....
    feri bides tira chai gadi nai dubne snow fall hune re... :)

    Pictures chai dherai ramro chan... :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नियात्रा : घान्द्रुक को घुमाइ -१

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ। सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ। घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

मोदी र ट्विटर ट्रेन्ड [पडकास्ट 📻 ]

यो अंकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ट्विटरमा चलेको #BlockadeWasCrimeMrModi (नाकाबन्दी अपराध हो, मिस्टर मोदी) ट्रेन्ड र ट्विटर ट्रेन्ड कसरी हुन्छ भन्ने बारेमा कुरा गर्दैछु । मोदी जनकपुरमा आइपुग्ने बित्तिकै एक्कासी #BlockadeWasCrimeMrModi ट्विटरको ट्रेन्ड लिस्टबाट हरायो । हामीले सेन्सरसिपको शंका गरिरहँदा केही घन्टापछि त्यही ट्रेन्ड पुन: देखापर्‍यो । विगतमा बाहिर भएका केही ट्रेन्डहरु फेसबुक तथा ट्विटरले 'ट्विक' गरेको भन्ने खबर आएका कारण, सुरुमा यो सेन्सरसिप नै हो भन्ने लाग्यो । तर उक्त ट्रेन्ड ट्विटरबाट हराएर केही घन्टापछि फेरि आएबाट, सेन्सरसिप हैन भन्ने लाग्यो । मोदी र ट्विटर ट्रेन्डबारेको यो पडकास्ट 📻 सुन्नुहोस् ट्विटर ट्रेन्ड कसरी हुन्छ? ट्विटरमा ट्रेन्ड हुन यति नै ट्विट हुनुपर्छ भनेर कहिँ उल्लेख गरेको पाइँदैन तर पनि केही कुरा ट्रेन्डमा देखिनको लागि त्यस विषयमा एकैपटक, धेरै ठाउँबाट धेरैले एउटै विषय ट्विट गरेको हुनुपर्छ । एउटै विषयमा हजारौँले दिनभरि ट्विट गर्दा त्यो ट्रेन्डिङ टपिकमा देखिन्छ भन्ने हुँदैन । ट्विटरमा ट्रेन्ड हुन, कुनै पनि विष

ट्विटर लाइकोनोमिक्स

कसैले ट्विटरमा लाइक गर्दा के बुझ्ने? ट्विटमा आउने लाइकलाई कसरी लिने? कतिपय अवस्थामा ट्विटरमा ट्विट लेखिसक्न पाएको हुन्न, 'लाइक' आइसक्छ । यसलाई एक हिसाबले ट्विटरको राम्रो र अर्को हिसाबले कामै नलाग्ने 'फिचर' भनेर मान्न सकिन्छ । यसलाई यस अर्थमा काम नलाग्ने भन्दै छु कि, कतिपय प्रयोगकर्ताहरु जो कोहीको हरेक ट्विट लाइक गर्छन्, कहिलेकाँही त उनीहरुलाई म्युट गर्नुपर्ने बाध्यता नै हुन्छ, नचाहिँदो नोटिफिकेशनका कारण । ट्विटरमा लाइक किन गरिन्छ भनेर सबैका आ-आफ्नै बुझाइ होलान्, चलाउने आफ्नै तौर-तरिका होलान् । तर यत्ति चाँहि के प्रस्ट हुनुपर्छ भने ट्विटरमा वा फेसबुकमा आउने लाइकहरु अनलाइन भोटिङमा मात्र काम लाग्छन्, यी लाइकहरुले कसैको समर्थन वा विरोध भनेर जनाउँदैन । दुई वर्ष अघिसम्म या भनौँ २०१५ सम्म ट्विटरमा पानको पात थिएन, लाइक भन्ने फिचर थिएन । यसको सट्टा तारा थियो, त्यसलाई फेवरेट भनिन्थ्यो । सन् २००६ मा ट्विटर सुरु भएसँगै फेवरेटको सुरुवात भएको थियो, जसले २०१५ सम्म निरन्तरता पायो । ट्विटरका फिचरहरु मध्ये धेरैले राम्रोसँग प्रयोग गर्न नजानेको फिचर भनेर फेवरेटलाई लिने गरेको पाइन्छ ।

Subscribe to Aakar Post