केही दिन अघि एक्कासी चिसो बढ्दा अब धुलिखेल मा हिउँ पर्छ बन्ने हल्ला चलेको थियो । म चाँहि मन मनै मख्ख थिँए, ओहो अब हिउँ परेको पनि देखिने भइयो ! तर हिउँ परेको अनि हिउँमा खेलेको देख्नु त सपना
भइहाल्यो । त्यसमाथि धूलिखेल बाट उत्तर तिर देखिने हिमालहरु पनि काला देखिँदैछन् । साँच्चै भनेको हिमालहरु काला देखिँदैछन्, हिउँ नै छैन हिमाल मा । हिजो एकजना साथि ले चरिकोट दोलखा बाट फेसबुक मा लेखेकी थिइन्, गौरीशंकर पनि कालो देखिएको छ, के भा’को यस्तो, हिउँ नै छैन । मैले रिप्लाइ मा लेखेको थिँए, ग्लोबल वार्मिङ अनि क्लाइमेट चेन्ज ! सायद ग्लोबल वार्मिङ अनि क्लाइमेट चेन्ज ले गर्दा नै हिउँहरु हराउँदैछन्, हिमाल कालो देखिँदैछन् ।
एकाबिहानै उठेर झ्याल बाट बाहिर हेर्दा सबै तिर सेताम्मे देखिएको थियो । तुषारो (Dew) भन्ने थाहा हुँदा हुँदै ओहो, लौ हिउँ पर्यो कि क्या हो भन्दै, म तुषारो हेर्न तल झरेँ । तुषारो माथि हिँड्दा, झरम, झरम को आवाज आयो । सबैतिर सेताम्मे थियो, हिउँ नै परेको जस्तो, नभन्दै मेरो चप्पल पनि एकैछिन मा सेतो भयो । होस्टल को छाना माथि हेरेको त, हाम्रो पानी तताउने सोलार पनि सेतै रहेछ, म कराएँ ब्रो सोलार त सेतै छ, कोठाबाट साथि ले थप्यो, त्यही भएर त हात काट्ने पानी आ’को रहेछ नि एकाबिहानै बाथरुम मा । साथि ले कोठाबाटै सुझायो, स्कि खेल ब्रो । ल ठिक छ, भनेर म तुषारो मै चिप्लिन थालेँ, ओहो साह्रै रमाइलो पो हुने रहेछ, झन् हिउँ मै स्कि गर्दा त कति मज्जा हुन्थ्यो होला सोच्दैरहेँ । एकछिन मज्जा ले रमाइलो गरेँ एक्लै, केही फोटो नि खिँचे मोबाइलबाटै ! अनि फर्कने बेला पनि, चिप्लिदैँ फर्किँदा मज्जा ले लडियो धन्न हात टेक्न भ्याँए र केही भएन, हैन भने मेरो टाउको भित्ता मा मज्जा ले ठोकिन्थ्यो ! खैर, जेहोस्, धूलिखेल को तुषारो सबैलाई देखाउँदैछु है !