Skip to main content

Posts

सारा दु:ख बिर्सिएर  देख्छु सपना म हजार, हो, म देख्छु केही मिठा सपना !   लखतरान देह थकित मन लिएर भर्खर फर्किएको छु म, केही छिन त आराम गर्न देउ एक्कै छिन कल्पना मा हराउन देउ !   मलाई हराउन देउ आफैँमा, रम्न चाहन्छु म, सपना को बगैँचा मा !   देश, परिवेश समाज र राजनिति आजित भइसकेको छु म, भुल्न चाहन्छु आफूलाई, यो स्वप्न नगरी मा !   म सपना देख्छु एउटा सुन्दर भविष्यको जहाँ हामी हुनेछौँ उनीहरु हुनेछन् ।   खुशीले पुलकित हुन्छु, एकै फड्को मा सगरमाथा चुम्ने हिम्मत राख्छु, मेरो सपना नटुटोस्, मेरो देश नफुटोस् ।   कहिले लाग्छ मेरा सपनाहरु ऐना का सिसा झैँ, उज्यालामा चम्किला देखिएका मात्र हुन्, ती क्षणभर मै चकनाचुर बनाइन सक्छन् । सायद भ्यागुताको धार्नी पुर्‍याउने असफल कोशिस गर्दैछु म !   तर पनि, हिम्मत हारेको छैन यो देश जति उनीहरुको हो, त्यति नै मेरो पनि हो ।   म र मेरो सपनाको अन्त्य छैन ! हो, म मिठो सपना देख्छु, एउटा सुन्दर संसार को कल्पना गर्छु । जहाँ तिमी र म हुनेछौँ उ

दोस्रो दिन विहान खाजा खाएर सबै जाना घोरेपानि यात्राको लागी तयार हुँदा ८:०० बजिसकेको थियो। होटलमा आफूले खाएको र सुतेको पैसा तिरियो। पोखरामा २००० रुपैयाँ खर्च भएको थियो। तिखेढुङ्गामा रु.२०० मात्र खर्च भयो। खर्च भएको पैसाको भिन्नता देख्दा हासो लाग्यो। सबै प्रकारले सर्वसुलभ पोखरा र नयाँपुलबाट एकदिनको खच्चर ढुवानीबाट सामान ल्याउनु पर्ने तिखेढुङ्गा। अच्चमको भिन्नता। तिखेढुङ्गाबाट घोरेपानी ६ घण्टाको ठाडो उकालो हो भन्ने थाहा थियो मलाई। समुन्द्र सतहबाट १५४० मिटर उचाईमा रहेको तिखेढुङ्गाबाट २७५० मिटरमा रहेको घोरेपानि पुग्दै थियौं हामी। उकालो जति भएपनि घोरेपानि हाम्रो गन्तब्य भएकाले हामी उकालो चढ्न तर्फ लाग्यौं। ढुङ्गा छापेर बनाइएको सिंडी जस्तो बाटोभरि सामान ढुवानीका लागि प्रयोग गरिएका खच्चरको मलमूत्र देखिन्थ्यो। कहिले काहिँ उकालो चढ्दै गर्दा ओरालो झरिरहेका खच्चरलाई बाटो छोड्दा ‘जनावर’को बाटो नछेक्नुनै उत्तम हो भन्ने पाठ सिकियो। उकालो ठाडो थियो। अगाडी बढ्न निकै गाह्रो भइरहेको थियो। मलाई बल्ल आफूले भारि झोला बोकिएछ भन्ने भान भयो। झोलालाई कर्तब्य ठानि बोकेर हिडिरहें म। कहिं थकाई मार्थे, कहिँ पान

करिब १-२ दिन देखि महिला साथिहरु को फेसबुक स्टाटसमा रङ (color) को नामहरु देखिन थालेको छ । हिजो कैयौँ साथिहरु को फेसबुक स्टाटस मा कलर को नाम देख्दा म तिनछक्क परेको थिँए, कसैले red, कसैले green, कसैले blue, कसैले black, कसैले white, कसैले blue, कसैले pink,  त कसैले creamy  लेखेका थिए आफ्नो फेसबुक को स्टाटसमा । मलाई थाहा थिएन किन लेखेको हो, के लेखेको हो, कसको लागि लेखेको हो तर अधिकाशं को स्टाटस मा कलर को नाम मात्र भएपछि कौतुहलता जाग्नु स्वभाविक पनि हो । सायद, तपाईहरु ले पनि याद गर्नुभयो होला, प्राय महिला साथिहरु को फेसबुक स्टाटस मा कलर को नाम लेखिएको छ, अनि कति ले थाहा पाउनु भयो होला यो के हो भनेर अनि कति चाँहि अझै कुहिरो को काग नै बन्नुभएको होला । अनि सायद तपाई ले कमेन्ट गर्दा, के हो ? भनेर प्रश्न सोध्नु भएको भएपनि, जवाफ भने पाउनुभएको छैन होला । आउनुहोस्, यो विचित्र संसार मा हुने रोचक घटना अनि पराल को आगो झैँ फैलन पुगेको यो फेसबुक स्टाटस को बारेमा केही चर्चा गर्दैछु । ट्विटर मा आएको हिजो globalthoughtz.com को एउटा ट्विट  निकै रोचक लाग्यो । अनि हत्त न पत्त ग्लोबल थट्ज को ट्विटलाई पच्

Listen to 7th episode of Radha in Shrutisambeg. यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने कार्यक्रम सञ्चालन मन्टेश्वरी राजभण्डारी ले गर्दैहुनहुन्छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

Actually, I was bit frustrated and exhausted since today morning. Don’t know why, but sometimes I use to go to such condition. May be because of upcoming final exam I’m feeling restless, I’m trying to talk but unable to express myself. Today I was planning to go to Kathmandu but later on I’ve changed my mind and I’ve gone for evening walk. I’ve walked about one hour alone. I’ve gone to Dhulikhel and return back to hostel. Now I’m feeling good after a evening walk. And of course I’ve clicked some photo as well. Today I’ve realized that whenever you feel lonely, or you feel frustrated, or exhausted, then don’t think too much, just go for a walk or share these things with your dear one. You will feel better hehe . Here are some photos taken from mobile, hope you will like it.       P.S. This is a first test post from Windows Live Writer. :D

पहिलो दिन आइतबार, उठेर खाजा, नास्ता खाएपछी ९:४५ बजे बाग्लुङ्ग बसपार्क पुग्यौँ। बाग्लुङ्ग पोखरामै भएको बाग्लुङ्गको लागि बस पाउने बसपार्क हो। हाम्रो यात्रा बसपार्क देखि नयाँपुलसम्मको मात्र थियो। नयाँपुलबाट हाम्रो पदयात्रा सुरु हुने तय थियो। म पदयात्राको लागि आफूलाई मानसिक रुपमा तयार गर्दै थिएँ। बसमा चढियो। दुई घण्टामा नायाँपुल पुग्दैथियौं हामी। बस डाँडाको जीऊभरि बनाइएको बाटोमा कुद्दै उकालो चढ्दै थियो। एक घण्टाजतिको यात्रा पछि हो मलाई हावाको चिसोपन बढिरहेको भान भयो। एकछिनमै हावा साह्रै चिसो भइसकेको थियो। म ज्याकेट निकालुँ कि ननिकालुँ भनि मनसँग सिँगौरी खेल्दै थिएँ। हावा किन त्यति चिसो भएको होला भनि गम्दै थिएँ म। सायद हिमाल हाम्रो नजिकै भएर होला- दिमागले तर्क गरिहाल्यो। एकैछिनपछि म चढेकै बसमा भएका अपरिचित यात्रुबाट थाहा भयो, हामि लुम्ले आइपुगेका रहेछौं। एक्कासि मन-मस्तिष्कमा ‘मुटु छुने लुम्लेको हावाले….मनै छुने लजालु मायाले’ भन्ने परिवेश साङ्गीतिक समुह (ब्याड) ले गाएको गीत याद आयो। पोखरा नेपालमा सवैभन्दा धेरै बर्षा हुने ठाँउ हो भन्ने थाहा थियो तर पोखराभित्र पनि लुम्लेमा चाहिँ धेरै वर्षा

While stumbling upon stumbleupon.com on the internet. I've seen some interesting comparison of our World.  I think I don't have to say much about these pictures. Have a look on following pictures, hope you will enjoy this interesting comparison and a fact about our World, about our Universe. I've made a short video from these above pictures, have a look: Photo Credit:  stumbleupon.com

Listen to Bulbul Episode-19 [January 06,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा आज 'म' सम्बन्धि रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे  र उत्पादन सहयोगी दिनेश निरौला उपस्थित हुनुभएको छ । हिमालयको देशमा आज मरभूमीको राप भेँटे आलो रक्तले पोतिएको अमिट छाप भेँटे ! सेती किनारमा हात भेटे, शिर मर्स्याङ्दी तटमा आफन्तमाझ बिद्रोह गर्नेको,धेरै उजन्ड चाप भेँटे !! पाईन्छकी कँही कतै मीठो वचन खोजी हीँडे फुटेका चुरा अनि सेफद वस्त्रहरुको स्राप भेँटे !! स्तब्ध छन् पाइलाहरु, कूँजा सेवक हातहरु किन बन्थ्यो राष्ट्र जब अगूवानै औँठछाप भेँटे ! -किशोर के. सी. Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-19 [ January 06,2010 ] Alternate Download Link: Download Bulbul   [Fast Download, Can be accessed easily. But this Alternate Do

केयु क्याफे मा भर्खर छिरेको मात्र थिँए ! फोन आयो, सरिश्मा को फोन रहेछ । उनी भन्दैथिइन्, भोलि एउटा कार्यक्रम छ आउनुहोला है, यो युवा अभियान हो । मैले सोधेँ कस्तो कार्यक्रम हो, उनले भनिन टायर जुलुस ! ओहो, टायर जुलुस पो, लौ ठिकै छ मौका मिले आफू पनि टायर गुडाउन आउने कुरामा सरिश्मालाई आश्वस्त बनाएँ । परिक्षा झन् झन् नजिकिँदैछ, लाइब्रेरी मा बस्दा बस्दा अल्छि लागेर चिया खाने बाहानामा केही सिँढि ओर्लदैँ केयु क्याफे मा छिरेको थिँए । लाइब्रेरी नि भन्नुमात्र हल्लै बढि हुन्छ, रवि ले भन्यो । मैले भने पढ्ने नै भए, रिफ्रेन्स सेक्सन भित्र जानुपर्छ, म त त्यहीँ छु । खुब पढ्नेभइस्, रवि ले जवाफ लाइहाल्यो । केयु क्याफे बाट पश्चिम तिर आँखा डुलाएँ, हाम्रो होस्टल प्रस्ट ले देखिन्छ, त्यसभन्दा पछाडि एसओएस भिलेज र आइटिपार्क पनि देखिन्छ तर त्यो पश्चिम पट्टि को डाँडो बाट घाम डुब्न लागेको भएर, छाँया परेको छ । ए ! लौ आज को दिन पनि बितेछ, साथिहरु भन्न थाले, खै पढेर खाइएला जस्तो छैन । अर्को ले थप्यो, उसोभए खाएरै पढौँन त, उसले दुई प्लेट मम अडर दिहाल्यो । सबै हाँस्न थाले, कत्ति न ठूलो काम गरिस् भनेर ! साँच्चै हामी कु

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ। सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ। घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई