Skip to main content

Posts

Namaskar. First of all I want to thank you for sending me your write-up. Its just excellent in logic and the reality in some instances. I'm also thankful for you as I got a new friend. Let us be good friends. We nepali should be united to make our motherland prosperous. In 1998 August, i have been in Vienna for 10 days. So a little bit i know your city. Our country is going through very tough time in her history, so all this tormoil is like"labour pain" before a child borns. But we should be very careful about commual harmony. Personally I have many Madhesi friends and i never felt and feel anything agaist them. But there are some, with thier own plans and intensions, who can do harm to our country knowingly or accidently. My all writings and efforts are directed against them. So as the agenda of "single madhes" also. Please think: if i believe that the whole Terai is full of Madhesi(hypothesis) with no Pahade, no Tharu and others, even then what is the logic

speaking broken language: Recently there was an especial press conference amidst budget of the fiscal year 2065 organized at one of the corner of valley. Our finance minister was incessantly explaining the causes of the budget crashes accrediting to the numerous political chaos. He was giving his best explanations to escape from the various accusation and cross-questions put forwarded by different constituent assembly members. With his despotic position of finance minister, he was utmost liberal in bombarding Nepali and English statement at a time to prove his explanations perfect and ideal. His cultural value for the Nepali language he was using was far deviating from his optimism towards the future prospect of Nepali budget. It was quite sarcastic to hear from a responsible leader of nation such inappropriate decoration of Nepali statements with his broken English just to give the bitter flavor of his obsession towards his native economic progress. This is just the example of the n

This is an IT Park of Nepal, which is situated at Banepa Kavre. यो वनेपा, काभ्रे मा रहेको आइटि पार्क हो । करोडौँ को लगानि मा बनेको यो घर प्रयोग विहिन अवस्था मा छ । आवश्यक सबै पुर्वाधारहरु भएको भए पनि सरकार को लापरवाही का कारण यो पार्क सञ्चालन मा आउन सकेको छैन । यदि यो पार्क सञ्चालन मा आउने हो भने सयौँ ले रोजगारी पाउनुको साथै देश ले पनि कम्प्युटर प्रविधी को क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्ने थियो ।

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepani mero desh baachir

“जुन ५” अर्थात विश्व वातावरण दिवस मनाए उनीहरुले, भव्यताका साथ । भव्यता यसअर्थमा पनि कि, यो वर्ष एक हप्ता नै वातावरण दिवस मनाए उनीहरुले अनि कार्यक्रम मा देशका लब्धप्रतिष्ठित व्यक्ति अनि कम्पनिको पनि सहभागिता थियो । मान्नैपर्छ, कार्यक्रम निकै भव्य थियो । दिनहुँ वृतचित्र तथा नाटक, साथमा चित्रकला प्रतियोगिता, फोटो प्रतियोगिता, वृक्षारोपण, म्याराथन सबै भयो, एकसाता सम्म । जनचेतना जगाउने धेरै कामहरु भए, विश्वमा बढ्दै गएको तापमान तथा “ग्लोबल वार्मिङ” को विषयमा पनि धेरै चर्चा भयो । अझ नेपालको सन्दर्भमा भएकाले होला, आन्दोलन को निहुँमा टायर बाल्न नहुने तथा भौतिक संरचना नष्ट गर्न नहुने कुरा पनि जोडतोड ले उठेको थियो कार्यक्रमभरी । त्यस्तै पेट्रोलियम पदार्थको सट्टमा “बायोफ्युल” लाई प्रोत्साहन गर्नुपर्छ भन्ने कुरा पनि उठ्यो । कार्यक्रम जति ठूलो थियो, त्यही अनुसार नै कार्यक्रम को बजेट पनि ठूलै थियो । कार्यक्रमको अन्तिम दिन कोषाध्यक्षले खर्चको विवरण तथा कार्यक्रमका लागि आएको बजेट को विवरण सार्वजनिक गरे । तर कार्यक्रम मा भएको खर्च भन्दा “डेढी” खर्च भएको विवरण कोषाध्यक्ष ले पेश गरेपछि, आक्रोशित समूहल

-ईशान गजुरेल रमेश भित्रभित्रै गुम्सिँदैछ, ऊ ५२ वर्षको भयो । तर उसको उमेर गुम्साइको कारण होइन । उ डराउँछ जीवनदेखि यसको मतलब समाजले परिभाषित गरेको पागल, बहुला या निष्काम, खत्तम उ छैन । उ सँग बस्न घर छ, अन्न उब्जाउने प्रशस्त खेत छ, परिवार छ तर पनि उ कता-कता एक्लो जोगी जस्तो छ । तर उ आफैँमा एउटा भिन्न चरित्र होइन, उ जस्ता मान्छे अनगिन्ति छन् – अरुजस्तो उ एउटा चल्तापुर्जा मेसिन भएको छ । उसले जे काम गर्छ, निश्चित हिसाब किताब गरेर मात्र गर्छ, कहिले उ नाफा मा हुन्छ त कहिले उ घाटामा । उसको दिमागका तर्क अब शरीरको निर्देशन केन्द्र भन्दा बढि केही रहेन । यही एक्लोपनले विरक्तिएको रमेश पुरानो पिपल को रुखमुनि बसेको छ,मानौँ उ कुनै ध्यान गर्न निस्किएको हो । त्यही रूखमा कुनैदिन उ साथीहरु सँग लुकामारी खेल्थ्यो, आज त्यही लुकेको अस्तित्वलाई खोज्न उ त्यहाँ बसेको छ । यसो रुखतिर हेर्छ, पातहरु पलाउँदैछन्, केही हप्ता अघि त्यो रूख हाड र छाला मात्र भएको शरीर जस्तो थियो, पातहरु झरेर, रुख को उतारचढाव देखेर उ मुस्कुराउँछ । फेरि सम्झिन्छ, रुखको उमेर, यो उसको बाउभन्दा अगाडि जन्मिएको प्राणी हो र सम्भवत यो नाती-पनाती

समस्याग्रस्त देश, समस्याग्रस्त परिवेश अनि तनावग्रस्त जनता, अनि अभाव र महंगी ले पिडित आमउपभोक्ता । हाम्रो पहिचान यस्तै छ, अनि हामी यस्तै छौँ । सदासर्वदा हिंसा हत्या को राजनिति, अभाव र महंगी को जिवन, बितेकै छ, चलेकै छ र सदासर्वदा चल्दै जानेछ । यो साश्वत सत्य हो भनेर मान्नु परेको छ, अनि जनता तर्साउनेलाई, तपाई हजुर भन्नु परेको छ । अभाव र महंगीमा पनि खिस्स दाँत देखाएर हाँस्नुपरेको छ । न हामीसँग केही शक्ति छ, न हामीबाट केही हुने छाँट छ । हिजो पनि तराईतिर पड्काइयो रे, अस्ति ट्याक्सी ड्राइभरलाई खुस्काईयो रे ! आज यातायात व्यबसायीको हड्ताल छ रे, अनि समस्याको तत्काल निकास निकाल्न, भोली बिहानै एघार बजे वार्तामा बस्दैछन् रे ! देशमा परिवर्तन भयो रे, गणतन्त्र नै आइसक्यो रे, माथि कुर्सीमै झगडा अल्झेको छ रे तर उता ज्ञानेन्द्र भने नागार्जुन गै’सके रे ! सर्कार भनेको सर्र-कारमा चढेर हुँइकिने हो रे अनि पेट्रोल चाँही जनता ले भर्दिनुपर्ने रे, जनताले पानी-पानी भनि कराए भनेर असार-साउन मा बाढि नै ल्याइदिन्छन् रे ! जनतालाई चढ्न नि हुन्छ रे, जनतालाई जोत्न नि हुन्छ रे, अनि भाषणमा नेताले जनताको नै दुहाइ दिन

ने पाल को इतिहास का शाहवंश का अन्तिम राजा ज्ञानेन्द्र शाह ले आज मिति जेठ २९ गते बुधवारका दिन पत्रकार सम्मेलन गरी नारायणहिटि दरबार छाडेकाछन् । बेलुका नेपाली समयअनुसार साँझ ५ बजे गरिएको पत्रकार सम्मेलन मा ज्ञानेन्द्र अत्यन्त शान्त र हँसिलो मुद्रामा उपस्थित हुँदै, पत्रकारहरुलाई शान्त हुन अनुरोध गरेर १५-१६ मिनेट को समयमा आफ्ना कुराहरु राखेकाथिए । उनले मुख्य रुप मा आफू र आफ्नो परिवार प्रति लागेको विभिन्न आक्षेप तथा आरोपहरु निराधार रहेको बताए । पत्रकार सम्मेलनका क्रम मा आफू आफ्नो ईच्छा र चाहना ले राजा नभएको बताए भने २०५८ जेठ १९ को घटनामा आफू र आफ्नो परिवार मुछिन पुगेकोमा दु:ख मनाव समेत गरे । उक्त घटनामा आफ्नी श्रीमतीलाई लागेका गोलीका टुक्राहरु प्राविधिक कारण ले अझै सम्म झिक्न नसकिएको बताए । मुलत: उनले आफू र आफ्नो परिवार हत्याकाण्डको दोषी नभएको तथा विगत ७ वर्षमा आफूले कुनै गलत काम नगरेको अर्थात कसैको आधिकार को हनन नगरेको बताए, यदि भएको भए सो कुरा अन्जान मा भएको कुरा व्यक्त गरे । साथै आफ्नो सम्पत्ति पिता – पुर्खा देखि खाइपाई आएको सम्पति भएको तथा विदेशमा कुनै किसिमको सम्पत्ति नभएको कुरा बताए भ

काठमाडौँ विश्वविद्यालय को स्नातक चौथो वर्षका विद्यार्थीहरुको विदाइका लागि पुरुष तथा महिला छात्रावासले संयक्त रुप मा आयोजना गरेको बिदाइ कार्यक्रम मा स्थानिय युवाहरु प्रवेश गरेर विद्यार्थीहरुमाथि हातपात गरिएपछि, विश्वविद्यालयमा तनाव उत्पन्न भएको छ । जेठ २५ गते आयोजित कार्यक्रम मा स्थानिय युवाहरु पसी हातपात गरिएपछि, विद्यार्थीहरु व्दारा उनीहरुलाइ सम्झाउने बुझाउने प्रयास गर्दा उल्टै विभिन्न किसिम का गाली-गलौज गरेका थिए । त्यसपछि विद्यार्थिहरुले उनीहरुलाई कार्यक्रमस्थल बाट निस्कन चेतावनि दिइएपछि ती स्थानीय युवाहरु निस्किएका थिए । तर उनीहरु बाहिर निस्किएलगत्तै, ती १०-१५ जना स्थानीय युवाहरु बाहिर तोडफोड मा ओर्लिए र पुरुषका छात्रावास का केही झ्यालका सिसाहरु फुटाइदिए भने विद्यार्थिहरुलाई पनि ज्यान मार्ने धम्की दिए । साथमा लठ्ठी तथा भाटाहरु लिएका ती स्थानिय युवाहरुले होस्टलका विद्यार्थीहरुलाई देख्लास र पख्लास को भाका मा अति तुच्छ शब्दहरु प्रयोग गर्दै गालीगलौज तथा आक्रमण गरिएपछि, विद्यार्थीहरुले आफ्नो सुरक्षार्थ उनीहरु सँग प्रतिकार गर्न क्रिकेट ब्याट, स्टम आदि लिएर उनीहरुलाई मेन गेट सम्म लखेटेका

लामो प्रतिक्षा पछि २०६५ जेठ १५ गते रातको करिब ११:२२ बजे नेपाल गणतन्त्र राज्य भएको घोषणा गरिएकोछ । बैठक बिहान दिनको ११ बजे बस्ने भनिएको भएपनि दलहरु बिच सहकार्य हुन नसक्दा अनि राष्ट्रपति को बारेमा सहमति हुन नसक्दा बिहान बस्ने भनिएको बैठक दिउँसो ३, बेलुका ६ भन्दै राती ९ बजे सुरु भएको थियो । यसै बैठकलाई लक्षित गरेर खुलामञ्च मा दिउँसो एउटा तथा बेलुका बिआइसिसि मा दुईवटा बम बिस्फोट गराइएको थियो । बिस्फोटन को जिम्मा रणविर सेनाले लिएको छ । आज बैठक बस्ने भनिएकोले बिहानैदेखि गणतन्त्र को पक्षमा नारा जुलुस भएको थियो भने ठाउँ-ठाउँमा खुशियाली मनाउँदै विविध साँस्कृतिक कार्यक्रमहरु गरिएको थियो । धेरै शंका र उपशंका विच गणतन्त्र घोषणा भएको छ । प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला ले पेश गरेको गणतन्त्र को प्रस्ताव को पक्ष मा ५६० मत तथा विपक्षमा ४ मत परेको थियो । अब नेपाल गणतान्त्रिक राज्य बन्ने कुरा मा शंका नरहेपनि, कार्यान्वायन पक्षको बारेमा केही भन्न नसकिने स्थिति छ । दलहरु कसरी अगाडि जाने हुन्, सहमति को कुरा कहिलेसम्म राम्रो हुने हो, यी यावत कुराहरु मा अहिले नै केही भन्न नसकिएपनि, नारायणहिटिलाई संग्राह