दशैँ हाम्रो घर आँगनमा आइसकेकोछ, चारैतिर उल्लास र खुशीयाली छाएकोछ । अध्ययन तथा रोजगारीको शिलशिलामा देश अनि विदेशका विभिन्न ठाउँमा रहेका व्यक्तिहरु धमाधम आफ्नो घर फर्कने क्रम जारी छ । पहिले पहिले दशैँमा नयाँ लुगा लाउने, अनि मिठा मिठा परिकारहरु खान पाइने भनेर रमाइलो लाग्थ्यो, अब यसमा मेरा लागि अर्को रमाइलो नि थपिएकोछ, कम्तिमा वर्षमा एकपटक स्कुलमा संगै पढेका साथिभाइ, आफ्ना छरछिमेक र आफन्तहरुसँग भेटघाट गर्न पाइन्छ । कामको व्यस्त दैनिकीबाट हप्तादिन फुर्सदले रमाइलो गर्न पाइन्छ । जोड्दै र खोज्दै जाने हो भने, दशैँ रमाइलो लाग्ने कारण अनि यसलाई निरन्तरता दिनुपर्ने कारणहरु सयौँ निस्कन सक्छन् । यसर्थ पनि हाम्रा पितापूर्खाले निकै राम्रा चलनहरु चलाएका रैछन् भन्ने लाग्छ । देश विदेशमा रहनुभएका मेरा सम्पूर्ण साथीभाइ, इष्टमित्र, आफन्त तथा “आकारपोष्ट”का सम्पूर्ण पाठक तथा शुभचिन्तकहरुमा बडादशैँ २०६९ को हार्दिक मंगलमय शुभकामना ! तपाईहरुको हरेकपल सुखमय रहोस् । यसवर्ष दशैँको अवसर पारेर गायक सुगम पोखरेलले गाएको गित '’दशैँ तिहार” निकै चर्चामा रहेकोछ । अपलोड गरिएको ५ दिनभित्रै युट्युबमा विभिन्न