Skip to main content

दाङमा गुगलम्याप मार्फत वन तस्कर पक्राउ [समाचार टिप्पणी]

संसार अचम्मको छ, बाँच्नु पर्छ सबै देखिन्छ भन्थे हो रै’छ । सामसुङले ५ सेन्टका सिक्काहरुले भरिएको ट्रक एप्पल मुख्यालयमा पठाएर जरिवाना तिर्यो भन्ने हल्ला संसारभर फैलिरहेको बेला, नेपालमा चाँहि “दाङमा वन अधिकृतले कार्यालयबाटै गुगलम्याप हेरेर काठ तस्करी गर्दै गरेका तस्करहरुलाई पक्राउ गरे” भन्ने हल्ला फैलिएकोछ । हल्ला फैलिएको मात्रै त के भन्नु, नेपालका मुलधारका मिडियामा यस्तो नचाहिने र हुनै नसक्ने खबर’ले प्राथमिकता पाएकोछ !surprised-faceकान्तिपुरमा ‘तस्करी रोक्न गुगल म्याप’ शीर्षकमा छापिएको समाचार यस्तो छ:

दाङ, भाद्र १३ - जिल्ला वन कार्यालयले तस्करी रोक्न गुगल म्याप प्रयोगमा ल्याएको छ । यसको प्रयोग वन अधिकृत अरुण शर्मा पौडेलले शुक्रबार कार्यालयमै बसेर गरेका थिए । म्यापलाई सानो बनाएर हेर्दै जाँदा गोल्टाकुरी गाविसको कालितारामा काठ काटेको दृश्य देखियो । उनले तत्काल वन रक्षकको टोली पठाए । वनको टोली  २ घन्टा हिँडेर जंगलमा पुगेपछि काठ काट्दै गरेका एक व्यक्ति आरा, बञ्चरो र पाँच क्युफिट काठसहित पक्राउ परे ।

सोमबार दिउँसो पनि गुगल म्याप हेर्दै गर्दा पुरन्धारा गाविसका जंगलमा काठ काटिएका दृश्य देखिए । अनि उनले राति नै त्यसतर्फ गस्ती पठाए । मंगलबार बिहान सवा १ बजे ७२ दशमलव ७६ क्युफिट काठसहित आठ जना पक्राउ परे ।

जिल्लामा पहिलोपटक काठ तस्करीमा संलग्न यति ठूलो गिरोह पक्राउ परेको उनले बताए । 'यो अहिलेसम्मकै ठूलो तस्करी समूह हो,' उनले भने, 'गुगल म्यापले तस्करलाई पक्रन सजिलो भइरहेको छ ।'

रिपब्लिकामा यस प्रकारको समाचार छापिएकोछ:

The District Forest Office Dang has brought into use Google map to control the smuggling of timber as it has been increasing in various government and community forests.

It has been easy for arresting the timber smugglers, said Forest Officer Arun Sharma. We have started to use it when we are in office from last Friday, he said. We sent a team to the site when we saw timber felled at Kalatara in Goltakuri VDC while zooming in the area and we could arrest the people along with materials used for cutting as well as five cu. ft. of timber after two hours, he said.

काठ तस्कर समातिनु राम्रो कुरा हो, तर गुगल म्यापमा हेरेर वन तस्करलाई पक्राउ गरेँ भन्नु चाँही गफ मात्र हो । मुलधारका मिडियामा यस किसिमको समाचार छापिएपछि आफैँलाई अचम्म लाग्यो, आखिरमा के कुरा प्रमाणित गर्न यस किसिमका हावा कुराहरु पनि विना कुनै अध्ययन अनुसन्धान छापिन्छन् ?

वन अधिकृतले गुगल म्याप पनि हेरे होलान्, वन तस्कर पनि पक्राउ परे होलान् तर गुगलम्याप मार्फत ‘काठ काटेको देखिएको अनि त्यसै मार्फत पक्राउ गर्न सफल भएको’ भन्नु चैँ लाजमर्दो र हाँस्यास्पद कुरो हो । वन अधिकृतले गुगलम्याप’को गफ दिए, लेख्नेले पत्याए अनि छापिदिए, न कुनै अनुसन्धान न कुनै ‘क्रस चेक’ । इन्टरनेटमा सबै कुरा हेर्न सकिन्छ, अझ गुगलमा त देख्न नसकिने कुनै कुरा छैन । गुगलम्यापमा आफ्नो गाउँ ठाउँ सबै देखिन्छ भन्ने मनसायबाट प्रेरित भएर यस किसिमको नचाहिने कुरा छापिएकोहोला भन्ने मेरो अनुमान छ । साथै, वन अधिकृतले गुगलम्यापमा आफ्नो जंगल हेरे होलान्, जंगल अलि पातलो देखिएको ठाउँमा कर्मचारी खटाए होलान् अनि  संयोगवश केही तस्करहरु त्यहीँबाट पक्राउ परे होलान् तर यसको मतलब समाचारमा छापिएजस्तो ‘गुगलम्याप हेरेर काठ तस्करी गर्दै गरेका तस्करहरुलाई पक्राउ गरे’ भन्नु चाँहि साह्रै नसुहाउने कुरो हो ।

गुगलम्याप ‘रियल टाइम’मा छैन । भन्नु’को मतलब, अहिले कहाँ के भइरहेछ भन्ने कुरा ‘गुगल म्याप’ हेरेर थाहा हुँदैन । विकसित देशहरुमा गुगलम्यापबाट ट्राफिक, रोड आदि विषयमा जानकारी पाइने भएपनि नेपालको हकमा यी कुराहरु समेत थाहा हुँदैन, अझ जंगलमा काठ काट्दै गरेको कुरा त टाढाको कुरा भो । गुगलम्यापमा रहेको स्याटलाइट तस्विर केही महिना वा वर्षदिन अघि खिचिएका हुन्छन् अनि गुगलम्यापमा सबै कुराहरु “डिटेल”मा देखिँदैन।

अप्रिल फुल मनाए भनौँ भने अगस्ट’को अन्तिममा खबर आएको छ । एउटा’ले भन्यो अनि अर्को’ले छाप्यो, नेपालमा यी कुराहरु नौला त होइनन् । अध्ययन र अनुसन्धान गरेर सायदै कुनै खबर छापिन्छ यहाँ । यस प्रकारका भ्रामक समाचार छापिनुमा दोष कसलाई दिने, वन कार्यालयका कर्मचारीलाई वा समाचार तयार गर्ने पत्रकारलाई वा सम्पादकलाई? केही समय पहिले ‘क्लाउड कम्प्यिुटिङ’ सम्बन्धि भिडियो हेर्दा ‘पानी पर्दा क्लाउडमा भएका डाटा भिज्छ’ भन्ने आशयका कुरा गर्थे, यो समाचार पढ्दा ठ्याक्कै त्यही कुरा याद आयो । हामीले प्रविधि बुझ्न अझै धेरै बाँकी रहेछ र प्रविधिको अपव्याख्या कसरी गर्दैछौँ भन्ने कुरा दाङको यो घटनाले प्रस्ट पारेकोछ ।

लौ यो भिडियो हेरेर रमाइलो गर्नुस!

Cloud Computing explained by Former IT Commissioner

अपडेट:

सोसल मिडियामा गुगलम्याप सम्बन्धि समाचारबारे धेरै बहस भएपछि, केही अनलाइन पोर्टलबाट समाचार हटाइएको अनुमान गरिएको’छ, तर समाचारको बारेमा उनीहरुको आधिकारिक धारणा भने अहिलेसम्म आएको छैन । यसैबिच गुगलम्याप सम्बन्धि उक्त समाचार तयार पार्ने पत्रकार दुर्गालाल केसीले भने आफ्नो फेसबुक मार्फत समाचार’को बारेमा प्रस्टिकरण दिएकाछन्, जुन आफैँमा स्वागतयोग्य कदम हो ।

फेसबुकमा पत्रकार केसीले लेखेकाछन् “वन फडानी रोक्न गुगल म्याप प्रयोग गरेको बिषयमा फेसवुक र ट्वीटरमा भएको बहस निकै सराहनिय छ । मिडियाका बिषयबस्तुबारे पाठकहरुले यसरी बहस गर्ने प्रचलन निकै राम्रो हो । यसले मिडिया हावसलाई पनि फिडव्याक हुन्छ । बहसमा सहभागी सबै साथीहरुलाई धेरै धन्यवाद । बहस राम्रो भएपनि समाचार छोटो भएकाले बिस्तृत विवरण समाचारमा समाबेश नहुँदा धेरै साथीहरुमा अन्योल भएको देखियो । कतिपय साथीहरुले रुख काटेको देखिएको भन्ने कुरालाई काटिरहेको लाइभ देखिएको भनेर कमेण्ट गर्न थालेपछि धेरैले त्यसैमा हो मा हो थप्दै सामाचारबारे नकारात्मक टिप्पणी भएको पनि देखियो । रुख काटिरहेको लाइभ देखिने कुरा त सम्भव हुने कुरा भएन, त्यो कसैले पत्याउने कुरा पनि भएन । म्यापमा जंगलको बीचमा रुख काटिएका अर्थात वन फडानी भएका खाली दृश्य देखिएपछि त्यसलाई स्याम्पलका रुपमा लिएर त्यस क्षेत्रमा रुख काट्ने प्रवृत्ती रहेछ भनेर गस्ती पठाउँदा साँच्चिकै रुख काट्ने मानिस फेला परेको भन्ने कुरा हो । म्यापलाई खाली स्याम्पलका रुपमा प्रयोग गरेर जिल्लाको बढी रुख कटान भएको क्षेत्रलाई बढी निगरानीमा राख्न प्रयोग गरेको भन्ने कुरा हो । समाचार छोटो भएर बिस्तृत विवरणको अभावमा पाठकलाई भएको अलमलप्रति म दुखी छु । आगामी दिनमा यस्तै सकारात्मक बहसको अपेक्षा गर्दछु ।”

आशा गरौँ, हामीले फेरि फेरि पनि अपुरो, अस्पष्ट र भ्रामक समाचार पढ्नुपर्ने छैन ।

तस्विर: storenvy.com

Comments

  1. I have never seen a genious guy like this. He is the granddaddy of all ICT guys :p

    ReplyDelete
  2. I have never seen a genius guy like this. He is the granddaddy of all ICT guys :p

    ReplyDelete
  3. साह्रै राम्रो। भिडियो रमाइलोको लागि लिएको हो कि साँच्चै भनेको हो। हाँसो लाग्यो।

    ReplyDelete
  4. नेपालको टेक-पत्रकारको यो लेटेस्ट जोक पनि भरपूर मनोरञ्जक रहेछ । हुन त सीमा पारिकाका कथा पनि बेजोड नै रहेछ : "SIM data gets transmitted to battery !" रे :)) कति हाँस्नु !।

    ReplyDelete
  5. haha wat a joke................ yo news sunda malai pane nikai has utheko theo...... ra yo news false ho bhanda aru le bishwash gareka thiyenan.......... thankx aakar G Aba yeslai sakdo share garera kta haru lae tharkayin6.........
    Vdeo ma IT commissioner hare...... yesta hawa guf ta hamro gau ko harke, kale, shyame, sabaile di halchan ni.......

    ReplyDelete
  6. मेरो विचारमा यो गुगलम्याप को 'केस'मा नि यही क्लाउड कम्प्युटिङको पारामा गफ दिए होलान्, अनि नपत्याएर भो ! :)

    ReplyDelete
  7. यही क्लाउड कम्प्युटिङको शैलीमा गुगलम्याप'को गफ दिएको हुनुपर्छ, नपत्याउँ भन्दा नि नहुने । :)

    ReplyDelete
  8. केही समय पहिले ‘क्लाउड कम्प्यिुटिङ’ सम्बन्धि भिडियो हेर्दा ‘पानी पर्दा क्लाउडमा भएका डाटा भिज्छ’ भन्ने आशयका कुरा गर्थे................... absolutly right bro!! that day i wrapped these paper in dustbin

    ReplyDelete
  9. आकारजीले उठाएको कुरा सही हो । दुर्गाजीको कुरा हेर्दा (जिल्ला ब्युरो) सम्पादकले नै रिपोर्टरलाई फसाइदिएजस्तो छ ।

    ReplyDelete
  10. कहिलेकाँही सानो कुरा याद नगरिँदा र पुरै कुरा नगरिँदा समस्या उत्पन्न हुन्छ ।

    ReplyDelete
  11. उसले जे बुझ्यो, त्यही त भन्यो होला नि । तर पनि भिडियोको पछि खण्डन गरेको थियो भन्ने सुनेको हुँ, बाँकी कुरा राम जाने । :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

हाम्रो नेपाली किबोर्ड अब आइफोनमा

बहुप्रतिक्षित हाम्रो नेपाली किबोर्ड अब आइफोन/आइप्याडमा उपलब्ध भएको छ । हाम्रो पात्रो तथा एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको सफलता पछि, हाम्रो पात्रो टिमले आइफोनको लागि यो नयाँ किबोर्ड सार्वजनिक गरेको हो । एन्ड्रोइड नेपाली किबोर्ड मा झैँ यस किबोर्डमा पनि हामीले प्रयोग गर्दै आएको नेपाली रोमनाइज्ड किबोर्ड , नेपाली ट्रेडिसनल (बकमन) आदि लेआउटहरु समावेश गरिएकोछ । एपस्टोरबाट किबोर्ड डाउनलोड गरेर आइफोनको सेटिङमा यो नयाँ किबोर्ड 'एड' गरेपछि, जुनसुकै एपमा सरर नेपाली टाइप गर्न सकिन्छ । हाम्रो पात्रो किबोर्डमा नेपालीमा 'अटो सजेसन'हरु देखाउने हुँदा, टाइपिङ छिटो हुन्छ । ➤ आइफोन / आइप्याडको लागि हाम्रो किबोर्ड एप डाउनलोड गर्नुहोस्

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

Subscribe to Aakar Post