Skip to main content

युट्युबको अचम्मको कुरा [The YouTube Mystery of 301 Views]

युट्युबमा भिडियो कत्ति’को हेर्नुहुन्छ? गुगल’ले आफ्नो क्यास सर्भर नेपालमै राखेपछि यहाँबाट युट्युबमा भिडियो हेर्नेहरु’को सङ्ख्या बढिरहेकोछ । धेरै भिडियो हेर्ने बानी गर्नु भएको भए, कहिलेकाँही  कुनै कुनै भिडियो जम्मा ३ सय पटक हेरिएको  (Views) देखाइरहँदा पनि लाइक भने हजारौँ पटक गरिएको देख्नुभएको होला । सायद यसकै बारेमा जोक नि बनाउनु भएको’होला । जम्मा ३ सय पटक हेरिएको कुनै भिडियोले  हजारौँ हजार लाइक र डिसलाइक कसरी पाउँछ भन्ने कौतुहलता नि धेरै पटक लागेको होला । प्राय: युट्युब भिडियोहरुको भ्युज काउन्ट (view count) ३०१ मा गएर केही समयको लागि रोकिन्छ र केही समयपछि फेरि गणना गर्न सुरुहुन्छ । रिक्याप्चाको कथा थाहा पाउँदा जति अचम्ममा परिएको थियो, युट्युबको यो कथा थाहा पाउँदा पनि त्यति नै अचम्ममा परिएकोछ । YouTube-301-mystrey

भ्युज भन्दा धेरै लाइक हुनु वा भिडियो हेरिएको सङ्ख्या लामो समयसम्म ३०१ नै देखिरहनु युट्युब प्रयोगकर्तालाई अचम्भित तुल्याउने तथ्यहरु हुन् ।

कुनै कुनै भिडियोहरु अपलोड गर्ने बित्तिकै धेरैले हेर्ने गर्छन् या भनौँ भिडियो अपलोड गरेको केही क्षणमै ‘पपुलर’ हुनसक्छ, भ्युकाउन्टरले हेरिएको सङ्ख्यालाई दर्ता गर्दैजान्छ तर ३०१ भ्युज पुगिसकेपछि भने, केही समयसम्म युट्युबको भिडियो भ्यु बढ्दैन ।

युट्युबका सर्भरहरु संसारभर रहेकाछन्, हामीले युट्युबमा कुनै भिडियो हेर्नुपर्यो भने, हामी युट्युबको मुख्य सर्भरसम्म पुग्नुपर्दैन, हामीले हेर्ने भिडियोहरु नेपालमा राखिएको गुगलको क्यास सर्भरबाट स्ट्रिमिङ भइरहेकोहुन्छ । यसरी कुनै प्रयोगकर्ताले अपलोड गरेको भिडियो, भिन्न भिन्न सर्भरमार्फत भिन्न भिन्न देशमा पुगिरहेकोहुन्छ । यसको कारण युट्युबको भिडियो हेरिएको गिन्ति सङ्ख्यामा केही ‘कन्फ्युजन’ उत्पन्न गराउँछ । विभिन्न क्यास सर्भरहरुले भिडियो हेरिएको संङ्ख्या गिन्ति गरेर, ती हेरिएको सङ्ख्याहरु सेन्ट्रल सिस्टममा पठाउँछ जहाँ सबैलाई जोडेर यो भिडियो यति पटक हेरियो भन्ने गरिन्छ । जस्तो कुनै भिडियो एकैपटक भारत अनि नेपालबाट हेरियो भने, नेपाल र भारतमा भएको क्यास सर्भरले यो भिडियो यति पटक हेरियो भनेर सेन्ट्रल सिस्टमलाई रिपोर्ट पठाउँछ । मानौँ नेपालमा ५० पटक अनि भारतमा १०० पटक भिडियो हेरियो भने, सेन्ट्रल सिस्टमले दुबैलाई जोडेर १५० पटक भिडियो हेरियो भनेर गणना गर्छ ।

youtube-301-viewsयदि भिडियो खासै पपुलर छैन या भनौँ धेरैले हेरेका छैनन् भने युट्युबको ३०१ नम्बरको असर खासै थाहा पाइँदैन तर भिडियो पपुलर छ भने भिडियो अपलोड गरेको केही समयमा यो ३०१ नम्बरको असर देखिन्छ या भनौँ संसारभरिबाट हजारौँ पटक भिडियो हेरिसक्दा पनि भ्यु काउन्टर चाँहि ३०१ मा गएर केही समयको लागि अड्किन्छ ।

किन? सरल भाषामा भन्नुपर्दा, युट्युबको भिडियो भ्यु ३०१ मा रोकिने गरि युट्युबलाई प्रोग्राम गरिएकोछ, जसका कारण भिडियोको काउन्टर ३०१ मा गएर रोकिने गरेकोछ ! आफूले गर्नुपर्ने आवश्यककुराहरु जस्तो कुनलाई भ्यु मान्ने, कसलाई भ्यु नमान्ने, कति समय हेरिएकोलाई भ्यु मान्ने, रोबटले हेरेको हो वा मान्छेले नै हेरेको भन्ने विभिन्न कुराहरु ‘चेक’ गरेपछि युट्युबको काउन्टरमा अन्य भ्युहरु जोडिन्छन् । र यो काम गर्नको लागि युट्युबको सेन्ट्रल सिस्टमलाई पुरै एकदिनको समयसम्म लाग्नसक्छ । यसैले गर्दा भिडियोहरुको धेरै लाइक भइसक्दा पनि थोरै भ्यु देखिन्छ, ३ सयको आसपासमा पुगेर काउन्टर रोकिन्छ।  अधिक जानकारीको लागि नम्बरफाइलको तलको भिडियो हेर्नुहोस्!

The YouTube Mystery of 301 Views

Comments

  1. thats why we are in confusion

    ReplyDelete
  2. वा नया कुरा जान्ने मौका पाइयो............

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

KU Holi 2066 [Pictures]

This year also, I’ve celebrated Holi (Fagu Purnima) at Kathmandu University, Dhulikhel Kavre. This is my 3rd Holi at KU. Holi is one of the most interesting event over here. We are preserving KU Holi Culture. HAPPY HOLI !!! We have enjoyed a lot today, hope you are also enjoying the festival of colour HOLI. Once Again Happy Holi To You All. Here,  I’m posting some pictures of KU Holi 2066. Enjoy Holi !!!      11th and 13th Photo: By Shakun

Subscribe to Aakar Post