Skip to main content

Posts

Showing posts with the label Guest

हेर हेर यसबेला सम्म यस्तो भुइँमा नि कस्तो सुत्न सकेको होला? पक्कै प्लास्टिक सुँघेर कि केही खाएर सुतेको हुनुपर्छ। अचेल यो बसपार्क एरियामा ट्यापे पनि कति हुन? खलाँसी हुन कि ट्यापे हुन चिन्नै सकिन्न। चोरेरै अत्त्याए बा। हुँदा हुँदा स्पेयर टायर समेत जोगाउन धौ-धौ भैसक्यो। कुन दिन इन्जिन खोलेर लाने हुन भन्ने डर छ। बसपार्क भन्नु मात्रै को छ, केही कुरोको सुरक्षा छैन। कतै पकेट मारे भनेर प्यासेन्जर रोएको देखिन्छ कतै समान चोरे भनेर ड्राइभर रोएको देखिन्छ। चाढबाढको बेलामा त पुलिस सुलिस बसेर यसो कडाइ गरे हूने नि। जसलाई जे भए पनि अन्तिममा दोष चाँहीं हामी ड्राइभरलाई आऊँछ। नेपालमा अब ड्राइभर भएर बाँच्न सकिन्न। तर कहाँ जाऊँ म, जहाँ जाऊँ भने पनि लाख रुपैयाँ साथमा नभइ कुरा चलाऊनु बेकार छ, आफु यहाँ बुढीलाई फरिया किन्न नसकेको बेलामा लाख लाख कहाँबाट ल्याउनु। बरु यसो स-सानो लगेज पाउन पाए यो तीज त उम्किन्थ्यो। न साहुलाई दिनु पर्ने, न खलाँसीलाई नै। टक्क सिट मुनी पोको लुकाएर लैदिने हो, भित्र जे सुकै होस बाल मतलब? आफु यहाँ भोकै मरियो भने हामीलाई कसले बाल दिन्छ र? तर अचेल साना लगेज पाउन नि गाह्रो भैसक्यो। संकटका

ए आज त शनिबार पो। आम्मै....... के सार्हो टाउको दुखेको, लोकलवासा भनेर के खुवाएछन यार हिजो? एकछिन अझै सुते बरु निको हुन्थ्यो कि? हा... चिया पिए पछि सन्चो होला नि आफै, फेरी क्यु लाउन नि जानू छ। बिहान त काठमाडौंमा चिसो सुरु भैसकेछ, अचेल ३-४ दिन भयो रे लगातार पानी परेको रहेछ, हिजो आऊँदा नि पुरै बाटो भरी पानी पर्यो। अब त तीज लाइसक्यो अली-अली त भीड त बढ्नु पर्ने, पानी धेरै परेर हो की धेरै मान्छे नै चलेका छैनन। खै हिजो उताबाट आऊँदा रित्तै आइयो, आज यताबाट जाँदा कस्तो हुने हो कुन्नि.. ? उता साहु टोपल्लिएको चाँहीं आज यत्रो भाग ल्याउला भनेर कुरेर बसेको होला, उताबाट हिंड्ने बेलामा त २ सिट मात्रै मान्छे देखेर मुख बिगार्दै थियो, बाटोमा त अली अली प्यासेन्जर चढ्ने झर्ने त भएकै थियो, खलाँसी मुर्दार चाँहीं तेल खर्च नि उठेन भन्छ। हिजो राती खाना खाएको पैसा नि तिर्नु छ, त्यसमाथि आउने बित्तिकै ग्यारेजमा लगेर ब्रेक कसियो। यो बर्खांमास गाडी चलाऊँदा यही झ्याऊ... बाटो त्यस्तो छ, फेरी पानी परेको परेई, अनि खटारो गाडी। पानी परेपछी ब्रेक दायाँ तान्छ, उताबाट आऊँदा भीरमा गएर धस्सिने हो कि भन्ने पीर, यताबाट जाँदा

आजभोलि मानिसले सानो सानो कुरा बिर्सन थालेका छन्। जो कसैलाई पनि आजभोलि केहि कुरा सोध्नु बेकार जस्तो हुन्छ। तपाईहरुले दैनिक जीवनमा जो कुनै ब्यक्ति कम्युटरको नजिक धेरै समय बिताएको हुन्छ, उसलाई केहि कुरा सोध्नु भएको खण्डमा उसले त्यसको सहि जवाफ दिनुको साटो त्यसको जवाफ कहाँ छ र कहाँ गएर हेर्नु पर्छ भनेर भन्ने गर्छ। मानिसहरु आजको दिनमा प्रविधिसँग यति बिधि नजिक भइसकेका छन कि त्यो प्रविधि बिना तिनिहरुको जीवन अपुरो जस्तो भइसकेको छ। पहिला जब प्रबिधि सबैको पहुँचको विषय थिएन त्यो बेला मानिसहरु विहान उठेर नित्यकर्म गर्न तिर लाग्थे तर आजभोलि मानिसको दिनचर्यानै बदलि दिएको छ यो प्रविधि भन्ने जातले। तर मैले मानिसको दिनचर्या भन्दा पनि स्मरणशक्तिको कुरा गर्दै छु। प्रविधिले गर्दा कसरि मानिसको स्मरणशक्तिमा अतुलनिय ह्रास हुदै गएको छ भन्ने कुराको लागि अब वैज्ञानिक तथ्याङ्क भन्दा पनि आफुले दैनिक जिवनमा गर्ने कुराहरुले नै बताउने गर्दछ। सबै भन्दा पहिले कुरा गरौँ सबैले सधैजसो प्रयोग गर्ने मोबाईल फोनको। पहिला मानिसले सबैको फोन नम्बर याद गर्नु पर्त्थो या कुनै डायरिमा टिपोट गरेर राख्न पर्थ्यो। तर आजभोलि हात हातम

विछोडका दिन प्राय अप्रिय नै हुन्छन, प्राय नभनौ सबै अप्रिय नै हुन्छन तर अप्रियाताको हद फरक हुनसक्छ, परिस्थिती अनुसार । जुन ३०, २०१० को विछोड मेरो लागि सबै भन्दा अप्रिय बिछोड हो, एउटा अत्ती नराम्रो   सपना जस्तो दिन  मेरो जीवनको  ।  हुन त  बिछोड  मेरो  लागि  नौलो  कुरा  हैन, पहिला   पनि  प्यारो  घर  छोडेर यात्रामा  निस्कनु  नपरेको हैन । पहिला धेरै गाह्रो  भए  पनि  पछी  सामान्य  नै  लाग्न   थालेथ्यो  वियोग  पनि  । त्यो अप्रिय वियोग उनीसँगको वियोग, हुन त त्यो दिन पनि पहिला जस्तै म पुरै घर सँगको वियोगमा थिँए तर घरसँग  छुटिनुको पिडा नौलो थिएन, पिडा नयाँ हुँदा त्यसले बढि पिरोल्ने रहेछ, घर सँग त मैले  कयौँ बिछोड अनी फेरी मिलन अनी फेरी विछोड सँगाली सकेको थिए। उनी सँगको विछोड पहिलो थियो त्यसैले पिडा पनि बढी  नै थियो। पहिलो चोटि घरबाट टाढा हुँदाको पिडा जती नै, अझ बढि  नै होला शायद। वियोगको पिडा, कसैसँग टाढिँदाको पिडा, आफ्नो मान्छेलाई छोडेर जाँदाको  पिडा । त्यो दिन म कसैसँग नभै  आँफैसँग टाढिँदै  थिए, आफ्नै मुटुलाई छोडेर जादै  थिए कसैलाई। र उनको  मुटु लिएर। उनको याद लिएर यी आँखा भरी ! आफुलाई छोड

एकाएक नेपथ्यबाट घद्रयाक-घुद्रुक को आवाज आयो। दुई ठुल्ठुला भित्तो विचको सानो अंध्यारो गल्लिबाट रन्थनिदै एउटा ठिटो निस्क्यो- मानौ कुनै मन्द मादक पदार्थ खाएको मानिस हो। आगाडी पनि भित्तो नै थियो, अग्लो न अग्लो र दायाँ-बाँया सुनसान भत्केका बाटाहरु। उ किन त्यति लामो समय त्यो अन्धकारमा बसेको रैछ कुन्नि बाहिर निस्किएर त रिसले चुर-चुर भएर बौलाहा जस्तो यता उता हेर्न थाल्यो। गल्लिको उता सम्म गयो अनि फेरी गल्लिको यता सम्म आयो मानौ कसैलाई खोजिरहेको जस्तो। यति त छर्लंग थियो उसको भाव-भंगीबाट कि उ उग्र आवेगमा छ। तर बाटाहरु,   सिर्फ सडक सुरक्षा गर्न बसेका भुस्याहा कुकुरको भौं भौं बाट गुन्जायमान मात्र भयो । उसको सुन्ने कोहि थिएन- निर्जन सडकले भौं भौं रटी रह्यो। अनि त त्यो झन् स्या-स्या सु-सु गर्दै लामो लामो सास लिंदै, त्यसै च्याँठिदै, आक्रोसमा आफ्नै हात झट्कार्दै, खुट्टाले यता उता डाङ्डाङ् डुङडुङ गर्न लाग्यो! उ आवेग सहन नसकेर हो कि कुन्नि के हो, त्यसै त्यसै चिच्याउदै 'मलाई चिनिनस, मलाई चिनिनस' भन्दै यता उता हेर्दै भौतारिदै कराउन थाल्यो। प्रतिउत्तरमा सिर्फ कुकुरे भुकाईहरुले कोलाहल गर्न थाल्यो।

कुनै दुःखद अन्त्य बोकेको सीनेमाको प्लटझैं चन्द्र गुरुङको जीवन कथा ‘सिक्लेसको ठिटो’ शुरु हुन्छ– ताप्लेजुङको घुन्सा दुर्घटनाको घटनासँगै । २०६३ को घटस्थापनामा पूर्वी नेपालस्थित ताप्लेजुङ जिल्लाको घुन्सामा गाउँ नजिकैको एउटा पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना हुँदा नेपाल र विश्वकै संरक्षण क्षेत्रका हस्तीहरुको निधन भएको थियो । जसमध्येकै एक चन्द्र गुरुङ पनि थिए । उनै गुरुङ्ग ‘सिक्लेसको ठिटो’ का पात्र हुन् । जसको जीवनी ‘फ्यासब्याकमा’ पुस्तकमा अघि बढ्छ । मूल अंग्रेजीमा लेखिएको मञ्जुश्री थापाको अंग्रेजी पुस्तक ‘अ ब्वाय फ्रम सिक्लेस’ को नेपाली अनुवादको रुपमा ‘सिक्लेसको ठिटो’ आइतबार काठमाडौंमा सार्वजनिक गरिएको हो  । भृकुटीमण्डपमा चलिरहेको पन्ध्रौं नेपाल शैक्षिक तथा पुस्तक प्रदर्शनीको अवसर पारेर हिमाल किताबद्वारा बजारमा ल्याइएको उक्त पुस्तकलाई पत्रकार दीपक अधिकारीले अनुवाद गरेका हुन् । फिचर लेखनमा आफ्नो बेग्लै छवि स्थापित गरिसकेका अधिकारीले यस पुस्तकमार्फत आफूलाई पुनः एकपटक अब्बल सावित गरेका छन् । मैले पढेका धेरै अनुवादीत पुस्तकहरुमध्ये कमै उत्कृष्ठमा सिक्लेसको ठिटो पनि पर्छ । संरक्षणविद तीर्थबहा

एकादेशको कुरा थियो, म बिहानै कान्तिपुर पत्रिका कुरेर बस्थे, जस्मा मैले एउटा छुट्टै सुगन्ध भेट्थे र पढ्दा छुट्टै आनन्द आउथ्यो। अनि आजभोलिको कुरा छ, मलाई कान्तिपुर हेर्न नपरे हुन्थ्यो जस्तो लाग्छ, तर पनि सबैले कान्तिपुरमा यो छाप्यो र त्यो छाप्यो भन्ने भएर हेर्न बाध्य हुन्छु। श्रृखलाबद्ध रुपमा जब कुनै नाम चलेको सबैले रुचाएको राष्ट्रिय दैनिकमा गलत समाचार, पहिलो हुने होडमा अफवाहहरु छापिन थाल्छन भने एउटा माया गर्ने पाठकको नाताले केहि कुरा भन्न मन लागेको छ। आफ्नो साहुको भलोको लागि जब समाचार छाप्न थालिन्छ, लाख लाख मानिसको जिवनसँग खेलवाड गर्ने गरि जुसको व्यापार हुदाँ विज्ञापनको लागि कलम बन्द गरिन्छ भने पाठकको हिसाबमा न्यास्रो लाग्नु स्वाभाविक हो भन्छु म। पहिलो हुने निहुँमा सैनिक कु को अफवाहमा जनतामा आतङ्क फैलाउने काम हुन्छ भने खवरदारि गर्नु कर्तव्य ठान्छु म। पुराना गल्तिबाट हामि सबैले पाठ सिक्नु पर्छ; चाहे त्यो जो सुकै होस् यो कुरामा यो र उ भन्ने गुन्जायस हुनु हुदैन भन्ने मलाई लाग्छ। पुराना कुरा कोट्टाएर कोहिलाई फाईदा हुँदैन। अब कुरा गरौँ भर्खर इन्टरनेट र छापामा छाएका तपाईका कुराहरु। सुरु

३ बर्ष हुन थालेको थियो होला सामाजिक सन्जाल ट्विटरमा रमाउन थालेको, मानिसहरु आउने जाने क्रम चलिरहेको थियो। संसारका साना मसिना ठुला सम्पुर्ण कुराहरु ट्विटरको माध्यमबाट थाहापाउँदै आएको थिए। ट्विटरमा बसिन्जेल नचिनेका मानिसहरुसँग अनौठो नाता जोडिएको थियो। मैले गर्ने कुराहरु सामान्यतया पाच्य हुन्थेनन् तर पनि कुरा भईरहन्थ्यो। अङ्ग्रेजिमा "Down to the Earth" भने जस्तो आफ्नै धरातलमा रहेर ट्विटेको थिए। सबैभन्दा पहिला मलाई ट्विटरमा पच्छाएर मेरा गतिला अगतिला सम्पुर्ण ट्विटहरु साथ दिनेहरुलाई धन्यवाद दिन चाहन्छु। जानि जानि कसैको मन दुखाएको छैन, तर अन्जानमा अवश्य कतिपयको मन दुखेको हुन सक्छ; हृदय देखि क्षमा माग्दछु। आफ्नो बाटोमा हिँडिरहेको मानिसलाइ जिस्काउँदा जो कोहि पनि रिसाउँछ चाहे त्यो राजा महाराजा नै किन नहोस्। मेरो जो सँग सरोकार छैन, मैले जस्को चासो राखेको हुँदिन त्यसले मेरो कुरा नगरोस् मेरो त्यहि चाहना थियो र रहि आएको छ। सुतिरहेको चाहे त्यो बाघ होस् या बिरालो त्यसलाई आरामले सुत्न दिनु पर्छ भन्ने मेरो धारणा हो। पृथ्वी नारायण शाहले भने जस्तो "जाई कटक नगर्नु झिकि कटक गर्नु", आफु

सबैलाई स-प्रेम सम्झना, ज्यान रहे जहान भन्ने चलन छ । सबैको ज्यान रहोस भन्ने कामना-सर्वप्रथम । प्रचण्डको मुक्की, मा. कु. ने.को उक्ति, झल्लुको जुक्ति र गिरिजाको मुक्तिबाट चल्न नसकेको देशमा यो वर्ष केहि होस् भनेर सबैले प्रार्थना गर्याछन् । देश यस्तै रहे, नेपाली हो, भनेर चिनारी राख्ने जो-कोहि जहाँ-कहीँ रहे पनि कसैको भलो  नहुने कुरा चेतना भया । हातमा हात राखेर बसेर 'खै गाई त भिरबाट खस्न लग्यो' भनेर 'छुचुन्द्रे' भएर बस्यो भने गाई भिरबाट मात्रै खस्दैन सबैलाई खसाल्छ । चेतना सबैभन्दा ठुलो कुरा हो, एकचोटी सहि चेतना आयो भने जहाँबाट पनि सहयोग गर्न सकिन्छ, कसरी ? पढेलेखेको मान्छेले आफैले खोज्नु पर्छ, त्यहाँनेरी Innovation भेटिन्छ :-) हिजो पो धेरैको 'status'- 'विद्यार्थी' मात्र थ्यो, आज त 'विद्वान', 'धनवान', 'लोक घुमेको', 'जान्ने बुझेको' भै सक्यो नी होइन र? अनी तपाई हामीले उपाय नखोजे कसले खोज्छ त?   छिमेक ‘भारत’ मा आउने वर्षहरुमा राजिनैतिक उतारचढाव र ताण्डव निश्चित छ । नेपाल छेकेर बसेको बिहार पहिलाको जस्तो बिहार रहेन । यो “भारत

काठमाडौं विश्वविद्यालयमा बिगत केहि दिनदेखि पठनपाठन ठप्प छ। विश्वविद्यालयको धुलिखेल, काभ्रेस्थित केन्द्रिय हाता लगायत पनौती, काभ्रेमा अवस्थित स्कूल अफ मेडिकल साइन्स तथा ग्वार्को, काठमाडौंमा अवस्थित स्कूल अफ आर्टस्, एजुकेसन र म्यानेजमेन्टमा माओवादी निकट अखिल (क्रान्तिकारी) समर्थित केही विद्यार्थीहरुले तालाबन्दी गरी विश्वविद्यालयको दैनिक क्रियाकलाप तथा पठनपाठन पूर्णरुपमा ठप्प पारेका छन्। अखिल (क्रान्तिकारी) काठमाडौं विश्वविद्यालय समितिका अध्यक्षद्वारा जारी विज्ञप्तिमा विश्वविद्यालय प्रशासनले एकलौटी र मनोमानी रुपमा अखिल (क्रान्तिकारी)लाई परास्त पार्न खोजिएको उल्लेख छ। अखिल (क्रान्तिकारी)को यस विज्ञप्तिले निर्वाचनको सैद्धान्तिक प्रद्दतिलाई नै उपहास गरेको छ, साथै विद्यार्थीहरुको बहुमतको पनि अवहेलना भएको महसुस गरिएको छ। आफ्नो हारलाई सहज रुपमा स्वीकार्न नसक्नु माओवादीको पहिचान बनेको अवस्था छ। धम्की र जबरजस्तीको राजनीतिमा बढी बिश्वास राख्ने माओवादी पार्टी र उसका निकट भातृ-संगठनहरु जस्तै यहाँ पनि अखिल (क्रान्तिकारी) समर्थित प्यानलले पराजय भोगेपछि सबैले जे अनुमान गरेका थिए, आखिर भयो पनि त्यही

सनातन धर्मावलम्बी हिन्दूहरूको मान्यताअनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका हुन्। राजाहरू आ-आफ्ना राष्ट्र वा राज्यका प्रतीक वा चिह्न लिएर राजकीय यात्रामा निस्कन्थे। लडाइँका मैदानमा पनि कुनै राजाको छत्र, ध्वज, चामर वा कार्मुक भाँचिदिन सफल हुनुको अर्थ हुन्थ्यो, त्यस राज्य उपर विजय। राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेश मा “म जसै अर्काको छत्र-भङ्ग गर्न भनी जान्छु, त्यसैवेला मेरो छत्रलाई भङ्ग गर्न यहाँ अर्को राजा आयो भने के-कसो होला?” भन्ने प्रश्न उठाएका छन्। यिनको यस भनाइबाट त्यतिवेला राष्ट्रध्वज वा राष्ट्रिय-झण्डाको भन्दा राजछत्रको बढी महत्व हुने गरेको छनक पाइन्छ। नेपालमा राष्ट्रिय-ध्वजा वा राष्ट्रिय-झण्डाको चलन कहिलेदेखि शुरु भयो, निश्चित भन्न सकिँदैन। लिच्छवि राजाहरूले आफूलाई लिच्छवि-कुलकेतुः अर्थात् लिच्छवि-कुलको झण्डाजस्तो भनी चिनाउने गरेका थिए। यसबाट त्यतिवेला नै नेपालमा केतु अर्थात् ध्वजाको प्रचलन थियो भन्न सकिन्छ। इन्द्रजात्राको दिन इन्द्रध्वज फहराउने परम्परा आज

This text will highlight some of the common mistake on written Nepali usage and set some standard guidelines that everyone can follow. Common Guidelines Avoid justify alignment Never use two or more than two spaces between words or sentences. This is commonly caused when you use the justify alignment. Always use smart quotes Never use dumb quotes (" ") but always use smart quotes (“ ”). Dumb Quote Smart Quote Always use smart apostrophe Never use dumb apostrophe (') but always use smart apostrophe (’). Note: There is no use of apostrophe in written Nepali, it is written here for completion. Commas/periods Commas/periods should go inside quotes. For exmaple: “नेपाल सानो देश हो,” उसले भन्यो । Don’t Underline Titles Instead italicize them. Nepali Specific Guidelines Purna Viram Due to the complexities in Devanagari, it is recommended that one give space before and after the Purna Viram (Devanagari Dand

The years have passed and now I find myself here in Kathmandu University (KU) in front of the laptop trying to figure out why I love this place. It’s been 3 years and I still adore this place. Now, this might surprise most of you but I had no intentions to join KU in the 1st place. I had more reasons not to join this university. First, it’s really far from Kathmandu 28 KM. That’s a big number. Second, the place is relatively in the remote area deprive of facilities. To get something, you need to go to Banepa. And there were other several reasons. But once here in KU, I realize KU is the best thing that has ever happened to my life Just few months back there were lots of questions in my mind. Studying Computer Engineering was really tough. My grades were not enchanting. Neither did I have great programming skills. I was frustrated as I saw my future ship sinking deep into the sea. I felt trapped as I had wasted my 4 years of my life in KU and I know nothing. I had no idea what will I

आज हामीले एकजना साथि “ राजन कठेत ” को ६ दिन को डायरी लिएर आएका छौँ ! पढ्दा लामो लाग्नसक्छ भनेर मैले सबै डायरीलाई बेग्ला बेग्लै प्रकाशन गर्ने योजना अघि सारेको थिँए । तर राजन ले भन्यो, एउटै मा प्रकाशन गर्दा राम्रो ! मैले फेरि एकपटक पढिहेरेँ, आफूलाई पनि त्यस्तै लाग्यो, कारण यो सबै आपस मा सम्बन्धित छन् । अत: केही लामो भएपनि सबै डायरीलाई एकैपटक प्रकाशन गरेको छु है ! यो ब्लग मा एउटा गर्न लागिएको नाटक, कसरी गर्ने सुर कसियोम अनि के गरियो, कसरी नाटक पुरा भएन भनेर राजन को अनुभव लेखिएको छ । वैचारिक व्दन्द अगस्ट २२, २०१० आइतबार आखिर “सिक्स् क्याराक्टर्स् इन सर्च अफ एन अथर” को अभ्यास भोलिबाट सुरु हुने नै भो । महान् नाटककार पिरान्डेलो अब काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूको प्रयासमा पुनर्जिवित हुने हुन् वा उनको खराब मृत्यु हुने हो त्यो त भविष्यमा हाम्रो पासुलामा देखिने लगावले सूचित गर्ने नै कुरा हो । सुरुमा पिरान्डेलोको यो नाटकको मञ्चन गर्ने कुरा उठ्दा धेरै जना तातेका थियौँ । म जति धेरै सायदै कोही तातेको थियो होला । जताततै हल्ला फिजाएको थिएँ । फुरफर नै भा’को थिएँ । तर उत्साहमा समय र परि

काठमाण्डौंले घरीघरी आफ्‍नो कमाल देखाउँदै थियो । छिनछिनमा दर्कंदै र बिसाउँदै गरिरहेको साउने झरीले मलार्इ बिनासित्ति को सास्ती दिन्थ्यो । ठमेलको बाटोमा एउटा हातमा छाता समातेर अर्कोले मोवाइलबाटै च्याट रुममा गफिदैं थिए म । 'ठमेलमा हिँड्‍दा पनि मोवाइलमै मर्छ यार यो त', साथै रहेको साथी विवेक गुनासिन्थ्यो, 'मोवाइल त तेरै हो नि, यहाँका ब्युटीहरु पो हेर्नु त ।' उसले 'ब्युटि' भनेर त्यहाँका सुन्दर केटीहरुलार्इ संकेत गर्दैथियो जसमा नजर डुलाउन उ स्वयं एकसुरले व्यस्त थियो । त्यो झरीमा भिज्दै गरेका केटीहरुतर्फ नजर डुलाउँदै घरीघरी 'वाह्‍' भन्थ्यो । 'ओ ! मार्इ गड', उसले हठात् यसरी भन्यो कि त्यहाँ केही ठूलै घटना घट्‍यो । मैले मोवाइलबाट आँखा हटाएँ । तर के नै हुन्थ्यो र ! त्यहीँको एउटा पसल बाहिर कसैलार्इ कुरेझैँ एउटी विदेशी केटी उभिएकी थिर्इ । उसैलार्इ हेरेरे केटो दंग परेछ :) । एक सुरमा हिँडिरहेको उ टक्क अडियो, आँखा झिमिक्क समेत नपारी हेर्यो, मुख निकै खोल्दै फेरी एकपटक 'वाह्' भन्दै थप्यो, 'क्या सेक्सी यार' । भन्यो, 'यो झरीमा त्यो नि भिज्न आर्इ