Skip to main content

राष्ट्रिय झण्डा #NepaliNationalFlag

सनातन धर्मावलम्बी हिन्दूहरूको मान्यताअनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका हुन्। राजाहरू आ-आफ्ना राष्ट्र वा राज्यका प्रतीक वा चिह्न लिएर राजकीय यात्रामा निस्कन्थे। लडाइँका मैदानमा पनि कुनै राजाको छत्र, ध्वज, चामर वा कार्मुक भाँचिदिन सफल हुनुको अर्थ हुन्थ्यो, त्यस राज्य उपर विजय। राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेश मा “म जसै अर्काको छत्र-भङ्ग गर्न भनी जान्छु, त्यसैवेला मेरो छत्रलाई भङ्ग गर्न यहाँ अर्को राजा आयो भने के-कसो होला?” भन्ने प्रश्न उठाएका छन्। यिनको यस भनाइबाट national flag nepalत्यतिवेला राष्ट्रध्वज वा राष्ट्रिय-झण्डाको भन्दा राजछत्रको बढी महत्व हुने गरेको छनक पाइन्छ।

नेपालमा राष्ट्रिय-ध्वजा वा राष्ट्रिय-झण्डाको चलन कहिलेदेखि शुरु भयो, निश्चित भन्न सकिँदैन। लिच्छवि राजाहरूले आफूलाई लिच्छवि-कुलकेतुः अर्थात् लिच्छवि-कुलको झण्डाजस्तो भनी चिनाउने गरेका थिए। यसबाट त्यतिवेला नै नेपालमा केतु अर्थात् ध्वजाको प्रचलन थियो भन्न सकिन्छ। इन्द्रजात्राको दिन इन्द्रध्वज फहराउने परम्परा आजसम्म चलिआएकै छ। हाम्रा सम्पूर्ण वैदिकवाङ्मय सूर्य तथा चन्द्रका गुणगानले भरिभराउ छन्। पहिलेका राजाहरूले आफ्नो राजवंशलाई सूर्य-वंश वा चन्द्र-वंश मान्दै आएका थिए। वि.सं. ७९२ (संवत् १५९) मा राजा जयदेव (द्वितीय) ले पशुपतिको मन्दिरमा राखेको शिलालेखमा “ब्रह्माका पनाति भगवान् सूर्यबाट आफ्नो इक्ष्वाकु-कुलको आरम्भ भई यसै कुलमा आफ्नो जन्म भएको” उल्लेख गराएका छन्।

लिच्छवि राजाहरूले आफ्नो उच्चताको प्रतीकका रूपमा राष्ट्रको झण्डामा पनि सूर्यको आकृति नै अङ्कित गराएको हुनुपर्छ। त्यतिवेलाका भारतीय राजाहरूले आफ्ना झण्डाहरूमा उच्चताको प्रतीकका रूपमा गरुड वा हनुमानका चित्रहरू अङ्कित गराउँथे। त्यसैले उनीहरू हनुमद्-ध्वज वा गरुड-ध्वज भनेर चिनिन्थे। लिच्छविकालमै नेपालको राजसत्तामा आएका आभीरवंशी अधिनायकहरूले आफ्नो वंशलाई सोम-वंश वा चन्द्र-वंशको रूपमा चिनाउँथे। आभीर अधिनायक विष्णुगुप्तद्वारा वि.सं. ६९० (संवत् ५७) मा प्रसारित अभिलेखमा आफूलाई सोमान्वय-भूषणः अर्थात् चन्द्रमाको वंशका गहनाजस्ता भएर रहेको उल्लेख गरेका छन्। मल्ल राजाहरू पनि लिच्छविजस्तै आफ्नो राजवंशलाई सूर्य-वंश मान्ने हुनाले उनीहरूले पनि ध्वजमा सूर्यलाई नै अङ्कित गरे होलान्।

प्राचीन नेपालका राष्ट्रिय ध्वजाहरूको आकृति र रङबारे पनि निश्चित भन्न सकिँदैन, राजाहरू प्रायः देवीका उपासक हुने गरेकाले झण्डामा रातो रङ नै प्रयोग गरे होलान् भनेर अनुमान गर्न चाहिँ सकिन्छ। मल्लकालका भवन र मन्दिरका ढोकाहरूमा दुईतर्फ दुई पताका भएका धातुका केतु वा झण्डा टाँगिएका पाइन्छन् जसले नेपालका प्राचीन झण्डाहरूको आकार सङ्केत गर्छन्। यस्ता झण्डामध्ये केहीको माथिल्लो पताकामा राष्ट्रको प्रतीक सूर्य वा चन्द्रमा र तल्लो पताकामा सम्बद्ध देव वा देवीका प्रतीक-चिह्नहरू पाइन्छन्।

वर्तमान नेपालको राष्ट्रिय-झण्डाको परिकल्पना पृथ्वीनारायण शाहले गरेकोमा सन्देह छैन। गोरखाली राजाहरू आफूलाई चन्द्रवंशीय सम्झ्न्थे। गोरखालाई मल्ल राज्यहरूमा मिलाएर अन्य राज्यहरूलाई पनि एकीकरण गरी नेपाल-अधिराज्य बनाएपछि जातीय समन्वयको रूपमा दुईवटा पताका भएको राष्ट्रिय-झण्डाको परिकल्पना गरिएको थियो। मुद्रा र छापहरूमा रातो रङ प्रयोग हुने भएकाले त्यस्ता छापहरूलाई लालमोहर भनियो। पृथ्वीनारायणले प्रचलनमा ल्याएको चन्द्र-सूर्याङ्कित झण्डा पनि रातो नै थियो होला। चन्द्रमाको ज्योति मलिनो र सूर्यको प्रकाश चर्को हुने भएकाले पौराणिक मान्यताअनुसार आकाशमा चन्द्रमा माथि र सूर्य तल मानिँदै आएका छन्। नेपालको राष्ट्रिय झण्डामा त्यही मान्यता कायम भएको हो।

पृथ्वीनारायण शाहका अनुयायीहरू यही झण्डा बोकेर एकीकरण अभियानमा निस्किएका थिए। पृथ्वीनारायणदेखि सुरेन्द्रविक्रम शाहको राज्यकालसम्म राजभवनमा चन्द्र-सूर्याङ्कित झण्डा नै फहराइन्थे। प्राइममिनिस्टर जङ्गबहादुर कुँवर राणाले कास्की र लमजुङको श्री ३ महाराज पदवी ग्रहण गरेपछि आफ्नो भवनमा ध्वजा समातिरहेको सिंहको आकृति बनाएका थिए। उनका भाइ प्राइममिनिस्टर रणोद्दीपसिंह कुँवर राणाको प्रशासनकालसम्म राणा प्रधानमन्त्रीका महलहरूमा सिंह-ध्वजा नै फहराइन्थे।

राजा सुरेन्द्रविक्रम जीवित छँदै युवराज त्रैलोक्यवीरविक्रम शाहको देहान्त भएकाले यिनका नाबालक छोरा पृथ्वीवीरविक्रम शाहलाई सुरक्षाको बहानामा प्राइममिनिष्टर रणोद्दीपसिंहले नारायणहिटी नजिकैको आफ्नो निजी निवासमा राख्न थाले। उनले आफ्नो निवासमा पृथ्वीवीरविक्रम शाहको राजभवनमा रहने चन्द्र-सूर्याङ्कित राष्ट्रिय झण्डासँगै कास्की र लमजुङ राज्यका सिंह-ध्वजा पनि फहराउन थाले। यसै स्थितिमा रणोद्दीपको हत्या हुँदा श्री ५ महाराजाधिराजहरूले प्रयोग गर्ने गरेको सूर्य-चद्राङ्कित राष्ट्रिय-झण्डालाई नयाँ प्राइममिनिस्टर वीरशमशेर कुँवर राणाले अनधिकृत रूपमा आफ्नो आवासमा लगेको र कास्की तथा लमजुङ राज्यका बाघ-झण्डा भने नारायणहिटी राजभवनमा रहेको इतिहास पाइन्छ।

वि.सं २००७ मा नेपालमा प्रजातन्त्र स्थापना भएपछि लामो ऐतिहासिक परम्परा र राष्ट्रिय-गौरवलाई समेत दृष्टिगत गर्दै चन्द्र-सूर्य अङ्कित दुई-पताका भएको रातो झण्डालाई नै नेपाल-राष्ट्रको राष्ट्रिय-झण्डाको रूपमा स्वीकार गरिएको हो। विश्वरङ्गमञ्चमा आज यही झण्डा विशिष्ट सानका साथ फहराइरहेको छ।

- प्रा. श्रीकृष्ण आचार्य

झण्डा फेर्ने विषय मा माओवादी लगायत का पार्टिहरु निहुँ खोजिरहेका छन् ! ईतिहास बोकेको झण्डा, फेर्नु नै किन पर्यो र भन्ने कुरा पनि उठिरहेको छ ।  झण्डा को बारेमा, स्कुल देखि नै पढ्दै आइयो, कैयौँ किम्बदन्ति सुनिँदै आइएको छ । आज हामीले यही झण्डा को परिचयात्मक लेख लाई हिमाल खबर बाट साभार गरेका छौँ । प्रा. श्रीकृष्ण आचार्य ले यो लेख लेख्नु भएको हो । राष्ट्रिय झन्डा फेर्न पाइँदैन भन्ने आशय सहित, हामीले यहाँ पुन प्रकाशित गरेका हौँ  !!!

Comments

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

नियात्रा : घान्द्रुक को घुमाइ -१

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ। सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ। घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई

Subscribe to Aakar Post