Skip to main content

Posts

Showing posts with the label Google

आजभोलि मानिसले सानो सानो कुरा बिर्सन थालेका छन्। जो कसैलाई पनि आजभोलि केहि कुरा सोध्नु बेकार जस्तो हुन्छ। तपाईहरुले दैनिक जीवनमा जो कुनै ब्यक्ति कम्युटरको नजिक धेरै समय बिताएको हुन्छ, उसलाई केहि कुरा सोध्नु भएको खण्डमा उसले त्यसको सहि जवाफ दिनुको साटो त्यसको जवाफ कहाँ छ र कहाँ गएर हेर्नु पर्छ भनेर भन्ने गर्छ। मानिसहरु आजको दिनमा प्रविधिसँग यति बिधि नजिक भइसकेका छन कि त्यो प्रविधि बिना तिनिहरुको जीवन अपुरो जस्तो भइसकेको छ। पहिला जब प्रबिधि सबैको पहुँचको विषय थिएन त्यो बेला मानिसहरु विहान उठेर नित्यकर्म गर्न तिर लाग्थे तर आजभोलि मानिसको दिनचर्यानै बदलि दिएको छ यो प्रविधि भन्ने जातले। तर मैले मानिसको दिनचर्या भन्दा पनि स्मरणशक्तिको कुरा गर्दै छु। प्रविधिले गर्दा कसरि मानिसको स्मरणशक्तिमा अतुलनिय ह्रास हुदै गएको छ भन्ने कुराको लागि अब वैज्ञानिक तथ्याङ्क भन्दा पनि आफुले दैनिक जिवनमा गर्ने कुराहरुले नै बताउने गर्दछ। सबै भन्दा पहिले कुरा गरौँ सबैले सधैजसो प्रयोग गर्ने मोबाईल फोनको। पहिला मानिसले सबैको फोन नम्बर याद गर्नु पर्त्थो या कुनै डायरिमा टिपोट गरेर राख्न पर्थ्यो। तर आजभोलि हात हातम

सर्च जायन्ट गुगल ले, ‘सोसल नेटवर्क’मा एकपटक आफ्नो भाग्य फेरि परिक्षण गर्दैछ । गोप्य राखिएको प्रोजेक्ट ‘गुगल प्लस’लाई हिजो गुगल ले सार्वजनिक गरेको छ । बज, वेभ आदि को असफलताबाट पाठ सिक्दै गुगल ले फेरि एकपटक ‘सोसल नेटवर्क’ मा आफ्नो अस्तित्व खोज्दैछ । अनि यसपटक, गुगल, ‘गुगल प्लस’ मार्फत ‘सोसल नेटवर्क’ मा आफ्नो उपस्थिति जनाउन खोज्दैछ । हिजो देखि केही व्यक्तिहरुलाई गुगल ले ‘टेस्टिङ’ गर्न को लागि गुगल प्लस दिएको छ । अन्य का हकमा भने, गुगल प्लस को “एकाउन्ट” बिस्तारै पछि दिइने कुरा गुगल ले जनाएको छ । गुगल प्लस को आगमन सँगै गुगल ले आफ्ना सबै पेजहरुको ‘नेभिगेसन’ बारको रङ्गलाई पनि परिवर्तन गरेको छ । अब गुगल का सबैपेज को माथि ‘कालो रङ्’ को नेभिगेसन बार देखिने छ । गुगल प्लस को सुरुवाती ‘रिभ्यु’ सबैतिर बाट राम्रो आएको छ । क्लिन डिजाइन मा आएको गुगल प्लसलाई ‘टेक पण्डित’हरुले ‘फेसबुक किलर’ को संज्ञा दिएका छन् । गुगल को सामाजिक हुने प्रयत्नलाई, फेसबुक चलाउँदा चलाउँदा दिक्क भएका प्राय सबै प्रयोगकर्ता ले स्वागत गरेकाछन् । गुगल प्लस कस्तो छ ? उत्तर सिम्पल छ, ‘फेसबुक’ जस्तो हो, तर फेसबुक भन्दा धेरै फर

'सर्च जायन्ट' गुगल र 'आइफोन'का निर्माता एप्पल बिच को सम्बन्ध चिसिँदै गएको कुरा 'सिलिकन भ्याली' मा तेस्रो विश्वयुद्द को रुपमा हेरिँदैछ । विगत मा एउटै साझा लक्ष्य बनाएर, माइक्रोसफ्ट को 'मोनोपोली' विरुद्ध खनिएका एप्पल र गुगल बिच को सम्बन्धमा हालै का दिनमा खटपट आएको कुरा गतहप्ता न्युयोर्क टाइम्स ले प्रमुुखताका साथ प्रकाशित गरेको थियो । दुई कम्पनी विच बढ्दै गएको तिक्तकता त छँदैछ, त्यसमाथि भर्खरै सार्वजनिक गरिएको एउटा सर्वेक्षण ले गुगलको वर्चश्वलाई तोड्दै एप्पललाई विश्वको सबैभन्दा 'महत्वपुर्ण ब्रान्ड' [Apple Now World’s Most Valuable Brand - Mashable ] को रुपमा चिनाएको छ । माइक्रोसफ्टलाई 'अनलाइन सर्भिस' र मोबाइल फोन दुवै क्षेत्रमा पछार्ने हेतुले विगतमा गुगल र एप्पल ले साझेदारी गरेका थिए । एप्पल ले पहिलो आइफोन बनाउँदा, दुवै कम्पनी को साझेदारीमा 'गुगल सर्च' र 'गुगल म्याप' लाई आइफोनमा राखिएको थियो । सन् २००७ मा एप्पलका 'स्टिभ जब्स' [Steve Jobs] र गुगल का 'इरिक स्मिथ' [Eric Schmidt] दुवै ले संयुक्त रुपमा पहिलो आइफ

तपाई ले आज गुगल को होमपेज हेर्नुभयो? गुगल को होमपेजमा गुगल ले विदा को लागि नयाँ ‘डुडल’ (लोगो) राखेको छ । अनि गुगल को उक्त डुडल मा पहिलो पटक ‘नेपाल’ समावेश गरिएको छ । विदा मनाउन को लागि गुगल ले राखेको पछिल्लो ‘डुडल’ मा १७ वटा दृश्यहरु समावेश गरिएका छन्, जसमध्ये एउटा दृश्य नेपाल को रहेको छ । नेपाल अंकित गराउने गुगल लोगो मा ‘३ जना महिलाहरु आफ्ना परम्परागत भेषभुषा मा सजिएका देखिन्छन्’ भने उनीहरु को पछाडि ‘स्वयम्भु’ को झल्को दिलाउने ध्वजापताका सहित को गुम्बा देखिन्छ । जब कसैले ले, नेपाल समावेश गरेको गुगल को डुडल ‘क्लिक’ गर्छन्, गुगल ‘सर्च’ मा नेपाल बारे को सर्च नतिजाहरु देखिन्छन् । नेपाल यसरी गुगुल को विदा को लोगो मा समावेश  हुनु हाम्रो गौरव को विषय पनि हो । नजिकिँदै गरेको पर्यटन वर्ष २०११ को पुर्वसन्ध्यामा नेपाल गुगल को होमपेज मा समावेश हुँदा, नेपाल को प्रचार पनि राम्रै सँग भएको छ । दैनिक करोडौँ व्यक्तिहरुले गुगल सर्च प्रयोग गर्ने हुँदा, करोडौँ व्यक्तिहरु ले नेपाल बारे थाहा पाउने कुरालाई पनि नकार्न सकिन्न । लोगोमा ‘स्वयम्भु’ को दृश्य समावेश गरेबाट गुगल ले बुद्ध लुम्बिनी मा जन्मिएक

इन्टरनेट का ट्विटर, ब्लग र वेवसाइट मा फैलिएको कुरालाई पत्याउने हो भने, गुगल ले फेसबुक को प्रतिस्पर्धि को रुपमा सोसल नेटवर्क साइट ‘गुगल मी’ निर्माण गरिरहेको छ । हुन त अहिले सम्म का गुगल का सोसल नेटवर्क का प्रयासहरु विफल भइसकेका छन् । तर पनि फेसबुक प्रयोगकर्ताहरु चाहन्छन्, गुगल को सोसल नेटवर्क तर्फ को कदम ले केही उपलब्धि हासिल गरोस् । पहिले त ईन्टरनेट मा चलेको हल्ला तिर नै जाउँ ! सोसल नेटवर्क ‘डिग’ का फाउन्डर केभिन रोज ले केही दिन अघि ट्विटर मा लेखेका थिए, ‘फेसबुक सँग प्रतिस्पर्धा गर्न, गुगल मी आउँदैछ” । अत्यन्तै विश्वस्त स्रोत बाट आएको कुरा भन्दै केभिन रोज ले ट्विट गरेपछि, इन्टरनेट मा गुगल मी को हल्ला फैलियो, भलै अहिले त्यो ‘टविट’ भने, उनले मेटिसकेका छन् । केभिन कै कुरामा सहमति जनाउँदै, फेसबुक का पुर्वअधिकारी डि एङ्गलो ले पनि, ‘गुगल मी’ हल्ला नभइ, वास्तव मै ‘गुगल मी’ आउँदैछ र अहिले धेरै जना ‘गुगल मी’ मै काम गरिरहेकाछन् भनेपछि, इन्टरनेट मा ‘गुगल मी’ को कुरा ले तरंग नै पैदा गराएको छ । एङ्गलो ले भनेका छन्, फेसबुक को बढ्दो लोकप्रियता र प्रयोग सँगै, गुगल झस्किएको छ र आफ्नो प्रभु

सुरक्षा को कारण देखाउँदै, गुगल ले अब देखि आफ्ना कम्प्युटर सिस्टमहरुमा माइक्रोसफ्ट विन्डोज नगर्ने घोषणा गरेको कुरा, फाइनान्सियल टाइम्स ले जनाएको छ । ह्याकरहरु ले विन्डोज बाट नै गुगल का सिस्टम मा आक्रमण गरेको र पटक पटक गुगल का सिस्टमलाई ह्याक गरेको कारण, गुगल ले माइक्रोसफ्ट विन्डोज को प्रयोग नगर्ने घोषणा गरेको हो । गुगल ले माइक्रोसफ्ट विन्डोज को सट्टा मा “म्याक र लिनक्स” अपरेटिङ सिस्टमहरु आफ्नो सिस्टम मा राख्ने भएको छ । गएको जनवरी २०१० मा चिन बाट माइक्रोसफ्ट विन्डोज र माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोरर को प्रयोग गरेर ह्याकरहरुले गुगल को सिस्टम मा क्षति पुर्याएका थिए भने, केही मानवअधिकारवादी र पत्रकार का जिमेल एकाउन्टहरु ह्याक गरिएको थियो । पत्रिका ले जनाएअनुसार, गुगल का अधिकारीहरु ले यसलाई सुरक्षात्मक रणनिति भएको बताएकाछन् । उनीहरुले भनेका छन्, ‘गुगल का सर्भिसहरु को विश्वसनियता बढाउनलाई हामीले यो कदम चालेका हौँ, हामी के कसरी गर्छौ भन्ने कुरा मा भने प्रश्न नउठाउनुहोला’ । गुगल ले आफ्ना सिस्टम मा विन्डोज नराख्ने भनेको भएपनि, आफ्ना सिस्टमहरुलाई चाँहि गुगल ले विन्डोज मा निरन्तर परिक्षण गरिरहने

लगातार आफ्नो सिस्टम मा आक्रमण र ह्याकिङ प्रयास भइरहेको भन्दै गुगल ले केही दिन अघि चिन मा अब देखि आफ्नो गुगल सर्च मा सेन्सर नगर्ने निर्णय गरेको छ । चिन मा सन् २००६, जनवरी देखि google.cn मार्फत गुगल ले काम गर्दै आएको थियो । चिन सरकार को कडा नियम को परिपालन गर्दै, गुगल ले आफ्ना सर्चहरु मा सेन्सर गर्दै आएको थियो । यति धेरै सेन्सरसिप लागु भइरहँदा पनि, चिन बाट आफ्नो सिस्टम तथा आफ्ना प्रयोगकर्ताहरु लाई बारम्बार आक्रमण भएकोले, अब देखि चिन मा सर्चमा सेन्सरसिप नलाउने भनेर, गुगल ले आफ्नो ब्लग मा लेखेको छ । सायद सेन्सरसिप को पालन नगर्दा आफ्नो सर्च र आ्फ्नो अफिस बन्द हुनसक्ने कुरा मा पनि गुगल जानकार रहेको छ । गुगल को यस्तो निर्णय सँगै संसारभरि नै तहल्का मच्चियो, गुगल को यस्तो कदम बाट प्राय: सबै नै अचम्मित भए । हुन त गुगल ले चिन सँग निहुँ खोज्यो भने, चिन बाट गुगल ले हात धुनुपर्नेछ, यसबाट त प्रस्टै छ कि, गुगललाई धेरै घाटा नै हुनेछ  साथै गुगल का प्रयोगकर्ताहरु पनि निराश हुनेछन् । मानवअधिकारकर्मीहरु को ईमेल मा सुनियोजित आक्रमण भएको मा अमेरिका ले सरकारी तवर मै चिनलाई कुटनितिक दवाव दिएको छ । उता चिन