Skip to main content

प्रधानमन्त्री डा. बाबुराम भट्टराई (@brb_laaldhwoj) ट्विटरमा हिट

प्रधानमन्त्रीको फेक ट्विटर एकाउन्टबारे बहस भएको दुईहप्ता पछि नै, प्रधानमन्त्री डा. बाबुराम भट्टराई ट्विटरमा छिर्नुभएको छ । नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्विटर प्रवेश सँगै नेपाली ट्विटरजगत बाबुराममय भएकोछ । भट्टराईको पक्ष र विपक्षमा ट्विटहरु बर्सीरहेकाछन् । प्रारम्भिक अध्ययन अनुसार, भट्टराईले ट्विटरमा नकारात्मक टिप्पणी धेरै झेल्नु परेकोछ । 

१४ ट्विट ११ फलोइङ्ग

यो ब्लग तयार गर्दा सम्म भट्टराईले १४ वटा ट्विट गर्नुभएकोछ भने ११ जनालाई फलो गर्नुभएकोछ ।

brb-on-twitter

रिट्विटको बाढी

डा. भट्टराईका सबै ट्विट लगातार रिट्विट भइरहेकाछन् । ट्विटोनोमीको अनुसार यो ब्लग तयार   गर्दासम्म भट्टराईको १४ वटा ट्विट करिब नौ सय उनान्चालिस (९३९) पटक रिट्विट भएकाछन् ।brb-twitter-summary

१३०० मेन्सन

सोसल एनलाइटिक्स टप्सीका अनुसार हालसम्म डा. भट्टराईलाई करिब तेह्रसय (१३००) मेन्सन गरिएकोछ । (प्रोटेक्टेड ट्विटको गणना गरिएकोछैन, साथै टाइमजोनमा भएको फरकका कारण मिती तलको ग्राफमा फरक देखिएकोछ।)mentions-replies-of-brb_laaldhwo-

सबैभन्दा धेरै फलोअर नेपालबाट

फलोअरओङ्कका अनुसार भट्टराईका करिब पैँतालिस सय (४५००) फलोअर मध्ये करिब २ हजार फलोअर नेपालबाट रहेकाछन् । मेरो अनुमानमा यो सङ्ख्या करिब ३ हजारको हाराहारीमा हुनुपर्ने हो, तर ट्विटर प्रयोगकर्ता सबैले आफ्नो बायोमा स्थान उल्लेख नगर्ने तथा लोकेशन सर्भिस अफ राख्ने भएका कारण, यही नै हो भनेर किटान गर्नसक्ने अवस्था भनेछैन ।

baburam-twitter-followers-map

नयाँ ट्विटर प्रयोगकर्ता बढे

डा. बाबुराम भट्टराईले ट्विटर चलाउन थालेको खबर सँगै, ट्विटरका नयाँ प्रयोगकर्ताहरु थपिएकाछन् । यो हप्ता मात्रै करिब सात सय (७००) जनाले ट्विटरमा नयाँ खाता खोलेर, भट्टराईलाई फलो गर्नथालेकाछन् ।

brb-followers-twitter-age

पुरुष फलोअर धेरै

डा. भट्टराईका अधिकांश फलोअरहरु पुरुष रहेकाछन् । ट्विटरबाट महिला र पुरुष नछुट्टिने भएपनि, प्रयोगकर्ताहरुले गरेका ट्विट, लिंक, बायो आदि विभिन्न सिग्नलहरुलाई लिएर फलोअरओङ्कले निम्न नतिजा दिएकोछ । फलोअरओङ्कका अनुसार, भट्टराईका फलोअर मध्ये करिब पच्चिस प्रतिशत पुरुष र तिन प्रतिशत महिला रहेकाछन्। यो तथ्याङ्कले ठ्याक्कै नभन्ने भएपनि, महिला भन्दा धेरै पुरुषहरु ट्विटरमा रहेछन् भन्ने जनाउदिन्छ ।

followers-genders-baburam

लोडसेडिङ घट्ने ट्विट सर्वाधिक रिट्विट

१४ वटा ट्विटहरु मध्ये, “लोडसेडिङ आजबाट २ घन्टाले घट्छ” भनेर गरिएको ट्विट सर्वाधिक रिट्विट गरिएकोछ ।

most-retweeted-tweets

भेरिफाइड ट्विटर एकाउन्ट ?

स्वकिय सचिव विश्वदिप पाण्डेले भनेको आधारमा डा. भट्टराईको ट्विटरलाई आधिकारिक मानिएकोछ । यद्यपी भट्टराईको एकाउन्टमा ट्विटरको भेरिफाइड ब्याच नभएकोले, भट्टराईको एकाउन्ट हो कि हैन भनेर शंका मान्नेहरु पनि धेरै नै छन् । केही प्रयोगकर्ताहरु भने भेरिफिकेसन गर्न कदम चाल्नुपर्यो भनेर सल्लाह दिइरहेका पनि छन् । टप्सीका अनुसार अधिकांश प्रयोगकर्ताले भट्टराईलाई ‘ट्विटर भेरिफाइ’ गर्न सुझाउँदै ट्विटर भेरिफिकेसनको यो सपोर्ट पेज लिंक मेन्सन गरेकाछन् ।

बुझ्नुपर्ने कुरा के हो भने, ट्विटरमा कसलाई भेरिफाइड ब्याच दिने नदिने भन्ने कुरा ट्विटरको आफ्नै बुझाइमा भर पर्दछ । पपुलर व्यक्तिहरु, सेलिब्रेटिहरु, सरकारी अधिकारी तथा सरकारी कार्यालयहरु, संघसंस्था आदिहरुलाई ट्विटरले आफ्नै हिसाबले भेरिफाइड ब्याच दिने गर्छ । (गतवर्ष मिडिया मुगल रुपर्ट मर्डकको श्रीमतीको रुपमा आएको फेक ट्विटर एकाउन्टलाई पनि ट्विटरले भेरिफाइड ब्याच दिएका कारण, गतबर्ष ट्विटरको फेरिफाइड गर्ने शैलीमा धेरैले औँलो उठाएका थिए ।) ट्विटरको नजर भट्टराईको एकाउन्टमा पर्यो भने, भेरिफाइड ब्याच ट्विटरले दिनसक्ला, तर ट्विटरमा ट्विटरलाई मेन्सन गरेर भेरिफाइड ब्याच चाहियो भन्दैमा केही हुँदैन, जब की भट्टराईको प्रोफाइल नै अपुरो छ ।

भट्टराईको ट्विटर प्रोफाइल अपुरो

भट्टराईको प्रोफाइल अपुरो रहेका कारण जो कोहीले भट्टराईको ट्विटर एकाउन्ट “फेक” हो कि भनेर शंका गर्नु स्वभाविक हो । केहीले विश्वदिपको फेसबुक पोस्ट हेरे होलान्, ट्विट पनि हेरे होलान् केही ब्लग र न्युज पोर्टलमा नि पढे होलान् तर पाँचौ हजार व्यक्तिहरु शंका लाग्दा लाग्दै पनि सक्कली प्रोफाइल हो रे, भनेर “रे” का कुरामा पछि लागेकाछन् ।

भट्टराईको ट्विटर युजरनेम (@brb_laaldhwoj) मा धेरै कमेन्ट नगरौँहोला, तर पनि अझ सरल र अन्डरस्कोर रहित युजरनेम छानेको भए राम्रो हुनेथियो, खैर युजरनेम जे राखेपनि फरक पर्दैन । भट्टराई थर राख्न चाँहि हतार गरेजस्तो देखिन्छ, सानो बि “b” को प्रयोग गरेको अलि अमिल्दो देखिएकोछ ।

भट्टराई को हुन्, के गर्छन्, कहाँ छन् यी केही कुराहरु ट्विटरमा खुलाइएकोछैन । अत: ट्विटरलाई भेरिफाइ गर्नलाउ भन्नुभन्दा पहिले भट्टराईलाई नै बायो राख्न सुझाउनुपर्छ । डा. भट्टराईले बायोमा आफ्नो परिचय स्पष्ट रुपमा राख्न जरुरी छ । भट्टराईको आफ्नो व्यक्तिगत साइटको लिंक, अनि स्थान प्रस्ट रुपमा लेख्न जरुरी छ । साथै, आफैँले आफ्नो ट्विटर पहिले भेरिफाइ गर्न जरुरी छ । भट्टराईले आफ्नो ट्विटरको लिंक आफ्नो व्यक्तिगत साइटमा राखेर आफ्नो एकाउन्टलाई भेरिफाइ गर्न सक्छन् । भट्टराईको व्यक्तिगत साइटमा ट्विटरको लिंक राखेपछि, जो कोहीले भट्टराईको असली ट्विटर एकाउन्ट हो भनेर भन्नसक्छन् ।

जहाँसम्म लाग्छ, यो प्रधानमन्त्री कार्यालयको भन्दा पनि डा भट्टराईको आफ्नो व्यक्तिगत एकाउन्ट हो, यसर्थ हालको लागि यो प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्विटर एकाउन्ट हो । भट्टराईको एकाउन्टबाट कसले ट्विट गर्छ, कसले ट्विट टाइप गर्छ भन्नु भन्दा पनि यो भट्टराईको आधिकारिक ट्विटर हो भनेर बुझ्नुपर्छ, र त्यहाँबाट आएका सम्पूर्ण ट्विटहरुको जिम्मेवारी डा. भट्टराईले लिनुपर्छ । भारतका प्रधानमन्त्री डा मनमोहन सिंह तथा अमेरिकी राष्ट्रपति बाराक ओवामाको ट्विटरमा भएको कुरालाई हामीले सकरात्मकरुपमा लिएका छौँ, अत: डा भट्टराईको ट्विटरमा भएको उपस्थितिलाई हामीले सकरात्मकरुपमा लिनुपर्छ । उनले गरेका ट्विट तथा कामहरुलाई कसरी लिने भन्ने कुरा अलग कुरा हो । भारतका प्रधानमन्त्री मनमोहन सिंहले चलाउने ट्विटर भारतको प्रधानमन्त्री कार्यालयको ट्विटर हो भने, अमेरिकाका राष्ट्रपति बाराक ओवामाले प्रयोग गर्ने ट्विटर उनको व्यक्तिगत ट्विटर हो । अत: भट्टराईको ट्विटर एकाउन्टलाई पनि हामीले प्रधानमन्त्रीको व्यक्तिगत ट्विटर हो भनेर बुझ्नुपर्ने हुन्छ । भट्टराई देशका प्रधानमन्त्री भएका कारण, ट्विट गर्दा शब्द चयन देखि लिएर ट्विटको मर्म सोचेर मात्र गरेर ट्विट गर्नुपर्छ ।

फलोअर ?

भट्टराईका करिब ५ हजार ट्विटर फलोअर छन् । तर यसो भन्दैमा भट्टराई प्रति आस्था राख्ने वा माओवादी प्रति आस्था राख्ने फलोअरहरु भनेर, फलोअरहरुको गलत ब्याख्या भने गरिनुहुँदैन । भट्टराईलाई फलो गर्ने सबैका आ-आफ्नै कारण र प्रायोजन हुनसक्छन् ।

(नोट: माथिका डाटाहरु फलोअरओङ्क, टप्सी, ट्विटोनमी, ट्विटर आदिबाट लिइएको हो । डाटाहरु फरक पर्नसक्नेछन्, तर पनि वास्तविकताको धेरै नजिक भने रहेकाछन् ।)

Comments

  1. Well written. Very informative. Allow me to correct a small error: Rupert Murdoch is pronounced as रुपर्ट मर्डक

    ReplyDelete
  2. धन्यवाद सन्देश । माथि सच्याइएकोछ ।

    ReplyDelete
  3. Just a suggestion. The blog logos overlay on images is only making it difficult to comprehend. It would look much more clean and easy to follow without the overlay. Moreover, the figures above are publicly available information and I don't see the need to have logos over them.

    ReplyDelete
  4. If we can success to solve the problems of water, It is easy to develop another sectors. It is my opinion only.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

Story: बितेका कुरा

Listen to story 'Biteka Kura'. आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठ को आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु । आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ । (साभार: मेरो रेडियो )

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Subscribe to Aakar Post