Skip to main content

बर्फी...

पचासको दशकमा बालखकालाँ पोखरा तिरका स्कुल स्कुल खुबै डुलियो। एउटा बर्ष यो स्कुल, अर्को बर्ष त्यो स्कुल, जाँ गएनी चिनेकै सर भेटिने, अनि साथी त कति हुन कति। त्यतिबेला फेसबुक भएको भए फ्रेन्ड लिस्ट भरिसक्थ्यो होला, नअटेर कल्लाई ‘डिलिट’ गर्ने कल्लाई राख्ने, दोधारमा भईंदो हो। तर प्रसंग स्कुलको होइन, स्कुल कम्पाउण्ड बाहिरको हो।

हाम्रो स्कुल अगाडी नाङले ब्यापारीहरु पसल थापेर बस्थे, नाङलामा ‘आइटम आइटम’का मिठाइराख्थे, अनि पाउरोटीका ढ्वांग, कटन क्यान्डी वाला, चना चट्पटे, बेलाउती र सुन्तलाका डोके ब्यापारीहरु लाइन लागेर पसल थापेर बसेका हुन्थे। हाम्लाईजस्तै तिनलाई पनि कति खेर हाल्फ छुट्टीको घण्टी बज्ला भनेर ‘एक्साइटमेन्ट’ हुँदो हो।

त्यसै त हामी कहलिएको गरिब देशका भुक्का विद्यार्थी, स्कुल’एज’मा त झन् सुक्को पैसा हूँदैनथ्यो, खाजा खान अड्कलेर दिएको पैसा बाहेक फाल्तु खर्च गर्ने पैसा हूँदैनथ्यो। स्कुल जाँदा आऊँदा एक दिन मिठाइ राखेको नाङलामा एउटा चारपाटे आकारको प्लास्टिकमा बेरिएको चीजमा आँखा पर्यो। parijaat-flowerसेतो रंगको, प्लास्टिकले बेरिएको दामी खालको थियो, मलाइ बर्फी जस्तोलाग्यो। जहिले त्यो देख्ने बित्तिकै मुख रसाएर आऊँथ्यो। कत्ति मिठो होला त्यो भन्ने ‘फिलिंग’ आऊँथ्यो, एक दिन कति हो भनेर सोधेको, पसलेले दुईरुप्याँ भन्यो, मसंग पैसा थिएन, चुप लागेर फर्कें। कहिले दुई रुप्याँ जम्मा गरूँला र त्यो किनुला भन्ने हुन थाल्यो। अन्तत एक दिन कतैबाट दुइ रुप्याँजुगाड गरिछाडेँ। कत्ति खेर स्कुल पुगेर किनूँला जस्तो भयो। स्कुल पुगें, पसले त्यहीं थियो।

'उ यो एउटा दिनु' भनेर दुइ रुप्याँ दिएँ। उसले त्यो सेतो बर्फीजस्तो चीज मलाइ दियो। साथीहरुले देखे भने बाँड्नु पर्ला भनेर खुसुक्क गोजीमा हालें। अनि हुर्रिदै स्कुलको छतमा पुगें। त्यहाँ कोइ थिएनन्। र पनि सुटुक्क कसैले नदेख्ने गरेर निकालें, प्लास्टिक फोरें र मुख नजिक लगेँ। मिठ्ठो बासना आयो। अनि दंग पर्दै मुखमा क्वाप्प हालेँ र ग्वाम ग्वाम चबाएँ। फर्स्ट बाइट हानेर के चबाऊँदै थिएँ, हत्त र पत्त थुक्नु पर्यो, वाकवाकी आउला जस्तो भयो। त्यत्रो मन परेर त्यत्रो धैर्य र बचतले बर्फी भनेर किनेको त्योत पेन्सिल इरेजर पो रहेछ। आधा टुक्रा हातमा बाँकी नै थियो, मेट्न काम लाग्दो हो तर राख्न मन लागेन अनि फ्याकी दिएँ।

मन मनै मुर्मुरिएँ, अनि खिस्स परें, त्यो बेला दुइ रुप्याँ भनेको पनि धेरै हुन्थ्यो, त्यसमा तीन रुप्याँ थप्ने हो भने बिन्दबासिनी हलाँ सेकेन्ड क्लाँसको टिकेटै पाइन्थ्यो। बल्ल बल्लभ’को दुइ रुप्याँ पनि व्यर्थै गयो। त्यो बेला खुब चुकचुकाएँ। अहिले सम्झिँदा हाँसो लाग्छ।

बालापनमा हामी सबै जानेर नजानेर कति बिठ्याईँ गर्छौं, कति बिठ्याईँ कसैलाई भनेको हूँदैनौ अनि त्यति बेलाका तीनै बिठ्याईँ र बठ्याईँ पछी गएर ‘मेमोरी’ भनिदा रहेछन। इरेजर काण्ड खासै स्पेसल नभए पनि जब सम्झिन्छु, दिमाग भरी त्यही वरिपरिको समय फर्केर आइदिन्छ, साथीहरु हाल्फ कट्टु लाएर उफ्रिंदै आइपुग्छन। अनि त्यही हुने रहेछ स्वीट मेमोरी। जस्टलाइक बर्फी...!

- N®B

(यो अनुभुति निशांक रानाभाटले लेख्नु भएको हो । उहाँले यस अघि पनि केही आफ्ना कथा र अनुभुतिहरु लेखिसक्नुभएकोछ । उहाँलाई ट्विटरमा (@being_nrb) फलो गर्न सकिन्छ । अहिले हलहरुमा चलिरहेको ‘बर्फी’ र यो कथाको कुनै सम्बन्ध भने छैन है!)

Comments

  1. भर्खरै रिलिज भएको film 'बर्फी' र यो 'बर्फी'
    बीच कुनै सम्बन्ध न भए तापनि दुवै एकै पटक रिलिज भएकोले श्रोतालाई चाही अलि confusionma
    पारिने भइएछ ....
    Anyways a commendable effort...Nicely expressed by the writer...:-)

    ReplyDelete
  2. एकैपटक रिलिज हुनु संयोग मात्र हो । :)

    ReplyDelete
  3. Awesome, marvelous, fabulous. No words to express..Very nice bro. Keep it up.

    ReplyDelete
  4. Pure innocence! What a way to tell the childhood memory?

    ReplyDelete
  5. Tyo
    बिन्दबासिनी hal ko kuro ley malai pani mero bachpan ko yaad aayo... 6-7 class padta ho.. Raja Hindustani lako thiyo butwal ko yeuta hall ma..... bhid ta bhaynkar bhayera hola ticket ta jammai black ma matrai paune. 20 rupya ko ticket 40-50 . tetro paisa kata bata hunu ani yeuta sanibar 7 baje ko morning show ma 5 baje nai puge hall agadai.. ticket counter ma 1 ghanta line layepachi balla 15 rupya ma first class ko ticket kinera film here.. haha .. tyo ni kya jamana thiyo...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल...

Subscribe to Aakar Post