Skip to main content

अखण्ड सुदुरपश्चिम र काठमाडौँ

अखण्ड सुदुरपश्चिमको माग गर्दै सुदुरपश्चिममा आन्दोलन चर्केको हप्ता दिन हुनलागिसकेकोछ । अखण्ड सुदुरपश्चिमको माग हुँदै गर्दा, थरुहटको माग गर्दै अर्को समूह थारु संयुक्त संघर्ष समिति पनि आन्दोलनमा उत्रिएकोछ । सुदुरपश्चिम बन्दको चपेटामा परेको, हप्ता दिन भइसक्यो तर खै, अहिलेसम्म कुनै पक्षबाट समाधानको पहल वा वार्ताको पहल गरिएको थाहा छैन । उता जनकपुर लगायतका क्षेत्रमा पनि आमहड्ताल आह्वान गरिएकोछ । साना साना जातीय समूहरुले आफ्ना पकड क्षेत्र मानेका ठाउँहरुमा पनि बन्द र विरोध गरिरहेकाछन्, आजैपनि बाहुन क्षेत्री लगायतका व्यक्रिहरुले पोखरामा जातिय संघियताको विरोधमा ठूलो सङ्ख्यामा सडकमा ओर्लिएर जनप्रदर्शन गरेछन् । सुदुरपश्चिममा आमहड्ताल चलिरहँदा, झडप र मुठभेडको खतरा बढिरहँदा, दिनहुँ विशाल जनप्रदर्शन भइरहँदा, काठमाडौँमा सरकार परिवर्तन गर्ने कुराले नेताहरुलाई तताएकोछ ।
देश संघियतामा जाने भएकोछ, तर राजनैतिक दलहरुको अदुरदर्शिता र सस्तो लोकप्रियताको लागि बाँडेको जातिय संघियताको नाराले जनताहरु विच आपसमा मुठभेडको जोखिम बढ्दै गएकोछ । कैलालीका प्रमुख जिल्ला अधिकारीले त त्यहाँ कुनै पनि बेला जे पनि हुनसक्ने र गाउँमा मुठभेड हुन थालेमा स्थानीय प्रशासनले रोक्न नसक्ने चेतावनी दिइसकेकाछन् । अखण्ड सुदुरपश्चिमको पक्ष र विपक्षमा काठमाडौँमा रहेका सभासदहरु पनि विभाजन भएकाछन्, केही सभासद अखण्ड सुदुरपश्चिमको पक्षमा छन् र केही सभासद विपक्षमा छन् तर समस्या समाधानको लागि कुनै अग्रसरता भने देखाएकाछैनन् । आज त अखण्ड सुदुरपश्चिमका पक्षमा आन्दोलन गर्नेहरुले विपक्षमा रहेका सभासदहरुका पुतला दहन गरेछन् । यसैगरि दुवै पक्षले आफ्नो पक्षमा आन्दोलन चर्काउँदै लाने हो भने, झडप धेरै टाढा छैन, शान्तिपुर्ण आन्दोलन हिंसात्मक बन्ने तरखरमा छ भन्दा फरक नपर्ला ।

काठमाडौँले बाहिरको कुरा सुन्दैन, बुझ्दैन भन्ने कुरा त यही सुदुरपश्चिममा चर्किएको आन्दोलन प्रति सरकार र सम्बन्धित पक्षहरुको उदासिनताले पनि प्रस्ट पारेकोछ । यदि सुदुरपश्चिममा निस्किएको जमात काठमाडौँमा निस्केको भए, अनि हप्तादिन आमहड्ताल गरेको भए, हरेक पार्टि, संघ र संगठनले अहिलेसम्म धेरै चासो दिइसक्थे, सायद समस्या समाधानको पहल पनि गर्थे होलान् तर विडम्वना काठमाडौँ बन्द छैन । उसो त रेडियो, टेलिभिजन र पत्रपत्रिकामा पनि सुदुरपश्चिमको बन्द र हड्तालले प्रमुख स्थान पाउन सकेको छैन, राष्ट्रिय मुलधारका मिडियामा पनि सँधैको झैँ त्यही सरकारको वरिपरि घुमेकोछ । बन्द छ त तराईका भुभागहरु, अनि काठमाडौँमा सरकार र राजनैतिक दलहरु आफ्नो सरकारको नयाँ समिकरण मिलाउन व्यस्त छन् । संविधान तोकिएकै समयमा जारी हुने नहुने भन्न सकिने स्थिति छैन, सरकार कसले बनाउने, कसरी बनाउने, मन्त्रिपरिषद विघटन गर्ने कि पुनर्गठन गर्ने, आदि इत्यादि कुराहरुमै राजनैतिक दलहरु व्यस्तछन् । यदि सुदुरपश्चिममा हिंसा भड्कियो, भने दोषी को? हप्ता दिन बन्द भइसक्दा पनि कसैले समस्या समाधानको पहल नगर्नुले, सम्बन्धित पक्षहरु गैरजिम्मेवार छन् भन्ने देखाउँछ ।

सरकार कसरी बनाउने,पुनर्गठन गर्ने कि विघटन गर्ने भन्दा पनि राज्यहरु कसरी विभाजन गर्ने, संघियता कस्तो हुने भन्ने विषयमा सम्बन्धित पक्षहरु निचोडमा पुग्न जरुरी छ । साता दिनसम्म बन्द र हड्ताल हुँदा कस्तो हुन्छ भन्ने कुरा काठमाडौँले भोगेकोछ तर पनि यो भन्दा नमज्जा लागिरहेकोछ कि, सुदुर पश्चिमको समस्याको समाधानको लागि काठमाडौँले कुनै चासो देखाएकोछैन । सुदुरपश्चिममा केही नराम्रो भइहालेमा विभिन्न जातजाती विच सल्किएको जातिय संघियताको आगोले उग्ररुप लिन र जातिय सद्भाव विथोलिन कुनै समय लाग्नेछैन । अत: दलहरु, नागरिक समाज, सरकार, र अन्य सम्बन्धित पक्षले जातिय सद्भाव खल्बलिन नदिन, सुदुरपश्चिमको समस्या चाँडो भन्दा चाँडो समाधान गर्न जरुरी छ ।

बन्द नगरी कुनै समस्याको समाधान हुँदैन भन्ने कुरा हाम्रो देशमा प्रमाणित भइसकेको कुरा नै हो । तर हप्तौँ दिन बन्द हुँदा पनि सम्बन्धित पक्षले मागको सुनवाइ गरेन भने, स्थिति नियन्त्रण बाहिर जाने अवस्था आउनसक्छ । बन्दले सबैलाई हानी गरिरहेकोछ, अत बन्दको विरोधमा अर्को समूह निस्केर विरोध गर्नथाल्यो भने पनि स्थिति नियन्त्रण बाहिर जानसक्छ । अत: सुदुरपश्चिम लगायत देशभरि उठिरहेका आवाजहरुलाई तत्काल सम्बोधन गरिनुपर्छ ।

Comments

  1. great post! thank you for the update

    ReplyDelete
  2. surely my fren is stuck in nepalgunj due to the bandh

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post