Skip to main content

पिकोभिको : फोटोहरुबाट भिडियो बनाउने नेपाली सफ्टवेयर ! [Picovico: Create Videos from your Photos]

फेसबुक, इन्स्टाग्राम, फ्लिकर, पिकासा लगायतका साइटहरुमा दैनिक लाखौँ फोटोहरु अपलोड हुने गर्छन् । यसका अतिरिक्त इन्टरनेटमा अन्य सयौँ फोटो सेयरिङ साइटहरु पनि छन् । भर्खरै पनि फेसबुकले फोटो सेयरिङ मोबाइल एप्स इन्स्टाग्रामलाई महंगो मुल्य तिरेर किनेकोछ । हामीले खिच्ने प्रत्येक फोटोले कुनै न कुनै कथा बोकेको हुन्छ, चाहे त्यो प्रोफेशनल क्यामराले खिचिएको होस् वा साधारण मोबाइलबाट खिचिएको होस् । हामीले ती फोटोका कथाहरु फेसबुक, ट्विटर, फ्लिकर, पिकासा, मुभी मेकर, आईफोटो आदि विभिन्न साइट र विभिन्न टुलहरु मार्फत सेयर गर्ने गरेकाछौँ । यही फोटोहरुको कथा भन्ने भन्ने मेसोमा नेपाली सफ्टवेयर ‘पिकोभिको’ पनि थपिएकोछ ।

Camera 360मुभी मेकर, पिकासा, आईफोटो आदि चलाइरहेका प्रयोगकर्ताहरुलाई भर्खरै बजारमा आएको नेपाली सफ्टवेयर ‘पिकोभिको’ (Picovico) बारेमा भने खासै जानकारी नहुन सक्छ ! पिकोभिको (Picovico) फोटोहरुलाई भिडियो (Photos to Videos) मा छिटो र छरितो सँग बदल्ने फ्रि “वेब वेस्ड एप्लिकेशन” (Web based Application) हो, जसबाट सजिलोसँग आफूले चाहेको थिम (theme), संगित (Music) र शब्द (Text) राखेर फोटोहरुलाई भिडियोमा बदल्न सकिन्छ । हामीले खिच्ने प्रत्येक फोटोको कथा हुन्छ र खिचिएका ती फोटोहरुलाई अझ परिस्कृत गर्दै भिडियोको रुपमा इन्टरनेटमा सहज र सरल रुपमा प्रस्तुत गर्नु नै ‘पिकोभिको’ को लक्ष्य रहेकोछ ।

फोटो सेयर गर्ने साइटहरु दर्जनौँ भएपनि, फोटोहरु हेर्न मिल्ने सही टुल्सहरुको अभाव देखेर पिकोभिको’को कन्सेप्ट आएको कुरा पिकोभिको’का संस्थापक द्वय मनिष मोदी र सुरज सापकोटा बताउँछन् । हामीसँगको कुराकानीमा उनीहरु अगाडि भन्छन्, “जब कसैले फेसबुकमा फोटो राख्छ भने, ती फोटोहरु हेर्नलाई हामीले ‘नेक्स्ट’ – ‘नेक्स्ट’ क्लिक गर्नुपर्छ, तर त्यसो गर्दा फोटो हेर्ने साथीलाई फोटोहरुले बाँधिरहन सक्दैन । अधिकांशले फेसबुकमा भएका फोटोहरु हेर्न नेक्स्ट - नेक्स्ट गर्दै क्लिक गर्न अल्छि र दिक्क मान्ने गरेकाछन् ! फेसबुक जस्ता साइटमा अपलोड गरिने फोटो एल्बमहरुले फोटो हेर्नेलाई बाँधि-नरहने कारणले गर्दा सजिलो तरिकाले फोटोहरु हेर्न मिल्ने टुल्सको आवश्यकता देखियो ! अनि हामीले पिकोभिको’को कन्सेप्ट ल्यायौँ, जसले फोटोहरुलाई भिडियोमा बदलिदिन्छ र विनारोकतोक सजिलै फोटोहरु हेर्न सकिन्छ । फोटोको अवस्था अनुसारको संगित र शब्दसँगै केही मिनेटमै पिकोभिकोबाट भिडियो बनाउन मिल्छ !”

Picovico-Founder-Suraj-and-Manishपिकोभिको सार्वजनिक भएको दुई हप्तामै १० हजार भन्दा धेरै फोटोहरु पिकोभिकोमा अपलोड भइसकेकाछन् ! संस्थापक द्वय मनिष र सुरजको दुईजनाको समूहले करिब १ वर्षको मेहेनत लगाएर ‘पिकोभिको’ को निर्माण गरेकाहुन् । वाइ कम्बिनेटर (Ycombinator) जस्तै, भारतको ‘द मर्फस’ भन्ने स्टार्टअप एसिलेटर’ (startup accelerator - The Morpheus) ले पिकोभिको’लाई आर्थिक सहयोग गरेपछि, मनिष र सुरजको कन्सेप्टले पूर्णता पाएको हो । द मर्फस को सहयोग पाएर, पिकोभिको’को कन्सेप्ट लिएर, ग्लोबल बजारमा आफ्नो उपस्थिति जनाउने लक्ष्य सहित उनीहरु करिब १ वर्ष पहिले काठमाडौँबाट भारतको बेङ्लोर छिरेकाथिए ।

‘सिम्पलिसिटि’ अर्थात जो कसैले पनि सजिलैसँग फोटो, संगित र शब्दहरुको संयोजन गरेर केही मिनेटमै भिडियोहरु बनाउन सक्ने र बनाइएका भिडियोहरुलाई सहज तरिकाले सोसल नेटवर्कमा सेयर गर्ने सकिने कुराले गर्दा आफूहरु अन्य प्रतिस्पर्धी भन्दा राम्रो भएको, पिकोभिको’को ठम्याइ छ । यसका अतिरिक्त पिकोभिको’ले आफ्नो ‘फोटो टु भिडियो इन्जिन’ अन्य प्रतिस्पर्धिको भन्दा शक्तिशाली रहेको दावी गरेकोछ ।

फोटो, शब्द र संगितको संयोजन सहित फोटोहरुलाई क्षणभरमै भिडियो बनाउन सकिने पिकोभिको’मा हाललाई एउटा भिडियोमा ३० वटा फोटोहरु मात्र राख्न सकिन्छ । मार्च २५, २०१२ मा सार्वजनिक गरिएको पिकोभिकोमा दुई हप्ताको अन्तरालमा ५ सय बढि प्रयोकर्ताहरु, ४ सय भन्दा धेरै भिडियोहरु रहेकाछन् भने ३ हजार भन्दा धेरै पटक भिडियोहरु हेरिएकाछन् । र दिनहुँ थपिँदै गएका प्रयोगकर्ता, फोटो र भिडियोहरु र पाएका प्रतिक्रियाहरुबाट हौसिएको पिकोभिको टिम अब स्मार्टफोनको लागि पिकोभिको एप्स बनाउन लागिपरेकोछ । पिकोभिको टिमलाई शुभकामना !

पिकोभिकोबाट फोटोहरुको भिडियो कसरी बनाउने?

पिकोभिको चलाउन निकै सजिलो छ । पिकोभिकोबाट फोटोहरुलाई भिडियो बनाउन पहिले पिकोभिकोमा साइन अप गरेर आफ्नो एकाउन्ट बनाउन सक्नुहुन्छ वा सिधै फेसबुक कनेक्ट मार्फत साइन इन पनि गर्न सक्नुहुन्छ । कम्प्युटरमा भएका फोटोहरुका अतिरिक्त फेसबुक वा फ्लिकरमा भएका फोटोहरुलाई पनि सिधै पिकोभिकोमा ‘इम्पोर्ट’ गरेर भिडियो बनाउन सकिन्छ। भिडियोमा आफ्नो आवश्यकता अनुसार, पिकोभिकोमा उपलब्ध विभिन्न थिमहरुको साथै संगित र फोटो क्याप्सनहरु राख्न मिल्छ । यसरी पिकोभिकोमा अपलोड भएका फोटोहरु केही क्षणमै पिकोभिको’को शक्तिशाली इन्जिनले भिडियोमा परिवर्तन गरिदिन्छ । यसरी तयार भएको भिडियो, पिकोभिकोबाट सिधै फेसबुक, ट्विटर, गुगलप्लस, युट्युब लगायतका सामाजिक सञ्जालहरुमा सजिलै सेयर गर्न सकिन्छ । आफूले बनाएको भिडियो, डाउनलोड पनि गर्न सकिन्छ ।

Picovico-Videoयदि तपाई यो ब्लग पढ्दै हुनुहुन्छ भने, पिकोभिको प्रयोग गरेर, यसबारेमा प्रतिक्रिया दिन आग्रह गर्दछु ।

Comments

  1. is this software available for android 2.1 mobile where it found

    ReplyDelete
  2. Congratulation Mr  मनिष मोदी  and सुरज सापकोटा

    ReplyDelete
  3. Here's the site you can check out: www.picovico.com

    ReplyDelete
  4. Kunai bela yesari nai Nepali le search engine banaye re bhanera news publish bhako yaad aayo malai.

    dhanya cha nepali media. Ke lai credit dine, k lai nadine bhanne thaha nai chiana.

    -

    La keta haru, badhai cha. Have a lot more to go. Best of luck for a wonderful success.

    ReplyDelete
  5. धेरै राम्रो लाग्यो ... सबै भन्दा मुख्य कुरा चै यसको सरलता नै हो भन्दा फरक पर्दैन .. यो सफ्टवेर जसले पनि चलाउन सक्छ .. साथै फेसबुक टुइटर जस्ता सामाजिक सन्जालमा बाड्ने सुबिधा पनि रैछ ... 
     मनिष मोदी र सुरज सापकोटा  धन्यबाद 

    ReplyDelete
  6. mero ta video nai bandaina ta kasari hola

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ...

मेरो आउने बाटो हेरी, चौतारीमा कुर्छे होली । मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ।। आँखाभरि आसुँ लिई, वाटो छेक्न खोज्ने उनी । मेलापात आउँदाजाँदा, लुकिछिपि रुन्छे होली ।। चाँडै आउने वाचा गर, तिम्रो यादले मर्छु भन्थी । फर्की आउला कै'ले भनि, दिन मै'ना गुन्छे होली ।। एक्लो हुँदा कै'लेकाँहि, तस्विर हेरी रुन्छे होली । कै'ले टाँसी छातिभरि, कै'ले ओठ चुम्छे होली ।। -मुकुन्द "अनडेस्टिनी" बायोटेक, दोश्रो वर्ष काठमाडौँ विश्वविद्यालय ।

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post