Skip to main content

सोसल नेटवर्किङ साइट मार्फत ब्लगका पाठक कसरी बढाउने? #BlogTips #SocialNetworking

फेसबुक अहिलेको समय मा सबैभन्दा धेरै चलाइने र धेरैले चलाउने ‘सोसल नेटवर्किङ साइट’ हो । साथीभाइ विच फेसबुक बाट नै सूचना को आदानप्रदान हुन थालेको छ । कैयौँ फोटो र भिडियोहरु ‘भाइरल’ भएर सबैको फेसबुकमा पुगिरहेकाछन् । फेसबुकमा लेखिएका अधिकांश कुराहरु मा साथीहरुले ‘कमेन्ट’ गर्ने, ‘लाइक’ गर्ने आदि गर्छन् । जस्तोसुकै कुरा किन नहोस्, फेसबुकमा राखिसकेपछि कुनै न कुनै व्यक्तिले जरुर हेरिरहेको हुन्छ ।facebook-tube

फेसबुकको लोकप्रियता सँगै, ब्लगहरु पहिले को जस्तो रहेनन् भनेर भन्नेहरु धेरै भेटिएकाछन् भने, ब्लगर साथीहरु पनि, आफ्नो ब्लग भिजिट नहुने, कमेन्ट नआउने कुराहरु गर्न थाल्नुभएको छ । भिजिट नहुनु र कमेन्ट न-आउनु अलग कुरा हुन् । कमेन्ट आएको र नआएको आधारमै यो ब्लग हिट भयो, यो ब्लग हिट भएन, कसैले पढेनन् भन्ने कुरा हुँदैन । राम्रो ब्लग छ भने, कुनै कमेन्ट नै नभएपनि, उक्त ब्लग हिट हुनसक्छ,  साथीहरुको फेसबुक र ट्विटरमा उक्त ब्लग ‘सेयर’ भइरहेको हुनसक्छ । साथीहरुको स्टाटस र ट्विटबाट नै तपाईको ब्लगमा मौन पाठकहरु आइरहेकाहुन सक्छन् ।

कसैले पढ्दै नपढि या भनौँ सरसर्ति हेरेर “साह्रै दामी पोष्ट” भनेर प्रतिक्रिया लेख्नु भन्दा, कसैले ब्लगमा प्रतिक्रिया नै नलेखि “फेसबुक” र “ट्विटर” जस्ता ‘सोसल नेटवर्किङ साइट’ मा ‘सेयर’ गर्छ भने, त्यस कुराले विशेष महत्व राख्दछ । अप्रत्यक्ष रुपमा यसले ब्लग को पाठकहरु बढाउन सहयोग पुर्याइरहेको हुन्छ । अत: कमेन्टले ब्लग यति हिट छ भनेर भन्न सकिँदैन । प्रतिक्रिया भनेको कसैले लेख्छन्, कसैले लेख्दैनन् । मेरो पहिलो सुझाव, ब्लगमा कमेन्ट नै आएनन् भनेर आत्तिनु पर्ने अवस्था छैन, ब्लग कति हेरियो भन्ने कुरा अन्य कुराहरु ले जाँच्न सकिन्छ ।

सोसल मिडिया, फेसबुकको पर्यावाची झैँ लागेपनि, सोसल मिडियाले अन्य धेरै साइटहरु पनि समेट्छ ! यस ब्लगमा भने हामीले फेसबुकलाई समेट्ने प्रयत्न गरेका छौँ ।

ब्लगमा “सोसल सेयरिङ बटन”हरु राख्नुहोस्

जति राम्रो ब्लग लेखेपनि, यदि ‘मार्केटिङ’ पक्ष साह्रै कमजोर छ भने, तपाईले लेखेका कुराहरु कसैसामु पुग्दैनन् । ‘फेसबुक’ र ‘टविटर’ को लोकप्रियता सँगै “सोसल मिडिया” भन्ने शब्द खुबै प्रचारमा रहेपनि, “सोसल मिडिया” अन्तर्गत फेसबुक र ट्विटर मात्र नभइ, ब्लग, युट्युव (भिडियो) र अन्य सोसल नेटवर्किङ साइटहरु पनि पर्छन् । अत: तपाईको ब्लग पनि “सोसल मिडिया” नै हो ।

तपाई को पहुँच जति धेरै सोसल नेटवर्किङक साइटहरुमा पुग्छ, ब्लग को प्रचार प्रसार गर्न त्यति नै सजिलो हुन्छ । अत: ब्लगमा विभिन्न सोसल मिडिया का साइटहरुमा सजिलै सँग ‘सेयर’ गर्न सकिने ‘बटन’ हरु राख्नुहोस् । यसबाट पाठक ले तपाईका राम्रा लागेका ब्लगहरु सजिलै ‘सेयर’ गर्न सक्छन्  । हाललाई फेसबुक, ट्विटरको ‘सेयर बटन’ राखे पुग्छ । त्यसका अलावा गुगल प्लसको “+१” बटन पनि सबै ब्लग को लागि जरुरी भइसकेको छ । “+१” बटनले सेयर गर्ने मात्र होइन, तपाई को ब्लगको र्याङ्क मा पनि प्रभाव पारिरहेको हुन्छ ।

फेसवुकको हक मा “लाइक बटन”, ट्विटरका लागि “ट्विट बटन” र गुगल प्लस का लागि “प्लस वान” बटन राख्न सकिन्छ । “गुगल” गरेको खण्डमा ती बटनहरु कसरी, कहाँ राख्ने भन्ने कुराहरु सजिलै थाहा पाउन सकिन्छ ।

फेसबुक “नोट्स” नलेख्नुहोस्

ब्लगर साथीहरु भन्नुहुन्छ, फेसबुक नोट्समा यति धेरै प्रतिक्रिया आयो, सबैलाई ट्याग गर्न सकिन्छ तर खै त्यही ब्लगमा कमेन्ट गर्ने चाँही कोहि हुँदैनन्, ब्लग नै हेर्दैनन् । यस कुराको लागि तपाई नै दोषी हुनुहुन्छ भन्दा फरक पर्दैन । जब ब्लगको सबै कुरा तपाई नोट्समा नै लेख्नुहुन्छ (अटोमेटिक नोट्समा इम्पोर्ट गर्नुहुन्छ) त, किन कसैले तपाई को ब्लग खोलिरहोस् । अत: मेरो सुझाव भनेको “फेसबुक नोट्स” भनेको लेख्दै नलेख्नुहोस्, त्यसको सट्टामा ब्लग लिंक सेयर गर्नुहोस्, स्टाटस मा सेयर गर्नुहोस् । बरु कसैलाई हेर भन्नै पर्ने छ भने, त्यही सेयर गरिएको लिंक र, स्टाटसमा अरुलाई ट्याग गर्नुहोस् तर भुलेर पनि ब्लग को कुरालाई नोट्समा ‘सेयर’ नगर्नुहोस् । फेसबुक नोट्स ले तपाई को ब्लग का पाठकहरु घटाइरहेको छ, भन्ने कुरा बुझ्नुहोस् । फेसबुक मात्र होइन अन्य साइटहरुमा पनि लिंक मात्र सेयर गर्नुहोस् ।

ब्लग को फ्यानपेज बनाउनुहोस्

धेरैजसो ब्लगहरु अहिले पनि ब्लगको लागि फ्यान पेज बनाउनु भन्दा, ब्लगको लागि फेसवुक प्रोफाइल बनाइरहनु भएको छ । ब्लग मात्र नभनौँ, नेपाल मा अधिकांश संघ संस्थाहरुले फेसबुक पेज बनाउनु पर्ने ठाउँमा फेसबुक प्रोफाइल बनाइरहेका छन् । फलस्वरुप जति जना को बिचमा ब्लग पुग्नुपर्ने हो, पुगिरहेको छैन । फेसबुक पेजमा लाइक गर्दा पुग्छ तर पनि धेरैजसो व्यक्तिहरु पेज बनाउनु भन्दा पनि, प्रोफाइल नयाँ बनाएर, नयाँ फेसबुक ग्रुपहरु बनाएर साथीहरु ‘एड’ गरिरहनु भएको छ । र यो सरासर गलत तरिका हो, यस तरिकाले तपाई को ब्लग पाठक बढ्न सक्दैनन् । फेसबुक पेज को महत्व बुझ्नुहोस्, ब्लग को लागि छुट्टै फ्यानपेज बनाउनुहोस् र ब्लगका बारेका अपडेटहरु फ्यानपेज मार्फत सेयर गर्नुहोस् ! (फ्यान पेज कस्तो हुनुपर्छ, कसरी चलाउनु पर्छ, भन्ने कुरा कुनै अर्को ब्लगमा चर्चा गरौँला! ) साथिहरुलाई आफ्नो फ्यानपेज ‘लाइक’ गर्न आग्रह गर्नुहोस् । जति धेरै फ्यान भए, त्यति धेरै ब्लग धेरैमाझ पुग्छ भन्ने कुरा भनिरहन नपर्ला ।

फेसबुक पेजको महत्व बुझेर नै, “गुगल प्लस” ले पनि चाँडै नै गुगल प्सलमा “बिजनेस पेज” ल्याउने भएको छ । गुगल प्लसमा ‘बिजनेस पेज’ आउने बित्तिकै गुगल प्लसमा पनि पेज बनाउन नबिर्सिनु होला ।

कमेन्ट सिस्टम मा ध्यान दिनुहोस्

ब्लगरको आफ्नै कमेन्ट सिस्टम खासै सजिलो छैन,  र यो झ्याउलाग्दो पनि छ । वर्डप्रेस ब्लग र अन्य प्लाटफर्मका ब्लगहरु मा भने कमेन्ट गर्न केही सजिलो छ । तर ब्लगमा भएका ‘डिफल्ट’ कमेन्ट सिस्टम ले खासै नयाँ पाठक बढाउन सहयोग गरिरहेको हुँदैन । अत: कसैले ब्लगमा कमेन्ट लेखोस् भन्ने लाग्छ भने आफ्नो ब्लगमा राखिएको कमेन्ट सिस्टम सजिलो राख्नुस्, अझ कमेन्ट मार्फत नै ब्लगका पाठकहरु बढाउने इच्छा छ भने, फेसबुक कमेन्ट सिस्टम राख्नुहोस् । त्यसबाहेक, ‘डिस्कस’, ‘इन्टेसडिवेट’ लगायतका कमेन्ट सिस्टमहरु पनि राख्न सकिन्छ । हामीले यो ब्लगका लागि ‘डिस्कस’ कमेन्ट सिस्टम राखेका छौँ । ‘डिस्कस’ मा कमेन्ट गर्न सजिलो छ, साथै यसबाट क-कसले ट्विट गरे पनि थाहा पाउन सकिन्छ, यसैबाट फेसबुक मा पनि सेयर गर्न सकिन्छ ।

तर सिधै पाठक बढाउन को लागि हो भने, “फेसबुक कमेन्ट” प्रयोग गर्नुहोस् । कसैले तपाई को ब्लगमा आएर कमेन्ट गर्यो भने, कमेन्ट उसको फेसबुक प्रोफाइलमा पनि देखिन्छ, अनि अर्को ले पनि क्लिक गर्न सक्छ ।

अटोमेटिक फिड को नियन्त्रित प्रयोग गर्नुहोस्

फुर्सद को बेला ब्लग लेख्नुहुन्छ, या अन्य कुनै बेला, कहिँ पुगेको बेला ब्लग लेख्नुहुन्छ । मध्यरातमा ब्लग तयार भएपनि भोलि पल्ट बिहान मात्रै ब्लग प्रकाशित गर्ने योजना छ । या हामी ले प्रशारण गरिरहेको “बुलबुल” कसरी सँधै समय मै बज्छ भन्ने लागिरहेको होला, कसरी बुधबार राती ठ्याक्कै १० बजे ट्विटर र फेसबुक मा बुलबुल सम्बन्धि अपडेट आउँछ भन्ने लागिरहेको हुनसक्छ । यो बुझ्न कुनै पहाड फुटाइरहनु पर्दैन, मात्र “अटोमेटिक फिड सर्भिस”हरु को नियन्त्रित प्रयोग गरे हुन्छ । हामीले ब्लग प्रकाशित हुने बित्तिकै फेसबुक र ट्विटरमा पोस्ट गर्न को लागि ‘ट्विटरफिड’ नामक सेवा प्रयोग गरिरहेका छौँ ।

तपाईहरु आफ्ना ब्लगहरु प्रकाशित हुने बित्तिकै फेसबुक र ट्विटरमा ‘सेयर’ होस भन्ने चाहनुहुन्छ भने, ट्विटरफिड, डेलिभर, फिडबर्नर, नेटवर्कब्लग आदि सेवाहरु प्रयोग गर्न सक्नुहुन्छ  । तर कृपया भनिएका मध्ये कुनै एक सेवा मात्र प्रयोग गर्नुहोला । एउटै कुरा एकै पटक ३-४ वटा बाट अटोमेटिक सेयर नगर्नुहोला, कारण जुनसुकै अटोफिड प्रयोग गरे पनि, सेयर हुने तपाई को फेसबुक र ट्विटर मा नै हो । एउटै कुरा, एकै समयमा बारम्बर सेयर भयो भने, अरुलाई तपाई को ट्विट र स्टाटस देखेर दिक्क लाग्न सक्छ। अत: अटोमेटिक फिड को नियन्त्रित प्रयोग गर्नुहोस् ।

फेसबुक मा आकारपोष्ट | ट्विटर मा आकारपोष्ट

तस्विर: ओल्डकेज

Comments

  1. thank u for suggestions

    ReplyDelete
  2. मैले पनि फेसबुक नोट्स बाट ब्लग पोस्ट सेयर गर्न छोड्नु पर्यो :) पहिले नै यसो गर्ने सोचेको .. अल्छीपनाले गर्दा अहिले सम्म गरेको छैन :)

    ReplyDelete
  3. Like ur post but wud like to say u smthing more about ur writings. Well nepali ma lekhda cha ni 'ko' 'ma' bhanne akshar haru ta sabda sanga jodine haiana ra ?? like u r written : फेसबुक को , पहिले को, कमेन्ट ले but pheri its साथीहरुको, प्रोफाइलमा ...i knw its not a big deal but sangai lekhda ramro dikhin thiyo ki ... :)

    ReplyDelete
  4. Ani yeah ..thanks for the information hai ....

    ReplyDelete
  5. Hmmm. Thank you for your great observation and suggestion. I'll edit this blog within few hours. Thank you once again!
    :)

    ReplyDelete
  6. १ करोडको जानकारि लेख्यौ त ब्रो। १ लाख धन्यबाद टक्राउछु।

    ReplyDelete
  7. wow, great idea.
    yo ta blog ko lagi information bhayeo. tara personal or business website ko lagi pani kunai information share garnu bhaye aavari hune thiyau
    thank you for sharing

    ReplyDelete
  8. यसबारेमा पनि चाँडै नै लेख्नेछौँ !

    ReplyDelete
  9. ब्लगको प्रचार-प्रसारको लागि फेसबुक एकदमै असरदार हुँदा हुँदै पनि 'नोटस' ले भन्ने उल्टो असर गर्छ भन्ने कुरा अलि बेमेल जस्तो लाग्छ। तर कुरा यही नै हो । मैले पनि धेरै अगाडि देखि 'नोटस' मा पोस्ट बाँढन छाडेँ।

    कमेन्ट सिस्टम परिवर्तन गर्दा पाठक बढ्ने कुरामा भने मलाई अझै 'कन्फ्यूजन' नै छ :)

    ReplyDelete
  10. फेसबुक कमेन्टस राखेको खण्डमा बढ्न सक्छ । :)

    ReplyDelete
  11. comments le dherai asar parchha... afno blog ma blogger ko comment hunjel kaile pani comment aako dekheko thiena.. tara disqus haledekhi comment aauna thaleko ho... faceboook comment lai ma ali prathmikta didina... sabai jana le fb chalaudainan.. ra fb profile open hune huna le pani comment garna ali man paraudainan..

    ReplyDelete
  12. अनिल जि मैले Facebook comment मेरो blog मा राख्न खोजेको तर मलाई आईडिया भएन कसरी राख्ने होला । मेरो blog-bloggerमा छ । 

    ReplyDelete
  13. हैन्, भिजिटर बढ्ने हो कि कमेन्ट बढ्ने हो झनै कन्फ्युज पो भो त ! :)

    ReplyDelete
  14. comment ra visitor duitai.. comment- comment garna easy huna le... visitors- comment facebook ma share garne milna le..

    ReplyDelete
  15. ब्लगरको डिफल्ट कमेन्ट सिस्टममा कमेन्ट गर्न भने अल्छि लाग्दो नै छ, तर.... कमेन्ट नआउँदैमा भिजिटर आएनन् भन्ने कुरा सधैँ सहि हुँदैन जस्तो लाग्छ मलाइ :)

    ReplyDelete
  16. euta le gareko comment.. usko profile ma janchha.. ani arko le click garna sakchha.. yesari networking hudai jada, comment ni badne, visitor ni badne dubai hunchha... :) 

    ReplyDelete
  17. Testo vanya ali hoina... Visitor aauchhan... sajilo comment system huda comment garna man lagne matra ho.. jasto aafu nai kati site herera matra basinchha, comment garna khojyo, login garnu parne, account banaunu parne vayepachhi chhodinchha...

    maile gareko arko experince ke ho vane, facebook ko comment system huda, euta le arko lai tanna sajilo hudo raichha... so visitor badchha vanya ho... buzzom.com ma facebook comment rakhera kaam gariyeko thiyo, bangalore ma basda.... tesai baat yo gyaan prapta vako malai.... aba bujhauna ma sayad kathinai vayeko hola malai. 

    :)

    ReplyDelete
  18. Rajendra ji, check this once: http://goo.gl/CMQM 

    ReplyDelete
  19. Aakar da, facebook le site laai blacklist ma pathako cha bhane kasari khulaune ho ? Mero blog Entertainmentnepal.net Register gareko din dekhi nai facebook ma share garna didaina, Maile dherai report gari sake tara khai kehi upalabdhi bhayena, plz help !

    ReplyDelete
  20. Facebook comments rakheko khanda ma visitor ta badna sakcha dada, but aile ko Blackhat Spammer haru le facebook comments bhayo site haru laai target gardai chan for spam traffic, tyo bela ma chai ..... Bujnu bhayo hola ni  :)

    ReplyDelete
  21. good piece of information, mero common sense le phailai dekhi facebook note ma blog content share garnu hudaina jasto lagthiyo, karan autai thiyo, users haru arko page ma gayera padnu bhanda tei page ma tyo content paucha bahne kina tab gari rakhnu jasto lagcha. :))

    ReplyDelete
  22. Facebook Comments helps to increase comments and visitors but how???

    Let say i have one post in where i have put fb comments box. you like the post and you start to comments. when you comments automatically it post on your facebook profile wall...
    so it means your friends can easily find that what you comments on that blogs... so like this ways it goes viral and help to boost your traffic.. this is somethings like "Viral" Traffic...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

Bryan Adams Concert In Kathmandu Nepal @BryanAdams #Nepal #Pictures #Video

Canadian Rockstar Bryan Adams has arrived here at Kathmandu for his concert  from Bangladesh, this afternoon. And now currently he is performing in Dashrath Stadium, Kathmandu. After arriving at Tribhuvan International Airport (TIA), he was escorted to Soltee Hotel. From there he tweeted , “Just flew over Everest into Katmandu, Nepal. We are the 1st western band to play here. With all the music in the world how is that possible?”. He seems to be excited and surprised too. In tweet he mentioned Everest, Kathmandu and Nepal. He seems to be excited by an wonderful views of Himalayas, So it’s possible that he could go to mountain flight tomorrow. And he was surprised too, by knowing that he and his band is the first western band to perform here in Nepal. Though Western celebrity  like Ricky Martin, Leonardo DiCaprio  etc had already visited Nepal. After arriving at TIA, Bryan took some snap and posted it on twitter saying, “A big welcoming at the airport on arri...

Subscribe to Aakar Post