अघि ४ बजेतिर काठमाडौँ विश्वविद्यालय धुलिखेलमा केहीबेर नेविसंघ कार्यकर्ता र प्रहरीबिच सामान्य झडप भएको छ भने उत्तेजित समूहले केयु प्रशासनिक भवन लगायतका केही भवनका सिसाहरु फूटाइ दिएकाछन् ।
प्रत्यक्षदर्शी का अनुसार नेविसंघ का कार्यकर्ताहरुले केयु प्रशासनिक भवन मा आफ्नो आन्दोलनका कार्यक्रमको विज्ञप्ति टाँस्ने क्रममा सामान्य विवाद हुँदा प्रशासनिक भवनमा ढुंगा प्रहार गरेका थिए । केयु प्रशासनिक भवन मा ढुंगा हानेर, सिसा फुटाइदिएपछि प्रहरी जाइलागेको थियो । झडपमा १ विद्यार्थी र २ प्रहरी घाइते भएकाछन् । घाइते विद्यार्थीलाई प्रहरीले आफ्नो नियन्त्रण मा लिएकोछ ।
त्यसपछि बाहिरबाट बाइक मा दर्जनको संङ्ख्यामा आएका नेविसंघ समर्थति कार्यकर्ताहरुले प्रहरी ले दमन गर्यो भन्दै केयु गेटमा रहेको सुरक्षाकर्मी को पोष्ट तोडफोड गर्नुका साथै टेबुल, कुर्सी जलाइदिएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरी ले १ सेल अश्रुग्यास प्रहार गर्नु का साथै १ राउन्ड हवाइफायर पनि गरेको थियो ।
गेटमा तोडफोड र आगजनि गर्दै बाइक चढेर केयु भित्र छिरेको अराजक समूहले ‘फार्मेसी डिपार्टमेन्ट’ मा पनि तोडफोड गरेका थिए । त्यसपछि उक्त समूह केयु ‘ब्वाइज’ होस्टल तिर को बाटो हुँदै खर्पु तिर लागेको थियो । आजको घटनापछि केयुमा सुरक्षा सतर्कता झनै बढाइएको छ । केयु भित्र छिर्न पनि अघि विद्यार्थीले ‘आइडिकार्ड’ प्रहरीलाई देखाउनु परेको थियो । सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै हिजो देखि प्रहरी परिचालन गरिएको थियो । केयुमा झडप भो, जे भो नराम्रो भो ! :(
यस घटनापछि समस्या सुल्झनु को सट्टा समस्या झनै बढ्ने देखिन्छ । यसै मेसोमा स्थानियवासिन्दा र वनेपाका वासिन्दाहरुले पनि आ-आफ्ना विभिन्न मागहरु राख्दै निरन्तर विज्ञप्ति प्रकाशित गरिरहेकाछन् ।
नागरिक दैनिक का काभ्रेस्थित समाचारदाता मधुसुदन गुरागाई का अनुसार काठमाडौं विश्वविद्यालयमा चुलिँदै गएको विवाद मिलाउन धुलिखेल रिसोर्टमा प्रमुख जिल्ला अधिकारी सुधिरकुमार शाह र डिएसपी रविन्द्रबहादुर धनु को संयोजकत्वमा ३ दलका नेताहरु र केयु प्रशासन आज वार्तामा बसेका थिए । तर वार्तामा नेताहरुले अस्तिको विद्यार्थी कल्याणपरिषदको निर्वाचन कुनै हालतमा खारेज नहुने अडान लिएपछि वार्ता स्थगित भएको छ । गुरागाई का अनुसार वार्तामा केयुका तर्फबाट उपकुलपति डा सुरेशराज शर्मा सहभागी थिए भने ३ दलका तर्फबाट एमालेका गोकुल बास्कोटा, कांग्रेसका शिव हुमागाइँ र माओवादीका दीनानाथ गौतम को सहभागिता थियो ।