Skip to main content

ट्वीटर मा कसरी रमाउने, ट्वीटर कसरी चलाउने ? [Friday Tech ]

टुइटर माइक्रो ब्लगिङ साइट तर टुइटर ले लामो समय सम्म टुइटर चलाउने प्रयोगकर्ताहरु पाउन सकेको छैन ।  ६० प्रतिशत भन्दा बढि प्रयोगकर्ताहरु टुइटर मा साइन अप त गर्छन, तर २-३ दिन मै टुइटर बाट हराउँछन् ।

म टुइटर चलाउँछु, फेसबुक पनि चलाउँछु अनि अन्य सोसल नेटवर्किङ साइटहरु अर्कुट, लिङइन, देखि भर्खरै आएको ‘सोसल मेन्टल हेल्थ नेटवर्क’ र नेपाली फेसबुक ‘कनेक्ट फ्रेन्स’ , हाइफाइभ सबै चलाउँछु ! हुन त सबै सोसल नेटवर्किङ साइट को आफ्नै विशेषता छ तर यी सबै मध्ये मलाई टुइटर ले धेरै मोहनी लगाएको छ र म Twitter Fade Imageटुइटर नै धेरै चलाउँछु ।

टुइटर मा आफूलाई रमाइलो लाग्ने, र टुइटर असाध्यै मन पर्ने भएकोले आफ्ना साथिहरुलाई पनि टुइटर मा भेटियोस, आपस का कुराहरु टुइट गर्न पाइयोस भने झैँ लाग्छ । त्यसैले फेसबुक का आफ्ना नजिक का साथिहरुलाई भन्ने गर्छु, टुइटर मा भेटौँ न, टुइटर चलाउनुहोस् न ! म भन्छु, १४० क्यारेक्टर मा कुराकानी गरिने टुइटर मा कति धेरै मज्जा छ, धेरै रमाइलो पो छ त !

साथिहरु पनि, ‘ए ! रमाइलो नै पो छ क्यारे भनेर, टुइटर मा साइन अप गर्छन् । ३-४ दिन टुइटर मा झुल्किन्छन्, ३-४ दिन टुइटर मा झुल्किँदा पनि टुइटर मा नयाँ कुरा , रोचक कुरा केही फेला पार्दैनन् र टुइटर मा साइन इन गर्नै छोडिदिन्छन् । कसैले सोधे जवाफ दिन्छन्, टुइटर त छ, तर दिक्क लाग्छ, रमाइलो नै छैन, चलाउन छोडिदिँए । फेसबुक मै मज्जा छ, टुइटर भन्दा त ! तर आउनुहोस्, यहाँ हामी टुइटर कसरी चलाउने भन्ने बारे केही सल्लाह दिदैँछौँ ।

*************************************************************

टुइटर मन नपर्ने कारण : नचिनेका साथिहरु फलो गर्नु

*************************************************************

जसले टुइटर मा आइज भनेर निमन्त्रणा दिएको हुन्छ या भनौँ टुइटर मा जो साथि नजिक हुन्छ, टुइटर का नयाँ प्रयोगकर्ताहरु त्यसै को पछि लाग्छन् । जस्तो मैले मेरो साथिहरुलाई टुइटर चलाउ भनेँ भने, उनीहरु मलाई फलो गर्छन्, अनि मैले जति पनि फलो गरिरहेको हुन्छु, तिनीहरुलाई फलो गर्छन् । टुइटर मा ‘फलो’ गर्नु भनेको, फेसबुक मा साथि बनाउनु झैँ हो । उनीहरु टुइटर पनि फेसबुक जस्तै ठान्छन् र साथि बनाउँछन्, फलो गर्दै ! फेसबुक मा त, नचिनेको जस्तो मान्छे लाग्यो भनेर, रिक्वेस्ट रिजेक्ट पनि गर्छौँ तर टुइटर मा कसैले फलो गरिहाल्यो भने, नयाँ प्रयोगकर्ताहरु उसलाई  पनि फलो गरिहाल्छन् ! जसका कारण केही समय पछि नै उनीहरुलाई टुइटर दिक्क लाग्दो लाग्न थाल्छ अनि टुइटर चलाउनै छाडिदिन्छन् ।

Twitter List Image

टुइटर का नयाँ प्रयोगकर्तालाई सल्लाह : तपाईहरु त्यो मान्छेलाई फलो गर्नु, जसलाई तपाई चिन्नुहुन्छ कुनै न कुनै रुप मा ! चिनेका मान्छेहरुलाई फलो गर्नुहोस्, उनीहरु सँग टुइटर बाटै दोहोरो संवाद गर्नुहोस् । टुइटर मा रमाउने साथिहरु को सल्लाह लिनुस्, टुइटर मा कसलाई फलो गर्ने, के फलो गर्ने आदि बारे बुझ्नुहोस् । टुइटर मा आफ्नै किसिम को ट्यागहरु, संकेतहरु प्रयोग गरिन्छन् । टुइटर मा अन्दाधुन्द रुपमा फलो गर्नु भन्दा पनि, केही चिनेका मान्छेहरुलाई फलो गर्न सुरु गरेर टुइटर को सुरुवाती प्रयोग गर्दा राम्रो हुन्छ ।

******************************************************

टुइटर मन नपर्ने कारण : सेलीब्रेटी मात्र फलो गर्नु

*****************************************************

तपाई नयाँ प्रयोगकर्ताहरु सुन्नु हुन्छ, टुइटर मा त शाहरुख खान, अमिताभ बच्चन देखि, ब्राजिल का फुटबलceleb खेलाडि काका सम्म छन् । तर उनीहरु टुइटर मा छन् भन्दै मा उनीहरु को ‘टुइट’ तपाईलाई मन पर्छ भन्ने छैन । अनि यदि तपाई ले कुनै कुरा को जवाफ उनीहरुलाई दिनु नै भएपनि, लाखौँ फलोअरहरु ले घेरिएका सेलिब्रेटि ले तपाई को कुरा सुन्छन् भन्ने कुरा मान्न मुश्किल नै हुन्छ । अनि उनीहरुले तपाईलाई रिप्लाइ गर्छन् भन्ने कुरा सोच्नु त फेरि ठूलो भुल हुनेछ ।

साथै, जति धेरै फलो गरिन्छ, त्यति धेरै टुइट तपाई को होमपेज मा आउने हुँदा, तपाईलाई निकै दिक्क लाग्न सक्छ ।

सोच्नुस त, तपाई ती सेलीब्रेटीहरुलाई फलो गर्नुहुन्छ, उनीहरुका प्रत्येक टुइट को रिप्लाइ पनि गर्नुहुन्छ, तर उनीहरुले तपाई को रिप्लाई हेर्न भ्याउँदैनन् र तपाईलाई रिप्लाई पनि गर्दैनन् । यसो हुँदा, तपाईलाई टुइटर मनै पर्दैन । अनि यो पनि हो कि, दोहोरो बातचित विना टुइटर ‘नुन नभएको तरकारी झैँ’ खल्लो लाग्छ ।

टुइटर का नयाँ प्रयोगकर्तालाई सल्लाह : ती थोरै सेलीब्रेटि र ती थोरै महत्वपुर्ण व्यक्तिलाई मात्र फलो गर्नुस, जसको टुइट बाट तपाईलाई फाइदा हुन्छ, मनोरञ्जन हुन्छ । जस्तो कि, तपाईलाई भारतिय अभिनेता ‘अरसद वार्सी’ को कुराहरु निकै राम्रो लाग्छ र उसको चलचित्रबाट प्रभावित हुनुहुन्छ भने, उसलाई फलो गर्नुहोस र उसको टुइट पढेर हाँस्नुहोस तर सेलिब्रेटि भन्दै मा क्युवा का पुर्वराष्ट्रपति ‘फिडेल क्यास्ट्रो’ या भेनेजुएला का राष्ट्रपति ‘ह्युगो चाभेज’ या अमेरिका का राष्ट्रपति ‘बाराक ओवामा’ फलो गर्नुपर्छ भन्ने छैन । अनि सकेसम्म फलो गरेका व्यक्तिहरुलाई कुनै लिस्ट बनाएर राख्नुहोस् । मुख्य कुरा: ‘रियल’ मान्छेहरुलाई फलो गर्नुस, जसको बारेमा तपाई कुनै न कुनै कोण बाट परिचित हुनुहुन्छ र उनीहरु पनि तपाई सँग परिचित छन् ।

******************************************************

टुइटर मन नपर्ने कारण : दोहोरो बातचित नगर्नु

*****************************************************

अन्तरक्रिया या भनौँ, दोहोरो बातचित बिना टुइटर को उपयोगिता छैन नै भन्दा पनि हुन्छ । फेसबुक मा तपाई अरु को फोटो, पोस्ट, स्टाटस, नोट मा कमेन्ट जसरी  गरिरहनुहुन्छ, त्यसरी नै तपाई ले ट्विटर मा फोटो, पोस्ट, स्टाटस मा केमन्ट गर्न सम्भव छैन । फेसबुक र टुइटर उस्तै उस्तै भइकन पनि निकै फरक कुराहुन् ।

तपाई ले टुइटर मा आफ्नो उपस्थिति नजनाए सम्म तपाईलाई टुइटर मा कसैले चिन्दैनन् । यदि तपाई सोच्नुहुन्छ तपाई टुइटर मा भएकै कारण, तपाई को ट्विट मा अरु ले कमेन्ट/रिप्लाई या रिट्विट गर्छन्, या अरु ले तपाईलाई फलो गर्छन् भन्ने लाग्छ भने, धेरै दिन कुर्नु पर्दैन, तपाई केही दिन भित्रै मा टुइटर चलाउनै छोडिदिनु हुन्छ । टुइटर आफ्नो मात्र कुरा भन्ने ठाउँ होइन, जति तपाई अरु सँग ‘सवाल जवाफ’ गर्नुहुन्छ त्यति नै तपाईलाई टुइटर को रमाइलोपना महशुस हुन्छ । एक कुना मा बसेर, ‘अब म पनि ट्विटर’ मा आएँ भन्दै मा केही हुँदैन, तपाई ले तपाइ का आफ्ना पहिले नै टुइटर मा भएका साथिहरुलाई 'सवाल जवाफ’ गर्नुपर्नेहुन्छ ।

टुइटर का नयाँ प्रयोगकर्तालाई सल्लाह :   तपाई टुइटरलाई एउटा ‘ककटेल’ पार्टि को रुप मा सम्झिनुहोस्, जहाँ तपाईले चिनेका थोरै मान्छे अनि तपाईले नचिनेका धेरै मान्छे हुन्छन् । जसरी तपाई कुनै पार्टि मा जानु भयो भने, आफ्नो साथि को साहारा ले उसका अन्य साथिहरु सँग परिचय गर्नुहुन्छ, ठिक त्यसैगरि टुइटर मा पनि , कुनै एक कुना मा बसेर, ‘अब म पनि ट्विटर’ मा आएँ नभनि सकेसम्म अरु सँग टुइटर मा कुराकानी गर्न थाल्नुहोस् । टुइटर मा १४० क्यारेक्टर मा दोहोर बातचित गर्न थालेपछि, तपाईलाई टुइटर ले कता हो कता आकर्षित गर्न थाल्छ ।

******************************************************

टुइटर मन नपर्ने कारण : आफ्नो भन्ने कुरा नहुनु

*****************************************************

तपाई ट्विटर मा त आउनुभयो, तर तपाईलाई आफ्नो भन्ने कुनै कुरा छैन जस्तो लाग्छ । तपाई अरुहरु कै ट्विट पढेर रमाइलो गर्नुहुन्छ । उनीहरुका निकै घतलाग्दा ट्विट ले तपाईलाई आफुसँग त्यस्ता केही कुरा नभए झैँ लाग्छ ।

टुइटर का नयाँ प्रयोगकर्तालाई सल्लाह : तपाई आफूलाई अरुसँग नदाँज्नुहोस् । जे हो, आफैँ बन्नु्स ! तर तपाईलाई आफु सँग टुइटर मा भन्ने कुरा केही छँदै छैन लाग्छ भने, के ट्विट गरौँ भन्ने सोचेर तपाई धेरै सोचेर नबस्नुहोस् । धेरै सोच्न थालेपछि, कुरा बिग्रिन्छ ।

******************************************************

टुइटर मन नपर्ने कारण : मोबाइल मा टुइटर नचलाउनु

*****************************************************

Twitter for iPhone Image

तपाई मोबाइल मा नेट चलाउनुहुन्छ तर टुइटर चलाउनु हुँदैन या टुइटर एप्सहरु मोबाइल मा छैनन् भने, तपाई ले आफ्नो दैनिक जिवन को पाटो लाई टुइटर सँग जोड्न धेरै गाह्रो छ ।

केही अपवाद बाहेक, तपाई आफ्नो टेबल मा बसेर काम गरिरहँदा कुनै रोचक घटना घट्दैन । रोचक घटना तब बन्छ, जब तपाई साथिहरु सँग कतै घुम्न जानुहुन्छ, चिया पसल मा बसेर चिया गफ गर्नुहुन्छ, बजार जानुहुन्छ, केही नयाँकुरा भेट्नुहुन्छ । तर जब तपाई मोबाइल मा ट्विटर चलाउनु हुँदैन भने, ती रोचक कुराहरु तपाई तत्काल टुइटर मा भन्न सक्नहुन्न ।

टुइटर का नयाँ प्रयोगकर्तालाई सल्लाह :  तपाई मोबाइल मा नेट चलाउनुहुन्छ भने, टुइटर पनि चलाउनुहोस् । नेट चल्ने सबै मोबाइल मा http://mobile.twitter.com मा गएर टुइटर चलाउन सकिन्छ भने आइफोन, एन्डोइड, ब्ल्याकबेरी लगायत अहिले निस्किएका पछिल्ला नोकिया, सामसुङ आदि सबै मोबाइल सेट मा ‘टुइटर’ एप्लिकेशन पहिले नै राखिएको हुन्छ, यदि छैन भने पनि सजिलै राख्न सक्नुहुन्छ ।

******************************************************

टुइटर मन नपर्ने कारण : टुइटर मा स्टाटस मात्र लेखिनु

*****************************************************

तपाई ले बुझ्नु पर्छ कि, टुइटर स्टाटस लेख्न को लागि मात्रै हो । फेसबुक मा जसरी स्टाटस अपडेट गर्नुहुन्छ त्यसरी नै टुइटर मा पनि स्टाटस अपडेट गर्न सक्नुहुन्छ तर फरक यति हो कि, फेसबुक मा अरु ले तपाई को स्टाटस मा कमेन्ट गर्छन्, तर टुइटर मा तपाईका साथिहरु ले रिप्लाइ गर्छन् । केहि दिन को अन्तराल मा साइन इन गर्नुहुन्छ भने, तपाई ले आफूलाई आएको रिप्लाई हे्नुपर्ने हुन्छ ।

टुइटर मा स्टाटस सँगै, वेवसाइट का लिंकहरु पनि पोष्ट गर्न सकिन्छ । फेसबुक जस्तै, फोटो र भिडियो टुइटर मा अपलोड गरिने नभएपनि अन्य साइट मा अपलोडगरिएका फोटो र भिडियो लिंकहरु प्रयोग गर्न सकिन्छ ।

दोहोरो बातचित ले मात्र टुइटर अनुभव रमाइलो हुन्छ भन्ने कुरा पनि बिर्सनु हुँदैन । तर जब टुइटर मा रस बस्छ, तब अरु ले टुइटर त बेकम्मा छ, काम नै छैन टुइटर को भन्यो भने तपाई अचम्म मा पर्नुहुन्छ किनकी त्यसबेला सम्म तपाईलाई टुइटर को उपयोगिता थाहा भइसकेको हुनेछ ।

तपाई आफ्नो रुचिअनुसार टुइटर मा आफ्नो उपस्थिति जनाउन सक्नुहुन्छ । टेक्नोलोजी, खेलकुद देखि संसार का ब्रेकिङ न्युजहरु सबैभन्दा पहिले टुइटर मा फैलिन्छन् । तर यसो भन्दै मा ती कुराहरु तपाई ले थाहा पाउनुहुन्छ भन्ने छैन, किनकी तपाईले कसलाई फलो गर्नुभएको छ भन्ने कुरा निकै महत्वपुर्ण हुन्छ । मेरो सल्लाह, टुइटर बुझ्दै बूझ्नु भएको छैन भने, कम्ति मा ३-४ हप्ता टुइटर मा नियमित डुल्नुस्, नयाँ मान्छे फलो गर्नुस, समाचार दिने टुइटरहरु फलो गर्नुहोस्, दोहोरो बातचित गर्नुहोस्, तपाईलाई टुइटर मन पर्न सक्छ ।

******************************************************

टुइटर चलाउने एप्लिकेशन बारे ज्ञान नहुनु

*****************************************************

तपाई २० जना फलो गर्नुहुन्छ अनि ती २० जना यति धेरै ट्विट गर्छन् कि, तपाईलाई उनीहरुको धेरै टुइट कारण दिक्क लाग्छ, किनकी तपाइ जवपनि वेव मा टुइटर मा साइन गर्नहुन्छ, त्यहाँ को वातावरण नै त्यस्तै हुन्छ कि, तपाई ले महत्वपुर्ण टुइट चाँहि थाहा नपाउने सम्भावना बढि रहन्छ । साथै, टुइट गर्न कै लागि तपाईलाई वेव मा बारम्बार साइन इन गर्न झन्झट लाग्न सक्छ । अत: यसको सट्टा मा टुइटर एप्लिकेशनहरु राख्दा धेरै राम्रो हुन्छ ।

क्रोम ब्राउजर चलाउनुहुन्छ भने ‘क्रोम बर्ड’ नामक एक्सटेन्सन राख्नुहोस् । फायरफक्स चलाउनुहुन्छ भने, ‘इकोफोन’ नाम को एडवान राख्नुहोस् । साथै ‘ट्विट डेक’ नामक सफ्टवेयर पनि डाउनलोड गरेर आफ्नो कम्प्युटर मा इन्सटल गर्नसक्नुहुन्छ । अरु केही नगरेपनि, नयाँ प्रयोगकर्ताहरु ले आफ्ना ब्राउजर मा एक्सटेन्सन र एडवान राखेर, टुइटर चलाउने कसरत गर्ने हो भने,  म ग्यारेन्टि नै गर्छु, केही दिन भित्रै तपाई को टुइटर सँग LOVE  पर्नेछ र तपाई अरुलाई पनि टुइटर मा आउ, कुरा गरौँ भनेर उक्साउनुहुनेछ ।

Echofon For Firefox: https://addons.mozilla.org/en-US/firefox/addon/5081/

Chromed Bird for Google Chrome: https://chrome.google.com/extensions/detail/encaiiljifbdbjlphpgpiimidegddhic

Tweet Deck : http://www.tweetdeck.com/

******************************************************

निश्कर्ष

*****************************************************

टुइटर मा रमाउन खोजेर पनि रमाउन सक्नु भएन, कुनै नयाँपन भेट्नुभएन, यो स्टाटस अपडेट मात्र हुने रहेछ भनेर दिक्क लाग्छ भने सम्झनुस्, टुइटर तपाई को लागि होइन रहेछ । टुइटर सबैको लागि हुँदैण भन्ने कुरा तपाईले बुझ्नुपर्छ । हुनसक्छ कसैलाई नयाँ मान्छे भेट्न मन पर्दैन,  कुराहरु साट्न मन पर्दैन, त्यसो हो भने, टुइटर मा नछिरेकै जाति हुन्छ । तपाई फेसबुक चलाउनुहुन्छ भने, फेसबुक नै चलाइरहनुहोस् ।

“At the end of the day, Twitter is not for everyone.Twitter must be experienced to be understood. And a bad experience can easily lead to misunderstanding. If you know someone who would really enjoy Twitter, help them overcome that initial hurdle of adoption. 200 followers later, they’ll thank you for it”.

****************************************************************************************************

अफबिट: अहिले चलिरहेको विश्वकप मा, फेसबुक या अन्य सामाजिक संजाल का साइट भन्दा ‘टुइटर’लाई विश्वकप लागेको छ । टुइटर नै फुटबलमय – विश्वकपमय भएको छ । विश्वकप मा भइरहेको अत्याधिक टुइट को चाप ‘टुइटर’ ले थाम्न सकिरेहको छैन ।

हामीलाई ट्वीटर मा भेट्नुहोस् !

आकार : http://twitter.com/aakarpost (व्यक्तिगत तथा आकारपोष्ट ब्लग)

आकार टेक अपडेट: http://twitter.com/AakarTech (टेक्नोलोजी, सूचना र कम्प्युटर प्रविधि का ताजा समाचार)

नेपाल न्युज नेटवर्क: http://twitter.com/NewsBlogsNepal (नेपाली ताजा समाचारहरु र नेपाली ब्लग अपडेटहरु चौबिसै घन्टा)

 

स्रोत: हाम्रो आज को यो सन्दर्भ ‘सोसल मिडिया गाइड – मासावेल को “HOW TO: Help New Users Stay Engaged on Twitter” लेखबाट साभार गरिएको ।

Comments

  1. twitter man naparne euta karan: pollution created by automated posts.
    :)

    ReplyDelete
  2. @NKM Sir, I've mentioned about it. For such tweets you should able to manage your twitter, and you have to use twitter application... If you use twitter applications, then no matter, how much you get automated posts.

    And for new user it is not recommended to follow such twitter profile...hehe

    :)

    ReplyDelete
  3. Twitter nachalaune arko karan : Chineka manchhe dherai nahunu...

    ReplyDelete
  4. twitter mai bhetum na hai.................haha
    bro,https://addons.mozilla.org/en-US/firefox/addon/5081/--you chain XPI file ma khulchha.
    ani twitdeck install nai hunna. IE ko laagi chhaina?
    Thanks.

    ReplyDelete
  5. chrome bird le pani kaam garena.Is it in my comp only or.?

    ReplyDelete
  6. @s kafle : सबैले चलाउँदै नचलाएपछि, चिनेका मान्छे त भेटिँदै भेँटिदैन नि, हैन र ?

    @ish : bro, better use firefox or google chrome rather than internet explorer... echofon is for firefox and chromed bird for google chrome... and tweet deck should install in ur computer.... echofon and chromed bird is not for internet explorer...

    ReplyDelete
  7. Twitter's definitely not for me!!!

    ReplyDelete
  8. is twitter designed only for professional people and celebrities?

    ReplyDelete
  9. nice post..as a result, I logged in after days in twitter!

    ReplyDelete
  10. sab bakwas........................

    ReplyDelete
  11. राम्रो लाग्यो. मलाई पनि त्यस्तै भएको छ, छिर्नै मन नलाग्ने। तर मेरो आफ्नो चलाउने शैलीले मलाई यस्तो भए जस्तो लाग्यो। जे होस निकै प्रश्ट सग आफ्ना विचार र यसका प्राबिधिक कुराहरु राखिदिनु भयो। निकै खुसी लाग्यो। धेरै धेरै धन्यवाद है..

    ReplyDelete
  12. @ish ... twitter is for everyone yaar... :)

    ReplyDelete
  13. राम्रो जानकारी राख्नु भयो आकार जी । हुन त मैले पनि टुइटर चलाउने समय नै पाएको छैन ।
    हजुरका जानकारीले लोभ्याएको छ कोशिस गर्ने छु।

    ReplyDelete
  14. khatara advertise bho aakar ji... man huda hudai pani ...ma twitter ma alamalla preko chhu ;)

    ReplyDelete
  15. chrome bird le pani kaam garena.Is it in my comp only or.?

    ReplyDelete
  16. sab bakwas........................

    ReplyDelete
  17. :) ramailo laagyo 

    ReplyDelete
  18. हजुरका सबै कुराहरु ममा लागु भए | धन्यवाद राम्रो जानकारी राख्नुभएकोमा |

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल...

Subscribe to Aakar Post