एउटी रातो रातो रङ कि कुखुरी हस्याङफस्याङ गरि कुद्दै छे ! तर बिचरी कूखुरी जालो मा परिछे, पसल तिर चाउचाउ र चिजबल जस्ता कुराहरु झुन्ड्याएर राख्ने जालो त कुखुरी को घाँटि मा झुन्डिएछ । कुखुरी आफैँ देखि तर्सि तर्सि हिँडिरा’कि छे !
पर बाट कुद्दै आएर कुखुरी ले मेरो क्यामरा अघि पोज दिइ, तपाई ले नि देख्नुहुन्छ नि, त्यो कुखुरी को घाँटि मा कसरी जाली अड्किएको छ या भनौँ त्यो जालो मा कुखुरी कसरी अड्केकी छे ! सायद डर लागेर होला, त्यसले परै बाट आफू जालि मा अड्किएकी छु भनेर देखाइ ।
मैले उसको पोज अलि नमिलेको झैँ गरेपछि, कुखुरी रोड को छेउतिर लागि र टाउको यस्सो थोरै फर्काएर देखाइ, गज्जब को पोज भयो भनेझैँ गरि मैले फेरि फोटो खिचेँ । यसलाई नि मोडलिङ मा साह्रै ‘इन्ट्रेस्ट’ रहेछ । उसलाई डर कम भएछ क्यारे, मलाई हेरिरही, सायद यो जाली मेरो घाँटि बाट निकालिदेउ भनी, मैले त्यस्तै बुझेँ ।
मेरो प्रतिक्रिया के हुन्छ भनेर हेर्दै, उ एकछिन रोड को बिचमा आएर टक्क रोकिइ । मैले फेरि फोटो खिँचे । उसलाई मैले हानी गर्दैन भन्ने पक्का झैँ भएछ । तर पनि शंकाले हेर्दैछे, कतै म कुखुरीलाई खाइदिने त हैन, यो केटा ले । मैले उसको शंकालाई निवारण गर्न को लागि, मैले आफूलाई ‘चिकेन’ को स्वाद नै थाहा नभए झैँ गरिदिँए, र फोटो खिचिरहेँ ।
त्यतिकै मा, उसकै साथि एउटी काली कुखुरी नि आइपुगि । खुबै जान्ने झैँ गरेर, के भएको रहेछ, यो राती कुखुरीलाई भनेर नजिक बाट हेर्न थालि, उता रातीले नि आफू यस्तो जाल मा फसेको कुरा मज्जा ले देखाइ ।
राती कुखुरी को घाँटि को जाली देखेर त त्यो काली तर्सेर झन् पर पो भागि । काली ले सहयोग गर्ली भन्ने रातीलाई कति आश थियो होला, तर त्यो कालिलाई म माथि विश्वास भएनछ, अनि झन् राति को घाँटि मा जाली देखेपछि त, उसको सातोपुत्लो नै उडेछ ।
काली कुखुरी नि भागि हाली, मैले नि राती कुखुरीलाई धेरै वास्ता नगरेझैँ गरेपछि, राती कुखुरी विश्वस्त भइछे, यो केटा को ध्यान मेरो ‘मासु’ मा छैन भन्ने कुरा बुझेपछि, राती कुखुरी मेरो नजिकै आइ । नजिकै आएर मलाई खुबै निरिह छु भनेझैँ गरि, एकतमास ले हेरिरही ।
कुखुरी आफैँ यति नजिक आएछि, म छक्क परेँ । साँच्चै, त्यसलाई डर लागेनछ म देखि । उसले सहयोग को अपेक्षा राखेपछि, म नजिकै गएँ । उसलाई च्याप्प समातेँ, अनि बिस्तारै उसको घाँटिबाट जाली हटाएँ, या भनौँ जाली बाट कुखुरीलाई छुटाएँ । कुखुरी खुसि हुँदै, अनि अलि अलि लाज र डर मान्दै, पखेँटा फटफटाउँदै आफ्नो घर तिर लागि । अघि को कालि कुखुरी ले सबै कुरा पर बाट हेरिरहेकी थिइ, जब राती कुखुरी जाली बाट निस्किइ, तब त्यो फेरि राती नजिकै आइ, अनि दुवै सँगै उनीहरुको वासस्थान तर्फ लागे ।
आज त्यही राती कुखुरीलाई अचानक बाटो मा देखेँ । मैले हेरिरहेँ, उसले पनि एकचोटि टाउको उठाएर मलाई हेरी तर उसले चिनिन । उसले मलाई नचिनेपछि, मलाई आफु ले करिब २ हप्ता अघि खिचेको उसको फोटो याद आयो । अनि उसकै फोटोहरु सबै ब्लग मै पोष्ट गरिदिँए ।
कता-कता, लाग्यो कूखुरी पनि हामी मान्छे जस्तै स्वार्थी रहिछे । आफूलाई गाह्रो परेको बेला चाँहि, शत्रु कै शरण मा पनि, पर्न जाने, सहयोग को याचना गर्दै, तर आफू ठिक हुँदा चाँहि अरुलाई बालै नदिने !
कथा सक्कियो ! सुन्नेलाई सुन को माला, भन्नेलाई फुल को माला… :D