Skip to main content

कुखुरी जालैमा [Photo Story]

एउटी रातो रातो रङ कि कुखुरी हस्याङफस्याङ गरि कुद्दै छे ! तर बिचरी कूखुरी जालो मा परिछे, पसल तिर चाउचाउ र चिजबल जस्ता कुराहरु झुन्ड्याएर राख्ने जालो त कुखुरी को घाँटि मा झुन्डिएछ । कुखुरी आफैँ देखि तर्सि तर्सि हिँडिरा’कि छे !

कुखुरी जालैमा पर बाट कुद्दै आएर कुखुरी ले मेरो क्यामरा अघि पोज दिइ, तपाई ले नि देख्नुहुन्छ नि, त्यो कुखुरी को घाँटि मा कसरी जाली अड्किएको छ या भनौँ त्यो जालो मा कुखुरी कसरी अड्केकी छे ! सायद डर लागेर होला, त्यसले परै बाट आफू जालि मा अड्किएकी छु भनेर देखाइ ।

कुखुरी जालैमा मैले उसको पोज अलि नमिलेको झैँ गरेपछि, कुखुरी रोड को छेउतिर लागि र टाउको यस्सो थोरै फर्काएर देखाइ, गज्जब को पोज भयो भनेझैँ गरि मैले फेरि फोटो खिचेँ । यसलाई नि मोडलिङ मा साह्रै ‘इन्ट्रेस्ट’ रहेछ । उसलाई डर कम भएछ क्यारे, मलाई हेरिरही, सायद यो जाली मेरो घाँटि बाट निकालिदेउ भनी, मैले त्यस्तै बुझेँ ।कुखुरी जालैमा मेरो प्रतिक्रिया के हुन्छ भनेर हेर्दै, उ एकछिन रोड को बिचमा आएर टक्क रोकिइ । मैले फेरि फोटो खिँचे । उसलाई मैले हानी गर्दैन भन्ने पक्का झैँ भएछ । तर पनि शंकाले हेर्दैछे, कतै म कुखुरीलाई खाइदिने त हैन, यो केटा ले । मैले उसको शंकालाई निवारण गर्न को लागि, मैले आफूलाई ‘चिकेन’ को स्वाद नै थाहा नभए झैँ गरिदिँए, र फोटो खिचिरहेँ ।

कुखुरी जालैमा त्यतिकै मा, उसकै साथि एउटी काली कुखुरी नि आइपुगि । खुबै जान्ने झैँ गरेर, के भएको रहेछ, यो राती कुखुरीलाई भनेर नजिक बाट हेर्न थालि, उता रातीले नि आफू यस्तो जाल मा फसेको कुरा मज्जा ले देखाइ ।

कुखुरी जालैमाराती कुखुरी को घाँटि को जाली देखेर त त्यो काली तर्सेर झन् पर पो भागि । काली ले सहयोग गर्ली भन्ने रातीलाई कति आश थियो होला, तर त्यो कालिलाई म माथि विश्वास भएनछ, अनि झन् राति को घाँटि मा जाली देखेपछि त, उसको सातोपुत्लो नै उडेछ ।कुखुरी जालैमा काली कुखुरी नि भागि हाली, मैले नि राती कुखुरीलाई धेरै वास्ता नगरेझैँ गरेपछि, राती कुखुरी विश्वस्त भइछे, यो केटा को ध्यान मेरो ‘मासु’ मा छैन भन्ने कुरा बुझेपछि, राती कुखुरी मेरो नजिकै आइ । नजिकै आएर मलाई खुबै निरिह छु भनेझैँ गरि, एकतमास ले हेरिरही ।

कुखुरी आफैँ यति नजिक आएछि, म छक्क परेँ । साँच्चै, त्यसलाई डर लागेनछ म देखि । उसले सहयोग को अपेक्षा राखेपछि, म नजिकै गएँ । उसलाई च्याप्प समातेँ, अनि बिस्तारै उसको घाँटिबाट जाली हटाएँ, या भनौँ जाली बाट कुखुरीलाई छुटाएँ । कुखुरी खुसि हुँदै, अनि अलि अलि लाज र डर मान्दै, पखेँटा फटफटाउँदै आफ्नो घर तिर लागि । अघि को कालि कुखुरी ले सबै कुरा पर बाट हेरिरहेकी थिइ, जब राती कुखुरी जाली बाट निस्किइ, तब त्यो फेरि राती नजिकै आइ, अनि दुवै सँगै उनीहरुको वासस्थान तर्फ लागे ।

कुखुरी जालैमा आज त्यही राती कुखुरीलाई अचानक बाटो मा देखेँ । मैले हेरिरहेँ, उसले पनि एकचोटि टाउको उठाएर मलाई हेरी तर उसले चिनिन । उसले मलाई नचिनेपछि, मलाई आफु ले करिब २ हप्ता अघि खिचेको उसको फोटो याद आयो । अनि उसकै फोटोहरु सबै ब्लग मै पोष्ट गरिदिँए ।

कता-कता, लाग्यो कूखुरी पनि हामी मान्छे जस्तै स्वार्थी रहिछे । आफूलाई गाह्रो परेको बेला चाँहि, शत्रु कै शरण मा पनि, पर्न जाने, सहयोग को याचना गर्दै, तर आफू ठिक हुँदा चाँहि अरुलाई बालै नदिने !

कथा सक्कियो ! सुन्नेलाई सुन को माला, भन्नेलाई फुल को माला… :D

Comments

  1. Really interesting and funny...

    I felt really good scrolling the post.. :)

    ReplyDelete
  2. yo kaatha padhda ta meri kukhuri ko yaad aayo jalle malai khukuri hane ki thee...LOL
    Ramailo lagyo yo katha.

    ReplyDelete
  3. It is interesting to see the pictures and read the story. It is really good job. I like it....

    ReplyDelete
  4. ha ha ha ha......its superb.....mazza aayo padna ani pic.herna....

    ReplyDelete
  5. nice work dai keep it up.....

    ReplyDelete
  6. Katha ramailo lagyo- ani kukhuri ko modelling pani :P

    ReplyDelete
  7. आकार जी- कथा बडो गजब को लाग्यो ... अनि अलिक नौलो , त्यो पनि पुरै तस्विर सहित !
    जेहोस प्रस्तुती दामी लाग्यो !

    ReplyDelete
  8. राम्रो । हो , यस्तो गर्नुपर्छ है । सामान्य विषय पनि यसरी प्रस्तुत गर्दा रोचक हुन्छ । खुसीसँगै रमाइलो लाग्यो ।

    ReplyDelete
  9. AnuragFromDhulikhelJune 27, 2010 at 5:36 PM

    मुला~~ आकार... कुखुरी कस्को थाहा छ ?

    ReplyDelete
  10. laaaaa, sorry bro.... ब्रो को कुखुरी भनेर लेख्नै बिर्सेछु !
    :P

    ReplyDelete
  11. very very much interesting......tyo kukhuri ko modeling ani kali ra rati ko interaction dherai ramailo lagyo padhnalai.....hahahaha it's superb.......

    ReplyDelete
  12. साच्चै कस्तो निरिह देखिएकी त्यो कुखुरी.. कुखुरीको अनुहार देखेर मलाई पनि पहिलो पटक मायाँ लाग्यो, लौ यीनीहुरुको पनि मन र पीडा हुदो रहेछ, यीनीहरु पनि स्वन्त्र भएर बाच्न चाहदा रहेछन् भन्ने आभाष भो है... सबैलाई चेतना भया..

    ReplyDelete
  13. I must say a photo-story.

    A nice observation and well presented.....I must say, you have tried to show the human nature through your photo-story. It's a good try. But you could have presented it more interesting way by increasing curiosity level.

    Keep it up.

    ~ J

    ReplyDelete
  14. माकुरी जालैमा भन्ने गीत मात्र सुनेको थिएँ, यहाँँ त कुखुरी जालैमा देखे पनि। रमाइलो लाग्यो!

    ReplyDelete
  15. hoena ho yati mitho kukhuri ko katha malai saraui man paryo ho

    ReplyDelete
  16. गज्जब छ, रमाइलो लाग्यो,
    सर यसलाई नि मोडलिङ मा साह्रै ‘इन्ट्रेस्ट’ रहेछ , हाहाहाहाहाहाहाह

    ReplyDelete
  17. गज्जब छ, रमाइलो लाग्यो,
    सर यसलाई नि मोडलिङ मा साह्रै ‘इन्ट्रेस्ट’ रहेछ , हाहाहाहाहाहाहाह

    ReplyDelete
  18. साच्चै कस्तो निरिह देखिएकी त्यो कुखुरी.. कुखुरीको अनुहार देखेर मलाई पनि पहिलो पटक मायाँ लाग्यो, लौ यीनीहुरुको पनि मन र पीडा हुदो रहेछ, यीनीहरु पनि स्वन्त्र भएर बाच्न चाहदा रहेछन् भन्ने आभाष भो है... सबैलाई चेतना भया..

    ReplyDelete
  19. राम्रो । हो , यस्तो गर्नुपर्छ है । सामान्य विषय पनि यसरी प्रस्तुत गर्दा रोचक हुन्छ । खुसीसँगै रमाइलो लाग्यो ।

    ReplyDelete
  20. nice work dai keep it up.....

    ReplyDelete
  21. Really interesting and funny...

    I felt really good scrolling the post.. :)

    ReplyDelete
  22. Gajjab chha hai story.interesting.

    ReplyDelete
  23. सिर्जनशीलता र कल्पनाशीलतालाइ मान्ने पर्छ।

    ReplyDelete
  24. लेख्नेलाई फूलको माला, पढ्नेलाई सुनको माला, यो कथा स्वर्गमा जाला, फेरी भन्दा खुरु खुरु आउला । धन्यवाद । गज्जब लाग्यो है !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Subscribe to Aakar Post